एभरेष्ट दैनिक

बेवारिसे अवस्थामा एक युवकको शव फेला

धनकुटा । स्थानीय फोहर विसर्जनस्थल छेउमा आज बिहान बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ । शव धनकुटा नगरपालिका ६ का ३० वर्षीय राजेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । श्रेष्ठको अनुहार र शरीरमा गम्भीर चोट रहेका कारण हत्या भएको आशंकामा धनकुटा नगरपालिका–६ निवासी मृतकका भाइ ईश्वर, भिनाजु अनिल डंगोल र धनकुटा नगरपालिका– २ घर भएका रुमबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी जनाएको छ । शव परीक्षणका लागि धनकुटा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस