वनको काठ हिनामिना प्रकरणमा मुछिएका राप्रपा सांसद यादव निलम्बित
१२ फागुन, २०८०
बुटवल । कपिलवस्तुस्थित एक सार्वजनिक वनको काठ हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद जानकी प्रसाद यादव निलम्बित भएका छन्। कपिलवस्तु क्षेत्र नम्बर ३ (२)बाट लुम्बिनी प्रदेशसभामा निर्वाचित जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो। लुम्बिनी प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै स्वतः निलम्बन गरिएको जानकारी गराएको छ। ‘सचिवालयमा प्राप्त हुन आएकोले लुम्बिनी प्रदेश सभा सदस्य श्री जानकी प्रसाद यादव भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ को कानूनी व्यवस्था बमोजिम मिति २०८०/११/०८ देखि प्रदेश सभा सदस्य पदबाट स्वतः निलम्बन हुनु भएकोले यो सूचना प्रकाशन गरिएको छ,’ उनले भनेका छन्। गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका तत्काली अध्यक्ष यादवविरुद्ध अख्तियारले २९ लाख १२ हजार १९३ रुपैयाँ ६५ पैसा बिगोसहित मुद्दा चलाएको थियो। यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा उक्त ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिमको कैदको सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी पाउन र त्यही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर गरी पाउन मागदाबी लिइएको अख्तियारले जनाएको छ।
भारतीय कारको ठक्करबाट एकको मृत्यु, दुई घाइते
१२ फागुन, २०८०
दश दिनको अन्तरमा पुरिएको अवस्थामा फेला परे पाटे बाघ
१२ फागुन, २०८०
नेपाल विश्वकै उच्चकोटीको देश : प्रधानमन्त्री
१२ फागुन, २०८०
प्रधानमन्त्री प्रचण्डद्वारा पुल शिलान्यास
१२ फागुन, २०८०
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
१२ फागुन, २०८०
गाँजाको प्रयोगलाई वैधानिकता दिंदै जर्मनी
१२ फागुन, २०८०
‘अध्ययन नगरी धरानमा हवाईमैदान बनाउन सकिँदैन’
१२ फागुन, २०८०
प्रधानमन्त्री प्रचण्ड आज सर्लाही आउँदै
१२ फागुन, २०८०
डेढ लाख बालबालिकालाई खोप लगाइने
१२ फागुन, २०८०

