सात महिनाको व्यापार घाटा ८ खर्ब ११ अर्ब, गत वर्ष भन्दा १.७७ प्रतिशतले कम
९ फागुन, २०८०
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा मुलुकको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ पुगेको छ । भन्सार विभागले चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको हो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको व्यापार घाटा १.७७ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको साउनदेखि माघसम्मको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ थियो । मुलुकको व्यापार २९ वटा देशसँग नाफामा छ भने १२८ मुलुकसँग घाटामा छ । सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ । विभागको तथ्यांकअनुसार भारतसँग ४ खर्ब ९६ अर्ब रुपैयाँले घाटामा छ ।
यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
९ फागुन, २०८०
एमाले केन्द्रीय कमिटी बैठक : आजबाट समूहगत छलफल
९ फागुन, २०८०
प्रचण्ड र ओलीबिच भेटवार्ता
८ फागुन, २०८०
दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए सपथ
८ फागुन, २०८०
अब नक्खु कारागारमा पनि विपश्यना ध्यान केन्द्र
८ फागुन, २०८०

