कतारका अमिर शेखको नेपाल भ्रमण आज : ९ वटा सम्झौताको तयारी
११ बैशाख, २०८१
काठमाडौं । कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल आउँदै छन् । थानी दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।उनलाई अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल लगायतले स्वागत गर्नेछन् । उनी दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् । कतारको प्रतिनिधिमण्डलमा १० जना कतारी मन्त्रीसमेत सहभागी हुनेछन् । खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो । कतारका अमिरको भ्रमणपछि अन्य खाडी राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखहरूलाई पनि नेपाल ल्याउन सहज हुने विश्वास लिइएको छ । कतारका अमिर थानी बंगलादेश हुँदै नेपाल आउन लागेका हुन् । उनी दुईदिने बंगलादेशको भ्रमणको सिलसिलामा सोमबार ढाका पुग्नेछन् । कतारका अमिरको बंगलादेश भ्रमणको बेला कतार र बंगलादेशबीच ६ वटा सम्झौतापत्र र ५ वटा समझदारीपत्रमा हस्ताक्षर हुने बंगलादेशका मिडियाले उल्लेख गरेका छन् । आज बंगलादेशको ढाकाबाट कतारका अमिर थानी काठमाडौं आउनेछन् । कतारका अमिरको नेपाल भ्रमणका समयमा नेपाल र कतारबीच सुरुमा नौवटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने तयारी गरिएको छ । अमिर शेख नेपालमा रहँदा राष्ट्रपति पौडेलसँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।राष्ट्रपति पौडेलले अमिर शेखको सम्मानमा राजकीय भोजको आयोजना गर्ने बताइएको छ । अमिर शेखले २४ अप्रिलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने तय भएको छ। वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । दुई देशबिच विकास साझेदारीलगायतका एजेण्डामा छलफल भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार नेपालस्थित कतार दूतावास र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेका छन् भने कतारबाट सरकारी टोली नेपाल आएर एजेण्डालगायका विषयमा छलफल गरेर फर्की सकेको छ । यस्तै सम्झौताका मस्यौदाहरू आदान प्रदान पनि भइसकेको मन्त्रालयले जनाएको छ । विशेष गरी शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा र रोजगारको क्षेत्रमा सम्झौता हुनेछ । यसैगरी, कूटनीतिक कर्मचारीलाई तालिम दिने विषयमा पनि सम्झौता हुने भएको छ । यस्तै, कतार प्रहरीमा नेपालीलाई राख्ने गरी पनि सम्झौता हुने बताइएको छ । सम्झौतामा कतारबाट नेपालमा आउने सहयोग ‘कतार फन्ड फर डेभलपमेन्ट’ (क्यूएफएफडी) मार्फत आउने बताइएको छ । नेपालमा अहिलेसम्म यस फन्डबाट यसअघि कुनै सहायता आएको थिएन । यो फन्डबाट विकास निर्माणमा सहयोग सुरु भएपछि नेपालमा पनि कतार दाता राष्ट्रको रूपमा दर्ज हुनेछ।उनी अप्रिल २४ मा स्वदेश फर्किने कार्यतालिका छ । सम्झौतापछि कतारले नेपालमा लगानी गर्ने बाटो खुल्ने मन्त्रालयले विश्वास गरेको छ । मन्त्रालयका एक अधिकारीका अनुसार भ्रमणको अवसरमा सम्झताका लागि विभिन्न नौ वटा सम्झौताको मस्यौदामाथि छलफल भइरहेको छ । यस्तै केही श्रम सम्झौता पनि हुने बताइएको छ । कतारका अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । यसअघि गत नोभेम्बरमा नै नेपाल भ्रमणमा आउने चर्चा चलेपनि अन्तिम समयमा भ्रमण स्थगित गरिएको थियो ।
यस्तो छ आजको मौसम पूर्वानुमान
११ बैशाख, २०८१
घट्यो नेप्सेसँगै कारोबार रकम
१० बैशाख, २०८१
केपीजीलाई विश्वास गर्छु : प्रधानमन्त्री
१० बैशाख, २०८१
गोदावरीमा नेकपाको हीरक महोत्सव : गएनन् मावध नेपाल
१० बैशाख, २०८१
यी हुन् मन्त्रिपरिषद्को आजका बैठकका निर्णय
१० बैशाख, २०८१
अर्थ सचिवको जिम्मेवारीमा मधु मरासिनी
१० बैशाख, २०८१
एकैदिन प्रतितोला ११ सय रूपैयाँ घट्यो सुनको मूल्य
१० बैशाख, २०८१
गण्डकी सरकारको वैधानिकताबारे मुद्दा : पूर्ण पेसी आज
१० बैशाख, २०८१
सम्पर्कविहिन १६ प्रहरीबारे आयो यस्तो सूचना
१० बैशाख, २०८१