एभरेष्ट दैनिक

राष्ट्रिय सुरक्षा परिषदको बैठक सिंहदरबारमा जारी, शान्ति सुरक्षाबारे समीक्षा हुँदै

काठमाडौं, असोज ५ । राष्ट्रिय सुरक्षा परिषदको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ । बैठकमा देशको पछिल्लो शान्ति सुरक्षामा देखिएको चुनौतीका बारेमा समीक्षा हुने बताइएको छ । शनिबार (भोलि) प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने कार्यक्रम रहेकोले परिषद्को आकस्मिक बैठक बोलाईको हो ।