साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस शेयर दिने

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पाेरेशनले आव २०७३-७४ को मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

उपभोक्तालाई सर्वसुलभ रुपमा खाद्य पदार्थ र नूनसहित विभिन्न प्रकारका मलखादको बिक्री वितरण गर्दै आएको कर्पाेरेशनले आव २०७३-७४ मा रु ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो । आव २०७२-७३ मा कर्पाेरेशनको मुनाफा रु ६१ करोड २४ लाख रहेको थियो ।

कर्पाेरेशनको आज यहाँ सम्पन्न ५१ अौं साधारणसभाले सो निर्णय गर्दै आगामी वर्षदेखि काठमाडौँ लगायत मुख्य शहरमा पेट्रोलियम पदार्थको कारोवारका लागि पम्प सञ्चालन, तोरीको तेल तथा उखु उत्पादनमा लगानी गर्ने जानकारीसमेत दिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका बीचमा पनि कर्पाेरेशनले चालू आवको माघ मसान्तसम्ममा रु छ अर्ब ६६ करोड कारोवार गर्न सफल भएको थियो । गतवर्षको सोही अवधिमा रु पाँच अर्ब ४१ करोडको कारोवार भएको थियो । चालू आवमा कर्पाेरेशनले रु १० अर्ब करोवार गर्ने लक्ष्य राखेको छ ।

कर्पाेरेशनले सरकारको अनुदानमा चालू आवमा बिक्री वितरणका लागि ५७ हजार मेट्रिक टन युरिया र २२ हजार टन डिएपी मल आयात भइसकेको जनाएको छ । कर्पाेरेशनले कृषि मन्त्रालयको स्वीकृतिमा गैरअनुदानका अमोनियम सल्फेट र सिंगल सुपर फस्फेट मलसमेत बिक्री वितरण गरिरहेको छ ।

साधारणसभामा कर्पाेरेशनका सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले अगामी दिनमा आमउपभोक्तालाई गुणस्तरीय खाद्य तथा अन्य वस्तुको सरल र सहज वितरण गरिने बताउनुभयो ।

कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पाेरेशनको पूँजी वृद्धि, पेट्रोलियम पदार्थको कारोबार शुरु तथा उखु उत्पादनमा लगानी गर्ने जानकारी दिनुभयो । उहाँले आयोडिनयुक्त नूनको शतप्रतिशत पहुँचलाई कर्पाेरेशनले उच्च प्राथमिता दिएको बताउनुभयो । पछिल्लो स्वास्थ्य सर्वेक्षण अनुसार मुलुकका पाँच वर्षमुनिका ९४ प्रतिशत बालबालिकाले आयोडिन नूनको प्रयोग गर्छन् । रासस

पेट्रोलको मूल्य रु एक घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य रु एक घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । अब निगमले पाक्षिकरुपमा रु १५ करोड नाफा गर्ने प्रक्षेपण गरिएको छ । रासस

आजै अन्तिम दिन आरम्भ माइक्रोको आइपिओमा आवेदन दिने

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले फागुन १५ गतेदेखि निष्कासन गरेको आइपिओमा आवेदन गर्ने सोमबार अन्तिम दिन हो । कम्पनीले गत १५ गतेदेखि १०० रुपैयाँ अंकित दरको दुई करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपिओ निष्कासन गरेको थियो । कम्पनीले निष्कासन गरेको २ लाख ९४ हजार कित्ता सेयरमध्ये ८ हजार ८२० कित्ता सेयर कर्मचारी र १४ हजार ७०० कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । उक्त आइपिओमा सोमबार अर्थात फागुन २१ गतेसम्म मात्र आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ । आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ । तर १० कित्ता सेयर नै गोलाप्रथाबाट वितरण हुने भएकाले ५० कित्ताभन्दा बढी आवेदन गर्नुपर्ने औचित्य देखिन्न । लगानीकर्ताले आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजीको ४९ प्रतिशत आइपिओ बिक्री गर्न लागेको हो । आइपिओ बिक्रीपछि आरम्भको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्नेछ । आरम्भको केन्द्रीय कार्यालय सिन्धुपाल्चोक जिल्लामा रहेको छ। । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त संस्थाले नेपालका १५ पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दे आइरहेको छ। लघुवित्तका कम्पनीको गत कात्तिक १८ गते सम्पन्न तेस्रो बार्षिक साधारणसभाले साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । मेरोलगानीबाट साभार

शेयरबजारको विषयमा केही बोलेको छैन भन्दै दाबीः अर्थमन्त्री खतिवडा

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले शेयरबजार अनुत्पादक क्षेत्र भएको बारेमा आफूले कहीँ कुनै मिडियामा नबोलेको स्पष्ट पारेका छन् । अर्थमन्त्री खतिवडाले भने, ‘कसरी मलाई जोडेर यो समाचार आयो रु मैले त्यो बिषयमा कहीँ कतै बोलेकै छैन ।’ खतिवडाले प्रतिप्रश्न गर्दे भने, ‘पत्रकारलाई समाचार लेख्दा प्रमाण र तथ्य नचाहिने रहेछ कि के हो ? मैले बोल्दै नबोलेको कुरालाई किन यसरी बाहिर ल्याइयो ? गत १६ गते बुधबार बीबीसी नेपाली सेवाले खतिवडासँग गरेको कुराकानीमा खतिवडाले बोलेको कुरालाई शेयर बजारसँग जोडेर प्रचारप्रसार गरिएको थियो । तर उक्त अन्तर्वातामा अर्थमन्त्री खतिवडाले शेयरबजारका बारेमा आफूले केही नबोलेको दाबी गरेका छन् । मेरोलगानीबाट साभार

४१.५६ अङ्कले घटेपछि नेप्से १ वर्षकै न्यून विन्दुमा

काठमाडौं, फागुन २१ । साताको पहिलो दिन नेप्से परिसूचक ३ दशमलव शून्य ९ प्रतिशत घटेको छ । कारोबार शुरू भएदेखि तीव्र अङ्कले घट्न थालेको बजार अन्त्यमा ४१ दशमलव ५६ अङ्क घटेको छ । गतवर्ष २०७३ फागुन २२ गते १३ सय ५० विन्दुमा रहेको नेप्से २०७४ फागुन २० गते घटेर १ हजार ३ सय ४ दशलमव ४३ विन्दुमा पुगेको छ । केही समयदेखि घटिरहेको बजार कारोबारको तेस्रो घण्टामा १ हजार २ सय ९१ दशमलव ५५ को न्यून विन्दुमा झरेको थियो । आइतवार करीब १ घण्टा नेप्से १३ विन्दु तल पुगेको थियो । कारोबार भएका सबै समूहको परिसूचक उच्च अङ्कले घटेपछि नेप्से परिसूचक घट्न पुगेको हो । गत बुधवार डा. युवराज खतिवडाले बीबीसी नेपालीमा दिएको अन्तर्वातामा अनुत्पादक क्षेत्रमा भन्दा उत्पादक क्षेत्रमा लगानी बढाउनुपर्छ भन्ने तर्कले लगानीकर्ताहरू भ्रममा परेका हुन् । शेयर लगानीकर्ता सङ्घका तर्फबाट अध्यक्ष उत्तम अर्यालले पेश गरेको विज्ञप्तिमा डा. खतिवडाले पूँजीबजारबारे नकारात्मक टिप्पणी गरेको भन्दै त्यसबारे खुलाउन माग गरेका छन् । नयाँ सरकारमा अर्थमन्त्री नियुक्त भएसँगै बजार ओरालो लागेकोमा सङ्घले ध्यानाकर्षण गराएको छ । करीब २० लाख सर्वसाधारण जनताको लगानी रहेको पूँजीबजार रू. १६ खर्बबाट आज रू. १५ खर्बमा ओर्लिएको छ । पूँजीबजारबाट लगानी जुटाउँदै नेपालको अर्थतन्त्रमा योगदान दिदैं आएको चिलिमे हाइइ«ोपावर, माथिल्लो तामाकोशी जलविद्युत् र हाल सञ्चालनमा आएका कम्पनीमा लगानी गरेको पूँजी अनुत्पादक क्षेत्र कसरी भयो भनेर सङ्घले स्पष्टीकरण माग गर्दै विज्ञप्ति पेश गरेको हो । कारोबार भएका १० समूहको परिसूचकमा व्यापार समूहको परिसूचक सर्वाधिक घट्न पुगेको छ । यस समूहको परिसूचक ७ दशमलव ४७ प्रतिशत घटेको छ । यस समूहमा पर्ने विशाल बजार कम्पनीको शेयरमूल्य करीब १० प्रतिशत घटेर अघिल्लो दिनको तुलनामा रू. १ सय ८७ ले घट्न पुगेको छ । साथै, बीमा कम्पनीको परिसूचक ४ दशमलव २९, जलविद्युत् कम्पनीको ३ दशमलव ७५, लघुवित्तको ३ दशलमव ७२, बैङ्किङको २ दशमलव ९९, विकास बैङ्कको २ दशमलव ६९, उत्पादन तथा प्रशोधन समूहको २ दशमलव २, ‘अन्य’ समूहको १ दशमलव ८८, वित्त कम्पनीको १ दशमलव ६३, होटल समूहको १ दशमलव ८ प्रतिशत घटेको छ । कारोबार भएका १ सय ५१ कम्पनीको ५ हजार ९ सय ४३ पटकको व्यापारमा १३ लाख ११ हजार ९ सय ४८ कित्ता शेयरको रू. ४८ करोड ३९ लाखबराबरको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता रू. १ हजार ७ सय १९ मा रू. ३ करोड ३९ लाखबराबरको शेयर कारोबार भएको छ । नेप्सेले लिएको सर्वाधिक कारोबार हुने १० कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता रू. १ हजार ७ सय १९ मा रू. ३ करोड ३९ लाखबराबरको सर्वाधिक शेयर कारोबार भएको छ । साथै, नेपाल बैङ्क लिमिटेड, नेपाल इन्भेष्टमेण्टको संस्थापक शेयर, सानिमा बैङ्क, एभरेष्ट बैङ्क, नेपाल इन्भेष्टमेण्ट बैङ्क, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, नबिल बैङ्क, कुमारी बैङ्क र ग्लोबल आईएमई बैङ्कको रू. १ करोडदेखि रू. २ करोडसम्मको शेयर कारोबार भएको छ । कारोबार भएका १ सय ५१ कम्पनीमध्ये २ कम्पनीको शेयरमूल्य बढेको छ । सूर्योदय लघुवित्त कम्पनीको ४ प्रतिशत र स्वदेशी लघुवित्तको १ दशमलव ८६ प्रतिशत बढेको छ । १ सय ४२ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । हिमालयन डिष्टिलरी लिमिटेडको शेयरमूल्य १० प्रतिशत घट्न पुगेको छ । कारोबार रकम अघिल्लो कारोबार भएको दिनको तुलनामा १० दशमलव ९४ प्रतिशत घटेको छ । यस दिन लगानीकर्ताहरूले रू. ५ करोड ९४ लाख गुमाएका छन् । कुल बजार पूँजीकरण करीब ३ प्रतिशत घटेर रू. १५ खर्ब २७ अर्ब पुगेको छ । यस दिन ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन सेन्सेटिभ इण्डेक्स ३ दशमलव शून्य १ प्रतिशत घटेर २ सय ७६ दशमलव ८० अङ्क पुगेको छ । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स ओभरसोल्ड अथवा २४ दशमलव ६३ स्केलमा रहेको छ । यसले बजारमा विक्री चाप बढेको देखिन्छ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव शून्य १ रहेको छ । यसले बजार बियरिश प्रवृत्तिमा रहेको देखाउँछ ।

अर्थमन्त्रीको अभिव्यक्तिले सेयर बजारमा पहिरो

काठमाडौं, फागुन २१ । सेयर बजारप्रति नकारात्मक धारणा बनाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै त्यस्तो क्षेत्रमा लगानी गर्नु अर्थहीन भएको अभिव्यक्ति दिएपछि सेयर बजारमा ठूलो गिरावट आएको छ । नागरिक दैनिकका अनुसार साताको पहिलो दिन आइतबार नेप्से ४१.५६ बिन्दुले घट्दा लगानीकर्ताले एकै दिन ४८ अर्ब गुमाउन पुगे । खतिवडा अर्थमन्त्रीमा नियुक्ति भएदेखि नै सेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ । चार कारोबार दिनमा करिब ५५ बिन्दुले नेप्से घट्न पुगको छ । -नागरिक दैनिकबाट

नेप्से परिसूचकमा १२ सय अंकले गिरावट

काठमाडौं । आइतबार कारोबार खुलेदेखि नै निरन्तर ओरालो लागेको शेयरबजार परिसूचक नेप्से १२ सय अंकमा झरेको छ । १३४५ अंकमा खुलेको बजार ३.७२ प्रतिशत अर्थात ५०.०७ ले झरेर १२९५.९२ अंकमा झरेको हो । अर्थतन्त्रका ज्ञाता डा। युवराज खतिवडा अर्थमन्त्री आएपछि बजार निरन्तर घटिरहेको छ । खतिवडाले सेयर बजारका बिषयमा दिएकोे अभिव्यक्तीका कारण बजार घटेको जानकारहरु बताउँछन् । अर्थमन्त्री डा.युवराज खतिवडाले शेयरबजार र घरजग्गा अनुत्पादक भएको बताएका थिए । खतिवडाको उक्त अभिव्यक्तीपछि निरन्तर घट्ने क्रममा रहेको शेयरबजारमा उच्च अंकको गिरावट देखिएको हो । कारोबारमा आएका सबै समूहमा आएको उच्च गिरावटले नेप्सेमा उच्च गिरावट आएको हो । अढाई घण्टाको कारोबारमा १४४ कम्पनीको ८ लाख ८ हजार कित्ता सेयर ३२ करोड २२ लाख रुपैयाँमा करोबार भएको छ । बजार उच्च अंकले घट्दा कतिपयले भने यसलाई सेयर किन्ने अवसरको रुपमा समेत लिएका छन् । केही वाणिज्य बैंक लगायतका कम्पनीको सेयरमूल्य डेढ सय रुपैयाँकै आसपासमा किन्न पाइएको छ । नेशनल हाइड्रको सेयर भने आइपिओकै भाउमा आएको छ । मेरोलगानीबाट साभार

विसाखापट्नमको प्रयोग कति सहज?

काठमाडाैं, फागुन १९ । करीब ६ महिना अघिदेखि नेपालले प्रयोग गर्दै आएको भारतको विसाखापट्नम बन्दरगाहमा नेपाल सरकारको उपस्थिति नभएकाले कतिपय सामानका कन्टेनर छुटाउन गाह्रो भएको नेपाली व्यवसायीहरुले बताएका छन्। खासगरी साना तथा मझौला व्यवसायीका सामान उक्त बन्दरगाहमा लामो समय रहने गरेको उनीहरुको भनाइ छ। तर कोलकाता बन्दरगाहमा जस्तो सामान रहँदा लाग्ने कन्टेनरको विलम्ब शूल्क तिर्नुपर्ने बाध्यता विसाखापट्नममा नरहेको व्यवसायी तथा सरकारी अधिकारीहरूले बताएका छन्। तेस्रा देशहरूबाट सामान आयात गर्न नेपालले विगतदेखि प्रयोग गर्दै आएको भारतको कोलकाता बन्दरगाहदेखि ७५० किलोमिटर टाढा आन्ध्र प्रदेशको विसाखापट्नम बन्दरगाह रहेको छ। उक्त बन्दरगाहमार्फत नेपालमा करिब ३ हजार कन्टेनर अहिलेसम्म नेपाल आइसकेको नेपाली सामान आयातकर्ताहरू बताउँछन्। कोलकाताबाट हुने व्यापार अहिले विस्तारै विसाखापट्नमतिर सर्दै गरेको व्यवसायीहरूले बताएका छन्। तर धेरैवटा कन्टेनरमा सामान आयात गर्ने व्यवसायीलाई सहज भए पनि नेपाल सरकारको उपस्थिति नभएकाले त्यहाँबाट सामान आयात गर्न साना तथा मझौला व्यवसायीलाई गाह्रो भएको नेपाल फ्रेट फर्वाडर्स एशोसिएसनका पूर्व अध्यक्ष राजन शर्माले बताए। उनले भने, ‘कोलकाताको जस्तो महावाणिज्य दूतावासको कार्यालय नहुँदा कतिपय प्राविधिक त्रुटि भएका कन्टेनर छुटाउन गाह्रो भएको छ। कतिपय कन्टेनरको नम्बर मिल्दैन। कतिपयको सिल तोडिएको हुन्छ। ती सबै मिलाउने मान्छे त्यहाँ भएन।’ ठूला व्यवसायीहरूका अनुसार विसाखापट्नममा नेपालको सीमासम्मकै ‘बिलिङ’ गर्ने प्रक्रिया शुरू भएको र सिपिङ लाइन्सले नेपालकै सीमामा कन्टेनर बुझ्ने भएकाले विगतको जस्तो कन्टेनरको विलम्ब शुल्क बुझाउनु पर्ने छैन। तर कोलकातामा जस्तो सरकारी संरचनाको अभाव त्यहाँ खड्किएको छ। नेपाल फ्रेट फर्वाडर्स एशोसिएसनका पूर्व अध्यक्ष शर्माले भने, ‘भन्सार जाँचपास गराउने जिम्मेवारी सिपिङ कम्पनीले लिने होइन। हामीले त्यहाँ हाम्रो उपस्थिति राख्न सक्नुपर्यो।’ अहिले दिल्लीस्थित नेपाली दूतावासले नै सो बन्दरगाह हेरिरहेको छ। नेपाली व्यवसायीहरूले नै सामान आयातका कागज पत्र समयमा नदिएको हुनाले समयमा सामान छुटाउन नसकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले बताए। सैंजुले भने, ‘सबै काम सिपिङ कम्पनी गरिदिएको छ। हाम्रा व्यवसायीले कागजात समयमा नदिँदा सामान छुटाउन गाह्रो भएको हो।’ सरकार र नेपाली सामान आयातकर्ताहरूको समन्वय नदेखिएको भए पनि सरकारी अधिकारीहरूले कोलकाता बन्दरगाहको एकाधिकार तोडिएको विषयलाई सकारात्मक रूपमा लिइनुपर्ने बताउने गरेका छन्। बीबीसी

नेप्से परिसूचक ४०.९९ अंकले घट्यो

काठमाडौं । गतसाताको कारोबारमा नेप्से परिसूचक ४० दशमलव ९९ अंक घटेको छ । सो साता कारोबार रकम २७ दशमलव ८६ प्रतिशत बढेको थियो भने शेयर बजारबाट लगानीकर्ताहरुको रू. ४७ अर्ब ९६ करोड सम्पत्ति घटेको थियो । अघिल्लो साताको अन्तिम दिन १ हजार ३ सय ८६ दशमलव ९८ विन्दुमा बन्द भएको नेप्से परिसूचक गत साताको अन्तिम व्यापार दिन घटेर १ हजार ३ सय ४५ दशमलव ९९ विन्दुमा पुगेको हो । तर, गत साताको पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन भने नेप्से परिसूचक २८ दशमलव ७४ अंकले घटेको हो । साताको परिसूचक हेर्दा आगामी दिनमा बजार बढेमा पहिलो प्रतिरोधात्मक विन्दु १ हजार ३ सय ७६ रहेको छ भने दोश्रो विन्दु १ हजार ४ सय ५ रहेको छ । त्यस्तै, बजार घटेमा पहिलो टेवा विन्दु १ हजार ३ सय ३० र दोश्रो टेवा १ हजार ३ सय १४ मा पाउने देखिन्छ । साताको मैनबत्ती चित्र हेर्दा अन्तिम दिनको छोटो पुच्छर भएको कालो मारुबोजु आकृती बनाएको छ । सो साताको अन्तिम दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ३१ दशमलव ९८ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । बीमा समूहको परिसूचक २ सय ७६ दशमलव ३४ अंक घटेको छ । त्यस्तै, जलविद्युत समूहको परिसूचक ५९ दशमलव २२ अंक, होटलको ५४ दशमलव ५४ अंक, लघुवित्तको ५१ दशमलव ७१ अंक र उत्पादन तथा प्रशोधनको ४७ दशमलव ४९ अंक घटेको छ । साथै, विकास बैङ्कको ३० दशमलव ३३ अंक, बैङ्किङको १८ दशलमव २७ अंक, वित्त कम्पनीको १२ दशमलव ५१ अंक, व्यापारको ८ दशमलव ५३ अंक र ‘अन्य’ समूहको ७ दशमलव २२ अंक घटेको हो । सातामा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पहिलो दिनको तुलनामा अन्तिम दिन ५ दशमलव २० अंकले घटेर २ सय ८५ दशमलव ३८ अंक पुगेको छ । त्यसैगरी, फ्लोट इण्डेक्स पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन २ दशमलव शून्य ५ अंकले घटेर ९६ दशमलव ८९ अंकमा पुगेको हो । गत साता १८ हजार ७५ कारोबारबाट १ सय ७४ कम्पनीहरुको ४५ लाख २६ हजार ५ सय ५० कित्ता शेयरहरु खरीद विक्री भए । जसबाट रू. १ अर्ब ९६ करोड ३८ लाख ७१ हजार बराबरका रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा १५ दशमलव शून्य ४ प्रतिशत बढी हो । अघिल्लो साता १ सय ७६ कम्पनीहरुको १८ हजार ६ सय ४ कारोबारबाट ४२ लाख ४८ हजार ७ सय ३० कित्ता शेयरहरु खरीद विक्री भएका थिए । जसबाट रू। १ अर्ब ७० करोड ७० लाख ६८ हजार बराबरको कारोबार भएको थियो । सो साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर अग्रस्थानमा रहेको छ । यस कम्पनीले गत साता रू। २२ करोड ६२ लाख २० हजार बराबरको शेयर कारोबार गरेको थियो । कारोबार सङ्ख्याको आधारमा यस बीमा कम्पनीको १ हजार ८ सय २६ ओटा कारोबार भएको थियो । त्यस्तै, कारोबार भएको शेयर सङ्ख्याको आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहको छ । कारोबार सङ्ख्याको आधारमा यस कम्पनीले ८ लाख १२ हजार कित्ता शेयर किनबेच गरेको थियो । गत साताको समूहगत परिसूचकः

विश्वभर महँगियो खाद्यान्न

काठमाडौं, फागुन १७ । विश्वभरि नै खाद्यान्न महँगिएको छ । प्रमुख अन्न र दूधजन्य पदार्थको भाउमा भएको वृद्धिले खाने तेलको मुल्यमा आएको कमीको प्रभावलाई उल्टयाइदिँदा खाद्य वस्तुको भाउ महँगो बनेको हो । संयुक्त राष्ट्र सङ्घीय निकाए खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार समीक्षा अवधिमा गेडागुडी, तेलविजन, डेरीजन्य उत्पादन, मासु र चिनीको मासिक मूल्य परिवर्तन मापन गर्ने एफएओको मूल्य सूचक जनवरीको तुलनामा १ दशमलव १ प्रतिशतले बढी औसत १ सय ७० दशमलव ८ अङ्कमा उक्लिएको छ । गतवर्षको फेबु्रअरीको तुलनामा चाँहि गतमहीना अन्तरराष्ट्रिय बजारमा खाद्य वस्तुको मूल्य २ दशमलव ७ प्रतिशतले घटेको छ । एक दशकसम्म तीव्र अस्थीर रहेको भएपनि आउँदो एक दशकमा कृषिजन्य वस्तुको मूल्य स्थीर रहने एफएओको अपेक्षा छ । आफ्नो पछिल्लो प्रतिवेदनमा एफएओले गतवर्ष विश्वको अन्न उत्पादन यसअघि प्रक्षेपण गरिएको भन्दा २० लाख टनले बढेर २ अर्ब ६४ करोड २० लाख टनको कीर्तिमानी स्तरमा पुगेको हुन सक्ने बताएको छ । यसवर्ष विश्वमा लगातार दोस्रो वर्ष गहुँ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । सन् २०१८ मा विश्वमा ७४ करोड ४० लाख टन गहुँ उत्पादन हुने एफएओको अनुमान छ । अभियानबाट

४७ कम्पनीले १० अर्ब बढी बोनस दिने

काठमाडौं, फागुन १७ । विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो । चालू आर्थिक वर्षको शुरुदेखि हालसम्म बोर्डमा बोनस शेयर घोषणा गर्दै जानकारी गराउने क्रमसमेत बढेको बोर्डले जनाएको छ । बोर्डका अनुसार आठ वटा विकास बैंक, पाँच फाइनान्स, नौ माइक्रो फाइनान्स, छ वाणिज्य बैंक, दुई होटल, चार जलविद्युत् कम्पनी र दुई अन्य समूहका उद्योग तथा प्रतिष्ठानले बोनस शेयर उपलब्ध गराउने घोषणा गरेका छन् । आव २०७३÷७४ मा गरेको नाफाका आधारमा ती संस्थाले शेयरधनीलाई बोनस उपलब्ध गराउने घोषणा गर्दै नियमक निकायलाई जानकारी गराएका हुन् । बोनस घोषणा गर्नेमा सबैभन्दा अग्रस्थानमा राष्ट्रिय बीमा संस्थान कम्पनी लिमिटेड रहेको छ । सो कम्पनीले शेयरधनीलाई ११४ प्रतिशत बोनस दिने घोषणा गरेको छ । सांग्रिला विकास बैंकले १६ प्रतिशत, भार्गव विकास बैंकले २०, मिशन डेभलपमेन्ट बैंकले ११, वेस्टर्नले १०, काबेलीले २०, एक्सेलले ३० तथा कालिकाले १० प्रतिशत बोनस बाँड्ने घोषणा गरेका छन् । मेगा बैंकसँग एकीकृत भएको टुरिजम डेभलपमेन्ट बैंकले बोनस घोषणा गरे पनि उपलब्ध गराएन । यस्तै, वाणिज्य बैंकहरुमा नबिल बैंकले ३० प्रतिशत तथा लक्ष्मी र ग्लोबल आइएमई बैंकले समान १० प्रतिशत बोनस दिने घोषणा गरेका छन् । सानिमा बैंकले १६ प्रतिशत, एनआइसी एशियाले २० र लक्ष्मी बैंकले १८ दशमलव २९ प्रतिशत बोनस दिने घोषणा गरेका छन् । लक्ष्मी बैंकले अघिल्लो आवको समेत बोनस उपलब्ध गराउने घोषणा गरेको हो । यस्तै, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले बोनस उपलब्ध गराउने जानकारी गराए पनि कति प्रतिशत बोनस दिने उल्लेख गरेको छैन । आइसिएफसी फाइनान्सले २० प्रतिशत, सेती फाइनान्सले नौ, मल्टीपर्पोज फाइनान्सले अघिल्लो आवको १२ तथा आव २०७३÷७४ को नाफाबाट १५ प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेको छ । यसैगरी, स्वरोजगार लघुवित्तीय विकास बैंकले १६ दहमलव ६६ प्रतिशत, लक्ष्मी लघुवित्तले १०, ग्लोबल आइएमई लघुवित्तीय संस्थाले २०, छिमेकी लघुवित्तीय संस्थाले १९ दशमलव ८९, मेरो माइक्रो फाइनान्सले ३०, नवउत्थान सामुदायिक लघुवित्तीय संस्थाको २०, कालिका माइक्रो क्रेडिटको ६५, फस्ट माइक्रोफाइनान्सले १५ तथा मेरो माइक्रोफाइनान्सले ३० प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् । जलविद्युत्तर्फ ङादी जलविद्युत् कम्पनीले १० प्रतिशत, अरुण भ्याली हाइड्रो पावर कम्पनीले १०, बरुण हाइड्रो पावरले पाँच र चिलिमे जलविद्युत् कम्पनीले १५ प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् । होटलतर्फ ओरियन्टल होटलले १८ प्रतिशत र सोल्टीले १५ प्रतिशत बोनस आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । अन्य समूहमा रहेका नागरिक लगानी कोषले २१ प्रतिशत र साल्ट टे«डिङ कर्पोरेशनले २० प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् । बीमा समूहमा भने लाइफ इन्स्योरेन्स कम्पनीले २४ प्रतिशत, गुराँस लाइफले आठ, नेशनल लाइफ इन्स्योरेन्सले पाँच, राष्ट्रिय बीमा संस्थानले ११४, नेपाल इन्स्योरेन्स कम्पनीले पाँच, प्राइम लाइफले २५, नेको इन्स्योरेन्सले १०, प्रभु इन्स्योरेन्सले १९, सूर्य लाइफले १०, सिद्धार्थ इन्स्योरेन्सले २० तथा फ्रडेन्टियल इन्स्योरेन्सले २० प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेका छन् ।

७ दिनको लगातारको अाेरालोपछि म‌ंगलबार नेप्से परिसूचक ६ अंकले सुधार

काठमाडौं । मंगलबार नेप्से परिसूचक झण्डै ६ अंकले उकालो लागेको छ। करिब सात दिनको लगातारको ओरालोपछि मंगलबार बजार बन्द हुँदासम्म ० दशमलव ४३ प्रतिशतको वृद्धिदर कायम गरी पाँच दशमलव ८६ अंकले उकालो लाग्यो । लगातारको ओरालोको बीच मंगलबार अधिकतम १९ अंकसम्मको वृद्धि पनि बढी कायम टिकाउने अपेक्षा लगानीकर्ताहरुको थियो । तर, १९ अंकसम्मको उकालो लागेको नेप्से क्रमश एक घण्टामा १४ अंक तल झर्‍यो । दिउँसो साढे एक बजे एक हजार ३७७ अंकमा पुगेको नेप्से साढे दुई बजेसम्म आइपुग्दा एक हजार ३६३ अंकमा झर्‍यो । त्यसपछिको आधा घण्टा नेप्सेमा सुधार देखियो । आधा घण्टामा झण्डै दुई अंको उकालो कायम भएपछि बजार बन्द हुँदा पाँच दशमलव ८६ अंकले वृद्धि देखिएको हो । यस दिन कारोबार रकम उत्साहापूर्ण भने देखिएन अघिल्लो दिनको तुलनामा झण्डै ४४ लाख बढीको कारोबार भएको छ। १५३ कम्पनी कारोबारमा आएकोमा ११ लाख ५१ हजार ९६५ कित्ता सेयर पत्रको कारोबारबाट ५५ करोड ६८ लाख ६० हजार ३५७ रुपैयाँ बराबरको कारोबार भयो। मंगलबार ‘क’ वर्गका कम्पनीको कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्स एक दशमलव ५१ र सम्पूर्ण सेयर पत्रको कारोबारको मापन गर्ने फ्लोट इन्डेक्स शुन्य दशमलव ३६ अंकले उकालो लाग्यो। समूहगत परिसूचक तर्फ सेयर बजारमा सबै भन्दा बढी प्रभाव पार्ने वाणिज्य बैंक अन्तर्गतका परिसूचक पाँच दशमलव ८६ र सबै भन्दा बढी होटल अन्तर्गतका परिसूचक ३१ दशमलव २६ अंकले उकालो लागे । यस दिन पनि जलविद्युत, विकास बैंक र विमा अन्तर्गतका परिसूचक उकालो लाग्न सकेनन्। थाहाखबरबाट साभार

बीमा कम्पनीले करीब सात अर्बको हकप्रद शेयर निष्कासन गर्ने, कुन कम्पनीले कति गर्दै छन ?

काठमाडौं, फागुन ८ । विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनका आधारमा ती बीमा कम्पनीले हकप्रद शेयर बिक्री गर्न लागेका हुन् । ती बीमा कम्पनीले कूल रु छ अर्ब ८५ करोड ६४ लाख ४१ हजार मूल्य बराबरको हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएको बोर्डले जनाएको छ । आवेदन दिनेमा सूर्या लाइफ इस्योरेन्सको २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद शेयर रु २८ करोड ८७ लाख ७५ हजार मूल्यमा बिक्री गर्न लागिएको हो । सो कम्पनीले दश बराबर चार कित्ताको दरमा हकप्रद शेयर दिन लागेको छ । एनआइसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको सूर्या लाइफले आर्थिक वर्ष २०७२÷७३ मा पाँच प्रतिशतमात्रै बोनस प्रदान गरेको थियो । यस्तै सिद्धार्थ इन्स्योरेन्सले २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ । सो कम्पनीले रु २२ करोड ४४ लाख ९७ हजार बराबरको हकप्रद शेयर बिक्री गर्न लागेको हो । सो कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । दश कित्ता शेयर बराबर ३.५ कित्ता हकप्रद दिन लागेको कम्पनीले जनाएको छ । सो बीमा कम्पनीले आव २०७३÷७४ मा २० प्रतिशत बोनस दिन सफल भएको थियो । यस्तै गुराँस लाइफ इन्स्योरेन्सले २९ लाख ७० हजार कित्ता हकप्रद शेयर रु २९ करोड ७० लाखमा बिक्री गर्न लागेको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । कम्पनीले आव २०७२÷७३ मा आठ प्रतिशत बोनस उपलब्ध गराएको थियो । कम्पनीले दुई बराबर एक कित्ता हुने गरी हकप्रद दिन लागेको हो । यसैगरी एभरेष्ट इन्स्योरेन्स कम्पनीले ७२ लाख ९० हजार कित्ता हकप्रद शेयर रु ७२ करोड ९० लाखमा बिक्री गर्न लागेको हो । हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । एभरेष्टले आव २०७२÷७३ मा २० प्रतिशत बोनस उपलब्ध गराएको थियो । हकप्रद शेयर बिक्री गर्न लागेको अर्को बीमा कम्पनी हो नेशनल लाइफ इन्स्योरेन्स कम्पनी । सो कम्पनीले ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद शेयर रु ९९ करोड ३६ लाख ४७ हजारमा बिक्री गर्न लागेको छ । बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । कम्पनीले आव २०७३÷७४ मा २५ प्रतिशत बोनस उपलब्ध गराएको छ । हकप्रद शेयर बिक्रीका लागि बोर्डमा आवेदन दिएको अर्को बीमा कम्पनी हो नेपाल इन्स्योरेन्स । सो कम्पनीले ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयर रु चार अर्ब ३२ करोड ३५ लाख ४६ हजार मूल्यमा बिक्री गर्न लागेको छ । कम्पनीले आव २०७१÷७२ मा ९.४७ प्रतिशत बोनस प्रदान गरेको थियो । सो कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । नेपाल स्टक एक्स्चेञ्जमा हाल २२ बीमा कम्पनीको शेयर सूचीकृत रहेको छ । पन्ध्र कम्पनीको मात्रै वित्तीय विवरण सार्वजनिक चालू आवकोे पुस मसान्तसम्म १५ बीमा कम्पनीले मात्रै आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । सत्रवटा निर्जीवन बीमा कम्पनीमध्ये १५ वटाले आफ्नो दोस्रो त्रैमासिक प्रतिवेदन प्रकाशित गरेका हुन् । समीक्षा अवधिमा १५ बीमा कम्पनीमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । सो अवधिमा कम्पनीले रु ३७ करोड २५ लाख नाफा कमाएको छ । सो अवधिमा शिखर इन्स्योरेन्सले रु १९ करोड ६६ लाख नाफा कमाएको छ । उक्त अवधिसम्म रु ८६ करोड ५९ लाख खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले रु ३५ करोड ८४ लाख बराबरको बीमा दाबी भुक्तानी गरेको छ । सबैभन्दा कम खुद नाफा कमाउने बीमा कम्पनीमा एभरेष्ट रहेको छ । एभरेष्टले पुस मसान्तसम्ममा रु दुई करोड ३७ लाख नाफा गर्न सकेको छ । रासस

सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

काठमाडौँ । विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनका आधारमा ती बीमा कम्पनीले हकप्रद शेयर बिक्री गर्न लागेका हुन् । ती बीमा कम्पनीले कूल रु छ अर्ब ८५ करोड ६४ लाख ४१ हजार मूल्य बराबरको हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएको बोर्डले जनाएको छ । आवेदन दिनेमा सूर्या लाइफ इस्योरेन्सको २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद शेयर रु २८ करोड ८७ लाख ७५ हजार मूल्यमा बिक्री गर्न लागिएको हो । सो कम्पनीले दश बराबर चार कित्ताको दरमा हकप्रद शेयर दिन लागेको छ । एनआइसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको सूर्या लाइफले आर्थिक वर्ष २०७२÷७३ मा पाँच प्रतिशतमात्रै बोनस प्रदान गरेको थियो । यस्तै सिद्धार्थ इन्स्योरेन्सले २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ । सो कम्पनीले रु २२ करोड ४४ लाख ९७ हजार बराबरको हकप्रद शेयर बिक्री गर्न लागेको हो । सो कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । दश कित्ता शेयर बराबर ३.५ कित्ता हकप्रद दिन लागेको कम्पनीले जनाएको छ । सो बीमा कम्पनीले आव २०७३÷७४ मा २० प्रतिशत बोनस दिन सफल भएको थियो । यस्तै गुराँस लाइफ इन्स्योरेन्सले २९ लाख ७० हजार कित्ता हकप्रद शेयर रु २९ करोड ७० लाखमा बिक्री गर्न लागेको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । कम्पनीले आव २०७२-७३ मा आठ प्रतिशत बोनस उपलब्ध गराएको थियो । कम्पनीले दुई बराबर एक कित्ता हुने गरी हकप्रद दिन लागेको हो । यसैगरी एभरेष्ट इन्स्योरेन्स कम्पनीले ७२ लाख ९० हजार कित्ता हकप्रद शेयर रु ७२ करोड ९० लाखमा बिक्री गर्न लागेको हो । हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । एभरेष्टले आव २०७२-७३ मा २० प्रतिशत बोनस उपलब्ध गराएको थियो । हकप्रद शेयर बिक्री गर्न लागेको अर्को बीमा कम्पनी हो नेशनल लाइफ इन्स्योरेन्स कम्पनी । सो कम्पनीले ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद शेयर रु ९९ करोड ३६ लाख ४७ हजारमा बिक्री गर्न लागेको छ । बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । कम्पनीले आव २०७३-७४ मा २५ प्रतिशत बोनस उपलब्ध गराएको छ । हकप्रद शेयर बिक्रीका लागि बोर्डमा आवेदन दिएको अर्को बीमा कम्पनी हो नेपाल इन्स्योरेन्स । सो कम्पनीले ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयर रु चार अर्ब ३२ करोड ३५ लाख ४६ हजार मूल्यमा बिक्री गर्न लागेको छ । कम्पनीले आव २०७१-७२ मा ९.४७ प्रतिशत बोनस प्रदान गरेको थियो । सो कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । नेपाल स्टक एक्स्चेञ्जमा हाल २२ बीमा कम्पनीको शेयर सूचीकृत रहेको छ । पन्ध्र कम्पनीको मात्रै वित्तीय विवरण सार्वजनिक चालू आवकोे पुस मसान्तसम्म १५ बीमा कम्पनीले मात्रै आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । सत्रवटा निर्जीवन बीमा कम्पनीमध्ये १५ वटाले आफ्नो दोस्रो त्रैमासिक प्रतिवेदन प्रकाशित गरेका हुन् । समीक्षा अवधिमा १५ बीमा कम्पनीमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । सो अवधिमा कम्पनीले रु ३७ करोड २५ लाख नाफा कमाएको छ । सो अवधिमा शिखर इन्स्योरेन्सले रु १९ करोड ६६ लाख नाफा कमाएको छ । उक्त अवधिसम्म रु ८६ करोड ५९ लाख खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले रु ३५ करोड ८४ लाख बराबरको बीमा दाबी भुक्तानी गरेको छ । सबैभन्दा कम खुद नाफा कमाउने बीमा कम्पनीमा एभरेष्ट रहेको छ । एभरेष्टले पुस मसान्तसम्ममा रु दुई करोड ३७ लाख नाफा गर्न सकेको छ ।

नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्यो

काठमाडौं । साताको तेश्रो कारोबार दिन पनि नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। आइतबार दोहोरो अंकले ओरालो लागेको सेयर बजार सोमबार प्रजातन्त्र दिवसको सार्वजनिक बिदाले बन्द थियो। बाम गठबन्धन टुंगिने गरि भएको सहमतिलाई पनि सेयर लगानीकर्ताले पत्याएनन् । नेप्से परिसूचकमा गिरावट आउँदा कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार दिनभरमा ४० करोड ५८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको हो। साताको तेश्रो कारोबार दिन १७.१८ अंकले घटेको नेप्से परिसूचक १३९६.७२ अंकमा पुगेको छ। केपी ओली प्रधानमन्त्री भएका दिन ३६ अंकले उकालो लागेको परिसूचक आइतबार र मंगलबार गरि २८ अंकले घटिसकेको छ। सरकारका नीति तथा कार्यक्रमहरु स्पष्ट नभएकाले पनि बजार बढ्न नसकेको ब्रोकरहरु बताउँछन्। मंगलबार बजार खुलेको २० मिनेट सम्म उकालो लागेको बजार त्यसपछि निरन्तर ओरालो गएको हो। बजार बढ्न थाले पछि सेलिङ प्रेसर परेर बजार घटेको हुन् सकने ब्रोकर बताउँछन् । एक ब्रोकरले भने, पहिला पहिला बजार बढ्दा सेयर बेच्ने भन्दा सेयर किन्न खोज्ने धेरै हुन्थ्ये तर अहिले भने बजार थोरै माथि जान लाग्दा सेयर प्रेसर बढेको छ। मंगलबार ५ करोड ७० लाख रुपैयाँको कारोबार गरेको नेपाल लाइफ इन्स्योरेन्स धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो। दोहोरो अंकले घटेको बजारमा पनि प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ता धेरै कमाउनेको सूचीमा परे। प्रोग्रेसिभको मूल्य सबैभन्दा धेरै ५.१ प्रतिशतले बढेको हो। धेरै रकम गुमाउनेमा समिट माइक्रोफाइनान्स विकास बैंकका लगानीकर्ता रहे। समिटको मूल्य ५.८२ प्रतिशतले ओरालो लागेको हो। मंगलबार दोहोरो अंकले बजार ओरालो लाग्दा होटल र अन्य बाहेकका उपसूचक ओरालो लागेका छन्। देशसंचारबाट साभार

फागुन १५ गतेदेखि आरम्भ माइक्रोको आइपिओ बिक्रीमा आउने

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले फागुन १५ गतेदेखि आइपिओ बिक्री गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको दुई करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो । कम्पनीले निष्कासन गर्न लागेको २ लाख ९४ हजार कित्ता सेयरमध्ये ८ हजार ८२० कित्ता शेयर कर्मचारी र १४ हजार ७०० कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । उक्त आइपिओमा यही फागुन १५ गतेदेखि फागुन २१ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ । लगानीकर्ताले आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । कम्पनीले जारी पुँजीको ४९ प्रतिशत आइपिओ बिक्री गर्न लागेको हो । आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ । तर १० कित्ता सेयर नै गोलाप्रथाबाट वितरण हुने भएकाले ५० कित्ताभन्दा बढी आवेदन गर्नुपर्ने औचित्य देखिन्न । आइपिओ बिक्रीपछि आरम्भको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्नेछ । आरम्भको केन्द्रीय कार्यालय सिन्धुपाल्चोक जिल्लामा रहेको छ। । नेपाल राष्ट्र बैंकबाट “घ“ वर्गको इजाजत प्राप्त संस्थाले नेपालका १५ पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दे आइरहेको छ। लघुवित्तका कम्पनीको गत कात्तिक १८ गते सम्पन्न तेस्रो बार्षिक साधारणसभाले साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । मेरोलगानीबाट साभार