प्रधानमन्त्री भन्दा उपप्रधानमन्त्री सिंह एक कदम अगाडि, देशको शान्ति सुरक्षाबारे लिए जानकारी
२ साउन, २०८१
काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह प्रधानमन्त्री केपी शर्मा ओली भन्दा एक कदम अगाडि देखिएका छन् ।प्रकाशमान सिंहले आज सिंहदरबारमा राज्यका तीन वटा सुरक्षा अंगसँग छलफल गरेका छन् । देशमा केही बाढिपहिरो र दुर्घटनाका कारण भएको जनधनको क्षतिबारे जानकारी समेत लिन नभ्याइ बधाई तथा शुभकामनामा प्रधानमन्त्री ओली व्यस्त भैरहेका बेला सत्ता साझेदार पहिलो दल नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरेर ओली नेतृत्वको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री बनेका सिंहले प्रधानमन्त्री ओली भन्दा एक कदम अगाडि बढेर देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् । उनले आज सिंहदरबारमा भएको छलफल पश्चात भनेका छन्-' सिंहदरबारस्थित मन्त्रालयलमा तिनवटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकसंग भेटघाट गरी देशको पछिल्लो शान्ति सुरक्षा अवस्थाबारे जानकारी लिएको छु।' प्रकाशमानले सत्ता साझेदार प्रमुख दलको सरकारको नेतृत्व कर्ताका हिसाबले बैठक बोलाएको बताएका भएपनि सहरी विकास मन्त्रालयको जिम्मेवारी समालेका प्रकाशमानले आफुसँग असम्बन्धित सुरक्षा निकायका प्रमुखहरुसँगको बैठक बोलाएर छलफल गरी प्रधानमन्त्रीलाई चुनौती दिएको भन्दै नेकपा (एमाले) वृतबाट भने उनको आलोचना भएको छ ।
प्रधानमन्त्री र अमेरिकी राजदूतबिच भेटवार्ता
२ साउन, २०८१
न्युरोडमा फुटपाथ बिस्तारको काम पुनः थालियो
२ साउन, २०८१
यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
२ साउन, २०८१
आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै
२ साउन, २०८१
यस्तो रहनेछ आजको मौसम
२ साउन, २०८१
समाजवादी मोर्चाको बैठक शुरु
१ साउन, २०८१