हिल्सा नाका सञ्चालन गर्ने कर्णाली सरकारको निर्णय
१ बैशाख, २०७५
काठमाडौं, बैशाख १ । कर्णाली प्रदेश सरकारले चीनसँग जोडिएको हुम्लाको हिल्सा नाका सञ्चालनमा ल्याउने निर्णय गरेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा मुगुको रारा तालछेउमा शुक्रबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले तत्काल हिल्सामा भन्सार कार्यालय स्थापना गरी काम अघि बढाउने निर्णय गरेको हो । सरकारले डोल्पाको मोरिङ्ला र मुगुको नाङ्चे नाका पनि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । कर्णालीमा पर्यटन विकासका लागि कालिकोटको नाग्मादेखि रारासम्मको कच्ची सडकलाई कालोपत्रे गर्ने निर्णय पनि गरेको छ। यस्तै, कोहलपुर–सुर्खेत–हिल्सा सडकलाई अन्तर्राष्ट्रिय द्रुतमार्ग नामकरण दिई क्षमता वृद्धि गरिने भएको छ । केन्द्र सरकारसँग पहल गरी दैलेखको इन्धन उत्खनन प्रक्रिया अगाडि बढाउने र कर्णाली एकीकृत बस्ती विकास अभियान सुरु गर्ने प्रदेश सरकारले निर्णय गरेको छ ।
कन्डम लगाउन मान्दैनन् ग्राहक
३० चैत, २०७४
ठमेल र बसपार्क क्षेत्रलाई जोड्न माग
३० चैत, २०७४
नारायणगढ मुग्लिन सडकखण्ड बन्द नहुने
३० चैत, २०७४
वर्षाले ३५ करोडको इँटा क्षति
३० चैत, २०७४
नयाँ वर्षमा टेलिकमकाे अफरै अफर
३० चैत, २०७४
परराष्ट्रमन्त्री ज्ञवाली चीन जादैं
३० चैत, २०७४