एभरेष्ट दैनिक

सन्दीप लामिछानेको कमाल, आइपिएलमा लिए पहिलो बिकेट

काठमाडौं, आइपिएलमा पहिलोपटक पहिलो खेल खेलेका सन्दीप लामिछानेले नेपालका लागि गर्वको काम गरेका छन् । सन्दीपले तेश्रो ओभरमा आफ्नो पहिलो विकेट लिएका हुन । रोयल च्यालेन्जर बैंगलोरका पि पटेलको विकेट उनले लिएका छन् । सन्दीपका लागि आज निकै महत्वपूर्ण खेल छ । उनले डेभिलियर्स र बिराट कोहलीविरुद्ध बलिङ गर्ने अवसर समेत पाएका छन् ।