भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा अखिल क्रान्तिकारीले १० लाख सहयोग गर्ने
२१ कात्तिक, २०८०
काठमाडौं । जाजरकोटसहितका भूकम्प पीडितलाई राहत र पुनर्निर्माणमा अखिल क्रान्तिकारीले १० लाख दिने निर्णय भएको छ । मंगलबार दिउँसो क्रान्तिकारीका फ्याक्सन इन्चार्ज हिमाल शर्माको उपस्थितिमा केन्द्रीय कार्यालय बागबजारमा बसेको पदाधिकारी बैठकले उक्त रकम दिने निर्णय भएको हो । बैठकले १० लाख केन्द्रीय समिति र मातहतका समितिबाट उठाउने निर्णय गरेको हो । जसअनुसार पदाधिकारीले ५ हजार, केन्द्रीय सदस्यले तीन हजार, त्यसभन्दा तलका कमिटीले एकहजार र पाँचसय उपलब्ध गराउने निर्णय भएको इन्चार्ज शर्माले जानकारी दिए । प्राप्त रकम एकरदुई दिनमा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने उनले बताए । ‘मंगलबार दिउँसो बसेको पदाधिकारी बैठकले पदाधिकारी, केन्द्रीय समिति र त्यसभन्दा तलका कमिटीबाट क्रमशः पाँच हजार, तीन हजार, एक हजार र पाँच सय रुपैयाँ गरी १० लाख भूकम्प पीडितलाई दिने निर्णय भएको छ । संकलित रकम एकरदुई दिनमा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्छौँ’, शर्माले रातोपाटीसँग भने । यस्तै तीन जना उपाध्यक्षको कमाण्डमा राहत संकलन र स्वयम सेवक टोली गठन गरी परिचालन गरेको उनले बताए । शर्माका अनुसार पवन कार्कीको नेतृत्वमा राहत संकलन टोली बनाइएको छ । त्यसैगरी उपाध्यक्ष द्वय मदन भुल र अम्बरराज शाहीको कमाण्डमा स्वयंसेवक टोली बनाएर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । भुल नेतृत्वको १०० जना टोली रुकुम पश्चिम पठाइएको छ भने शाहीको टोली जाजरकोट खटिएको छ । उनीहरू एक महिनासम्म प्रभावित क्षेत्रको पुनर्निर्माण खटिने शर्माले जानकारी दिए । भूकम्पमा परी यी दुई जिल्लासहित आसपासका ८ जिल्लामा जनधनको क्षति भएको थियो । तीमध्ये जाजरकोट र रुकुम पश्चिमका १५३ जनाले ज्यान गुमाएका छन् । ३४० जना घाइते भएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठ र फ्रिडम फन्ड टोलीबीच भेटवार्ता
२१ कात्तिक, २०८०
जाजरकोट पुगेका राष्ट्रपतिले गरे अस्पतालका घाइतेसँग भेट
२१ कात्तिक, २०८०
भूकम्पबाट मृतक सबै परिवारलाई किरिया खर्च र राहत प्रदान
२१ कात्तिक, २०८०
एमालेको सचिवालय बैठक भोलि बस्दै
२१ कात्तिक, २०८०
परकम्पबाट जाजरकोट र रुकुम पश्चिमा १३ जना घाइते
२१ कात्तिक, २०८०
भुकम्प पीडितलाई राखेपको सहयोग
२१ कात्तिक, २०८०
राष्ट्रपति पौडेल आज भूकम्पप्रभावित क्षेत्रमा जाँदै
२१ कात्तिक, २०८०
विश्व कप क्रिकेट : बंगलादेशसँग श्रीलंका ३ विकेटले पराजित
२१ कात्तिक, २०८०
आजको मौसम : यी भू–भागमा हिमपात
२१ कात्तिक, २०८०
जाजरकोटमा फेरि ५.८ म्याग्निच्युडको भूकम्पको धक्का
२० कात्तिक, २०८०

