यो वर्ष मलको अभाव हुँदैन : प्रधानमन्त्री प्रचण्ड
१४ असार, २०८१
भरतपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष मलको अभाव हुन नदिने बताएका छन्। भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। अघिल्लो वर्ष पनि मलको अभाव नभएको उनले प्रष्ट पारे। “अहिले हामी मलको राम्रो तयारीमा छौँ। अभाव हुन दिन्नौँ”, प्रधानमन्त्री प्रचण्डले भने, “गत वर्ष मलको अभाव थिएन। यो वर्ष पनि मलको अभाव हुँदैन।” उनले दूध किसानको भुक्तानी दिने प्रकृया अगाडि बढाइसकेको जानकारी दिँदै यसमा गम्भीर रहेको उल्लेख गरे। ‘‘दूध किसानले बाँकी भुक्तानी चाँडै हुन्छ। यो विषयमा सरकार गम्भीर छ’, उनले भने केरा किसानको विषयमासमेत मन्त्रालयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डले प्रष्ट पारेका छन्। “किसानको केरा खेतीमा भएको क्षतिका बारेमा पनि मन्त्रालयमा छलफल भइरहेको छ। समस्या समाधानका लागि सरकारले गम्भीर पहल गरिरहेकै छ”, उनले भने। उनले किसानको समस्या समाधानमा छिटो भन्दा छिटो हुने प्रष्ट पारे। प्रधानमन्त्री प्रचण्डले एक अर्को प्रसंगमा अहिले वाम एकता वा पार्टी एकीकरण नहुने पनि स्पष्ट पारे।
बुढीगण्डकीको काम अघि बढाउन बाबुरामको माग
१४ असार, २०८१
सामाजिक सुरक्षा कोषको केन्द्रीय कार्यालय सर्यो
१४ असार, २०८१
सुनको मूल्य एकैदिन एक हजारले बढ्यो
१४ असार, २०८१
जलस्रोत विधेयक प्रतिनिधि सभामा प्रस्तुत
१४ असार, २०८१
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
१४ असार, २०८१
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
१४ असार, २०८१
कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी
१४ असार, २०८१
यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
१४ असार, २०८१
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
१४ असार, २०८१
यस्तो रहनेछ आजको मौसम
१४ असार, २०८१

