७५ बर्षीया वृद्धा एक कक्षामा पढ्दै !
खोटाङ । कक्षा-एकका विद्यार्थी जुरीमायाँ राईलाई आफ्ना सहपाठीका कारण अक्षर विग्रनेमा पिरलो हुन्छ । ७५ वर्षिया जुरीमायाँले कक्षामा लेखपढ गरिरहँदा ३ देखि ८ बर्षसम्मका पनाती-पनातिनी (नातीको बच्चाहरु) सरहका सहपाठीहरु उहाँतिरै झ्यामिरहेका हुन्छन् । ‘यिनीहरुले हल्लाईदिएर मेरो अक्षर नै विगारिदिन्छन् के ।’
जुरिमायाँ उति झिँजो त मान्नुहुन्न तर पनि केटाकेटीलाई नियन्त्रण गर्न सकिन्छ की भनेर आफ्नै दुमी राई लवजमा हर्कानुहुन्छ-‘तिम्हारलाई मार्दिन्छु है म त फेरि, चकचक नगरी बस न हन’ तर एक कक्षाको बालबच्चा न हुन् चाला उस्तै ।
बिक्रम सम्बत २००१ साल साउन ८ गते विहिबार जन्मेकी खोटाङ बाक्सिलाकी जुरीमायाँ राई २०७५ साल साउन ६ गते आईतवार कक्षा एकमा भर्ना भएकी हुन् । केपिलासगढी गाउँपालिकामा पर्ने वाक्सिलाकी राईले लेखपढ गर्ने अधुरो धोका पूरा गर्न दिक्तेलवजारस्थित सरस्वती माविमा भर्ना भएकी हुन् । उनको रोल नम्बर ३१ रहेको छ । नेपाल समाचारपत्रमा खबर छ ।
तीन बर्ष अघि वित्नुभएको जुरीमायाँको श्रीमान पूर्व व्रिटिस लाहुरे थिए। जुरीमायाँको जमानामा पढ्ने र पढाउने कुरै नभए पनि श्रीमानसँग पल्टन (मरक्का) मा रहँदा पढ्न सुरु गरेकी थिइन् । तर त्यहाँ बसेको एक महिना वित्न नपाउँदै हङकङ सर्नुपरेको कारण उनको पढ्ने धोको अधुरै रहेको थियो । सोही अधुरो धोको पूरा गर्न उनी अहिले एक कक्षाको विद्यार्थी बनेकी छन् ।
टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता
बैतडी, भदौ २ । बैतडीको दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक रु दुई हजार भत्ता दिने भएको छ । टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव नहोस् भनेर मासिक रु दुई हजार भत्ता दिन लागिएकोे गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताए । उनले भने, “टुहुरा बालबालिकाले आमाबुबा गुमाएको महसुस नगरुन र उनीहरुको पढाइमा कुनै पनि किसिमको समस्या नहोस भनेर भत्ता दिन लागेका हौं” टुहुरा बालबालिकालाई दिइने भत्ताले बालबिवाह न्यूनीकरणमासमेत टेवा पुग्ने उपाध्यक्ष कार्कीले बताए । गाउँपालिकाले टुहुरा बालबालिकाको तथ्याङ्क संकलन गरिरहेको जनाएको छ । १८ वर्षमुनिका आमाबुबा गुमाएका टुहुरा बालबालिकालाई भत्ता दिनका लागि तथ्याङ्क सङ्कलन गर्न थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा रहेका सबै आठवटै वडाका वडा अध्यक्षलाई टुहुरा बालबालिकाको तथ्याङ्क सङ्कलन गर्न गाउँपालिकाले निर्देशन दिइसकेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । टुहुरा बालबालिकाको भत्ताका लागि गाउँपालिकाले महिला तथा बालबालिकाको रकमबाट रु दुई लाख ४० हजार रकम छुट्याएको जनाएको छ ।
व्रत बसेका बेला सेक्स गर्न हुन्छ ?
मैथुन र सम्भोगबीच तात्विक भिन्नता छ । सम्भोग कार्य हेराईबाट सुरुवात भै यौनजन्य वार्तालाप, संवेदनशील अंगको स्पर्श हुँदै अन्त्यमा सम्भोगमा विसर्जन हुन्छ । सम्भोगबाट सही अर्थमा सुख प्राप्त हुन्छ । यस दौरान चुम्बन, वैकल्पिक यौन कार्य (मुख मैथुन, गुद्दद्वार मैथुन) भए पनि सम्भोगबाट दुवै जनालाई असीम यौन आनन्द प्राप्त हुन्छ । जबकि हतारमा अर्थात् एक जनाले हृदयदेखि नचाहेको अवस्थामा वा दुवै जना मानसिक रूपले तयार नभएको अवस्थामा स्थापित सम्बन्ध केवल भौतिक सुख, केवल एक जना मात्र तृप्त हुने कार्य हो । योनि–लिंग मिलन अन्तिम गन्तव्य भए पनि सम्भोग अघि यौनालापका दौरान आपसी छेडखानी, चिमोट्ने कार्य तथा आसन परिवर्तनले यसलाई बढावा दिन्छ । मैथुनमा प्रेम, आकर्षण नहुन पनि सक्छ, आवश्यकता नहुन पनि सक्छ । मैथुन एकपक्षीय कार्य हो । मैथुनमा स्खलन अन्तिम बिन्दु हुन्छ । सम्भोगमा महिलाको इच्छाको पनि उचित कदर गरिने हुनाले वास्तवमै सफल सम्भोगपछि भविष्यमा यौन सम्बन्ध राख्न महिलाहरू समेत उत्साहित हुन्छन् । मानसिक समस्या उत्पन्न हुने सम्भावना हुँदैन । व्यवसायिक यौनकर्मीसँग विविध कारणले मैथुन गरिन्छ भने वैवाहिक स्थितिमा भने सम्भोगमा बढी जोड दिइन्छ । सम्भोगमा पुरुष–महिलाले बराबर भोग र आनन्द प्राप्त गर्छन् । यसका लागि महिलासँग कुन आसन वा के गर्दा बढी सन्तुष्टि प्राप्त हुन्छ सोध्नुपर्छ । यौन सम्पर्कका बेला यौन उत्तेजना आउने, स्खलित हुने र चरम सन्तुष्टि प्राप्त गर्ने कार्यमा महिला र पुरुषबीच भिन्नता हुन सक्छ । अत: दुवैको समझदारीमा सम्भोग गर्नुको मज्जा बेग्लै हुन्छ । महिनावारीको मध्यतिर अर्थात् डिम्ब निष्कासन हुने समयताका महिलाहरू यौनसम्पर्कप्रति बढी आकर्षित हुन्छन् । यो तथ्य बुझेर अघि बढेको खण्डमा महिलाले चरम सन्तुष्टि प्राप्त गर्न सक्छन् । सम्भोगमा पुरुष–महिलाले बराबर भोग र आनन्द प्राप्त गर्छन् । यसका लागि महिलासँग कुन आसन वा के गर्दा बढी सन्तुष्टि प्राप्त हुन्छ सोध्नुपर्छ । प्राय: महिलाले यौन सम्पर्कलगत्तै पुरुषबाट आत्मीयता खोजे पनि पुरुषचाहिँ अर्कातिर फर्केर सुत्छन् तथा महिलाले चरम सन्तुष्टि प्राप्त गरे–नगरेको कुरा सोध्दैनन् । सम्भोगमा यस्तो मान्यता स्वीकार्य हुँदैन । पुरुष र महिला दुवै शारीरिक एवं भावनात्मक रूपमा एकाकार वा सानिध्य भए पनि मैथुन शब्दले शारीरिक पक्ष र सम्भोगले संवेगात्मक पक्षलाई महत्व दिएको हुन्छ । मैथुन शारीरिक कार्य मात्र हो । त्यो सन्तान उत्पादनका लागि पर्याप्त भए पनि सम्भोगमा दुवै जनाले चरम सुख प्राप्त गर्न दुवै जनाले मानसिक रूपमै सहभागिता जनाउनुपर्छ । यौन सम्पर्कका बेला थोरै भए पनि इनर्जी क्षय हुने हुनाले केही पनि नखाई बस्ने व्रतका बेला कमजोर महसुस गर्न सक्छन् । नेपाली हिन्दू समाजमा विशेषत: महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा व्रत वा उपवास बस्छन् । लामो समयको व्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । व्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ । यौन सम्पर्कका बेला थोरै भए पनि इनर्जी (शक्ति) क्षय हुने हुनाले केही पनि नखाई बस्ने व्रत (जस्तै तीज) का बेला कमजोर महसुस गर्न सक्छन् । सफल यौन कार्यमा महिलाको इच्छाको कदर गर्नुपर्ने र व्रतसँग सामाजिक सीमा, मर्यादा एवं नैतिक मूल्य–मान्यतासमेत गाँसिने भएकाले यतिबेला यौन आनन्द भन्दा यौन सम्बन्ध पछि आत्मग्लानि वा पश्चातापको अनुभूति हुन बेर लाग्दैन । धर्मशास्त्र तथा पर्व विशेषको महत्वका कारण पनि विशेषत: पुरुषले आफ्नो मात्र स्वार्थ सिद्ध गर्नतर्फ लाग्नु हुँदैन । वैज्ञानिक हिसाबले व्रतका बेला यौनसम्पर्क राख्न नहुने कुनै कारण छैन, तर केही दिनको विश्रामपछिको यौनसम्बन्ध अझ सन्तुष्टियुक्त हुने र त्यतिबेला व्रत लिइसकेकी महिला पनि मानसिक रूपमा तयार हुने हुँदा व्रतका बेला यौन सम्पर्क नराख्नु नै बुद्धिमानी हुन्छ । साप्ताहिकबाट
श्रीमतीको हत्या आरोपमा पक्राउ
लहान, भदौ २ । श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको बरियारपट्टी गाउँपालिका–३ निवासी परमेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको थियो । गत २०७५ जेठ २४ गते सोनिताको हत्या गरी परमेश्वर फरार भएको सूचनापश्चात् खोजतलाश गर्ने क्रममा घरमा बसिरहेको अवस्थामा प्रहरीले परमेश्वरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधव रिमालले जानकारी दिए । यसैगरी सिरहाको मिर्चैया नगरपालिका–३ स्थित राघोपुर सडकखण्डमा गत साउन २४ गते भएको रु २५ लाख ६० हजार लुटपाटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रनाउ रिमालका अनुसार पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ निवासी २२ वर्षीय कमलेशकुमार मण्डल र सिरहाकै विष्णुपुर गाउँपालिका–२ राजपुर निवासी २५ वर्षीय महेशकुमार यादव रहेका छन् । सिरहाको मिर्चैयास्थित ग्लोबल आइएमई बैंकबाट रकम उठाएर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनि ट्रान्सफरका सञ्चालक कल्याणपुर नगरपालिका–११ निवासी राजाराम साह मोटरसाइकलमा जाँदै गर्दा गत साउन २४ गते दिउँसो दुईवटा मोटरसाइकलमा आएका चार जनाको समूहले पेस्तोल देखाई रकम लुटपाट गरेका थिए ।
अब बाँझो जमीन राख्नेलाई कारबाही हुने
रत्ननगर, भदौ २ । चितवनको रत्ननगर नगरपालिकाले बाँझो जमिन राख्नेलाई कारबाही गर्न थालेको छ । उत्पादनमूलक जग्गालाई बाँझो राखेर छाड्नेलाई नगरसभाबाटै निर्णय गरी जरिवाना लिन थालिएको नगर प्रमुख नारायण वनले जानकारी दिए । उहाँका अनुसार विभिन्न वडामा बाँझो जमीन राख्नेविरुद्ध गरिएको कारबाहीबाट अहिलेसम्म एक लाख ३६ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । नगरपालिकाले बाँझो जमीन राखेको पाइएमा प्रतिकठ्ठा पाँच सय रुपैयाँका दरले जरिवाना लिने गरेको छ । “धेरैजसो क्षेत्रमा जग्गा प्लटिङ छ, अन्य व्यक्तिले खाली जमीन राखेका भए उनीहरूसमेत कारबाहीमा पर्छन्,” नगरप्रमुख वनले भने, “जग्गा खाली नहोस् भन्ने नगरको उद्देश्य हो । नगरपालिकाले अहिले यहाँ जग्गा प्लटिङसमेत रोकेको छ । ” सबैभन्दा बढी वडा नं १४ मा जग्गा खाली रहेको जानकारी दिँदै वडाध्यक्ष हरिकुमार श्रेष्ठले कारबाही थालेपछि केही जग्गा धनी सचेत हुन थालेको बताए । बाँझो जमीनलाई खेती गर्न दिने विषयमा छलफल चलाइए पनि फेरि जग्गाको स्वामित्वमा समस्या पर्ने भएकाले जग्गावाला डराएको नगरपालिकाको भनाइ छ । उक्त नगरपालिकाले यहाँको सरकारी जग्गाको संरक्षण अभियानसमेत अगाडि बढाएको जग्गा संरक्षण समितिका संयोजक हरिकुमार श्रेष्ठले बताए । उनका अनुसार अहिलेसम्म करीब ३० विगा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गरिएको छ । ठाउँठाउँमा भने जग्गामा विवाद भएकाले निकास निस्कन सकेको छैन । उक्त अभियानलाई निरन्तर अघि बढाइने नगरप्रमुख वनले उल्लेख गरे । -रासस
विवाह गर्न नमान्दा प्रेमिकाको हत्या
मोरङ, भदौ २ । विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् । महानगर १३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् । प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान-३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या गरेको युवकको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक मनोज केसीले बताए । ‘घिमिरेको अनुहार, घाँटी, टाउकोलगायत शरीरका विभिन्न भागमा काटेर नहरको डिलमा फालिएको थियो,’ उनले भने, ‘शव चिन्नै नसकिने गरी अनुहारमा धारिलो हतियारले काटिएको छ ।’ कान्तिपुरमा खबर छ । प्रहरी उपरीक्षक केसीका अनुसार दुबैबीच प्रेमसम्बन्ध रहेको तर युवतीले बिवाह गर्न नमानेपछि हत्या गरेको युवकले बयान दिएका छन् । भट्टराईले शिखा केही दिनदेखि अर्कै केटासँग लागेको र केही दिनमै आफूलाई छाडेर अस्ट्रेलिया जान लागेकाले हत्या गरेको बताएका छन् ।
अब प्रदेशमा समूहगत रुपमा कर्मचारी खटाइने
काठमाडौं, भदौ २ । केन्द्र सरकरले प्रदेशमा समूहगत रुपमै कर्मचारी खटाउने तयारी गरेको छ । केन्द्रले व्यक्ति, व्यक्तिको दरबन्दी तोकेर कर्मचारी पठाइरहेकोमा अहिले आएर समूहगत रुपमा प्रदेश सरकारलाई कर्मचारी पठाउने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । नेपाल समाचारपत्रमा खबर छ । केन्द्रले प्रदेशमा एकमुष्ट कर्मचारी पठाएपछि मात्र प्रदेश मातहतका कार्यालयमा खटाउने जिम्मेवारी प्रदेश सरकारलाई दिएको हो । प्रदेशमा सचिवस्तरको कर्मचारी खटाउने अधिकार भने केन्द्र आफैले नै राखेको छ । प्रदेश सरकारमा केन्द्रका सहसचिव नै सचिव हुने प्रावधान छ । प्रदेश मातहत दरबन्दी सिर्जना गरिएका राजपत्राकिंत दोस्रो श्रेणी उपसचिव र उपसचिवभन्दा मुनिका कर्मचारी अब एकमुष्ठ रुपमा प्रदेश सरकारलाई पठाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
नेपाल–अष्ट्रेलिया परामर्श संयन्त्रको पहिलो बैठक काठमाडौंमा सम्पन्न
काठमाडौ, भदौ १ । नेपाल र अष्ट्रेलियाबीच सन् २०१७ को जुलाईमा स्थापना भएको नेपाल अष्ट्रेलिया परामर्श संयन्त्रको पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीद्वारा उद्घाटन गरिएको बैठकमा नेपाल र अष्ट्रेलियाबीच रहिआएको सौहार्दपूर्ण सम्बन्धको चर्चा गर्दै दुई देशबीचको आपसी सम्बन्ध अझ प्रभावकारी बनाउन अपनाउन सकिने रणनीतिका सम्बन्धमा आफ्नो विचार व्यक्त गरेका थिए । साथै उनले नेपाल सरकारको वर्तमान परराष्ट्र नीति तथा विकासका प्राथमिकताहरू बारे समेत प्रकाश पारेका थिय । त्यस्तै अष्ट्रेलियाको परराष्ट्र तथा व्यापार विभाग ९म्भउबचतmभलत या ँयचभष्नल बाबष्चक बलम त्चबमभ० का सहायक सचिव एवं अष्ट्रेलियन टोलीका प्रमुख एन्ड्रियु कोलिन्सले नेपाल र अष्ट्रेलियाबीच लामो समय देखि अत्यन्त राम्रो सम्बन्ध रहीआएको सन्दर्भ उल्लेख गर्दै अष्ट्रेलियाले नेपालको विकासमा सहयोग गर्न तत्पर रहेको जानकारी दिएका छन। त्यस्तै उनले नेपाल र अष्ट्रेलियाले एक अर्कालाई विभिन्न अन्तराष्ट्रिय फोरममा समेत सहयोग गरीरहेको समेत उल्लेख गरेका छन । कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम लक्की शेर्पा र नेपालका लागि अष्टेलियाका राजदूत महामहिम पिटर बडले पनि आफ्नो मन्तव्य राखेका थिए । राजदूत शेर्पाले आफ्नो मन्तव्यका क्रममा उच्च शिक्षा अध्ययनका लागि आर्कषक गन्तव्यका रूपमा रहेको अष्ट्रेलियामा नेपाली विधार्थीहरूले भोग्नुपरेका केही समस्या एवं चुनौतीबारे उल्लेख गर्दै सो को समाधानका लागि अष्ट्रेलिया सरकारको तर्फबाट अष्ट्रेलिया पढ्न जान चाहने नेपाली विधार्थीहरूका लागि काठमाडौंमा विधार्थी परामर्श तथा सूचना केन्द्रको स्थापना गर्न अनुरोध गरेका छन। त्यस्तै अष्ट्रेलियामा ठूलो नेपाली समुदाय रहेको र अष्ट्रेलिया जाने नेपालीको संख्या दिनानुदिन बढिरहेको सन्दर्भमा भीसा प्रक्रियालाई सहज, सरल बनाउन एवं काठमाडौंमा रहेको अष्ट्रेलियन दूतावासले नै भीसा दिने व्यवस्था गर्न समेत अनुरोध गरेका छन् । मन्यब्यकै क्रममा अष्ट्रेलियामा जाने नेपाली विधार्थीहरूलाई सहयोग गर्न तयार रहेको विचार व्यक्त गर्दै नेपालका लागि अष्टेलियाका राजदूत महामहिम पिटर बडले सो सम्बन्धमा अष्टेलिया सरकारका सम्बन्धित निकायसंग सहकार्य गरी ठोस कार्ययोजना ल्याउने जानकारी दिएका छन्। बैठकमा दुई देशका प्रतिनिधीमण्डलबीच नेपाल अष्ट्रेलिया सम्बन्धलाई अझ प्रगाढ र प्रभावकारी बनाउन द्विपक्षीय महत्वका विषयहरूमा विस्तृत रूपमा छलफल भएको छ ।विशेषगरी उच्चस्तरीय भ्रमण आदानप्रदानमा वृद्वि गर्ने एवं व्यापार, लगानी, पर्यटन, मानवसंशाधन विकास, उर्जा, संचार र शिक्षा जस्ता क्षेत्रमा एकअर्काबीच सहयोग एवं सहकार्य अभिवृद्वि गर्ने सम्बन्धमा ठोस छलफल भयको छ । अष्ट्रेलियाले नेपालको आर्थिक र सामाजिक विकासमा पुर्याउदै आएको सहयोगको उच्च मूल्यांकन गर्दै अष्ट्रेलियाले विकास सहायता अन्तर्गत प्रदान गर्ने रकम भौतिक पूर्वाधार र दिगो विकासका क्षेत्रमा लगानी गर्ने सम्बन्धमा समेत बैठकमा छलफल भयको छ। प्राविधिक तथा व्यवसायिक शिक्षाको क्षेत्रमा अष्ट्रेलिया सरकारसंग सहकार्य गरी नेपालमा व्यवसायिक शिक्षा र तालिम प्रदान गर्ने व्यवस्था मिलाउने सम्बन्धमा समेत विचार आदानप्रदान भयको थियो । सन् २०२० मा नेपाल र अष्ट्रेलियाबीच दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष पुग्ने भएकाले ६० औं बर्षगाठका अवसरमा दुवै देशले विभिन्न कार्यक्रम आयोजना गर्नुका साथै अष्ट्रेलियाको तर्फबाट अहिलेसम्म नेपालमा उच्च स्तरीय भ्रमण हुन नसकेको सन्दर्भमा द्विपक्षीय सम्बध बिस्तार र मजबुत बनाउन अष्ट्रेलिया सरकारका तर्फबाट उच्च स्तरीय भ्रमण गराउन पहल गर्ने सम्बन्धमा समेत बैठकमा छलफल भएको छ। उक्त बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिवर अष्ट्रेलिया हेर्ने महाशाखाका प्रमुख तापस अधिकारीले गरेका थिए । दुवै देशका परराष्ट्र मन्त्रालयका पदाधिकारी, काठमाडौं तथा नयाँ दिल्लीस्थित अष्ट्रेलियन दूतावासका प्रतिनिधिहरू एवं नेपाल सरकारका अन्य सम्बन्धित मन्त्रालयका पदाधिकारीहरूको पनि उक्त बैठकमा सहभागिता रहेको थियो ।
दोहोरो रुपमा कर असुल्दा जनता मारमा पर्छन् : अर्थमन्त्री खतिवडा
काठमाडौं, भदौ १ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रचलित कानून र संविधान प्रद्धत अधिकारलाई ध्यानमा राख्दै कर उठाउन प्रदेश र स्थानीय तहलाई आग्रह गरेका छन् । अर्थमन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “दोहोरो रुपमा कर असुल्दा जनता मारमा पर्छन्, त्यसतर्फ सम्वन्धित निकायले सोच्नुपर्छ ।” अर्थमन्त्री खतिवडाले हुने खाने वर्गले धेरै, समान व्यक्तिसँग समान कर असुली गर्दै गरिबीको रेखामुनी बाच्न बाध्य जनतालाई राहत दिनु नै प्रगतिशील कर व्यवस्था भएको बताए। ‘जनताले कर तिरेपछि प्रतिफल खोज्नु स्वभाविकै छ’, उनले भने, “स्थानीय तह जनताप्रति उत्तरदायी र जवाफदेही हुन नसके यो व्यवस्थाप्रति नै जनताको गुनासो बढ्दै जान्छ।” कार्यक्रममा राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले साउन महिनाको राजश्व संङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले वृद्धि भएको जानकारी दिए । साउन महिनामा रु २५ अर्ब २५ करोड खर्च भएको जसमध्ये चालु खर्च रु २४ अर्ब ६६ करोड, पूँजीगत खर्च रु १ अर्ब ३२ करोड भएको छ । त्यसैगरी प्रदेशलाई सर्शत र समानीकरण अनुदान रु ७ अर्ब ५६ करोड तथा स्थानीय अनुदान सर्शत र समानीकरण रु ११ अर्ब ७६ करोड वितरण गरिएको छ । अर्थमन्त्रालयले यस अवधिमा योगदानमा आधारित निवृत्तिभरण कोष, भुक्तानी तथा फछ्र्यौट, बीमा सम्बन्धी कानूनलाई संशोधन एकीकरण, र सङ्घीय लेखापरीक्षणसम्बन्धी विधेयक छलफलका लागि संसदमा पठाएको छ । त्यसैगरी, लगानीसम्बन्धी कानून संशोधन र एकीकरण, सङ्घीय आर्थिक कार्यविधि, गैर बैंकिङ वित्तीय संस्थाको नियमन गर्ने निकाय स्थापना गर्ने कानून, सार्वजनिक संस्थान सञ्चालन तथा व्यवस्थापन गर्ने कानून र विदेशी विनिमय नियमित गर्ने कानूनको अन्तिम मस्यौदा तयार गरिएका छन् । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ को आम्दानी र खर्चको विवरण ९बजेट० वक्तव्यमा घोषण गरिएका व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा रोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, उद्यमशील महिला समूह कर्जा, दलित व्यवसाय कर्जा र उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा उपलब्ध गराउन एकीकृत कार्यविधिको अन्तिम मस्यौदा तयार गरेको पनि सो अवसरमा जानकारी दिइयो ।
नेकपाको विद्यार्थी संगठनको नाम अनेरास्ववियू र केन्द्रीय समिति ४९९ सदस्यीय हुने
काठमाडौं, भदौ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीबीचको एकता अन्तिम चरणमा पुगेको छ । कार्यदलले एकीकृत संगठनको नाम र केन्द्रीय समितिमा रहेन सदस्य संख्यामा सहमति जुटाएको हो । तत्कालीन नेकपा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी एकताका लागि गठित कार्यदलको शुक्रबार बसेको बैठकले एकीकृत संगठनको नाम र केन्द्रीय समितिको टुंगो लगाएको हो । कार्यदलमा भएको सहमतिसँगै अब नेकपाको विद्यार्थी संगठनको नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) हुने भएको छ भने केन्द्रीय समिति ४९९ सदस्यीय हुने भएको छ । केन्द्रीय समितिमा अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहने छन् । नेकपाले विद्यार्थी संगठनको एकताका लागि रविन्द्र अधिकारी, रमेश मल्ल, नविना लामा र रञ्जित तामाङ सदस्य रहेको चार सदस्य कार्यदल गठन गरेको थियो । कार्यदलका एक सदस्यका अनुसार नेतृत्वका बारेमा भने टुंगो लागि सकेको छैन । छलफल जारी छ ।
१८ पटक ग्रामी अवार्ड विजयी गायिका अरिथाकाे निधन
न्यूयोर्क, भदौ १ । गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ । पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई “क्वीन अफ सौल (आत्माकी रानी)” को उपनामले पनि चिनिन्छ । शास्त्रीय र जनताका गीत गायनमा दख्खल यी महान गायिकाको स्वास्थ्य स्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो । उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको थियो ।
सभापति देउवाद्वारा श्रद्धाञ्जलि अर्पण
काठमाडौँ, भदौ १ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय जनता पार्टीका संस्थापक नेता एवं नेपालका अनन्य शुभचिन्तक भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधनको खबरबाट आफू र आफ्नो पार्टी नेपाली काङ्ग्रेसलाई स्तब्ध बनाएको बताएका छन् । सभापति देउवाले हिजो एक शोक सन्देश जारी गरी स्वर्गीय बाजपेयी नेपाल र नेपाली जनताका एक परम मित्र र नेपालप्रति सधैँ शुभेच्छा राख्ने राजनेता हुनुहुन्थ्यो भन्दै सन्देशमा आधुनिक भारतको निर्माणमा विकासको नयाँ बाटो देखाउन स्वर्गीय बाजपेयीको ठूलो योगदान रहेको उल्लेख गरेका छन् । बाजपेयीको निधनले दक्षिण एशियाकै लोकतन्त्रवादी व्यक्तित्व गुमेको अनुभव आफूलाई भएको देउवाले बताएका छन् । स्वर्गीय अटल बिहारी बाजपेयीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना पनि उहाँले गर्नुभएको छ । साथै सभापति देउवाले शोकको यस घडीमा भारत सरकार, भारतीय जनता तथा स्वर्गीय बाजपेयीका समस्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । -रासस
मन्त्री महासेठको सत्तापक्षकै सांसदले गरे आलोचना
काठमाडौं, भदौं १ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग सत्तापक्षका सांसद्हरुले समेत मन्त्री र मन्त्रालयको कामकारवाहीबारे स्पष्टीकरण माग गरेका छन् । उनीहरूले प्रतिपक्षी दलहरूले जस्तै मन्त्री महासेठको आलोचना गरेका हुन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबार सिंहदरवारमा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद्हरुले सरकारको ढिलासुस्ती र हेलचेक्रयाँइको विषयमा उनीसँग प्रश्न गरेका थिए । सांसद्हरुले विभिन्न ठाउँमा बिग्रिएका सडक, अलपत्र भएका निर्माण कार्य, टेण्डर लगायतका विषय प्रश्न उठाएको उक्त समितिका सभापति जिपछिरिङ लामाले जानकारी दिए । नेपाल समाचारपत्रमा खबर छ ।
एक सय ६५ वर्षपछि नयाँ कानुन लागू हुँदै
काठमाडौं, भदौं १ । आज भदौ १ गतेदेखि देशले नयाँ कानुन पाउँदैछ । जंगबहादुर राणा प्रधानमन्त्री भएका बेला १९१० सालमा बनाइएको मुलुकी ऐन खारेज गरी नयाँ ‘मुलुकी ऐन २०७४’ कार्यान्वयनमा ल्याइएको हो । सो ऐन २०२० सालमा पहिलो पटक संसोधन गरिएको थियो । आजदेखि कार्यान्वयनमा आउने ऐनमा मुलुकी अपराध ९संहिता० ऐन २०७४, मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन २०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४, मुलुकी देवानी (संहिता) ऐन २०७४ र मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ रहेका छन् । मुलुकी ऐन कार्यान्वयनका लागि सवै तयारी पुरा भइसकेको सर्वोच्च अदालतले जनाएको छ । ऐन कार्यान्वयनका लागि तीनहजार एक सय कर्मचारीलाई तालीम दिइएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । यसैबीच, यसै उपलक्ष्यमा कानुन तथा संसदीय मामीला मन्त्रालयद्वारा आजै दिउँसो दुईवजे बिशेष समारोहको आयोजना गरिएको उक्त मन्त्रालयका प्रवक्ता रमेशप्रसाद ढकालले पुष्टि गरे । उक्त कार्यक्रममा उपस्थित हुन आफ्ना मातहतका सम्पुर्ण अदालतलाई परिपत्र गरेको प्रवक्ता पोखरेलले बताए । नेपाल समाचारपत्रमा खबर छ । यस्तै कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मीश्रले संहिताहरुको कार्यान्वयन प्रारम्भ हुने आजको दिनलाई कानूनी इतिहासको सुखद दिन भनेका छन् ।
सेमिफाइलमा नेपाल पराजित
काठमाडौं, साउन ३१ । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल सेमिफाइलनमा भारतसँग पराजित भएको छ । भर्खरै थिम्पुको चाम्लिङथाङ रङ्गशालामा सम्पन्न सेमिफाइलनमा भारतसँग २–१ गोलअन्तरले पराजित भएको हो । भारतका लागि लेन्डा कोमले ३०औँ मिनेटमा गोल गर्दै शुरुआती अग्रता लिए पनि ३७औँ मिनेटमा नेपालकी रजनी थोकरले गोल फर्काउँदै खेल बराबरीमा ल्याइन् । पहिलो हाफ बराबरीमा सकिए पनि ७५औँ मिनेटमा क्रिटिना देवीले गोल गरेपछि भारत खेलमा २–१ ले अघि बढ्यो । त्यसपछि थप गोल हुन नसक्दा नेपाल भारतसँग २–१ ले पराजित हुन पुग्यो । जितसँगै भारत फाइलन प्रवेश गरेको छ । भारतले फाइललमा बङ्गलादेश र भुटानबीचको विजेतासँग खेल्नेछ । अब नेपालले तेस्रो स्थानका लागि बङ्गलादेश र भुटानबीचको पराजित हुने टोलीसँग भदौ २ गते प्रतिस्पर्धा गर्नेछ । नेपालले शनिबार भएको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३–० ले पराजित भएको थियो । प्रीति राईको कप्तानीमा रहेको नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पूजा थापा, करिना धिमाल, डिफेन्डर खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सविना चौधरी र मनमाया परियार छन् । मिडफिल्डरमा सुष्मा तामाङ, रिया बानु, मनिषा विष्ट, सविता रानामगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल र फरवार्डमा रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् । मुख्य प्रशिक्षकमा गङ्गा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन टोलीमा छन् ।
प्रेस युनियन कैलालीद्वारा संचारमन्त्रीलाई ज्ञापन
धनगढी, साउन ३१ । पत्रपत्रिका वर्गिकरणमा प्रेस काउन्सिलले अपारदर्शी निर्णय गरेको भन्दै नेपाल प्रेस युनियन कैलालीले विहीबार प्रमुख जिल्ला अधिकारीमार्फत् सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । युनियनले निर्णय सच्याउन आग्रह गर्दै प्रक्रियागत निर्णय नभए आन्दोलनमा जाने चेतावनिी दिएको हो । ‘एकलौटी रुपमा सुचना, सञ्चार तथा प्रबिधि मन्त्रालयमा बुझाइ सार्वजनिक गरिएको नतिजा पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधिएको दस्ताबेजका रुपमा हामीले लिएका छौ । पत्रपत्रिका बर्गिकरण पछि दिईने सेवा सुबिधा बितरण गर्ने सञ्चार मन्त्रालय तथा काउन्सीलको बोर्ड सदस्यहरुलाई यो पूर्वाग्रहले भरिएको नतिजा खारेज गरि पुनरावलोकन गर्न नेपाल प्रेस युनियन जोडदार माग गर्दछ,’ युनियन कैलालीका जिल्ला सभापति टेकराज जोशी द्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘प्रेस काउन्सील नेपालले २०७५ साउन २४ गते सार्वजनिक गरेको पत्रपत्रिकाको बर्गिकरणको नतिजाप्रति देशभरका पत्रकार र पत्रिका संचालकहरुमा ब्यापक असन्तुष्टी पाइएको छ । यसप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ यसैगरी भदौ १ गते देखि ल्याउन लागेको प्रेसविरोधि कानुनले स्वतन्त्र पत्रकारीता माथि अंकुश लगाउने कार्य भएकोले उक्त ऐन तत्काल परिवर्तन गरी स्वतन्त्र प्रेशको सम्मान गर्न युनियनले जोडदार माग गरेको छ । अन्यथा नेपाल प्रश युनियन चरणवद्ध आन्दोलनमा उत्रन वाध्य हुने विज्ञप्तीमा चेतावनी दिइएको छ । ज्ञापनपत्र बुझ्दै कैलालीका प्रमुख जिल्ला अधिकारी वावुराम श्रेष्ठले नेपाल प्रेस युनियनले प्रदान गरेको ज्ञापनपत्र तुरुन्त सुचना प्रविधि मन्त्रालयमा पठाउने बताए ।


>
>
>