पद्मरत्न तुलाधर मेरो अभिभावक हुनुहुन्थ्यो : प्रधानमन्त्री प्रचण्ड
२५ कात्तिक, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद्मरत्न तुलाधर आफ्नो अभिभावक भएको बताएका छन् । पद्मरत्न तुलाधर राष्ट्रिय स्मृति प्रतिष्ठान र पद्मरत्न लुमन्ति गुठिद्वारा आयोजित नेवा लुवाः, मानवअधिकारवादी, साहित्यकार पद्मरत्न तुलाधर पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका छन् । जनुयुद्धको क्रममा र परिवर्तन रुपान्तरणको आन्दोलनमा साथ दिने र माओवादी आन्दोलनलाई जनताको आन्दोलन हो भन्ने कुरा स्थापित गर्न तुलाधरले सहयोग पुर्याएको प्रधानमन्त्रीले स्मरण गरे । सामाजिक रुपान्तरण, सामाजिक न्याय, लोकतन्त्र र शान्ति स्थापनका लागि उनले महत्वपूर्ण भुमिका खेलेको बताउँदै तुलाधर सबैको अभिभावक भएको प्रधानमन्त्रीले बताए । संविधान निर्माण र संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न तुलाधरले खेलेको सम्मानजनक भएको प्रधानमन्त्रीको भनाई थियो । आफु पहिलो पटक प्रधानमन्त्री हुँदा पद्मरत्न तुलाधरसँगको छलफल र सहकार्यमा नेपाल संवत्लाई नेपालको राष्ट्रिय संवत् घोषणा गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अब नेपाल संवत् लाई नेपाल सरकारको दस्तावेजमा लेखिनेबताए । प्रधानमन्त्री प्रचण्डले भने -‘पद्मरत्न तुलाधरले मलाई नेपाल संवत् लाई राष्ट्रिय संवत् घोषणा गर्न तर्क सहित कन्मिन्स गर्नुभयो म पहिलो पटक प्रधानमन्त्री हुँदा पद्मरत्न तुलाधरसँग नै बसेर नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरे, अब नेपाल संवत् लाई ११४४ आउँदैछ, अस्ति म कहाँ प्रतिनिधिहरू आउँनु भयो, नेपाल संवत् लाई व्यवाहारमा कार्यान्वयन गर्न, पद्मरत्न तुलाधरको स्मृतिमा नेपाल संवत् लाई नेपाल सरकारको दस्तावेज मै लेख्ने प्रतिवद्धता व्यक्त गर्न चाहान्छु ।’
साहलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश
२५ कात्तिक, २०८०
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
२५ कात्तिक, २०८०
किराँत धर्मका महागुरू फाल्गुनन्द जयन्ती आज
२५ कात्तिक, २०८०
यमपञ्चक आजबाट सुरू, काग तिहार आज मनाइँदै
२५ कात्तिक, २०८०
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय
२४ कात्तिक, २०८०
गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ : प्रधानमन्त्री प्रचण्ड
२४ कात्तिक, २०८०
थवाङ विचार र क्रान्तिको प्रतीक हो : प्रधानमन्त्री
२४ कात्तिक, २०८०
उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना
२४ कात्तिक, २०८०
एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला
२४ कात्तिक, २०८०
भूकम्पपीडितलाई एभरेष्ट बैंकको २५ लाख आर्थिक सहयोग
२३ कात्तिक, २०८०
प्रधानमन्त्रीलाई मधेश प्रदेश सरकारको ६ बुँदे ध्यानाकर्षण
२३ कात्तिक, २०८०
एन्फाका अध्यक्ष नेम्वाङले पाए विश्वासको मत
२३ कात्तिक, २०८०