समाजवादी मोर्चाको अन्तर्क्रिया जारी
२० चैत, २०८०
काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तर्क्रिया गरिरहेको छ । समाजवादी मोर्चाले आज राष्ट्रिय सभागृहमा अन्तरक्रिया कार्यक्रम गरेको हो । ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे अन्तरक्रिया कार्यक्रम राखिएको हो । कार्यक्रममा एमालेसहित मोर्चाका नेता तथा कार्यकर्ता र समाजवादी विचारमा आबद्ध सबै दलहरूलाई बोलाइएको छ ।अन्तर्क्रियामा विभिन्न क्षेत्रका विज्ञ तथा सोधकर्ताहरुले धारणा राखिरहेका छन् । यसअघि चैत ३ गते गर्ने भनिएको अन्तरक्रिया सत्ता समीकरण बदलिएपछि स्थगित भएको थियो । मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा रहेका छन् ।कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चार वटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।
भत्केको पुलमुनि एक पुरुषको शव भेटियो
२० चैत, २०८०
प्रतिनिधि सभा बैठक जारी (प्रत्यक्ष प्रशारण)
२० चैत, २०८०
आज ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै
२० चैत, २०८०
वाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार
२० चैत, २०८०
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
२० चैत, २०८०
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
२० चैत, २०८०

