राजश्व असुलीमा बृद्धि

भद्रपुर । आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रु एक अर्ब १५ करोड ४० लाख ५५ हजार राजश्व संकलन गरेको छ ।

रु एक अर्ब ११ करोड ४१ लाख ५२ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले उक्त अवधिमा रु चार करोड बढी राजश्व संकलन गर्न सफल भएको हो ।

मेची अञ्चलभित्र रहेका करदाता सेवा कार्यालय इलाम र दमकसहितका कार्यालयबाट विभिन्न शीर्षकमा संकलित उक्त रकममध्ये आयकरतर्फ रु ४९ करोड २४ लाख ८२ हजार, बहाल करतर्फ रु चार करोड ८२ लाख ८८ हजार र ब्याज करतर्फ रु चार करोड ६९ लाख ५२ हजार रहेका छन् ।

त्यस्तै, मूल्यअभिवृद्धि करतर्फ रु ३७ करोड ३८ लाख ९६ हजार, अन्त शुल्कतर्फ रु १४ करोड ८१ लख ६४ हजार, स्वस्थ्य सेवा शुल्क रु ३३ करोड आठ लाख ५० हजार र शिक्षा सेवा शुल्कबाट रु १० करोड ४२ लाख तीन हजार राजश्व संकलन भएको कार्यालय प्रमुख बोलराज आचार्यले जानकारी दिनुभयो ।

कार्यलयलाई आव २०७४÷७५ मा रु दुई अर्ब तीन करोड राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोे जनाइएको छ ।

प्रभु बैंकको ४० प्रतिशत हकप्रदको बिक्री खुल्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले दश बराबर चार अर्थात ४० प्रतिशत हकप्रद शेयरको बिक्री अाइतबार माघ ७ गतेदेखि खुल्ला गरेको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यका दरले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । हाल बैंकको चुक्तापूँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब २३ करोड ३९ लाख पुग्नेछ । प्रभु बैंकलाई नेपाल धितोपत्र बोर्डले पुस ६ गते ४० प्रतिशत हकप्रद निष्कासनको स्वीकृती प्रदान गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकले २५ करोड ७ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५ पैसा कायम गरेको छ । मेरोलगानीबाट साभार

नवीकरणबाट एक करोड राजश्व

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले चालू आर्थिक वर्षको चार महिनामा उद्योग दर्ता एवं नवीकरणबाट कूल रु एक करोड २० लाख राजश्व संकलन गरेको छ । उत्पादन, सेवा, कृषि तथा वन्य जन्तु र पर्यटन किसिमका उद्योगबाट रु २५ लाख ३३ हजार था वाणिज्य प्रशासनतर्फ रु ९४ लाख ६६ हजार राजस्व संकलन भएको उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिनुभयो । प्रथम चौमासिकको चार महिनाको अवधिमा ३२५ नयाँ उद्योग दर्ता भई नयाँ र पुरानो गरी अब झापामा आठ हजार ८१ उद्योग दर्ता भएका छन् । तीनवटा उद्योग खारेजीमा परेका छन भने सातवटा उद्योग कारबाहीमा परेकामा उत्पादनतर्फका ९९, सेवा र निर्माणतर्फका १३२, कृषि तथा वन्य जन्तुका ९१ वटा र पर्यटनका तीनवटा उद्योग नयाँ दर्ता भएका छन् । यसैगरी, वाणिज्य प्रशासनतर्फका नयाँ ५२८, पुराना नौ हजार एक उद्योग दर्तामा रहेको र वाणिज्यसमेतको काम गर्दै आएको सो कार्यालयले चालू आवको चौमासिक अवधिमा ९२ वटा अनुगमनको कार्य गरेको उद्योग अधिकृत मिश्रले जानकारी दिनुभयो ।

विष्णुपुर गाउँपालिकाको बजेट बीस करोड

लहान । सिरहाको विष्णुपुर गाउँपालिकाले आर्थिक वर्ष २०७४-७५ का लागि रु २० करोड ४९ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ। गाउँसभाले अगामी आवका लागि अनुदानबापतको रु चार करोड ५९ लाख ७० हजार, वित्तीय सामानीकरणबाट प्राप्त अनुदान रु ११ करोड ९५ लाख ९४ हजार, गत आवको मौज्दात रु ६४ लाख ४३ हजार, आन्तरिक स्रोतको अनुमानित रु एक करोड २० हजार र सामाजिक सुरक्षातर्फको रु दुई करोड २९ लाख छ हजार बजेट सार्वजनिक गरेको सो गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले जानकारी दिनुभयो । चालू खर्चतर्फ रु दुई करोड ३० लाख, पूँजीगततर्फ विभिन्न विषयगत क्षेत्रमा शिक्षातर्फ रु तीन करोड २५ लाख ९३ हजार, स्वास्थ्यतर्फ रु १६ लाख ३६ हजार, औषधि खरिदतर्फ रु १० लाख, कृषितर्फ रु ३२ लाख, पशु स्वास्थ्यतर्फ रु ११ लाख ६८ हजार, खानेपानीतर्फ रु सात लाख ५० हजार, अन्य पूँजीगत पूर्वाधार निर्माणअन्तर्गत वडा कार्यालयतर्फ रु पाँच करोड ३० लाख, अन्य सामाजिक सुरक्षा तथा बालपोषणतर्फ रु दुई करोड २९ लाख छ हजार तथा गाउँपालिका भवन निर्माण मेसिनरी खरिदलगायत अन्य पूँजीगत निर्माणतर्फ रु पाँच करोड ५६ लाख ८० हजार विनियोजन गरेको छ ।

राधी विद्युतको आइपिओ बाँडफाँडः ९५ हजार २१४ आवेदकको हात खाली, कसले कति पाए ?

राधी बिद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आइपिओ) बुधबार बाँडफांड भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेडका अनुसार आइपिओका ९५ हजार २१४ आवदेकले कम्पनीको सेयर पाएनन्। कम्पनीले निष्कासन गरेको ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५५० कित्ता शेयरका लागि एक लाख ६६ हजार ३१७ वटा आवेदन परेको थियो । त्यसमध्ये एक हजार ३२७ वटा आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । सदर भएका कुल एक लाख ६४ हजार ९९० आवेदकमध्ये गोलाप्रथाबाट ७१ हजार १०२ सर्वसाधारण आवेदकले दश कित्ता तथा एक आवेदकले एघार कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कुल ७ लाख ६४ हजार ५५० कित्ता सेयरमध्ये कर्मचारीलाई १५ हजार २९१ कित्ता र सामुहिक लगानी कोषका लागि ३८ हजार २२८ कित्ता सेयर छुट्याइएको थियो । बाँकी रहेको ७ लाख ११ हजार ३१ कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिएको हो। साधारण सेयर वितरण गरेसँगै कम्पनीको चुक्ता पूँजी ४१ करोड रुपैयाँ पुगेको छ । मेरोलगानीबाट साभार

फरवार्ड माइक्रोफाइनान्सले दिने भयो ६५ प्रतिशत लाभांश दिने

काठमाडौं, पुस २८ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई ६५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ५० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने भएको हो । माइक्रोफाइनान्सको बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको बताइएको छ । हाल माइक्रोफाइनान्सको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । यही चुक्ता पुँजीको ५० प्रतिशत बोनस दिन लागिएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा माइक्रोफाइनान्सले ६ करोड ७८ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । फरवार्डको रिजर्भ कोषमा ६६ करोड ७६ लाख १६ हजार रुपैयाँ छ । पहिलो त्रैमासिकको रिपोर्ट अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ भने ४३३ रुपैयाँ ८१ पैसा छ । वार्षिक हिसाब हिसाब गर्दा भने प्रतिसेयर आम्दानी निकै राम्रो हुने दखिएको छ ।

आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको पहिलो वार्षिक साधारण

२६ पुस, काठमाडौं । आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा संस्थापक समूहवाट प्रतिनिधित्वगर्ने संचालकमा डा. रामहरि अर्याल, इश्वर कुमार कार्की, श्री दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुर निर्वाचित भएका छन् । सभामा सञ्चालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले प्रधानकार्यालय सहित देशभर ४० वटा शाखा कार्यालयहरु पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिए । कम्पनीले आममानिसको पहुँच हुने खालको १० प्रकारको स्तरीय तथा लाभदायक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको र भविष्यमा अझ बढी लाभदायक र नबिनतम् बिमा योजनाहरु ल्याउने उल्लेख गरेको छ । कम्पनीमा हालसम्म १ हजार २ सय ५४ अभिकर्ताहरु रहका छन् । बीमा समितीको प्रावधान अनुसार २०७५ साल अषाढ मसान्तसम्म कम्पनीले चुक्ता पूँजी कम्तीमा रु. २ अर्ब पु¥याउने भएको छ । यसको लागि सर्वसाधारणलाई सेयर जारी गर्ने कम्पनीको योजना छ ।

फेरी बढ्यो तरलता, अस्थिर बन्दै बैंकिङ क्षेत्र

काठमाडौं, पुस २४ । मुलुक राजनीतिक स्थिरतातर्फ उन्मुख भइरहेका बेला बैंकिङ क्षेत्र भने अस्थिर बनेको छ। पछिल्लो समय हरेक साता जसो बैंकमा कहिले तरलता अभाव र कहिले अधिक तरलता भई यो क्षेत्र अस्थिर बनेको हो। तरलता अभाव सहज बनाउन राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बैंकिङ क्षेत्रमा आइतबार पठाउने निर्णय गरेको थियो। तर, बैंकहरूले भने दुई अर्ब ६३ रुपैयाँ मात्र लिए। गत बुधबार १० अर्ब पठाउँदा २२ अर्ब ६८ करोड रुपैयाँ बैंकले मागेका थिए। एक साता अघि गत आइतबार पाँच अर्ब पठाउँदा १९ अर्बको माग आएपछि राष्ट्र बैंकले तत्कालै १० अर्ब पठाउने निर्णय गरेको थियो ।, अन्नपुर्ण पोष्टमा खबर छ ।

च्याउखेती गर्न नमूना घर

कञ्चनपुर, पुस १२ । बेलौरी नगरपालिकाका प्रत्येक वडामा नमूना घर निर्माण गरी च्याउ उत्पादन गर्न थालिएको छ । नगरपालिकाको कृषि शाखाको अनुदान रकम परिचालन गरी १० वटा वडामा च्याउ घर निर्माण गरिएका हुन् । किसानलाई च्याउ घर निर्माण गर्न आवश्यक पर्ने बाँस, खर, प्लास्टिक, बीउ र पराल खरिदका लागि रु १० हजारका दरले अनुदान रकमसमेत वितरण गरिएको छ । अनुदान रकम परिचालन गरी किसानले च्याउ उत्पादनको कार्य थालेको कृषि शाखा बेलौरीका प्रमुख रणबहादुर मल्लले बताउनुभयो । प्रत्येक च्याउ घरमा १०० देखि १५० पोका पराल च्याउ उत्पादनका लागि राखिएका छन् । दशवटै च्याउ घरमा ७०० किलो च्याउको बीउ खपत भएको छ । “च्याउ खेती गर्न इच्छुक कृषक समूह र किसानलाई व्यक्तिगतरुपमा च्याउ खेती गर्नका लागि अनुदान रकम दिएका छौँ”, उहाँले भन्नुभयो । हालसम्म च्याउ खेतीमा संलग्न किसानले रु चार लाख मूल्य बराबरको दुई मेट्रिक टन बढी उत्पादित च्याउ स्थानीय बजारमा बिक्री गरिसकेका छन् । अझै रु ३० लाख बढी मूल्यको १५ मेट्रिक टन च्याउ उत्पादन हुने उहाँले बताउनुभयो । छोटो अवधिमै बढी प्रतिफल दिने भएकाले च्याउ खेतीतर्फ किसानको आकर्षण बढेको पाइएको छ । उहाँले भन्नुभयो, “च्याउ घर निर्माण गरेको ४८ दिनमै किसानले गतिलो आम्दानी हात पार्न थालेपछि यस खेतीलाई धेरैले व्यावसायिकरुपमै अगाडि बढाउने सोच अघि सारेका छन् ।” अनुदान रकम पाएर पहिलोपटक च्याउ खेतीमा संलग्न किसान राधेश्याम चौधरीले बीउ राखेको ३० दिनदेखि नै उत्पादन दिन थालेकाले च्याउ बिक्री गर्न थालेको बताउनुभयो । हालसम्म स्थानीय बेलौरी बजारमा रु ७० हजार बढीको उत्पादित च्याउ बिक्री गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अझै रु तीन लाखभन्दा बढीको च्याउ बिक्रीका लागि तयार भएको छ । यहाँका किसानले उत्पादित च्याउ प्रतिकिलो रु २०० देखि रु दुई सय ५० मा बिक्री गर्दै आएका छन् । एनएनएसडब्लुए संस्थाको आर्थिक सहयोग र कृषि शाखाको प्राविधिक सहयोगमा बेलौरी नगरपालिकाको वडा नं ३ र ५ का समूहमा आबद्ध किसान सामूहिकरुपमा २३ वटा च्याउ घर निर्माण गरी च्याउ उत्पादनमा लागेका छन् । च्याउ खेतीबाट प्रत्यक्षरुपमा यहाँका ३०० भन्दा बढी किसान लाभान्वित भएका छन् । छोटो अवधिमै मनग्य आम्दानी च्याउ खेतीबाट हुन थालेपछि किसानले बेमौसमी समयमा पनि च्याउ खेती गर्नका लागि तालीमको व्यवस्था गरिदिन माग गरेका छन् ।

बुधबारका लागि विदेशी मुद्राको सटही दर

काठमाडौं, पुस १२ । नेपाल राष्ट्र बैंकले बुधाबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २६ पैसा र विक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०८ पैसा र विक्रिदर २८ रुपैयाँ २४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८४ पैसा र विक्रिदर २८ रुपैयाँ तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ०३ पैसा र विक्रिदर २५ रुपैयाँ १८ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५१ पैसा र विक्रिदर ९ रुपैयाँ ५७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ५३ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ५२ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ १५ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ७४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । उज्यालो अनलाइबाट साभार

चार अर्बको गोली किन्न दबाब, अर्थ मन्त्रालयमा रोकियो प्रक्रिया

काठमाडौं, पुस १ । नेपाल प्रहरीसँग गोली छैनभन्दै ४ अर्वको गोलीगटठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्तालयमा दबाब बढाएका छन । प्रतिनिधिसभा र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिंदा खरिद प्रक्रिया रोकिएको हो । गृहमा जनार्दन शर्मा मन्त्री हुँदा नै अर्थमा साढे २ अर्ब रुपैंयाँबराबरको गोली र डेढ अर्व रुपैंयाँ बराबरको अन्य सामाग्री खरिद प्रस्ताव पुगेको थियो । गोली नेपाली सेनाबाट किन्ने कि अन्य देशबाट भन्ने विषयमा सहमति हुन नसक्दा रोकिएको खरिद फाइल अगाडि बढाउन अहिले दैनिक दबाब आउने गरेको जानकार एक अधिकारीले बताए । स्रोतका अनुसार माओवादी नेता शर्माले गृहमन्त्री छँदा सुरक्षाम निकायलाई आधुनिकीकरण गर्ने भन्दै हतियारसँगै हेलिकप्टर पनि खरिद गर्ने प्रस्ताव अगाडि बढाएका थिए । अर्थका अधिकारीले हेलिकप्टर खरिद प्रस्ताव स्वीकार नगर्दा सो प्रयास पुरा हुन पाएन । -नागरिक दैनिकबाट

डेरीबाट दूधजन्य सामग्रीको उत्पादन

झापा, मंसिर २७ । दुग्ध उत्पादन व्यवसायको संवद्र्धन गर्ने उद्देश्यले झापाको अर्जुनधारामा पहिलोपटक स्थापना भएको पूर्वाद्र्ध डेरी उद्योगले आजदेखि दूधजन्य सामग्रीको उत्पादन शुरु गरेको छ । कृषि विकास मन्त्रालय, व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)सँगको संयुक्त लगानीमा अर्जुनधारा–८ स्थित पूर्वाद्र्ध कृषि सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सो उद्योगबाट अर्जुनधारा ब्राण्डका दूध, दही, मोही, घ्यू, पनिर, आइसक्रिम लगायतका दूधजन्य सामग्री उत्पादन शुरु गरिएको संस्थाका अध्यक्ष कमलबहादुर भण्डारीले बताउनुभयो । उद्योगबाट दूध, दही, मही, घ्यू, पनिर, आइसक्रिमलगायत उत्पादन भइरहको छ । दूध प्रतिप्याकेट रु ३५, दही रु ४५, मोही रु २०, घ्यू रु ३५०, पनिर रु २७५ र आइसक्रिम प्रतिप्याकेट रु १९० मा बिक्री भइरहेको छ । सो उद्योग स्थापना गर्न हालसम्म रु तीन करोड ५० लाख खर्च भएको बताइएको छ ।

आइएमई र मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता

काठमाडौं, मंसिर २६ । नेपालस्थित आइएमई लिमिटेड र इण्डियास्थित मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता भएको छ । मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रवन्धक आर.के. बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । गत आइतबार पानीपोखरी स्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, मुथुत फाइनान्स इण्डो–नेपाल रेमिटेन्स प्रमुख अनिल कार्की र दुवै संस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । सम्झौताअनुसार भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सक्नुहुनेछ । यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सयभन्दा बढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सकिने छ । नगद भुक्तानी सेवाका अतिरिक्त खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिने छ । नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंकको सेवाका लागि बैंकिंग साझेदार संस्था हुनेछन् । कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आइएमई र मुथुत फाइनान्सको सहकार्य पछि भारतमा रहँदै आउनुभएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्लाभएको बताउनुभयो ।’ प्रवन्ध निर्देशक हेमराज ढकालले नेपालको पहिलो र सबैभन्दाठुलो रेमिटेन्स कम्पनी आइएमई र मुथुत फाइनान्सको सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहजता थपेको बताउँदै इण्डो–नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने विश्वास व्यक्त गर्नुभयो । सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै मुथुत फाइनान्सका प्रमुख महाप्रवन्धक बिजिमोनले नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आइएमईसँगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

शेयर बजार १८ अंकले घट्यो

काठमाडौं, मङ्सिर २६ । मंगलबार पनि शेयर बजार (नेप्से) ओरालो लागेको छ । नेप्से १७.५४ अंकले घट्दा ६६ करोड ९२ लाख ११ हजार १८१ रुपैयाँको कारोबार भएको छ । अधिकांश समूहको परिसूचक घटेको छ । मंगलबार १५७ कम्पनीको ११ लाख ८० हजार ५६३ कित्ता सेयर ४ हजार ९५२ पटक किनबेच भएको छ । निर्वाचनपछि खुलेको सेयर बजार परिसूचक (नेप्से) पहिलो दिन ६.०५ अंकले  र दोस्रो दिन २.७४ अंकले ओर्लिएको थियो । उत्पादनमूलक बाहेक ९ वटै  समूहको सेयर परिसूचक राताम्य भएकोे छ । सबैभन्दा धेरै विमा समूहको परिसूचक १६६.१७ अंकले घटेको छ । त्यस्तै होटेल, विकास बैंक र माइक्र्रोफाइनान्स समूहको सेयर परिसूचक क्रमशः ४७.८३, २२.८१ र २०.६३ अंकले घटेको छ । उत्पादन समूहको भने ६.४२ अंकले बढेर ६८ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ ।

मुख्यमन्त्री तलब सुविधा कति पाउँछन् ?

काठमाडौं, मङ्सिर २६ । नयाँ संविधानले तीन तहको राज्य संरचना परिकल्पना गरेको छ। स्थानीय र प्रतिनिधिसभाको अभ्यास यसअघिका निर्वाचनमा गरिए पनि मुलुक पहिलो पटक प्रदेशिक संरचनामा जाँदैछ। मंगलबार सम्पन्न हुने निर्वाचनले सो संरचनालाई विधिवतरुपमा संस्थागत गर्नेछ। स्थानीय तहसँगै केन्द्र सरकारको अभ्यास गरिरहेको नेपाल अब प्रदेश सरकारको समेत कार्यान्वयन गर्ने अन्तिम चरणमा पुगेको छ। नयाँ संविधानअनुसार नेपालमा ७ प्रदेश रहने छन् । जसमा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिकतर्फ २ सय २० गरी कुल ५ सय ५९ जना प्रदेशसभाका सदस्य बन्नेछन्। प्रत्येक प्रदेशमा बहुमत ल्याउने पार्टीले प्रदेश सरकार गठन गर्नेछ। सो प्रदेश सञ्चालनका लागि मुख्यमन्त्री रहने व्यवस्था छ। पहिलो पटक बन्ने प्रदेशसभा र त्यसको मुख्यमन्त्रीको तलब, सेवा सुविधा कति होलारु धेरैमा जिज्ञासा छ। मुख्यमन्त्री पारिश्रमिक बमोजिम प्रतिमहिना ६४ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, पोसाक सुविधाबापत प्रत्येक वर्ष १८ हजार र अतिथि सत्कार तथा भैपरी खर्चबापत ४० हजार रुपैयाँ प्राप्त हुनेछ। मुख्यमन्त्री स्वदेश तथा विदेश भ्रमणमा जाँदासमेत पाउने सेवा सुविधा लोभलाग्दो छ। स्वदेशमा भ्रमण गर्दा प्रतिदिन ३ हजार र विदेश भ्रमणमा जाँदा प्रतिदिन २ सय ५० अमेरिकी डलर पाउनेछन्। साथमा मुख्यमन्त्रीका लागि १५ लाख रुपैयाँको जीवन बीमा समेत गरिएको छ। मुख्यमन्त्रीको निजी सचिवालयमा १२ जना कर्मचारी अटाउने छन्। जसमा प्रमुख स्वकीय सचिव, सहस्वकीय सचिव, उपस्वकीय सचिव, स्वकीय अधिकृत, फोटोग्राफर अधिकृत, कम्प्युटर सहायक, प्रशासन सहायक, लेखा सहायक रहेनछन् । यस्तै मुख्यमन्त्रीले सवारी चालक दुई जना र कार्यालय सहयोगी राख्न पाउने छन् ।

किसानको भविष्य चियामा

इलाम, मंसिर २६ । इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियालाई ओइलाएपछि राखेर लामो समय प्रयोग गर्न सकिन्छ भन्ने थाहा थिएन । चियाको मुना टिपेर तत्कालै प्रशोधन गरेको मात्र चिया हो भन्नेबारे मात्र उहाँलाई पत्तो थियो । गाउँकै अन्य बासिन्दाले जानकारी दिएपछि चियालाई ओइलाएर राख्दा अझै राम्रो हुने खत्रीलाई थाहा भयो । “त्यति बेला थोरै मूल्यमा मात्रै चिया बिक्थ्यो” उहाँले भन्नुभयो “आर्थिक स्थिति राम्रो थिएन । त्यसैले घरायसी सामग्री सटहीकै लागि पनि चिया सुकाउने काम गर्न थाल्यौँ ।” चियाखेतीबाट आम्दानी लिन सकिन्छ भन्ने थाहा नभएपछि खत्रीले वस्तु सटहीकै लागि मात्रै चिया सुकाउनु हुन्थ्यो । “चियाको दाम त्यति बेला प्रतिकिलो रु आठ थियो, हामी बिक्री गर्दैनथ्यौँ” उहाँले भन्नुभयो । थोरै बारीमा पराम्परागत शैलीमा गरिँदै आएको चियाखेती केही समयपछि गाउँभर विस्तार हुन थाल्यो । उहाँका अनुसार चिया बनाउन थालेपछि अन्य गाउँबाट पनि माग आउन थाल्यो । “चिया रोपेको तीन÷चार वर्षपछि मात्रै नगदमा बेच्न थाल्यौँ” उहाँले भन्नुभयो “हामी त्यति बेला घाममा मात्र चिया सुकाउथ्यौँ तर पानी परेको बेला भने आगोमाथि फलामको पातामा राखेर सुकाउथ्यौँ ।” घरेलु तथा साना उद्योग विकास समितिबाट उद्योग दर्ता गर्नुपर्ने र त्यसबापत प्राविधिक शिक्षा पनि लिन मिल्ने सुनेपछि उद्योग दर्ताका लागि खत्री सदरमुकाम आउनुभयो । चिया उद्योग दर्ता गराएपछि सेवा सुविधा पाइने भएपछि उहाँ सदरमुकाम आउनुभयो । “त्यतिबेला दुई हजार पुरस्कार पाएकी थिएँ,” उहाँले विगत सम्झनुभयो “त्यसले थप हौसला बढायो ।” अहिले खत्रीले आफ्नो र भाडामा गरी नौ सय रोपनी जग्गामा चियाखेती गरिरहनुभएको छ । चिया बगानसँगै उहाँकै चिया प्रशोधन उद्योग पनि छ । “वार्षिक रु तीन लाखदेखि रु चार लाखसम्म नाफा हुन्छ,” उहाँले भन्नुभयो । उहाँले चिया विदेशमा समेत निर्यात गर्दैआउनुभएको छ । खत्री राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मानित भइसक्नुभएको छ । लेकाली कृषि सहकारी संस्थामा आबद्ध उहाँले चियाकै लागि उन्नति परियोजनाबाट रु ८० लाखको परियोजना प्राप्त गर्नुभएको छ । यस्तै, सूर्योदय नगरपालिकाका काजीमान कागतेले पनि २५ वर्षअघि आफ्नै पाँच रोपनी जग्गामा चियाखेती शुरु गर्नुभयो । शुरुमा आफैँले प्रयोग गर्न मात्रै खेती गर्नुभएका कागतेले चियाको माग बढ्दै गएपछि खेतीको विस्तार गर्नुभयो । हाल ८० रोपनी आफ्नै जग्गामा चियाखेती गर्नुभएका कागतेको दैनिकजसो २०० किलोसम्म हरियोपत्ती उत्पादन गर्नुहुन्छ । “चियाले नै परिवार पालेको छु,” कागतेले भन्नुभयो । झुल्के घाम लघु चिया उद्योगका सदस्य कागतेले चियाखेतीकै लागि उन्नति परियोजनाबाट रु १६ लाखको परियोजना प्राप्त गर्नुभएको छ । चियाखेतीको विकल्प नभएको उहाँको भनाइ छ । खत्री र कागते प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । चियाखेतीबाट मनग्य आम्दानी गर्ने किसान थुप्रै छन् । विभिन्न संघ संस्थाले तालीमको व्यवस्था गर्न थालेपछि इलाममा चिया उत्पादनमा सुधार आएको चिया उत्पादन जिल्ला कषि सहकारी संघका उपाध्यक्ष पदमबहादुर तामाङ बताउनुहुन्छ । चालिसवटा सहकारीको छाता संगठन रहेको सो संस्थाले उन्नति परियोजनासित समन्वय गरेर काम गर्दै आएको छ । “वर्षेनी १० प्रतिशतका दरले चिया उत्पादन बढ्ने गरेको छ,” उहाँले भन्नुभयो । चियाखेतीको अवलोकन गर्न बाह्य पर्यटक आउने गरेका केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई बताउनुहुन्छ । अहिले ललितपुर, रामेछाप, कास्कीलगायत जिल्लामा समेत चियाखेती गर्न थालिएको छ । देशभर करिब ९० हजार व्यक्तिले चियाबाट रोजगारी पाएका छन् भने २० हजारभन्दा बढीले चियाको व्यावसायिक खेती गर्दैआएका छन् । नेपालमा ८६ वटा साना उद्यम छन् । नेपालमा निजी क्षेत्रबाट ६७ प्रतिशत र सरकारी क्षेत्रबाट ३३ प्रतिशत चिया उत्पादन हुन्छ । संघका अनुसार नेपालमा उत्पादित चिया १० प्रतिशत मात्रै नेपालमा खपत हुने गरेको छ भने बाँकी ९० प्रतिशत विदेश निर्यात हुन्छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार चिया उत्पादन बढाउनकै लागि चिया क्षेत्र घोषणा भएका बाहेकका जिल्लामा समेत चियाखेती विस्तार गर्नका लागि प्रवद्र्धन गरिएको छ । त्यस्तै बोर्डले चियाको गुणस्तरको वृद्धि गर्नका लागि वर्षेनी तालीम तथा परामर्शको कार्यक्रम सञ्चालन गर्दैआएको छ । बोर्डका अनुसार नेपालमा आव २०७३÷७४ मा २७ हजार ६८८ हेक्टर जमिनबाट दुई करोड ४२ लाख ७३ हजार ७४४ किलो चिया उत्पादन भएको थियो । देशकै सबैभन्दा बढी चिया उत्पादन हुने जिल्लामा झापा, इलाम, पाँचथर, तेह्रथुम रहेका छन् ।