कर्मचारी खटाएको स्थानमा जानैपर्छ : मन्त्री पण्डित
२ बैशाख, २०७५
काठमाडौं, वैशाख २ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले सरकारले खटाएको स्थानमा गएर सेवा गर्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ गरेको साक्षात्कारमा उहाँले नयाँ संरचनाअनुसार भइरहेका कर्मचारीलाई सरकारले आवश्यकताका आधारमा तीनवटै तहमा व्यवस्थापन गर्न सक्ने बताउनुभयो । कर्मचारी कम भएको हुँदा अहिले सरकारले स्वेच्छिक अवकाशको निर्णय स्थगन गरेको बताउँदै उहाँले भन्नुभयो, “अर्को निर्णय नभएसम्म स्वेच्छिक अवकाश दिने निर्णय स्थगन भएको छ । सरकारले खटाएको ठाउँमा उनीहरु जानैपर्छ, नभए अवकाश लिने निर्णय गर्नुपर्छ ।” प्रादेशिक लोक सेवा आयोग गठन भएपछि सम्बन्धित प्रदेशले कर्मचारीको व्यवस्थापन गर्ने मन्त्री पण्डितको भनाइ थियो । मन्त्री पण्डितले राजनीतिक संक्रमणकाल सकिएर अहिले प्रशासनिक संक्रमणकाल शुरु भएको जानकारी दिँदै संक्रमणकाल पार लगाउनका लागि कर्मचारीको महत्वपूर्ण भूमिका हुनेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता डा नारायण खड्काले राजनीतिक स्थायित्वका लागि आर्थिक, सामाजिक, कूटनीतिकलगायत पक्ष सन्तुलित हुनुपर्ने बताउँदै सरकारले जोसिला र महत्वाकांक्षी योजना बनाएको हुँदा त्यसलाई पूरा गर्न सुझाव दिनुभयो । उहाँले सरकारले पूर्व अति विशिष्ठ व्यक्तिलाई दिइएको सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय स्वागतयोग्य भएको बताउँदै प्रमुख प्रतिपक्ष दलको हैसियतले काँग्रेसले सरकारलाई रचनात्मक सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शेयर किन्न र बेच्न अब दलाल नचाहिने
२ बैशाख, २०७५
मन्दिरमा चरम लुट
२ बैशाख, २०७५
रजनीकान्त र सलमान खान भिड्दै
२ बैशाख, २०७५
भारतमा रेल दुर्घटना
२ बैशाख, २०७५
मान्छे जस्तै देखिने बाँदर, भिडियोसहित
२ बैशाख, २०७५
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
२ बैशाख, २०७५
संकटमा अन्ध गल्छी : सडकका ढुंगा गल्छीमा
२ बैशाख, २०७५
बुद्धको जन्मस्थलबारे भ्रम चिर्न समन्वयको खाँचो
२ बैशाख, २०७५
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
२ बैशाख, २०७५
‘हिजो र आजका कथा’ प्रकाशित
२ बैशाख, २०७५
चुटकिला : एकजना मान्छे अत्ति नै झ्याप
२ बैशाख, २०७५