रिगलविरुद्धको मुद्दाको निर्णय आज
१६ कात्तिक, २०८०
काठमाडौं । नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगल भनिने योगराज ढकाललाई माफी दिने निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतको निर्णय आज आउने भएको छ । कायममुकायम प्रधान्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बहस सकिएपछि निर्णय सुनाउन मिति तोकेको हो । बुधबार दुवै पक्षको बहस सकिएपछि इजलासले निर्णय सुनाउन बिहीबारको मिति तोकेको हो । बिहीबार संक्षिप्त आदेश वा अन्तिम फैसलामध्ये जे पनि हुन सक्ने सर्वोच्च स्रोतले जनाएको छ । ०७२ साल असार २८ गते चेतनको हत्या गरी फरार रहेका रिगललाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध भारती शेर्पाले रिट दायर गरेकी थिइन् । भारतीले आफ्नो श्रीमानको हत्यारालाई माफी दिएर आफूसहितका पीडितलाई थप पीडा दिएको भन्दै रिट दायर गरेकी थिइन् । उनले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, कारागार व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय बाँके तथा दाङ र कारागार कार्यालय दाङसहित रिगललाई विपक्षी बनाएर असोज २२ मा रिट दायर गरेकी हुन् ।
संसद् अधिवेशन अन्त्यको तयारी
१६ कात्तिक, २०८०
नेप्सेमा सामान्य अंकको गिरावट
१५ कात्तिक, २०८०
काठमाडौं युनेस्कोको ‘फिल्मको रचनात्मक शहर’को सूचीमा
१५ कात्तिक, २०८०
रुपेश सर्राफको हत्यामा संलग्न पाँच जना सार्वजनिक
१५ कात्तिक, २०८०
वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या
१५ कात्तिक, २०८०
पर्यटन ऐनहरू समय सापेक्ष बनाउन जरुरी छ : मन्त्री किराँती
१५ कात्तिक, २०८०
गोठाटारमा तीन राउण्ड गोली चल्यो, भारतीय नागरिक घाइते
१५ कात्तिक, २०८०
पत्रकार शर्मामाथि युवासंघले गरेकाे आक्रमण निन्दनीय
१५ कात्तिक, २०८०
चार दिने औपचारिक नेपाल भ्रमण सकेर फर्किए गुटेरेस
१५ कात्तिक, २०८०
विश्वकप क्रिकेट : पाकिस्तानसँग बंगलादेश ७ विकेटले पराजित
१५ कात्तिक, २०८०
यस्तो छ आजको विनिमय दर
१५ कात्तिक, २०८०
डिजेल र मट्टीतेलको मूल्य घट्यो
१५ कात्तिक, २०८०
यस्तो छ आजको मौसम
१५ कात्तिक, २०८०
एमालेले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै
१५ कात्तिक, २०८०

