उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना
२४ कात्तिक, २०८०
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने देशको सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न साथै क्रमिक रूपमा तापक्रम घटिरहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला
२४ कात्तिक, २०८०
भूकम्पपीडितलाई एभरेष्ट बैंकको २५ लाख आर्थिक सहयोग
२३ कात्तिक, २०८०
प्रधानमन्त्रीलाई मधेश प्रदेश सरकारको ६ बुँदे ध्यानाकर्षण
२३ कात्तिक, २०८०
एन्फाका अध्यक्ष नेम्वाङले पाए विश्वासको मत
२३ कात्तिक, २०८०
अब तीनवटा क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजना
२३ कात्तिक, २०८०
रेशमलाल चौधरीविरुद्धको मुद्दा स्थगित
२३ कात्तिक, २०८०
उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित
२३ कात्तिक, २०८०
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
२३ कात्तिक, २०८०
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ सचिव वाङबीच भेटघाटमा
२३ कात्तिक, २०८०
रेशम चौधरीको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
२३ कात्तिक, २०८०
ट्रकको ठक्करबाट युवकको मृत्यु
२३ कात्तिक, २०८०
भूकम्प पीडितलाई सहयोगार्थ सरकारी कर्मचारीको तलब काटिने
२३ कात्तिक, २०८०

