एभरेष्ट दैनिक

एक सय पच्चीस करोड भारतीयको सम्मान– प्रधानमन्त्री मोदी

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनताले आफूलाई गरेको सम्मानमा खुसी व्यक्त गरेका छन्। उनले आफूलाई गरिएको यो सम्मान सवा सय हिन्दुस्तानीको सम्मान भएको बताए । जनकपुरको जानकी मन्दिरमा पूजा अर्चनापछि बोल्दै प्रधानमन्त्री मोदीले नेपाल, प्रदेश सरकार, मन्दिर व्यवस्थापन समिति तथा आफ्ना समकक्षी केपी ओलीलाई धन्यवाद ज्ञापन गरे । सम्बोधनका क्रममा मोदीले अयोध्या र जनकपुरको परापूर्वकालदेखि नै सम्बन्ध रहिआएको स्मरण गरे।