एभरेष्ट दैनिक

कविताः ढल्को

बलराम तिमिल्सिना ‘विप्लव’ फूलजस्तै फक्रिएर खै त हाँसे ओठहरू जस्तापाता टल्काएर रमाए खै गोठहरू ! अनि पो त नयाँ वर्ष भनी मान गर्न मिल्छ धून धपाउँन सक्यो भने थोत्रा खोटहरू ! उही दुख उही दर्द उही सास्ती जिन्दगीमा झुपडीलाई हियाउँदै फूर्ती गर्छन् नोटहरू ! म कसरी हाँसौं साथी कसरी रमाऊँ खै सवै सवै विगतका पैंचो बोकी चोटहरू ! घर घर दाल भात डेलिभरी गर्छु भन्थे ऐले सोच्छु कठैबरा खेर गए भोटहरू ! भुट मकै साँध गुन्द्रुक सार मोही चिसो बर्गर र पिजासँग हाँस्न देऊ कोटहरू ! कहाँ आयो नयाँ वर्ष देख्दिनँ त कतै पनि भयो हल्ला बन्द गर असतीका बोटहरू !