एभरेष्ट दैनिक

रमाइलो लोकगित “जाउँ घुम्न नगरकोट” को म्युजिक भिडियो बजारमा

काठमाडौं,असोज २। पर्यटकीय क्षेत्र नगरकोटलाई आधार बनाइ तयार गरिएको लोकगीत जाउँ घुम्न नगरकोटको म्युजिक भिडियो बजारमा आएको छ। सोमबार बाट युटुव मार्फत सार्बजनिक गरिएको गीतलाई गायक पुष्कर चौलागाई र गायिका मिश्रा काफ्लेले स्वर दिएका छन् । गीतको शब्द संकलनमा स्वयम् गायक चौलागाई र अर्जुन पण्डित रहेका छन भने लय संकलनमा गायक चौलागाई र सविता ढुंगानाको रहेका छन। गीतको म्यूजिक भिडियो निर्देशन किरण गौतमले गरेका छन् भने छायाँकनमा मुकेश हुमागाई, र गितको सम्पादनमा अबिनाश डिसिले गरेका हुन् । निक्कै रमणीय वातावरणमा छायांकन गरिएको गितको भिडियोमा किरण, विसाखा, गोविन्द र शुसिलाले अभिनय गरेका छन्।काभ्रे संगम म्युजिक प्रा.लि को प्रस्तुति मा आएको यो गित लाई धेरैले मनपराउने आसा लिइएको छ।