तीन भागमा जमिनको वर्गीकरण गर्छौ : मन्त्री खनाल
२९ जेठ, २०७५
काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले केही समयपछि जमिनको वर्गिकरण योजना लागू गरिने बताउनुभएको छ । नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) र राष्ट्रिय कृषि समूह महासंघले मंगलबार संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै मन्त्री खनालले खेतीयोग्य, व्यावसायिक र आवास गरी तीन भागमा जग्गाको वर्गिकरण गरी लालपूर्जा वितरण गरिने बताउनुभयो । ‘साना किसान र आव २०७५र७६ को’ बजेट विषयक अन्तक्रिया कार्यक्रममा मन्त्री खनालले सरकारले निर्दिष्ट गरेको खेतीयोग्य जमिन खण्डिकरण हुन नदिन र बाँझो राख्न नपाइने कानूनसमेत बनाइने बताउनुभयो । मन्त्री खनालले भूमिको यथोचित व्यवस्थापन र उपयोगका बारेमा भूमिअधिकार ऐन २०२१ को संशोधन र अन्य केही ऐन खारेज गरी नयाँ ऐन बनाउने तयारी भइरहेको बताउनुभयो । राष्ट्रिय कृषि उपभोक्ता महासंघका अध्यक्ष उद्धव अधिकारीले कृषिको व्यवसायीकरण र आधुनिकताका नाममा स्थानीय जातका बीउबिजन मासिने क्रम शुरु भएको र न्यून लगानीमा खेती गर्दै आएका साना किसानको अधिकार प्रति सरकार सचेत नरहेको आरोप लगाउनुभयो । कार्यक्रममा कृषि विज्ञ सोमत घिमिरेले साना किसानको नजरमा कृषि सम्बन्धी नीति तथा कार्यक्रम र बजेट विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमाथि पत्रकार जुनारबाबु बस्नेत, कृषि विज्ञ डा कृष्ण पौडेल र पूर्व सचिव उत्तमकुमार भट्टराइले टिप्पणी गर्नुभएको थियो ।
बागलुङमा रोपाइँको चटारो
२९ जेठ, २०७५
तीन पेट्रोल पम्पमा शील
२९ जेठ, २०७५
मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने
२९ जेठ, २०७५
‘गोठ सफा नभएसम्म दूध सफा हुन सक्दैन’
२९ जेठ, २०७५
लुकाइएको अवस्थामा १९ किलो गाँजा बरामद
२९ जेठ, २०७५
चिठ्ठाको नाममा करोडौ ठग्ने ४ युवक पक्राउ
२९ जेठ, २०७५
आज कति छ सुनचाँदीको बजार मूल्य !
२९ जेठ, २०७५