दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार आज दिउँसो १ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा पर्सा र कास्की समूहको स्थलगत अनुगमन भ्रमणको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरूको अवस्था र पुनर्निर्माणका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) का सम्बन्धमा र डडेलधुरा मेडिकल कलेजका सम्बन्धमा पनि शिक्षा समितिमा छलफल हुनेछ ।

सीके राउतसहित ५१ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित उनकै पार्टीका ५१ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले माइतीघरबाट नियन्त्रणमा लिएको हो । ‘धोती’ दिवस मनाउने भन्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलले जानकारी दिए । नियन्त्रणमा परेकालाई नगरप्रहरी कार्यालय भृकुटीमण्डप राखिएको छ ।

गठबन्धन तलमाथि नभएसम्म प्रचण्ड प्रधानमन्त्री हो : कांग्रेस

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सत्ता गठबन्धनबीचको सहमति तलमाथि नभएसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहिरहने जनाएको छ। शनिबार सम्मपन्न केन्द्रीय कार्य समिति बैठकका निर्णय आइतबार दिउँसो सानेपामा सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले प्रचण्ड नै प्रधानमन्त्री रहने कुरामा कुनै समस्या नरहेको बताएका हुन् । मन्त्री हेरफेरको विषयमा अहिलेसम्म औपचारिक रुपमा छलफल नभएको उनले जानकारी दिए । मन्त्री हेरफेरको विषय पनि प्रधानमन्त्रीमा निहित रहने बताउँदै उनले प्रधानमन्त्रीलाई काम गर्न असहज भएमा मन्त्री फेर्ने कुरामा कांग्रेस तयार रहेको उनले बताए ।

केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्दै छ । पुस १२ गतेदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न कांग्रेसले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । काग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार साँझ सकिएको थियो । बैठकले राष्ट्रियसभा सदस्य उमेदवारको मापदण्ड तोक्ने, भूकम्प प्रभावितहरूको वासस्थान बनाउँदै जाने, सुशासनमा सरकारलाई दबाब सिर्जना गर्ने लगायतका निर्णयहरू गरेको थियो ।

जेलबाट छुटेपछि ‘पहिलोपटक’ सानेपा गए खाँण

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण बैठकमा सहभागी हुन शुक्रबार सानेपा पुगेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन उनी त्यहाँ गएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी करिब सात महिना जेलमा थिए । जेलबाट हालै धरौटीमा रिहा भएका थिए । जेलबाट छुटेपछि पहिलोपटक केन्द्रीय समितिको बैठकमा सहभागी हुन उनी सानेपा पुगेका हुन् । कांग्रेसको जारी बैठक बिहीबार ९हिजो०देखि सुरु भएको हो । पहिलो दिन खाँण बैठकमा अनुपस्थित थिए । दोस्रो दिनको बैठक सुरु भएको छ । उनीविरुद्धको मुद्दा विचाराधीन नै छ । अन्तिम किनारा लाग्न बाँकी छ ।

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने भएको छ । बैठकमा हिजो समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गरेका थिए । ‘समुदायमा कांग्रेस अभियान’को कार्य योजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकलाई जानकारी गराएका थिए । पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेकपा एसको बैठक सकिँदै, राष्ट्रियसभा निर्वाचनमा उमेदवार चयन गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सातौँ केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बुधबारबाट सुरु भएको बैठक आज पनि बस्दै छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीकातर्फबाट उमेदवार चयन गर्नेलगायत विषयमा निर्णय गर्दै बैठक आज सकिनेछ । दुईदिनदेखि जारी बैठकमा अधिकांश केन्द्रीय सदस्यले ५० वर्षमुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने, ७० वर्षको उमेर हद लगाउन नहुने, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने, केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्ने, अध्यक्षले मनोमानी गरे हटाउन सक्ने व्यवस्था हुनुपर्ने माग गरेका छन् । बैठकमा ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्ने, प्रदेश कमिटी १५० सदस्यीय हुनुपर्ने, क्रियाशीलता, भूगोल, समुदायलाई समेटेर केन्द्रीय कमिटी बनाउनुपर्ने सुझाव आएको छ ।

मन्त्रिपरिषद्को सिंहदरबारमा बैठक शुरु

काठमाडौं ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को शुरु भएको छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुरु भएको हो ।बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसिरहेको हो । बैठकमा प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाका बारेमा छलफल हुने र प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाको काम आजैदेखि सुरू हुने स्रोतले जनाएको छ । प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पनि चुस्तदुरुस्त सरकारी संरचना बनाइने र त्यसको सुरूवात प्रधानमन्त्री कार्यालयबाटै गर्ने बताएका थिए। यस्तै बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयमा छलफल तथा निर्णय गर्ने बताइएको छ ।

बोलीले होइन कामबाट नतिजा खोजौं : मन्त्री गुरुङ

स्याङ्जा । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको आज बिहान चापाकोट–६ मोहमीस्थित साँखर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा उनले भने, “बोलीबाट नभई नागरिकलाई कामबाट नतिजा दिनुपर्छ”, उनले थपे, “नेतृत्वको परीक्षण कामको मूल्याङ्कनबाट गर्ने भएकाले परिणाम आउने गरी काममा ध्यान दिनु जरुरी छ ।” छोटो सम्बोधन गरेका मन्त्री गुरुङले स्थानीय सरकारका रूपमा चापाकोट नगरपालिकाले गाउँ–गाउँका नागरिकलाई लक्षित गरी वडा–वडामा विशेषज्ञसहितको स्वास्थ्य सेवाको पहुँच पुर्‍याएर नागरिकको स्वास्थ्यप्रति सचेत रहेको बताए । स्याङ्जाको चापाकोट नगरपालिकाले प्रत्येक वडामा पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको छ । नगरवासीलाई आफ्नै ठाउँमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने मुख्य उद्देश्यसहित आजबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको नगरप्रमुख देवबहादुर खाणले बताए। आज वडा नं ६ को साँखर स्वास्थ्य चौकीबाट सुरु भएको स्वास्थ्य शिविर पुस २७ गते वडा नं ९ को चापाकोट अस्पतालमा आएर सकिने छ । वडामा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य सेवा केन्द्रबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले सेवा दिने भएको हो । शिविरमा विशेषगरी निःशुल्क स्वास्थ्य जाँच, भिडियो एक्सरे, इसिजी, परिवार नियोजन, आँखा परीक्षण, दन्त परीक्षण, प्रयोगशाला र पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने भएको हो । रासस

५ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । बिहीबार एकैपटक ५ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज बिहान साढे ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठकमा पशुपति क्षेत्र विकास कोषबाट सम्पादित कामकारबाहीहरू तथा समसामयिक विषयहरू सम्बन्धमा छलफल हुनेछ । त्यस्तै साढे ११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट हालसम्म भए गरेका कामकारबाहीको अवस्था, खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य वस्तुको मौजुदा अवस्था, माग र आपूर्तिको अवस्था, दुर्गम क्षेत्रमा वितरणको अवस्था, किसान र उद्योगहरूबाट उत्पादन भएका अत्यावश्यक वस्तुको खरिद गर्ने र भण्डारण गर्ने सम्बन्धमा, जनशक्ति व्यवस्थापन, चालु आ।व।को वार्षिक बजेट, कार्यक्रम र भावी कार्ययोजना लगायतका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, सचिव र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल हुनेछ । त्यस्तै बिहान साढे १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ । यसैगरी दिउँसो १ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा विपद् जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन लगायत गृह मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन कार्यान्वयन अवस्थाका बारेमा गृह सचिवसँग छलफल हुनेछ ।

हेटौँडामा सातै मुख्यमन्त्रीको भेला सुरु

काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौँडामा बिहीबारबाट सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला सुरु भएको छ। भेलालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीयता कार्यान्वयनमा सकारात्मक सुरुवात भएको बताएका छन्। उनले संघीयता कार्यान्वयनको विषयमा तीनै तहका सरकारले सकारात्मक ढंगबाट काम गरेको दाबी गर्दै नेपालमा संघीयता कार्यान्वयनमा खासै समस्या नरहेको बताए। ‘नेपालमा संघीयता कार्यान्वयनमा त्यति समस्या छैन। अधिकार नभएर काम नै गर्न नसक्ने अवस्था पनि छैन। संविधान कार्यान्वयन विषयमा भएका छलफलहरू सकारात्मक छन्। त्यसकारण संघीयता कार्यान्वयनको सुरुवात राम्रो छ,’ उनले भने। संघीय सरकार सकारात्मक रहेकाले पनि संघीयता कार्यान्वयनमा समस्या नरहेको उनको दाबी छ । संघीयता छिट्टै संस्थागत रूपमा आउने मुख्यमन्त्री जम्कट्टेलले विश्वास व्यक्त गरे। ‘अधिकार प्रत्यायोजन गर्न नै प्रधानमन्त्रीले समिति गठन गरेर परिमार्जन गर्ने भन्ने निर्णय गरेका छन्। प्रक्रियागत रूपमा अधिकार प्राप्त हुन्छ,’ उनले भने। मुख्यमन्त्री जम्कट्टेलले संघीयता कार्यान्वयनबारे छलफल गर्दा नकारात्मभन्दा पनि सकारात्मक विषयबाट छलफल सुरु गर्नुपर्नेमा जोड दिए। भोलि शुक्रबारसम्म चल्ने भेलामा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगै गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका महासंघका पदाधिकारीहरूको समेत उपस्थिति छ।

सङ्घीयताबारे भ्रम फैलाइयो, योबिना देश अगाडि बढ्न सक्दैन : नेता सापकोटा

कञ्चनपुर । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले सङ्घीयताबिना देश अगाडि बढ्न नसक्ने बताएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ सिंहपुरबमा आज आयोजित प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको साधारणसभा तथा मिडिया सम्मेलनमा उनले सङ्घीय सरकारले सङ्घीयताको मर्मअनुसार कार्य गर्नुपर्ने बताए । सङ्घीयताबारे भ्रम फैलाएर बदनाम गर्न खोजिएको उल्लेख गर्दै उपाध्यक्ष सापकोटाले जनताको अपेक्षाअनुसार अगाडि बढ्नुको विकल्प नरहेको बताए । “जहिले पनि पार्टी नेपाली राजनीतिको केन्द्रविन्दुमा रहेको छ”, उनले भने, “बत्तीस सिटमा पार्टी खुम्चिनुका कारण वर्गीय धरातल छोड्दा नै हो, पार्टी नेता दलाल, माफियाको घेराबन्दीमा पर्दा जनसङ्घर्षका सहिद परिवार, अपाङ्गता भएका व्यक्ति र घाइतेलाई बिर्सियौँ ।” अहिलेको आवश्यकता सामाजिक, राजनीतिक, वैचारिक, सांस्कृतिक सङ्गठन गठन पर्नुरहेको नेता सापकोटाले बताए । “विसं २०६७ मा अग्रगामी छलाङमार्फत पार्टीले राजनीतिक विश्लेषण गर्‍यो”, उनले भने, “त्यसपछि पार्टीमा कुनै पनि राजनीतिक विष्लेषण भएको छैन, विचारको विकास भएन भने शून्यता हुन्छ, वैचारिक संलेष्ण छोड्दा पछाडि पर्‍यौँ ।” परिस्थितिजस्तो छ त्यसकै बीचबाट पार्टीलाई अगाडि बढाइनुपर्ने पूर्वसभामुख सापकोटाले बताए । विचार र विधिको विकास गरे पार्टीलाई पहिलेजस्तै अगाडि लैजान सकिने उनको भनाइ थियो । “पर्ख र हेरको नीतिले अब काम गर्दैन, विज्ञान र दर्शनको विकास गर्नुपर्छ”, उनले भने, “सबै कुरामा आत्मनिर्भर हुनु जरुरी छ ।” संविधानमा समाजवाद शब्द राखिए पनि त्यसको व्याख्या गर्न बाँकी रहेको उनले बताए । सामाजिक न्यायसहितको समाजवाद पार्टीभित्रबाटै लागू गर्नुपर्ने उनले उल्लेख गरे । आधुनिक समाजवादभित्र कृषि, उद्योग, विज्ञान, प्रविधि र राष्ट्रिय सुरक्षाको प्रश्न अहम् रहेको उनको भनाइ छ ।

विधान संशोधनको प्रश्नावलीमा धारणा राख्दै केन्द्रीय सदस्य, प्रत्येकलाई तीन मिनेटको समय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बुधबारदेखि ललितपुरस्थित कान्तिपुर गार्डेनमा सुरु भएको बैठक आज पनि बस्ने भएको हो । आजको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरूले विधान संशोधनका विषयमा धारणा राख्नेछन् । विधान संशोधनबारे ११ वटा प्रश्नमाथि धारणा राख्न केन्द्रीय सदस्यहरूले सुरु गरेका छन् । हिजोको बैठकमा १५ जना सदस्यले धारणा राखेका थिए । केन्द्रीय सचिव तथा कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार एकजना केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ ।

नेविसंघले दियो भूकम्प पीडितलाई ७ लाख ११ हजार

काठमाडौं । नेपाल विद्यार्थी संघले जाजरकोट भूकम्पबाट पीडितहरूका लागि ७ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा हाल ७११ सदस्यीय केन्द्रीय कार्यसमिति छ । समितिका सदस्यहरूबाट प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले सङ्कलन गरी एकमुष्ट ७ लाख ११ हजार रुपैयाँ रकम भूकम्प पीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको केन्द्रीय सदस्य नारायण पाण्डेले जानकारी दिए । नेविसंघका नेताहरूले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेका हुन् । पाण्डेका अनुसार नेविसंघले यसअघि भूकम्प प्रभावित क्षेत्रमै पुगेर हेल्थ क्याम्प सञ्चालन गरेको थियो भने विद्यालयहरूको पुनर्निर्माणका लागि समेत अभियान सञ्चालन गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति योग्यताका आधारमा खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गरेको छ । मंगलबारमात्रै प्रधानमन्त्री प्रचण्डले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा त्रिविको उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नहुने घोषणा गरेका थिए । अर्को बिहानै नेविसंघले प्रधानमन्त्रीलाई भेटेर उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा गर्न माग गरेको हो । नेविसंघले दियो भूकम्प पीडितलाई ७ लाख ११ हजार काठमाडौं । नेपाल विद्यार्थी संघले जाजरकोट भूकम्पबाट पीडितहरूका लागि ७ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा हाल ७११ सदस्यीय केन्द्रीय कार्यसमिति छ । समितिका सदस्यहरूबाट प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले सङ्कलन गरी एकमुष्ट ७ लाख ११ हजार रुपैयाँ रकम भूकम्प पीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको केन्द्रीय सदस्य नारायण पाण्डेले जानकारी दिए । नेविसंघका नेताहरूले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेका हुन् । पाण्डेका अनुसार नेविसंघले यसअघि भूकम्प प्रभावित क्षेत्रमै पुगेर हेल्थ क्याम्प सञ्चालन गरेको थियो भने विद्यालयहरूको पुनर्निर्माणका लागि समेत अभियान सञ्चालन गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति योग्यताका आधारमा खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गरेको छ । मंगलबारमात्रै प्रधानमन्त्री प्रचण्डले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा त्रिविको उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नहुने घोषणा गरेका थिए । अर्को बिहानै नेविसंघले प्रधानमन्त्रीलाई भेटेर उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा गर्न माग गरेको हो ।

आजदेखि बस्दैछ एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । शुक्रबारसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांगठनिक प्रतिवेदन पेस गर्ने छन् । यस्तै, प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने विषयमा पनि छलफल हुनेछ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्ने, सङ्गठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने भुसालको भनाइ छ । विधान संशोधन गर्न एकीकृत समाजवादीले आगामी माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ ।

निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल लिनेछुः प्रधानमन्त्री

काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्यात बढाउने गरी उत्पादन बृद्धि गर्न आवश्यक पहल लिने बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको बताएका हुन् । ‘यो पक्कै उपलब्धि हो तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन। उपभोक्ता मूल्य वृद्धिदरलाई आमजनताले महसुस गर्ने गरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब मेरो प्राथमिकतामा छ’– उनले भने – ‘बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ। यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ।’ भुक्तानी सन्तुलन झण्डै १५० अर्ब रुपैंयाले सकारात्मक रहनु र विगत कैयौं वर्षदेखि घाटामा रहेका चालु खाता समेत नाफामा रहनु सरकारको अर्को गणनीय उपलब्धि भएको स्पष्ट गर्दै प्रधानमन्त्री प्रचण्डले पूँजी बजार र बिमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा आफू चिन्तित छु र सुधारका लागि गम्भीर गृहकार्य गरिरहेको बताए। ‘व्यापार घाटामा कमी आएको छ, तर निर्यात नबढीकन आयात मात्र घटेर कम भएको व्यापार घाटा दिगो हुँदैन भन्ने वास्तविकता म यहाँहरूलाई लुकाउन चाहन्नँ। समस्याहरूलाई जनतासँग लुकाएर देश अघि बढ्दैन’– प्रधानमन्त्री प्रचण्डले भने– ‘आन्तरिक उत्पादनसँगै निर्यात पनि बढाउने गरी उत्पादन परिमाण वृद्धि गर्न आवश्यक पहल म लिनेछु। विप्रेषण आप्रवाहमा २६ प्रतिशतले वृद्धि भएको छ। अब मेरो ध्यान विप्रेषणसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुनेछ। म सबै आर्थिक र कुटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि प्रतिबद्ध छु। कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरू फिर्ता बोलाइनेछन्।’