यी क्षेत्रमा हिमपातको सम्भावना
२३ कात्तिक, २०८०
काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ । विभागले दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।
माओवादी केन्द्रका नेता बर्तौलामाथि सांघातिक हमला
२२ कात्तिक, २०८०
जाजरकोटमा गयो भूकम्पको अर्को परकम्प
२२ कात्तिक, २०८०
एमालेले थप गर्यो जिल्ला अधिवेशनको समय
२२ कात्तिक, २०८०
यू–१९ एसिया कप : नेपालको पहिलो खेल पाकिस्तानसँग
२२ कात्तिक, २०८०
भूकम्पीडितलाई राष्ट्रपतिले एक महिनाको तलब दिने
२२ कात्तिक, २०८०
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
२२ कात्तिक, २०८०
भूकम्पपीडितका लागि प्राधिकरणले दियो एक करोडको चेक
२२ कात्तिक, २०८०
चीनले बुझायो झण्डै ४० करोडको राहत सामाग्री(तस्बिरहरू)
२२ कात्तिक, २०८०
रवि लामिछानेले दिए प्रधानमन्त्रीलाई सुझाव
२२ कात्तिक, २०८०
अमेरिका घुमेर स्वदेश फर्किए राप्रपा अध्यक्ष लिङ्देन
२२ कात्तिक, २०८०
चिनिँया कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी आज नेपाल आउँदै
२२ कात्तिक, २०८०
एमालेको सचिवालय बैठक बस्दै
२२ कात्तिक, २०८०
यस्तो छ आजको विनिमय दर
२२ कात्तिक, २०८०
पहाडमा वर्षा, यी ठाउँमा हिमपातको सम्भावना
२२ कात्तिक, २०८०

