गरिब नागरिकलाई विद्युतीय चुल्हो उपलब्ध गराउने

 

काठमाडौं। सरकारले गरिब नागरिकका लागि विद्युतीय चुह्लो उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब नागरिकलाई विद्युतीय चुह्लो उपलब्ध गराउने बताए। 

केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सक्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सक्ने योजना रहेको बताए ।

युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा प्रदान गरिने बताएका छन्। सङ्घीय संसदमा मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले युवा स्वरोजगार बताउन यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। 

सरकारले पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने

काठमाडौं । सरकारले देशभरका पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।उनले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताए। उनले सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबिच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने बताए।उनले तीन लाख हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउनेदेखि राष्ट्रिय गौरवका सिँचाइ परियोजना निर्माणमा जोड दिने बताए। उनले सरकारले मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइने बताए।उनले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक बनाउन कानुनी तथा संरचनागत सुधार गरिने समेत बताए । 

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (तस्बिर)

काठमाडौँ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति सुरु भएको छ । मङ्गलबार दिउँसो ३ बजेबाट सुरु भएको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

उपभोक्ता अदालत गठन गरिने

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले उपभोक्ता अदालत गठन गरिने बताएका छन्। मङ्गलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले उपभोक्ता अदालत गठन गरिने बताएका हुन्।

दैलेखमा पेट्रोलिम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्ष भित्रै सम्पन्न गरिने

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले स्दैलेखमा पेट्रोलिम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्ष भित्रै सम्पन्न गरिने बताएका छन्। मङ्गलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले स्दैलेखमा पेट्रोलिम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्ष भित्रै सम्पन्न गरिने बताएका हुन्। साथै उनले आयात प्रतिस्थापन,निर्यात वृद्धि र रोजगारी लागि साझेदारी कार्यक्रम सञ्चालन गरिने, रैथाने तथा परमपरागत सीपमा आधारित उद्योग प्रर्वद्धन गरिने, व्यापार पूर्वधार विकास योजना तयार गरी कार्यान्वयनमा लगिने,अन्तराष्ट्रिय व्यापारको लागत र समय घटाइने बताएका छन् ।

निर्यात वृद्धि र रोजगारी साझेदारी कार्यक्रम सञ्चालन गरिने

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आयात प्रतिस्थापन,निर्यात वृद्धि र रोजगारी लागि साझेदारी कार्यक्रम सञ्चालन गरिने बताएका छन्। मङ्गलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले आयात प्रतिस्थापन,निर्यात वृद्धि र रोजगारी लागि साझेदारी कार्यक्रम सञ्चालन गरिने बताएका हुन्। 

कर्लाली प्रदशेमा एकिकृत कर्णाली सिचाई कार्यक्रम सुरु गरिने

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले कर्लाली प्रदशेमा एकिकृत कर्णली सिचाई कार्यक्रम सुरु गरिने बताएका छन्। मङ्गलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेलले कर्णालीको कृषि विकासका लागि सिँचाई कार्यक्रम सुरु गरिने बताएका हुन्। 

आधुनिक प्रविधिबाट भूमिको पुन: नापी गरिने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधिबाट भूमिको पुन: नापी गरिने बताएका छन्। मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।  ‘‘ आधुनिक प्रविधिबाट भूमिको पुन: नापी गरिने छ ’’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भने।  

कृषक सम्मान कार्यक्रम कार्यान्वयनमा लगिने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कृषक सम्मान कार्यक्रम कार्यान्वयनमा लगिने बताएका छन्। मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।  ‘‘ आर्थिक वर्ष २० ८१/८२ मा कृषक सम्मान कार्यक्रम कार्यान्वयनमा लगिने छ’’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भने।  

बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिने बताएका छन्। मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।  ‘‘ आर्थिक बर्ष २० ८१/८२ मा बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिने छ’’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भने।  

आर्थिक बर्ष २० ८१/८२ को दशकलाई कृषिको लगानी दसक घोषणा गरिने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २० ८१/८२ को दसकलाई कृषिको लगानी दसक घोषणा गरिने बताएका छन्। मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।  ‘‘ आर्थिक बर्ष २०८१/८२ को दसकलाई कृषिको लगानी दसक घोषणा गरिने’’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भने।  

कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युत पहुँच पुगेको बताएका छन्। मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै उहाँले यस्तो बताएका हुन्।  ‘‘जलविद्युत उत्पादनको जडित क्षमता दुई हजार ९४० मेगावट पुगेको छ । कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युत पहुँच पुगेको छ’’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भने।  

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति सुरु भएको छ । मङ्गलबार दिउँसो ३ बजेबाट सुरु भएको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो। सङ्घीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने तथा त्यसमाथि छलफल गरी पारित गर्ने सङ्घीय संसद्को मुख्य कार्य जिम्मेवारीभित्र पर्छ । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण भएको कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।

सरकारको नीति तथा कार्यक्रम

काठमाडौँ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मङ्गलबार दिउँसो ३ बजे प्रस्तुत हुँदैछ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नेछन्। नीति तथा कार्यक्रम प्रस्तुतिका लागि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सम्पूर्ण तयारी पूरा भएको छ ।