बालविवाह रोक्न धामी सक्रिय
१२ फागुन, २०८०
बैतडी । बालविवाह तथा लैङ्गिक हिंसा रोक्न पाटन नगरपालिकाका धामी समूहलाई सक्रिय पारिने भएको छ । ग्रामीण भेगमा धामीझाँक्रीका कुरामा विश्वास गरिने भएकाले बालविवाह तथा लैङ्गिक हिंसा नियन्त्रण गर्न यस्तो उपाय अपनाइएको हो । सामाजिक विकास कार्यालय बैतडीको अगुवाइमा पाटन नगरपालिकामा गठन गरिएको प्रतिष्ठित धामी समूहले बालविवाह जस्ता प्रचलन नियन्त्रणका लागि धामीझाँक्रीसँग अन्तर्क्रिया गरिएको छ । सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शङ्करदत्त जोशीका अनुसार प्रतिष्ठित धामी समूहले जिल्लाका विभिन्न पालिकामा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । बालविवाह र लैङ्गिक हिंसाका कारण पर्ने असरका विषयमा धार्मिक अगुवाले जानकारी दिनुपर्ने भएकाले आफूहरू सचेतना अभियानमा सहभागी भएको प्रतिष्ठित धामी समूहका सचिव हरिप्रसाद जोशीले जानकारी दिए। सामाजिक विकास कार्यालय बैतडी प्रमुख शङ्कर जोशीका अनुसार बैतडीमा ४२ प्रतिशत बालविवाह हुने गरेको छ ।
आजको मौसम : आंशिक बदली हुने, मुख्यतया सफा रहने
१२ फागुन, २०८०
भरतपुर–१० वडावासीलाई उपचारमा ५० प्रतिशत छुट
१२ फागुन, २०८०
नेकपा माओवादी केन्द्र चितवनले सहिद सप्ताह मनाउदै
११ फागुन, २०८०
आमा बनिन् अभिनेत्री रेखा थापा
११ फागुन, २०८०
२२ वर्षकी युवतीले अस्पतालबाट चोरिन २६ दिनको शिशु
११ फागुन, २०८०
विधायनसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
११ फागुन, २०८०

