नेप्से ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा, कारोबार कति ?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार कारोबार रकमले भने यसअघिको ‘रेकर्ड ब्रेक’ गरेको छ ।

आज हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको भए पनि फाइनान्स र लगानी समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । नेप्सेका अनुसार फाइनान्स समुह परिसूचक ८।०८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी लगानी समूहको परिसूचक ६.८९ प्रतिशतले वृद्धि भएको छ ।

यसदिन १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी सात कम्पनीको सेयर मूल्य स्थिर छ ।

२१ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । जसमध्ये आठ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । 

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन १५ गते मंगलबार सन् २०२४ जुलाई ३० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ६५ पैसा र बिक्री दर १७२ रुपैयाँ ४२ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

शेयर बजार नेप्से २०.४६ अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारको दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । सोमबार नेप्से परिसूचक २० दशमलव ४६ अंकले घटेको छ । नेप्से परिसूचक शून्य दशमलव ७६ प्रतिशतले घटेर २६६१ को विन्दुमा पुगेको छ।आज १६८ कम्पनीको शेयर मूल्य घटेको छ भने ७० कम्पनीको शेयर मूल्य बढेको छ । आज २ लाख २२ हजार ६ सय ६० कारोबारबाट ३२५ कम्पनीका ४ करोड ७७ लाख ९० हजार ८ सय ३७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज दिनभरको कारोबार रकम १९ अर्ब ६० करोड ९१ लाख ७७ पुगेको छ । आज सबैभन्दा बढी शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै, कुमारी बैंकको २४ लाख ६३ हजारको शेयर कारोबार भएको छ ।

आजको नेप्से : दुईपटक सकारात्मक ‘सर्किट ब्रेक’  ११३ अंकले वृद्धि

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ११३.४२ अंकले बढेर बन्द भएको छ । यस दिन कारोबार खुल्नेबित्तिकै दुईपटक सकारात्मक ‘सर्किट ब्रेक’ लागेको बजार अन्तिममा ४.४१ प्रतिशतले वृद्धि भएर २६८१.५६ विन्दुमा बन्द भएको हो । १५ अर्ब ८१ करोड पाँच लाख रुपैयाँको सेयर कारोबार भएको छ । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो सेयर कारोबार दिन बजार सकारात्मक देखिएको छ । बेच्नेभन्दा किन्ने बढ्दा दुईपटकसम्म सर्किट ब्रेक लागेर बजार बन्द भयो । पहिले एक मिनेटमा बजार चार प्रतिशतले बढेर २० मिनेट र त्यसपछि पुनः सर्किट ब्रेक लागेर ४० मिनेट बजार बन्द भएको थियो । वाणिज्य बैंकहरूको सेयर सर्वाधिक बढेको छ । वाणिज्य बैंकिङ समूहको परिसूचक ९.८९ प्रतिशतले बढेर बन्द भएको छ। लगानी समूहको परिसूचक ५.७५ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्सको सेयर मूल्य भने ०.१८ प्रतिशतले घटेको छ।

नेप्सेमा दोस्रो सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रोपटक सकारात्मक सर्किट लागेको छ । आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यस्तै, दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन १२ गते शनिबार सन् २०२४ जुलाई २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ ११ पैसा र बिक्री दर १४५ रुपैयाँ ७६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ९७ पैसा र बिक्री दर १७२ रुपैयाँ ७५ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीत, हेर्नुहोस् पूर्णपाठ

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।  अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई मौद्रिक नीतिमार्फत  निरन्तरता दिइएको गभर्नर अधिकारीले जानकारी दिए । उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुने गरी नियामकीय व्यवस्थाहरू तर्जुमा गरिएको उनले बताए ।  समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्ने गरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिहरूबिच तादात्म्यता कायम गरिएको पनि उनले बताए ।  मौद्रिक नीतिमा नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको अंकुशको रुपमा यथावत राखिएको छ । यस्तै मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने राष्ट्र बैंकले जनाएको छ । हेर्नुहोस् पूर्णपाठ

मौद्रिक नीति सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमा नीतिगत दर घटाएको छ। मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै गभर्नर महाप्रसाद अधिकारीले हालको नीतिगत दर ५.५ प्रतिशतलाई ५ मा झारेको बताए। त्यसैगरि बैंक दर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ । गर्भनर अधिकारीले निर्माण व्यवसायलाई चलायमान बनाउनका लागि मौद्रिक नीतिले व्यवस्था गरेको बताए। शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै उनले शिथिल बनेको निर्माण व्यवसायलाई चलायमान बनाउने गरी नीति ल्याइएको बताए। यस्तै राष्ट्र बैंकले निर्माण व्यवसायलाई चलायमान बनाउने गरी प्रवाह भएको ऋणको सावा ब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप गरेको छ । यस्तै निर्माण व्यवसायलाई कर्जा सूचना सम्बन्धी अर्को व्यवस्था नभएसम्म चेक अनादर भएको कारणले कालोसूचीमा नपर्ने भएको छ ।

मौद्रिक नीति आज सार्वजनिक गरिदै

काठमाडौं । सरकारले मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको छ ।  गत शुक्रबार सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर पछि सारिएको थियो । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएपछि अन्तिम समयमा मौद्रिक नीति सार्वजनिक गर्ने क्रार्यक्रम रोकिएको थियो।  डा. खतिवडा राष्ट्र बैंकका पूर्वगभर्नर पनि भएकाले उनका थप केही सुझावका लागि मौद्रिक नीति सार्वजनिक कार्यक्रम अन्तिममा समयमा पर सारिएको थियो ।  आज कार्यालय समय अगाडि बोर्ड बैठक बस्नेछ । त्यसपछि मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ । 

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन ११ गते शुक्रबार सन् २०२४ जुलाई २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबार यूरोको विनिमयदर बढ्दा अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमयदर घटेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६२ पैसा र बिक्री दर १३४ रुपैयाँ २२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ०४ पैसा र बिक्री दर १७२ रुपैयाँ ८१ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

मौद्रिक नीति शुक्रबार सार्वजनिक गरिदै

काठमाडौँ। चौतर्फी चासोका साथ हेरिएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ। नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले अन्य कुरा यथावत् रहेमा शुक्रबार मौद्रिक नीति सार्वजनिक गरिने जानकारी दिएका हुन्।  मौद्रिक नीतिका लागि अन्य तयारी सम्पन्न भएको भन्दै उनले शुक्रबार बस्ने राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले तय गर्ने बताए। अघिल्लो वर्ष साउन ७ गते सार्वजनिक गरिएका कारण यस पटक पनि साउन पहिलो सातामै आउने अनुमान गरिएको थियो। गत शुक्रबार आउने चर्चा भए पनि सो दिन आएन। अर्थतन्त्र दबाबमा रहेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउला भनेर सबैतिरबाट हेरिरहेका छन्। सेयर बजारका लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका छन् भने निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ हेरिरहेका छन्। समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैङ्कले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो। मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ। सामान्य रूपमा व्याख्या गर्नुपर्दा मौद्रिक नीतिले मुद्राको मूल्य निर्धारण गर्छ। त्यसले गर्दा राष्ट्र बैङ्कले सार्वजनिक गर्ने मौद्रिक नीतिले प्रत्यक्ष रूपमा सर्वसाधारण उपभोक्ता, उत्पादक वा कर्मचारी सबैलाई प्रभाव पार्छ। पुँजीलाई महँगो बनाउने कि सस्तो, राष्ट्रिय मुद्रालाई अन्तर्राष्ट्रिय मुद्राको तुलनामा बलियो बनाउने कि कमजोर जस्ता कुरा मौद्रिक नीतिमा निर्भर हुन्छ। राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गर्नुभएको छ भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताउँदै आउनुभएको छ ।

नेप्से ७५ अंकले बढ्यो, कारोबार रकम कति ?

काठमाडौं । नेप्से परिसूचक २५ सय अंकमाथि पुगेको छ । साताको तेस्रो कारोबार दिन बजार ७५.३३ बढेर २५६३.४३ मा कायम भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । अघिल्लो दिनको कारोबारमा नेप्सेमा दुई अंकको करेक्सन आएको थियो। यस दिन २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ।  उच्च अंकले बजार बढ्दा बोटलर्स नेपाल (बालाजु) लिमिटेड, समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउस लिमिटेड र साहास ऊर्जाको सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ। बजार बढे पनि कारोबार आइतबारको तुलनामा घटेको छ । मंगलबार १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ रुपैयाँ बराबरको तीन करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर एक लाख ७१ हजार ३८७ पटकमा खरिद बिक्री भएको छ । आइतबार बजार बढ्दा १५ अर्ब माथिको कारोबार भएको थियो ।  समूहगत उपसूचकतर्फ १३ वटै समूहको सूचक बढेको छ । जसमा सबैभन्दा धेरै व्यापार समूह ५.०६ प्रतिशतले बढेको छ ।   

भारतको बजेट : बिहारको बाढी रोक्न नेपालमा स्टक्चर बनाउँने घोषणा

काठमाडौं ।भारतमा आज आर्थिक वर्ष २०२४–२०२५ का लागि वार्षिक बजेट पेश भएको छ । बजेटले विश्वकोे पाँचौँ ठूलो अर्थतन्त्र भएको भारतको अर्थतन्त्र नयाँ आर्थिक वर्षमा ७ प्रतिशतले बढ्ने अनुमान गरेको छ। भारतीय सरकारले ११.१ लाख करोड रुपैयाँको पुँजीगत खर्च र वित्तीय घाटालाई जिडिपीको ५.१ प्रतिशतमा घटाउने योजना सहित नयाँ बजेट ल्याएको छ ।  सो बजेटमा भारतको बिहारमा वर्षेनी आउँने बाढी रोक्न र सिंचाइलाई व्यवस्थित गर्नका लागि नेपालमा बाढी नियन्त्रण तथा सिंचाइको लागि स्टक्चर बनाउने घोषणा गरेको छ । अर्थमन्त्री निर्मला सीतारमणले आज बजेट भाषणको क्रममा सो योजनाको लागि ११५०० करोड छुट्टाएको जानकारी दिइन् ।ती योजना सप्तगण्डकी र सप्तकोशी नदिसँग सम्बन्धित हुने बताइएको छ । भारत सरकारका अर्थमन्त्री निर्मला सीतारमणले आज आफ्नो तर्फबाट सातौं पटक बजेट ल्याएकी हुन् ।उनले बजेट गरीब, महिला, युवा र किसानहरू, मध्यमवर्ग, रोजगारी, सीप, रोजगारी र एमएसएमईमा केन्द्रित रहेको बताइन् । यस्ता छन् भारतीय बजेट भाषणका प्रमुख बुँदाहरू १.गरिब, महिला, युवा र किसानमा केन्द्रित छ । २.बजेटले रोजगारी र सीपमा जोड दिएको छ । ३.बजेटमा युवाका लागि २ लाख करोड रुपैयाँको व्यवस्था गरिएको छ । ४.कृषिमा ३२ वटा उच्च उपज र जलवायु मैत्री प्रजातिहरू ल्याइनेछ। ५.बागवानी बालीका १०९ नयाँ प्रजातिहरू जारी गरिनेछ। ६.आगामी दुई वर्षमा एक करोड किसानलाई प्राकृतिक खेतीका लागि सहयोग गरिने भएको छ । ७.१० हजार बायो इनपुट रिसोर्स सेन्टर स्थापना गरिनेछ । ८.आत्मनिर्भरताका लागि सरकारले दाल र तेलहन मिसनमा ध्यान दिनेछ । ९.तरकारी उत्पादन र आपूर्ति प्रणालीका लागि क्लस्टर तयार गरिनेछ।  

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन ८ गते मंगलबार सन् २०२४ जुलाई २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५६ पैसा र बिक्री दर १३४ रुपैयाँ १६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ ३९ पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ७३ पैसा र बिक्री दर १७३ रुपैयाँ ५१ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ विदेशी मुद्राको विनिमय दर 

दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

काठमाडौं । इजरायलले दुई हजार नेपाली श्रमिकलाई ‘केयरगिभर’का रूपमा रोजगारी दिन सहमति जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग सोमबार नेपालका निम्ति इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायल नेपाली श्रमिकको संख्या वृद्धि गर्न सहमत भएको हो । हाल छनोटका चरणमा रहेका ५०० मुख्य र ३०० वैकल्पिक उमेदवार गरी यसअघि कुल ८०० नेपाली श्रमिक इजरायल लैजाने भनिएको थियो । उक्त संख्या बढाएर एक हजार मुख्य र एक हजार वैकल्पिक उमेदवार गरी कुल दुई हजारसम्म नेपाली लैजान सकिने गरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए । द्विपक्षीय श्रम सम्बन्धका विविध पक्षका साथै ‘जीटुजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रूपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारे समेत भेटमा छलफल गरिएको थियो । आउँदा दिनमा कृषिलगायत अरू क्षेत्रमा समेत नेपाली श्रमिक इजरायल लैजान सकिने बारेमा कुराकानी गरिएको प्रवक्ता रिजालले जानकारी दिए । त्यसक्रममा मन्त्री भण्डारीले नेपाल–इजरायलबीचको श्रम सम्बन्धका बारेमा सन्तोष व्यक्त गरेका थिए । इजरायल–प्यालेस्टाइन द्वन्द्वमा हराइरहेका नेपाली विपीन जोशीको खोजतलास एवं वास्तविक अवस्थाबारे जानकारी र सकुशल फिर्ता गराउने विषयमा थप पहल लिन उनले अनुरोध गरेका थिए । 

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन ७ गते सोमबार सन् २०२४ जुलाई २२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३४ रुपैयाँ १७ पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ ३१ पैसा र बिक्री दर १४५ रुपैयाँ ९६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ५९ पैसा र बिक्री दर १७३ रुपैयाँ ३६ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर