मन्त्रिपरिषद्बाट राष्ट्रपतिको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत
१७ कात्तिक, २०८०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल हप्ता दिन लामो युरोपेली देशको भ्रमणमा निस्कने भएका छन् । उनको भ्रमण तालिका नेपाल सरकारले स्वीकृत गरेको छ । बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको साता बढी लामो भ्रमण स्वीकृत गरेको हो । उक्त बैठकको निर्णय पत्रकार सम्मेलन गरेर शुक्रबार सरकारले जानकारी गराएको छ । राष्ट्रपति पौडेलले कार्तिक २२ गते प्रस्थान गरेर मंसिर १ गते नेपाल फर्कनेछन् । “राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सोपश्चात् संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न मिति २०८० साल कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मिति २०८० मंसिर १ गतेका दिन स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको छ,” निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् ।
दुई पाइलटको झगडा : रामेछाप विमानस्थलका प्रमुख निलम्बन
१७ कात्तिक, २०८०
यूएईले दियो नेपाललाई १३५ रनको लक्ष्य
१७ कात्तिक, २०८०
दुईवटा विद्युत वितरण सबस्टेसन उद्घाटन
१७ कात्तिक, २०८०
भिटामिन ‘ए’ र जुकाको औषधि आज र भोलि खुवाइँदै
१७ कात्तिक, २०८०
नेपाली सेनाले माग्यो २२९ सहायक सेनानीमा आवेदन (सूचनासहित)
१७ कात्तिक, २०८०
भरतपुर महानगरपालिकाको महानगरीय रिङरोड पश्चिम खण्डको उद्घाटन
१६ कात्तिक, २०८०
तिहारमा चिनीको अभाव नहुने, भोलिदेखि ४६ सय मेट्रिक टन बजारमा
१६ कात्तिक, २०८०

