एभरेष्ट दैनिक

धनकुटामा आगलागी, ३ घर जलेर नष्ट

धनकुटा । धनकुटा जिल्लाको  उत्तरपानी भन्ने ठाउँमा आगलागी हुँदा ३ घर जलेर नष्ट भएको छ।धनकुटा १० उत्तरपानीमा बिहान १०ः३० बजेदेखि आगो लागेको हो । अहिले आगो नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय पाख्रिवासले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन। कमला नेपाल मोक्तानको घरबाट बिहान १०ः३० बजे आगो सल्किएको स्थानीयले बताए । आगलागीले मेहरमान मोक्तानको २ घरमा क्षति पुगेको छ। साथै, उनको किराना पसलमा आगलागीबाट ३० लाख क्षति पुगेको थियो। चुल्होमा बालेको दाउराबाट आगलागी सुरु भएको हुन सक्ने जनाइएको छ।