सर्वसाधारणलाई सडक सुरक्षा तथा ट्राफिक सचेतना
१३ फागुन, २०८०
नेपालगन्ज । दुर्घटना न्यूनीकरणको मुख्य उद्देश्यका साथ बाँकेमा जारी रहेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत दैनिकजसो जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रम भइरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले दुर्घटना न्यूनीकरणका लागि चलिरहेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा पुगेर विभिन्न सवारी साधनका चालक, सर्वसाधारण र विद्यार्थीलाई सचेत पार्ने कार्य भइरहेको बताए । उनले सोहीक्रममा बाँकेको हवलदारपुर र शम्सेरगन्जमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको जनाउँदै ती कार्यक्रममा ४०० बढी विद्यार्थी र सर्वसाधारणको उपस्थिति रहेको बताए । जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने स्थानका रूपमा परिचित मुख्य राजमार्गमा रहेको हवलदारपुर र शम्सेरगन्जमा करिब ४०० विद्यार्थी र अन्य सर्वसाधारणको उपस्थितिमा सडकमै ट्राफिक नियमको बारेमा जानकारी गराइएको हो । सो अवसरमा उनीहरूलाई जेब्रा क्रसिङ नभएको ठाउँमा सडक पार गर्ने तरिका सिकाउनुका साथै पार गर्न लगाइएको, सडकको छेउमा कसरी हिँड्ने, सडकमा हिँड्दा कुन साइडबाट हिंड्नेलगायतका बारेमा विस्तृत रूपमा सिकाइएको थियो । यसैगरी, लामो दूरीका सवारी साधनका चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेर उनीहरूको स्वास्थ्य अवस्था बुझ्नुका साथै समस्या देखिएका तत्काल उपचारका लागि रिफर गर्ने गरिएको पनि सो कार्यालयले जनाएको छ । गत बिहीबार नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आइजिपी वसन्त कुँवर, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेलगायतको उपस्थितिमा नेपालगन्जमा ट्राफिक सप्ताह कार्यक्रम शुभारम्भ गरेका थिए ।
रुसी सेनामा गएका रोल्पाका युवकको मृत्यु
१३ फागुन, २०८०
नेपाली चिकित्सकले गरे दोस्रो सफल कलेजो प्रत्यारोपण
१३ फागुन, २०८०
आगामी वैशाख १५ मा दुई क्षेत्रमा उपनिर्वाचन
१३ फागुन, २०८०
नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक
१३ फागुन, २०८०
गाँजा बोक्ने एम्बुलेन्स नियन्त्रणमा
१३ फागुन, २०८०
नेदरल्यान्ड्स र नेपालबीचको विश्वकप लिग–२ जारी
१३ फागुन, २०८०
माओवादी केन्द्रको स्थायी कमिटी बैठक ३ बजेलाई सर्यो
१३ फागुन, २०८०
प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)
१३ फागुन, २०८०
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
१३ फागुन, २०८०
विश्वकप लिग–२ : आज नेपाल र नेदरल्यान्ड्ससँग खेल्दै
१३ फागुन, २०८०
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने
१३ फागुन, २०८०
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
१३ फागुन, २०८०
यस्तो रहनेछ नेपालमा आजको मौसम
१३ फागुन, २०८०

