एभरेष्ट दैनिक

पछाडिको गोजीमा पर्स राखे आइलाग्ला आपत

अचेल पछाडिको गोजीमा बाक्लो पर्स राख्नु फेसन भइसकेको छ । गोजीमा पर्स र मोबाइल वर्तमान जीवनशैलीको अभिन्न अंग भइसकेको छ । पर्समा पैसाका अतिरिक्त भिजिटिङ कार्ड, क्रेडिट/डेबिट कार्ड, सवारी चालक लाइसेन्स र अन्य जरुरी कागजात राख्ने गरिन्छ जसले गर्दा स्वाभाविक रूपमै पर्स बाक्लो हुने गरेको छ । उसरी पनि पर्स जति बाक्लो भयो उति सान ठानिने भएकाले अचेल किशोरहरुले त झन् बेमतलबका कागज राखेर पनि पर्स बाक्लो बनाउने गरेका हुन्छन् । झन् कतिपय पर्सहरू त बाक्लै देखिने गरेर पनि निर्माण गरिएका हुँदा रहेछन् । यदि कसैले लामो समय पछाडिको गोजीमा पर्स राख्ने गर्दछ भने यसले मेरुदण्ड त बाङ्गो हुन् तर साइटिकाको समस्याले भने सताउन सक्छ ।…..“यो रेडिएटिंङ पेन हुन्छ अर्थात् दुखाइ कुनै एक ठाउँमा नभएर यसको ठाउँ बदलिरहन्छ । पर्स राखिने सबैभन्दा लोकप्रिय स्थान भनेको पछाडिको गोजी नै हो तर पछाडिको गोजीमा बाक्लो पर्स राख्दा केही स्वास्थ्य समस्याहरूबारे भने अधिकांशहरू अनभिज्ञ नै रहेका छन् । पछाडिको गोजीमा बाक्लो पर्स राख्ने बानी कति खतरनाक हुन सक्छ भन्नेबारे भर्खरै सार्वजनिक एक रिपोर्टमा उल्लेख गरिएको छ । अब यसो भनिरहँदा पछाडिको गोजीमा पर्स राख्नासाथ समस्या आइहाल्ने भन्ने होइन तर निरन्तरको यस्तो बानीले भने समस्या निम्त्याउन सक्छ । अचेल सामाजिक संजालमा पछाडिको गोजीमा बाक्लो पर्स राख्दा मेरुदण्डको हड्डी बाङ्गो हुन सक्छ भन्ने कुरामा बहस चलिराखेको छ । मेन्स हेल्थ भन्ने पत्रिकामा छापिएको एउटा रिपोर्टमा युनिभर्सिटी अफ् वाटरलुका स्पाइन बायो मेकानिक्स विषयका प्राध्यापक डा. स्टुअर्ट म्याकगिलले लामो समय पछाडिको गोजीमा पर्स राखेर बस्दा कामरको तल्लो भागमा दुःखाइको समस्या देखिन सक्छ । यस्तो हुनुको एउटा कारण रहेको छ । पुट्ठाको हाडको जोर्नी पछाडि रहेको सियाटिक तन्त्रिका पर्स र शरीरको बोझबीच थिचिएर यस्तो समस्या देने गर्दछ । पर्स जति बाक्लो भयो उति सान ठानिने भएकाले अचेल किशोरहरुले त झन् बेमतलबका कागज राखेर पनि पर्स बाक्लो बनाउने गरेका हुन्छन् । झन् कतिपय पर्सहरू त बाक्लै देखिने गरेर पनि निर्माण गरिएका हुँदा रहेछन् । साइटिका दुखाइ नजरअन्दाज गर्ने खालको समस्या होइन । सुरूमा कमरको पछाडिको भागबाट सुरु हुने भए पनि यो बिस्तारै गोडातिर सर्दै गैर गम्भीर समस्याको रुप लिन सक्छ । डा. म्याकगिलले पिठ्युँको दुखाइको अध्ययन गर्ने उद्देश्यले एउटा प्रयोग गरेका थिए जसमा उनले नितम्ब मुन्तिर एउटा सानो आकारको वालेट राखे । उनले के पाए भने पछाडिको गोजीमा बाक्लो पर्स राख्दा पेल्भिस (पुट्ठाको हाड) एकातिर झुक्ने हुन्छ जसले गर्दा मेरुदण्डको हाडमा अतिरिक्त दवाब पर्दछ र सिधा बसेको अवस्थामा पनि कमरको तल्लो भाग धनुष जस्तो बांगिएको अवस्थामा रहन्छ । यसले नसाहरू तन्किएर दुखाइको समस्या देखिन सक्छ । यस्तो अवस्थामा पर्स जति बाक्लो होला त्यति नै बढी समस्या हुन सक्छ । पर्स धेरै बाक्लो भएको खण्डमा त यसलाई अगाडिको गोजीमा राख्न समेत समस्या हुन सक्छ किनकि पर्स धेरै बाक्लो भए अगाडिको गोजीमा राख्दा पनि बसेको अवस्थामा असन्तुलन ल्याएर समस्या निम्तिन सक्छ । केही डाक्टरहरूले बाक्लो पर्स गोजीमा राखे मेरुदण्डको हड्डी नै बाङ्गो हुने कुरा गर्दछन् । अब यस्तो होला नहोला तर यदि पहिले देखि नै मेरुदण्डको हाडमा कुनै समस्या छ भने यो बल्झिन भने सक्छ । साइटिका दुखाइ नजरअन्दाज गर्ने खालको समस्या होइन । सुरूमा कमरको पछाडिको भागबाट सुरु हुने भए पनि यो बिस्तारै गोडातिर सर्दै गैर गम्भीर समस्याको रुप लिन सक्छ । नयाँ दिल्लीस्थित प्राइमस अस्पतालमा हाड-जोर्नी विशेषज्ञ डॉक्टर कौशल कांत मिश्राका अनुसार आदर्श स्थितिमा पछाडिको गोजीमा पर्स राख्दैमा कुनै समस्या आइहाल्ने त होइन तर यसकालागी मेरुदण्डको स्थिति दुरुस्त हुनु आवश्यक छ । तर लामो समय यसरी पर्स राखिराख्नु भने हानिकारक हुन सक्छ । “यदि कसैले लामो समय पछाडिको गोजीमा पर्स राख्ने गर्दछ भने यसले मेरुदण्ड त बाङ्गो हुन् तर साइटिकाको समस्याले भने सताउन सक्छ ।” डाक्टर मिश्रा भन्दछन्, “यो रेडिएटिंङ पेन हुन्छ अर्थात् दुखाइ कुनै एक ठाउँमा नभएर यसको ठाउँ बदलिरहन्छ ।” के गर्ने यस्तो दुखाइमा? यदि यसो खालको दुखाइको लक्षण देखिएमा घघुँडा खुम्च्याएर भुइँमा पल्टिने र त्यसपछि घुँडा सिधा पर्ने क्रममा घुँडा दायाँ मोड्ने र अरुभाग सिधा राख्ने, फेरि यही प्रक्रिया दोहोऱ्याउने र घुँडा बायाँ मोड्दै सिधा गर्ने । बारम्बार यही प्रक्रिया दोहोऱ्याएको खण्डमा कम्मर दुखाइमा आराम मिल्न सक्छ । त्यस्तै भुइँमा पल्टिने र घुँडा छातीमा टाँसेर खुट्टाको तलुवा समातेर दायाँ-बायाँ घुम्ने । यसो गर्दा पिठ्युँको दुखाइ कम हुन सक्छ । पर्स जति बाक्लो होला त्यति नै बढी समस्या हुन सक्छ । पर्स धेरै बाक्लो भएको खण्डमा त यसलाई अगाडिको गोजीमा राख्न समेत समस्या हुन सक्छ किनकि पर्स धेरै बाक्लो भए अगाडिको गोजीमा राख्दा पनि बसेको अवस्थामा असन्तुलन ल्याएर समस्या निम्तिन सक्छ । कसरी राख्ने त पर्स? पैसा राख्नको लागि पातलो पर्सको प्रयोग गर्न सकिन्छ । सँगै साँचो राख्न मिल्ने पर्स राख्न सकिन्छ । यसो गर्दा बस्दा साँचो बिझ्न सक्छ जसले गर्दा तपाईं पर्स अगाडिको गोजीमा राख्न बाध्य हुनुनुनेछ । सकेसम्म पर्स अगाडिको गोजीमा राख्दा राम्रो हुन्छ र त्यो पनि धेरै बाक्लो नभएकै राम्रो। घरमा भएको बेला सकेसम्म पर्स अलग नै राखे रामो ।