भारतद्वारा १६ करोडको राहत सामग्री हस्तान्तरण
१९ कात्तिक, २०८०
नेपालगन्ज। भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १६ करोड (१० करोड भारू) रुपियाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ । आईतवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सो राहत सामग्री हस्तान्तरण गरेका हुन् । एक विशेष भारतीय वायुसेना सी—१३० उडानले ११ टन भन्दा बढी आपतकालीन राहत सामग्रीको खेप ढुवानी ग¥यो । जसमा त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोलाका साथै आवश्यक औषधि र पोर्टेबल भेन्टिलेटरहरू जस्ता प्रभावित मानिसका लागि चिकित्सा उपकरणहरू समावेश छन् । राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ । घनिष्ट मित्र र छिमेकीका रूपमा भारत नेपालमा भूकम्प पीडितहरूलाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको राजदुत श्रीवास्तवले बताए । भारत आफ्नो छिमेकी र बाहिरका संकट परिस्थितिहरूमा पहिलो प्रतिक्रियाकर्ताको रूपमा जारी राख्ने बताए। भारतले भूकम्पपछिको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर सहयोग गरेको थियो भने गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरको पुनर्निर्माण समेत गरेको थियो । आइतबार अपराह्न जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत सामग्री बोकेर भारतीय वायुसेनाको विमान नेपालगन्ज विमानस्थलमा आइपुगेको हो ।
सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो उपाधि
१९ कात्तिक, २०८०
नेपाललाई दोस्रो सफलता, गुल्सनले लिए पहिलो विकेट
१९ कात्तिक, २०८०
यस्ता छन् मिन्त्रपरिषद्का १८ निर्णय
१९ कात्तिक, २०८०
भूकम्प प्रभावितलाई ५० लाख दिने निर्णय अनुमोदन
१९ कात्तिक, २०८०
सोमपालले दिलाए नेपाललाई पहिलो विकेट
१९ कात्तिक, २०८०
भूकम्प प्रभावितलाई नयाँ बसपार्कबाट निःशुल्क बस सेवा
१९ कात्तिक, २०८०
भूकम्पमा घाइते भएका सबैको उपचार सरकारले निःशुल्क गर्ने
१९ कात्तिक, २०८०
मन्त्रिपरिषद्को बैठक जारी
१९ कात्तिक, २०८०
डोटीमा बोलेरो दुर्घटना : चारजनाको मृत्यु, पाँच घाइते
१९ कात्तिक, २०८०
आजको मौसम : यी क्षेत्रमा हल्का हिमपातको सम्भावना
१९ कात्तिक, २०८०

