राष्ट्रपति पौडेललाई ६ राष्ट्रप्रमुखको समवेदना सन्देश
२५ कात्तिक, २०८०
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखहरूले समवेदना सन्देश पठाएका छन् । जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टेनमेइर, चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेल, अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान डेर बेलेन, निकारागुआका राष्ट्र ड्यानीयल ओर्टेगा साभेद्रा, कतारका अमिर शेख तमिम विन हमाद अल थानी र स्पेनका पेद्रो सान्चेजले बेग्लाबेग्लै समवेदना सन्देशको पठाएका हुन्। उनीहरूले भूकम्पपीडित परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै सन्देशमा प्राकृतिक विपत्तिको यस घडीमा आफ्नो देश, जनता र सरकारतर्फबाट सहानुभूति प्रकट गर्दैै राहत तथा पुनःस्थापनाको काममा आवश्यक सहयोगका लागि सदैव तयार रहेको उल्लेख गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । यसअघि राष्ट्रपति पौडेललाई चीनका राष्ट्रपति सी चिनफीङ, रुसका राष्ट्रपति भ्लादिमीर पुटिन र संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्सलेले पनि समवेदना सन्देश पठाएका थिए ।
भुकम्प पीडितलाई नगद, कम्बल र खाद्यान्न सहयोग
२५ कात्तिक, २०८०
जाजरकोट पुग्यो भाटभटेनीको राहत सामग्री
२५ कात्तिक, २०८०
आगलागीमा वृद्धाको मृत्यु
२५ कात्तिक, २०८०
साहलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश
२५ कात्तिक, २०८०
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
२५ कात्तिक, २०८०
किराँत धर्मका महागुरू फाल्गुनन्द जयन्ती आज
२५ कात्तिक, २०८०
यमपञ्चक आजबाट सुरू, काग तिहार आज मनाइँदै
२५ कात्तिक, २०८०
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय
२४ कात्तिक, २०८०
गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ : प्रधानमन्त्री प्रचण्ड
२४ कात्तिक, २०८०
थवाङ विचार र क्रान्तिको प्रतीक हो : प्रधानमन्त्री
२४ कात्तिक, २०८०

