एभरेष्ट दैनिक

गण्डकीका मुख्यमन्त्रीद्धारा राजीनामा

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पाण्डेले आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएका हुन् । उनले संविधानको धारा १६९ को उपधारा १ बमोजिम मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका हुन् । गत फागुन २३ मा नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका सुरेन्द्रराज नेतृत्वको सरकार अल्पमतमा परेको थियो। सरकार अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधानअनुसार पाण्डेले चैत २२ भित्र विश्वासको मत लिनुपर्ने थियो । तर मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिइ पदबाट राजीनामा दिएका हुन्।पाण्डे २०८० वैशाख १५ मा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।