एभरेष्ट दैनिक

प्रधानमन्त्रीले संसद भने– छिमेकीसँग सम्वन्ध समानता र अहस्तक्षेपका आधारमा हुन्छ

काठमाडौं, चैत २० । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँग समानता र अहस्तक्षेपका आधारमा समदूर सम्बन्ध विकास गर्न चाहेको बताएका छन् । मंगलबार संसदमा विशेष सम्बोधन गर्दै चैत्र २३ गतेदेखि गर्न लागेको भ्रमणबारे संसदलाई जानकारी गराउँदै सो कुरा बताएका हुन ।प्रधानमन्त्री ओलीले विदेश नीतिको प्रस्थान विन्दु मित्रता भएको पनि बताए । उनले अघि भने, मितत्रा कसरी हुन्छ भने सम्वन्ध समानता र हस्तक्षेपका आधारमा हुन्छ ।’ ओलीले आफ्नो प्राथमिकता सम्झौताको चाङ लगाउने नभई भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्वन्धलाई फलदायी बनाउने हुने बताए । उनले भने, कृषिका साथै जलमार्ग र रेलमार्गबारे पनि कुराकानी गर्छु ।’ जलमार्ग भन्नासाथ मानिसहरु छक्क पर्ने गरेको भन्दै उनले गंगाको बाटोबाट सामान ल्याउन सकिन्छ भनेर मूर्त रुपमा छलफल गर्ने उनले बताए । प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणमा भारतले घोषणा गरेको सहयोग कार्यान्वयनलाई पनि भ्रमणमा प्राथमिकताका साथ उठाइने बताए । आतंकवाद लगायतका कतिपय साझा मुद्दाहरु रहेको भन्दै उनले भारतका जायत चासो सम्बोधन गर्न सरकार तयार रहेको सदनलाई जानकारी दिए ।