भाइटीकाको दिन आज मौसम सफा रहने
२९ कात्तिक, २०८०
काठमाडौं। भाइटीकाको दिन बुधबार दिउँसो देशका अधिकांश स्थानको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै भूकम्प प्रभावित कर्णाली प्रदेशको जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिम पट्टिको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ । देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि मौसमविद्ले अनुरोध गरेका छन् ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
२८ कात्तिक, २०८०
नेपाल संवत् ११४४ र म्हः (आत्म) पूजा आज मनाइँदै
२८ कात्तिक, २०८०
आज गोवर्धन पूजा गरिँदै
२८ कात्तिक, २०८०
खुल्यो कोरला नाका
२८ कात्तिक, २०८०
टिकटक बन्द गर्न इन्टरनेट प्रदायकलाई दूरसञ्चारको पत्र
२७ कात्तिक, २०८०
देवचुली जीप दुर्घटना : ६ जनाको मृत्यु
२६ कात्तिक, २०८०
आज महाकवि देवकोटाको जन्मजयन्ती
२६ कात्तिक, २०८०
तिहारको दोस्रो दिन आज कुकुरको पूजा गरिँदै
२६ कात्तिक, २०८०
भूकम्प पिडितकाे सहयोगार्थ देउसी भैलो खेल्दै क्रान्तिकारी
२६ कात्तिक, २०८०
गृहमन्त्री श्रेष्ठसित सीपीसी तिब्बतका सचिवको भेटवार्ता
२६ कात्तिक, २०८०
यी हुन् काठमाडौंका फूल बिक्री केन्द्र
२५ कात्तिक, २०८०

