नेप्से ५३ अंकले बढ्दा सबै समूहगत परिसूचकमा हरियाली

काठमाडौं । १८ सय विन्दुसम्म झरेको बजार आइतबार उच्च अंकले बढेर २२५७.५७ विन्दुमा बन्द भएको छ ।

यस दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५२.९७ अंकले बढेको हो । सात अर्ब ६२ करोड चार लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

कारोबारमा आएका १३ वटै समूहका परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि वाणिज्य बैंक र हाइड्रोपावर समूहको भएको छ। वाणिज्य बैंकको परिसूचक ३.७४ प्रतिशतले बढेको छ। हाइड्रपावर समूहको परिसूचक ३.३० प्रतिशतले वृद्धि भएको छ।

आज २०१ कम्पनीको सेयर मूल्य बढेको छ । ३६ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ।रिडी पावर कम्पनी र मान्डु हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार २९ गते शनिबार सन् २०२४ जुलाई १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार निरन्तर बढेर  शनिबार बेलायती पाउण्डको बिक्री दरले १७३ रुपैयाँ पार गरेको छ। अमेरिकी डलर र कतारी रियल घट्दा युरो भने बढेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ २४ पैसा र बिक्री दर १४५ रुपैयाँ ८९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ८८ पैसा र बिक्री दर १७३ रुपैयाँ ६६ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

‘म सँग बदला लिन बजेटमा अघि बढाइएका कार्यक्रम नच्यातियोस्’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूसँग बदला लिने नाममा दलित, महिला, श्रमिक समुदायका लागि बजेटमार्फत अघि बढाइएको कार्यक्रम नच्यात्न आग्रह गरेका छन् ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, “प्रचण्डसँग बदला लिने नाममा दलित, महिला, श्रमिक, घाइते, अपांगता भएका व्यक्तिको पक्षमा बजेटमार्फत अघि सारिएको कार्यक्रम नच्यातियोस् ।” 

देशको आर्थिक अवस्था सुधार भएको छ, आर्थिक सङ्कटको डिलबाट बाहिर आएको छ :  प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशको आर्थिक अवस्था सुधार हुँदै गएको बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण हुँदै गएको बताए।  प्रधानमन्त्री प्रचण्डले नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय हितको रक्षालगायतका सबै जिम्मेवारीमा सरकार आम जनताले देखिने र बुझिने गरी राम्रो अङ्कका साथ उत्तीर्ण भएका स्पष्ट पारे । सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा बनेका कैयौँ मानकहरू त्यही अग्रसरताका परिणाम भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न राष्ट्रिय समन्वय परिषद, प्रशासनिक समन्वय परिषद तथा विषयगत समितिहरूलाई सक्रिय बनाइएको बताए। उनले देश आर्थिक सङ्कटबाट धेरै बाहिर आएको स्पष्ट पारे ।  “मैले तथ्याङ्कमै भनें, हाम्रा सबैजसो आर्थिक सूचकहरू सकारात्मक हुँदै गएका छन् । त्यसैले हाम्रो अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम रहनेछैन,” प्रधानमन्त्री प्रचण्डले भने, “बजेट निर्माण प्रक्रियालाई समावेशी, वैज्ञानिक र वस्तुपरक बनाउन मैले निकै प्रयास गरें । डेढ वर्षको अवधिमा प्राप्त यो आर्थिक उपलब्धि सानो होइन । म ढुक्कले भन्न सक्छु, देश अब आर्थिक सङ्कटको डिलबाट धेरै बाहिर आइसकेको छ ।”

नेप्से परिसूचक निरन्तर उकालो, सात अर्ब बढी मूल्यमा कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले उकालो लागेर दुई हजार दुई सय चार दशमलव ६१ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ९१ दशमलव ६६ मा पुगेको छ। नेप्सेका अनुसार कूल दुई करोड दुई लाख ३७ हजार सात सय ८० कित्ता शेयर रु सात अर्ब आठ करोड छ लाख ९८ हजार एक सय ४६ मूल्यमा कारोबार भएको छ। बलेफी हाइड्रोपावर नौ दशमलव ९९, सिटिजन सुपर ३० म्युचुअल फण्ड नौ दशमलव ९७, एनआइबिएल स्टेबल फण्ड नौ दशमलव ८३, जानकी फाइनान्स आठ दशमलव ७६ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले सात दशमलव ८२ प्रतिशतले कमाएका छन्। समाज लघुवित्त चार दशमलव ५९, साधना लघुवित्त चार दशमलव ५६, एनएमबी–५० चार दशमलव १३, सेञ्चुरी डिबेञ्चर तीन दशमलव ९१ र गुडबिल फाइनान्सका लगानीकर्ताले तीन दशमलव ८२ प्रतिशतले गुमाएका छन्।

आईएमएफले भन्यो -'नेपालको अर्थतन्त्र सकारात्मक मोडमा पुग्यो'

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात् आईएमएफका अनुसार गत वर्ष अधोगतिमा गएको नेपालको आर्थिक अवस्थामा केही सुधार आउन थालेको छ । विस्तारै यसले गति पक्रने सम्भावना देखिन्छ ।  आईएमएफले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मौद्रिक नीतिले लिएको सावधान उदार नीति, सरकारले बजेटमार्फत पुँजीगत खर्च बढाउन देखाएको चासो, जलविद्युत्को बढदो उत्पादन तथा पर्यटक आगमनमा देखिएको सकारात्मकताले गर्दा आउँदो वर्ष सकारात्मक हुने सम्भावना मुद्रा कोषले देखाएको हो । गएको आर्थिक वर्षमा तीन प्रतिशत वृद्धि भएको अर्थतन्त्र आउँदो वर्ष ४.९ प्रतिशत पुग्ने सम्भावना रहेको आकलन कोषले गरेको छ । नेपालको आर्थिक अवस्थासम्बन्धी चौथो समीक्षा गर्दै आईएमएफको कार्यकारी समितिले नेपाललाई एसडीआर तीन करोड १४ लाख (करिब चार करोड १३ लाख अमेरिकी डलर बराबर) दिन स्वीकृति पनि दिएको छ । जुलाई ९ तारिखमा बसेको सो कार्य समितिको बैठकले नेपालले कोरोना महामारीले ल्याएको आर्थिक समस्या तथा विश्वभर देखिएको आर्थिक मन्दीसँग जुध्न ल्याएका कार्यक्रमको राम्रो उपयोग गरेको र यसले देशको समग्र आर्थिक अवस्थामा सन्तुलन ल्याउन सकेको पनि जनाएको छ । नेपालको हालको आर्थिक प्रगतिको लागि सबैभन्दा ठूलो बाधक पुँजीगत खर्च गर्न नसक्ने अवस्था हो, जसले गर्दा आर्थिक वृद्धिमा नकारात्मक असर पर्छ । साथै, तरल राजनीतिक अवस्थाले गर्दा नीतिगत निरन्तरतामा रोकावट आउनाले पनि सोचिएको आर्थिक उपलब्धि हुन नसक्ने सम्भावना रहेको पनि कोषले इंगित गरेको छ ।  नेपालको विदेशी मुद्राको सञ्चिति बढेर गएको, आयातमा कुनै प्रकारको रोकावट लगाउनु नपरेको तथा राजस्व संकलनमा कमी आएता पनि वित्तिय अनुशासन कायम गर्न सकेका कारण अर्थतन्त्र सकारात्मक दिशामा गएको कोषको ठहर छ ।

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार २७ गते बिहीबार सन् २०२४ जुलाई ११ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा र बिक्री दर १४४ रुपैयाँ ९६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ८० पैसा र बिक्री दर १७१ रुपैयाँ ५७ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

नेप्से परिसूचक २३ दशमलव २५ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ। आज नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव ४० को बिन्दुमा कायम भएको हो। आज तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ९६ हजार सात सय ३९ कित्ता शेयर ७२ हजार सात सय १४ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७४ करोड ४० लाख ८३ हजार बराबरको कारोबार भएको छ । विकास बैंक समूह शून्य दशमलव २९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैकिङ समूह एक दशमलव ६९ प्रतिशतले बढेको छ । आजको कारोबारमा १० दशमलव २५ प्रतिशत एसबिएल डिबेञ्चर–२०८३ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको रु १५ करोड आठ लाख ९९ हजार आठ सय ५९ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी उन्नती कोषको दश लाख सात हजार तीन सय ५० कित्ता शेयर किनबेच भएको छ ।

मौद्रिक नीति बैंक र व्यवसायी बचाउने सञ्जीवनी बुटी बन्नुपर्छ :  अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बन्नुपर्ने बताएका छन्। मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा अध्यक्ष ढकालले आगामी आर्थिक वर्षको मौद्रिक नीति व्यवसायी तथा वित्तीय क्षेत्रलाई बचाउने गरी सञ्जीवनी बुटी बन्ने गरी आउनुपर्ने बताए । उनले उत्पादनमूलक उद्योगको क्षमता बढाउँदै बैंकको ब्याजदर विगतको भन्दा कम गर्ने विषय नीतिले बोल्नुपर्ने बताए । उनले मागमा आएको संकुचनका कारण उद्योगीहरूले ऋण तिर्ने नसकेको भन्दै मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्ने बताए । 'पर्यटन पूर्वाधार र व्यवसायलाई प्रवर्धन गर्ने विषयमा मौद्रिक नीतिले केही सोच्नुपर्छ । कर्जा प्रवाह सहज र सुलभ गरिनुपर्छ । निक्षेपको तुलनामा कर्जा प्रवाह आधामात्रै बढेको छ । नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन र निजी क्षेत्रको गिर्दो मनोवलका कारण नयाँ लगानीका योजनासमेत स्थगन भइरहेका छन् । गाउँ र साना लगानीका क्षेत्रमा लगानी वृद्धि गर्न बैंकलाई प्रोत्साहन गरिनुपर्छ । सहकारी र लघुवित्तमा आएको समस्यापछि गाउँ–गाउँमा कर्जा प्रवाह साँघुरिएको अवस्था छ,' उनले भने । उनले सबै ऋणीले नियतवश कर्जा नतिरेको नभई वास्तविकरूपमै समस्यामा परेर बैंकको ऋण तिर्न नसकेको बताए । उनले कर्जा चुक्ता गरेलगत्तै व्यवसायी तथा कम्पनीलाई कालो सूचीबाट हटाउने व्यवस्था गर्न सुझाव पनि दिए ।

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार २६ गते बुधबार सन् २०२४ जुलाई १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर, युरो र बेलायती पाउण्डको मूल्य घटेको छ। कतारी रियालको खरिद दर स्थिर रहँदा बिक्रीदर भने घटेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ १७ पैसा र बिक्री दर १४४ रुपैयाँ ८२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६५ पैसा र बिक्री दर १७१ रुपैयाँ ४२ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

अर्थतन्त्र बचाउने मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बताएका छन्। मंगलबार नेपाल राष्ट्र बैङ्कसँग महासङ्घले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भए पनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गरेका हुन्। उनले कोभिडको बेलामा राष्ट्र बैङ्कले दिएको सुविधाले व्यवसाय बाँचेको बताए। उनले त्यतिबेला राष्ट्र बैङ्कले सुविधा नदिएको भए व्यवसाय र अर्थतन्त्र दुवै बाच्ने अवस्था नभएको बताए।  उनले राष्ट्र बैङ्कले व्यवसायमा सुविधा दिनुको अर्थ पनि अर्थतन्त्रलाई बचाउनु भएको बताए। उनले राष्ट्र बैङ्कले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने उल्लेख गरेका छन्। उनले घरजग्गा कारोबार, साना तथा घरेलु उद्यममा दबाब र निर्माण क्षेत्रमा दबाब रहेको भन्दै राष्ट्र बैङ्क मौद्रिक नीतिमार्फत क्षेत्रगत रूपमा दिनसक्ने सहजता अपनाउने उल्लेख गरे। उनले  लोन टु भ्यालु रेसियो, जोखिम भार लगायतका विषय माइक्रो पोसिली अन्तर्गत पर्ने बताए। उनले त्यो विषयमा पनि गहन छलफल गरेर उचित नीति लिने बताए। उनले भने, ‘‘लोन टु भ्यालु रेसिया, जोखिम भार, ब्याजदर कोरिडोर लगायतका विषयमा माइक्रो पोसिली अन्तर्गत पर्छन्। त्यो विषयमा पनि गहन छलफल गरेर उपयुक्त नीति लिनेछौँ। राष्ट्र बैङ्कले नीति लिँदा सर्वपरी मुलुकको अर्थतन्त्रलाई राख्नुपर्छ। कोभिडको बेलामा सुविधा लिएको भनेर धेरै राष्ट्र बैङ्कलाई गाली गरे तर त्यो बेला लिएको सुविधाले व्यवसाय बाँचेको छ। सुविधा दिनुको अर्थ अर्थतन्त्रलाई बचाउनु थियो। अर्थतन्त्रका केही पक्ष सबल छन्। फिजिकल साइट सरकारकै आफ्नै अवस्था कमजोर छ। घरजग्गा कारोबार, साना तथा घरेलु उद्यमहरूमा दबाब र निर्माण क्षेत्रमा दबाब छ।’’  उनले पछिल्लो समय सबैले नेपाल राष्ट्र बैङ्कले कर्जा विस्तार लगायत अन्य विषयमा बाँधेर राख्यो भन्ने आरोप लागेको भन्दै आरोपको खण्डन गरेका छन्। उनले राष्ट्र बैङ्कले उद्योग व्यवसायलाई अप्ठ्यारो पर्ने नीतिमा कहाँ बाँधेको छ, बाँधेको डोरी देखाए फुकाउन तयार रहेको बताए। ‘‘कर्जामा नेपाल राष्ट्र बैङ्कले रोकेको छ भन्नेकुरा छ। राष्ट्र बैङ्कले बाँधेको छ भन्ने छ। राष्ट्र बैङ्कले बाँधेको डोरी देखाउनुपर्छ। हामी बाँधेको डोरी फुकाइदिन्छौँ। त्यतिकै बोल्नु भएन। आन्तरिक कच्चा पदार्थ प्रयोग गर्ने व्यवसायीलाई दुई प्रतिशत भन्दा बढी लगाउन नपाउने स्पष्ट व्यवस्था छ। बैङ्कले पनि त्यो भन्दा बाहिर जान पाउँदैन। गएको पायो भने राष्ट्र बैङ्कलाई जानकारी गराउनु होला। मौद्रिक नीतिको अन्तिम रूपमा छौँ।’’

नेप्से १५.७९ अंकले बढ्यो,कारोबार रकम कति ?

काठमाडौं ।धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक  १५.७९ अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक मंगलबार ०.७३ प्रतिशतले बढेर २१५२.१४ विन्दुमा बन्द भएको हो। १६८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ६८ कम्पनीको सेयर मूल्य घटेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर छ। आज पाँच अर्ब ५३ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।  यसदिन गणपति लघुवित्त र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ। बाँकी समूहको परिसूचक वृद्धि भएको छ। म्युचुअल फन्ड समूहको परिसूचक भने स्थिर छ। 

झिनो अंकले घट्यो नेप्से, १४१ वटा कम्पनीको शेयर मूल्यमा गिरावट

काठमाडौं । केही दिनदेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार भने झिनो अंकले घटेको छ। साताको पहिलो दिन आइतबार २१.२७ अंकले बढेको नेप्से सोमबार भने ४.६२ अंकले घटेको हो। सोमबार नेप्सेमा भएको कारोबारमा ९५ वटा कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् भने १४१ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन्। त्यस्तै सोमबार १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर अवस्थामा रह्यो। आज नेप्सेमा १ करोड ४ लाख ७५ लाख १८१ कित्ता ५९ हजार ९७४ वटा कारोबार हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रुपैयाँ बराबरको कारोबार भयो। जसमा समाज लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

आजदेखि सरकारी खाता एक हप्ता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन

काठमाडौं । आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय ९प्रलेनिका० र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए।  ‘सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली(सिगास) एक हप्ताका लागि बन्द हुनेछन्’, रिजालले भने, ‘कानुनमै उल्लेख भएको विषय भएकाले मलेनिकाले यसवर्ष प्रलेनिका र कोलेनिकालाई खाता बन्द गर्न परिपत्र गरेको छैन। तर आज रातिदेखि बजेट भुक्तानी हुँदैन।’  सङ्घ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले आज सम्ममा चालु आर्थिक वर्ष २०८०–८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने पनि उनले जानकारी दिए।  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ। विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन।  यद्यपि, अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने मलेनिकाको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ।

सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार २४ गते सोमबार सन् २०२४ जुलाई ८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। लगातार बढेको बेलायती पाउण्डको खरिदले १७० नाघ्दा र बिक्री दर १७१ दशमलव ५० रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर स्थिर छ । कतारी रियालको खरिद दर स्थित छ भने बिक्रीदर घटेको छ । आजका लागि यूरोको विनिमयदर सामान्य अंकमा बढेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ४५ पैसा र बिक्री दर १४५ रुपैयाँ १० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ७३ पैसा र बिक्री दर १७१ रुपैयाँ ५० पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

निरन्तर पाँचौ कारोबार दिन बढ्यो नेप्से, कारोबार रकम पनि ६ अर्ब नाघ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको सोमबारदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आइतबार नेप्से परिसूचक २१.२७ अंक बढेर २१४०.९७ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२९ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंक बढेको छ। यस दिन पनि कारोबार रकम ६ अर्ब नाघेको छ। यस दिन ३२५ स्टकको ८० हजार ८३८ पटकको कारोबारमा ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ बराबरको १ करोड ४० लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ५.२५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन नेशनल लघुवित्त, फरवार्ड लघुवित्त र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ७३ रुपैयाँ ५० पैसा घटेर ६६१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन गुडविल फाइनान्सको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रिइन्स्योरेन्सको साढे १५ करोडको शेयर कारोबार भएको छ भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब १४ करोडको शेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.९६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।