हेर्नुहोस् मंगलबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल साउन २९ गते मंगलबार सन् २०२४ अगष्ट १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
मंगलबार अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढेको छ । कतारी रियालको खरिद दर स्थिर हुँदा बिक्रीदर बढेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४६ रुपैयाँ ४१ पैसा र बिक्री दर १४७ रुपैयाँ ०६ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ०९ पैसा र बिक्री दर १७१ रुपैयाँ ८६ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल साउन २६ गते शनिबार सन् २०२४ अगष्ट १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको विदेशी विनिमय दर घटेको छ भने बेलायती पाउण्डको विनिमय दर बढेको छ। कतारी रियालको विनिमय दर स्थिर छ। अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४६ रुपैयाँ ९९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ८४ पैसा र बिक्री दर १७१ रुपैयाँ ६१ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
प्रधानमन्त्री ओली लेखा समितिमार्फत आक्रमणमा उत्रिएपछि कुलमानले पठाए २९ पोका प्रमाण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लेखा समितिमा डेटिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पाना (एक लाख पृष्ठ) को विवरण बुझाएको छ । प्राधिकरणले सिंहदरबारस्थिति संसद् सचिवालय परिसरमा रहेको लेखा समितिको कार्यालयमा आज (बिहीबार) नै विवरण बुझाएको हो । प्राधिकरण स्रोतका अनुसार टीओडी मिटरको विवरण समेटिएको कागजातले एउटा मिनीभ्यान नै भरिएको थियो । प्राधिकरणले डेडिकेटेडरट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने ६१ उद्योगीको सूची तथा एम-पावर लेजर १ पोका, सञ्चालक मनोजकुमार मिश्र र भक्तबहादुर पुनको प्रतिवेदन एक थान इन्डेक्स फाइल, टीओडी मिटर डाटा डाउनलोड विवरण १ पोका, लोड प्रोफाइल सहितको टीओडी मिटर डाटा डाउनलोड विवरण ३ पोका, लग सिट २२ पोका, अदालतको फैसला १ पोका र २०७२ माघदेखि २०७५ बैशाखसम्मको बक्यौता महसुलसम्बन्धी विवरणको १ थान इन्डेक्स फाइल लेखा समितिमा पठाएको हो । सो विवरण लोड गरिएको मिनीभ्यान प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्कबाट सिंहदरबार पुगेको थियो । मिनीभ्यानबाट टीओडी मिटरका दस्ताबेज राखिएका पोकाहरू लेखा समिति सचिवालयमा लगिएको थियो । नेपाल विद्युत प्राधिकरणका अनुसार मुलुकमा चरम लोडसेडिङ भएका बेला २०७२ माघदेखि २०७५ बैशाखसम्म ठूला ५७ उद्योगले डेडिकेटेड फिडर र ट्रङ्कलाइनबाट दिनको चौबीस घण्टासम्म खपत गरेको विद्युतको ८ अर्ब ४ करोड ७४ लाख २३९ रुपैयाँ २२ पैसा महसुल तिर्न बाँकी छ । विद्युत महसुल प्रकरणमा सरकारले गठन गरेको लाल आयोगले नै ०७२ माघदेखि ०७५ वैशाखसम्मको विद्युत महसुल उठाउन मार्गप्रशस्त गरिसकेको छ। तर, व्यापारीहरूको लबिइङमा प्रधानमन्त्री केपी शर्मा ओली सदनमा खनिनुका साथै, आफ्ना कार्यकर्ता समेत रहेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रयोग गरी प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई नै बर्खास्त गर्न सक्दो प्रयास गरिरहेको बेला घिसिङले ती प्रमाणहरु पठाएको हो । घिसिङसहित प्राधिकरणको नेतृत्वविरूद्ध सार्वजनिक लेखा समितिले लेखासमितिको सिप नलागे अख्तियारसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीं) समेत प्रयोग गर्ने तयारी गरेको थियो ।सोही अनुरुप सार्वजनिक लेखा समितिका समापति ऋषिराज पोखरेलले व्यापारिक घरानामा बसि प्रतिवेदन तयार गरेका थिए । समितिको उक्त प्रतिवेदन गत शुक्रबारको बैठकमा पारित गराउने कोसिसमा थिए समिति सभापति पोखरेल, तर उनको उक्त प्रयासमा सत्तारुढ नेपाली कांग्रेसका सांसदको मौनता र प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसदहरू विरोध पछि सफल हुन सकेन । महसुल नतिरेका उद्योगी व्यापारीहरूले प्राधिकरणसँग टीओडी मिटरको तथ्याङ्क नै नभएको र कुलमान घिसिङले मनलाग्दी बिल पठाएको कारण सो दाबी झुठो रहेको बताएका थिए । त्यसैको जवाफमा प्राधिकरणले समितिका सदस्यहरूलाई अध्ययन गर्न नै हप्तौं लाग्ने ५० हजार पृष्ठको टीओडी मिटरको तथ्याङ्कको भारी प्रमाणका रूपमा दिएको हो। प्रधानमन्त्री ओलीको संरक्षणमा देशका ठूला उद्योगी व्यवसायीले राजनीतिक प्रशासनिक सेटिङ गरी अर्बौं रुपैयाँ महसुल नतिर्न सक्दो प्रयास गरेको भएपनि कुलमानको अडानका कारण अहिलेसम्म भैरहवा क्षेत्रका ४ उद्योगले २५ प्रतिशत जरिवानासहित प्रिमियम बक्यौता तिरिसकेका छन् । आज २५ प्रतिशत जरिवानासहित यशोदा फुड्स प्रालिले ४ लाख २५ हजार २३१ रुपैयाँ, जय दुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२ रुपैयाँ, सोना प्याकेजिङले ३ लाख ५५ हजार ६७ रुपैयाँ र सोना पोलिमर्स इन्ड्रस्ट्रिजले ३ लाख ४६ हजार ३८९ रुपैयाँ महसुल बुझाए।
नेप्से ६.७० अंकले बढ्दा २० अर्ब सात करोडको कारोबार
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६.७० अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ०.२४ प्रतिशतले बढेर २७६६.३८ को विन्दुमा पुगेको हो । यसदिन पाँच करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर २० अर्ब सात करोड चार लाख ३४ हजार १०३ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा रहेका १३ उपसमूहमध्ये ६ वटाको समूहगत परिसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन क्षेत्रका लगानीकर्ताले कमाएका छन् । यो क्षेत्रको समूहगत परिसूचक ५.८७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रको समूहगत परिसूचक १.२७ प्रतिशतले घटेको छ । आज दश कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेपलपमेन्ट लिमिटेडको सेयर ८।०४ प्रतिशतले घटेको छ । यसदिन ७९ कम्पनीको सेयर मूल्य बढेको छ । १५९ कम्पनीको सेयर मूल्य घट्दा चारको स्थिर छ ।
यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल साउन २४ गते बिहीबार सन् २०२४ अगष्ट ८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढ्दा र कतारी रियालको विनिमय दर स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४६ रुपैयाँ ३९ पैसा र बिक्री दर १४७ रुपैयाँ ०५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६८ पैसा र बिक्री दर १७१ रुपैयाँ ४४ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
४.१७ प्रतिशले घट्यो नेप्से
काठमाडौं । सेयर बजार परिसूचक मंगलबार कारोबारमा उच्च उतारचढाव देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा ठूलो करेक्सन आएको छ । बजार खुलेसँगै २८१२ पुगेको बजार दिउँसो १ बजेर ४४ मिनेट जाँदासम्म २६७९.५२ मा झरेको हो । नेप्से ११६.८६ अंकले घट्दा परिसूचक २६७९.५२ मा झरेको छ । यस समयसम्म १४ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । मंगलबार नेप्सेमा ठूलो करेक्सन र कारोबारमा नयाँ रेकर्ड राखेसँगै २३३ कम्पनीको शेयर मूल्य घटेको छ । आज ८ वटा कम्पनीको शेयर मूल्य मात्र वृद्धि भएको छ भने १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २० वटा स्टकको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज ३२२ वटा कम्पनीको शेयर २ लाख ७१ हजार ५८७ पटक किनबेच भएको छ । आज एकै दिन ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर किनबेच भएको छ ।
सोमबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल साउन २१ गते सोमबार सन् २०२४ अगष्ट ५ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको विनिमय दर दुई दिनदेखि थपघट भएको छैन। सोमबार युरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ ८६ पैसा र बिक्री दर १४६ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ १४ पैसा र बिक्री दर १७१ रुपैयाँ ९१ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६७ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
बक्यौता तिर्नुपर्ने अडान राखेपछि हटाइए दुई जना बोर्ड सदस्य, अदालत जाने तयारी
काठमाडौँ ।केपी ओली शर्मा नेतृत्वको सरकारले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइएको छ । हटाइएका बोर्ड सदस्यद्वयमा भक्तबहादुर पुन र कपिल आचार्य छन् । उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बोर्ड सदस्यबाट हटाएको हो।उनीहरूलाई इमेलमार्फत हटाएको पत्र पठाइएको हो । डेडिकेटेड र ट्रङ्क लाइनको विद्युत् सुविधा प्रयोग गरेर बक्यौता नतिर्ने उद्योगको लाइन काटिएको र ती उद्योगीले बक्यौता नतिरेसम्म लाइन जोड्न भन्दै अडान लिएका उनीहरूलाई साउन १५ मा लिखित स्पष्टीकरण सोधिएको थियो । साउन १८ मा उनीहरूले स्पष्टीकरण बुझाएका थिए । हटाइएका सदस्यहरुले पत्र भर्खर प्राप्त भएको भन्दै कानुनी परामर्शपछि अदालत जाने बताएका छन् ।
सेयर धितोकर्जाको संस्थागत २० करोडको सीमा हट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जासम्बन्धी संस्थागत लगानीकर्ताको सीमा हटाएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन जारी गर्दै मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयन गरेको हो । संस्थागत लगानीकर्तालाई सेयरधितो कर्जामा कुनै सीमा लागु हुनेछैन । मार्जिन प्रकृतिको सेयर धितोकर्जाको एकल ग्राहक कर्जा सीमालाई भने निरन्तरता दिइएको छ । कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम छ ।
नेप्सेमा ५.२९ अंकको करेक्सन, कति भयो कारोबार ?
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयर बजार परिसूचक (नेप्से) ५.२९ अंकले घटेको छ । नेपाल स्टक एक्सजेन्जका अनुसार यस दिन ५ करोड १३ लाख २१ जहार ६२९ कित्ता बराबरको २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
बिहीबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल साउन १७ गते बिहीबार सन् २०२४ अगष्ट १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमय दर घट्दा युरोको विनिमय दर भने सामान्य अंकमा बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७० पैसा र बिक्री दर १७२ रुपैयाँ ४७ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
नेप्से ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा, कारोबार कति ?
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार कारोबार रकमले भने यसअघिको ‘रेकर्ड ब्रेक’ गरेको छ । आज हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको भए पनि फाइनान्स र लगानी समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । नेप्सेका अनुसार फाइनान्स समुह परिसूचक ८।०८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी लगानी समूहको परिसूचक ६.८९ प्रतिशतले वृद्धि भएको छ । यसदिन १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी सात कम्पनीको सेयर मूल्य स्थिर छ । २१ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । जसमध्ये आठ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४.७५ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.४० रुपैयाँ रहेको छ । यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.४२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४१ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८०रुपैयाँ रहेको छ। यस्तैगरी, साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.९२ रुपैयाँ रहेको छ भने बिक्री दर २९.०५ रुपैयाँ रहेको छ ।
करदाताका समस्या र समाधान विषयक अन्तरक्रिया सम्पन्न
काठमाडौं । नेपाल ट्याक्सपेयर्स सोसाइटीले करदाताका समस्या र सम्भावित समाधान विषयक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । जर्मन होम्स हस्पिटालिटी, गठ्ठाघरमा आज मिति २०८१ साल साउन १५ गते आयोजित कार्यक्रममा कर प्रणालीका विविध पक्षमा छलफल तथा अन्तक्रिया गरिएको ट्याक्सपेयर्स सोसाइटीले जनाएको छ । कार्यक्रममा कर विज्ञ उमेशराज पाण्डेयले करदाताका समस्या र सम्भावित समाधान विषयमा करिव ४५ मिनेट लामो पेपर प्रिजेन्टेसन गरे । कर कार्यलयमा विचौलिया मार्फत करदाताले सेवा लिएको हुँदा करदाताले दुख पाएको साथै हल्लाका पछि करदाता लागेको हुँदा वित्तीय साक्षरता कार्यक्रममा आन्तरिक राजश्व विभागले बताए ।कर कानुन तथा विभागको सिस्टममा एकरुपता नहुँदा कानुनमा भएका कतिपय सुविधाबाट करदाता बन्चित रहेको उनको भनाई थियो। कार्यक्रममा उद्योग वाणिज्य महासंघका कर तथा राजस्व समिति प्रमुख अम्विका प्रसाद पौडेलले समग्र शेयर बजारमा कारोवार गर्दाका समस्या औल्याए । उनले कर प्रशासनमा दरवन्दी मार्फत कर तथा लेखा विज्ञको रुपमा रहेका चार्टर्ड एकाउन्टेन्टलाई प्रयोग गर्न सक्दा समग्र राज्यलाई कर कानुनमा एकरूपता ल्याउन तथा राजश्व वृद्धिमा टेवा पुग्ने धारणा राखे । त्यसैगरी सृजना अधिकारीले प्यानलीष्टको रुपमा कर कानुनमा देखियका दुविधा, कर कानुनका अस्पष्टता तथा कर क्षिक्षा आदिका कारणले करदाताले राजश्व न्याधिकरण तथा अदालतमा विचाराधीन मुद्दामा समस्या खेप्नुपरेको बताइन्।एक्यानका अध्यक्ष राउतले राज्यले करबाट मात्र नभई गैर करबाट समेत राज्यलाई सम्बृद गर्न सक्ने कुरामा जोड दिदै सरकारले सुष्म ढंगले त्यतापट्टी पनि अनुसन्धान गर्नुपर्ने बताए । नेपालमा युवा जनशक्ति धेरैनै रहेको परिपेक्षमा राज्यले त्यसको लाभ लिनुपर्ने समेत बताए । त्यसैगरी कार्यक्रममा एक वक्ताले कर प्रसाशनले सूचना प्रविधिमा आधारित कर प्रशासनमा जोड दिन साथै कर कानुनमा हरेक वर्ष गरिने फेरवदलले करदातालाइ निकै अफ्ठ्यारो बनाएका बताउँदै कर कानुनमा एकरुपता ल्याउनुपर्नेमा जोड दिए । आजको कार्यक्रममा नेपालमानै पहिलो करपात्रो समेत बिमोचन गरिएकाे थियाे भने अबदेखी हरेक १५ दिनमा करदाताका जिज्ञासामा विज्ञको रायसहितको करका कुरा पोर्डकाष्ट सार्वजनिक गरिने बताइएकाे छ । साथै।कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारीमार्फत नेपालकै पहिलो करपात्रो तथा करका कुरा पोर्डकाष्टको बिमोचन सम्पन्न गरिएको थियो । उनले कर कानुनका मुख्य मिति तथा जानकारी रहेको करपात्रो अतिनै राम्रो रहेको हुँदा हरेक करदाताको पसल तथा व्यवसायमा राख्न उपयुक्त हुने समेत बताए । विभागले पोर्डकाष्ट कार्क्रममा लोगो सहित सहयोग गर्नसक्ने हुँदा आगामी दिनमा नेपाल ट्याक्सपेयर्स सोसाइटीसँग थप सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए । उनले कर प्रशासन आवधिक योजना सहित सुधारउन्मुख रहेको बताए । उनका अनुसार करिव ७० प्रतिशत करदाता डे-१ तथा डे-२ विवरण भर्ने रहेको बताउँदै वार्षिक जम्मा २ प्रतिशत करदाताको मात्र बजार अनुगमन तथा फुल अडिट गर्न सकेको बताए । मूल्य अभिवृद्धि कर फिर्ता बजेटरी सिस्टम भन्दा बाहिरबाट नै व्यवस्था गरिएको हुँदा सहज भएता पनि आयकर बजेटरी सिस्टम मार्फत नै गर्नुपर्ने व्यवस्थाले भुक्तानीमा ढिलाई भएको उनले स्वीकारे । सोही कारण विभागले विस्तारै फेसलेस अडिट गर्नेगरी आवश्यक तयारी गरेको बताउँदै उनले अब करदातालाई प्रविधिमैत्री सेवा प्रवाह गरिने बताए । कार्यक्रममा जिल्ला सहकारी संघ, अडान, एक्यान, रेबन, उद्योग वाणिज्य संघ लगायत विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति तथा प्रतिनिधि गरी करिब १०० जना सहभागी थिए । कार्यक्रमको अध्यक्षता सोसाइटिका अध्यक्ष टिका कार्कीले गरेका थिए भने प्रमुख अतिथिमा आन्तरिक राजश्व कार्यलयका महानिर्देशक शिवलाल तिवारी,अतिथिहरुमा नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष अरुण राउत, नेपाल अडिटर्स एसोसिएसनका प्रथम उपाध्यक्ष डा.डोल प्रसाद दाहाल थिए भने सहजकर्ताको भूमिका सिए. के.पी.उपाध्ययले गरेका थिए ।
नेप्से परिसूचक २७ सय विन्दुनजिक
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २७ सय विन्दुनजिक पुगेको छ । नेप्से परिसूचक मंगलबार ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा बन्द भएको हो । यस दिन बजार खुलेपश्चात २६०९ विन्दुसम्म ओरालो लागेको नेप्से, कारोबारको अन्तिम समयतिर बढेर २७०९ विन्दुसम्म पुगेको थियो। यद्यपि, अन्तिम समयमा भने नेप्से परिसूचक २७०० विन्दुभन्दा तल नै बन्द भएको छ। यस दिन नेप्से परिसूचक ३५.५५ अंक बढेर २६९६.६५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक बढेको छ। नेप्से बढेपनि यस दिन भोल्यूम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन साढे १९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२९ स्टकको २ लाख ६ हजार ६४३ पटकको कारोबारमा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँ बराबरको ४ करोड ३ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको बजारमा होटल तथा पर्यटन र फाइनान्स उपसमूहमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। १३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.९९ प्रतिशत बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक ५.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ०.७६ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६० करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको साढे ३७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको करिब साढे ३६ करोडको शेयर किनबेच भएको छ। यस दिन ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन प्रोग्रेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत कम्पनी, नेपाल वेयरहाउजिङ्ग कम्पनी, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल फाइनान्स मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन एशियन हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल साउन १५ गते मंगलबार सन् २०२४ जुलाई ३० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ६५ पैसा र बिक्री दर १७२ रुपैयाँ ४२ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर