शुल्क बृद्धि फिर्ता लिन विद्यार्थीकाे माग, वेवास्ता गरे सशक्तआन्दोलन गर्ने चेतावनी

पोखरा, असार २७ । कास्कीमा निजी प्लस टू ले सरकारी नीति विपरित मनपरी तरिकाले शुल्क बृद्धि गरेको प्रति विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाउदै तत्काल फिर्ता लिन माग गरेका छन् । यदि बृद्धि गरिएको शुल्क तत्काल फिर्ता नलिए आफूहरु कडा आन्दोलनमा उत्रिने चेतावनी उनीहरुले दिएका छन् ।

बुधबार अनेरास्ववियूका कास्कीका अध्यक्ष शेखर गौतम र अनेरास्ववियू (क्रान्तिकारी) कास्कीका अध्यक्ष रामजीप्रसाद आचार्यले संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, मनोमानी तरिकाले शुल्क निर्धारण गर्दै राज्इलाई चुनौति दिने कार्य गलत हो । शिक्षा मन्त्रालय र निजी शैक्षिक संस्थाबीचको सहमतिमा तय भएको संस्थागत विद्यालय शुक मापदण्ड २०७२ ले तोकेको शुल्कभित्र रहन आग्रह गर्दछौ । यदि त्यसो नगरी मनोमानी बृद्धि गरिएको शुल्क नघटाए कडा आन्दोलन गर्ने चतावनी दिन चाहान्छ ।’

निरकुंश व्यवस्था विरुद्ध, शैक्षिक माफिया, दलाल र शैक्षिक संस्थामा मनोमानी शुल्क बृद्धिका विरुद्ध लढ्दै आएको नेपाली विद्यार्थी आन्दोलनको इतिहास गौरबपूर्ण भएको स्मरण गराउदै मानेमानी ढंगले गरिएका शुल्क बृद्धि फिर्ता लिन विज्ञप्तिमा आग्रह गरिएको छ ।

बाढीले पुल बगाएपछि परीक्षा स्थगित

दार्चुला, असार २७ । अबिरल वर्षाका कारण नौगाड खोलामा आएको बाढीले पुल बगाएको छ । नौगाड गाउँपालिका–६ स्थित नौगाड खोलामा आएको बाढीले पुल बगाएपछि जनहित माविमा सञ्चालन भइरहेको प्रथम चौमासिक परीक्षा स्थिगित गरिएको छ । विद्यालय जान खोलामा निर्माण गरिएको काठे पुल बाढीले बगाएपछि परीक्षा स्थिगित गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रेमसिँह ठगुन्नाले जानकारी दिनुभयो । बाढीले पुल बगाउँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । सर्वसाधारण एउटा गाउँबाट अर्को गाउँमा आवतजावत गर्न सकिरहेका छैनन् । “खोलामा एक्कासि पानीको बहाव बढ्यो, पुल बगाएपछि विद्यार्थी कोही आउन नसकेपछि परीक्षा स्थिगित गर्नु परेको हो,” सहायक प्रधानाध्यापक ठगुन्नाले भन्नुभयो । जनहित माविमा प्रथम चौमासिक परीक्षा दिइरहेका १५० विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । बाढीले जमीनसमेत कटान गरेको स्थानीयवासी बहादुरसिंह ठगुन्नाले बताउनुभयो । यस्तै, सोही क्षेत्रको देथला–धुलिगडा सडकखण्डको ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकको पर्खाल भत्किएको छ । तीन दिनदेखि जिल्लामा दिउँसो घाम लाग्ने तथा रातिको समयमा भारी वर्षा हुने गरेको छ ।

कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं, असार २२ । संसद बैठकमा कांग्रेसले दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखेको विरोधमा उसले बैठक अवरुद्ध गरेको छ । बैठकमा काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले चिकित्सा शिक्षा विधेयकका विरुद्ध डा. गोविन्द केसी अनसनमा रहेको र उनको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै सो प्रस्तावबारे आजैको बैठकमा छलफलमा राख्न माग गरेका थिए । तर आजको कार्यसूचीमा नराखिएपछि प्रमुख सचेतक खाँण आसनबाट उठेर विरोध गरेका थिए । प्रस्तावबारे आफुलाई जानकारी आएको र संसदीय नियामावलीको ७१ को ३ अनुसार सम्बन्धीत मन्त्रीसँग जवाफ मागिएकाले कार्यसूचीमा राख्ने भन्दै सांसदहरुलाई बस्न आग्रह गरेका थिए । तर पनि, काङ्ग्रेस सांसदले सभामुखको आग्रहलाई वेवास्ता गरेपछि सभामुख महराले आधा घण्टाका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।

चार नगरपालिका पूर्ण खोपयुक्त घोषणा

कञ्चनपुर, असार २२ । कञ्चनपुरका चार नगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएका छन् । नगरपालिकाका शतप्रतिशत बालबालिकाले खोप पाएको सुनिश्चित भएपछि सुनिश्चितता घोषणा गरिएको हो । यहाँका कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकालाई खोप सुनिश्चितता घोषणा गरिएको छ । जन्मेदेखि डेढ वर्षसम्मका बालबालिकाले रोग प्रतिरोधात्मक ११ प्रकारका खोप पाए नपाएकोबारे महिला स्वास्थ्य स्वयंसेविकालाई घरदैलोमा परिचालन गरी पूर्ण खोप नपाएका बालबालिकालाई खोप लगाई पूर्ण पारिन्छ । स्वास्थ्य अधिकृत तीर्थराज भट्टले भन्नुभयो, “वडा, नगरपालिकामा सबै बालबालिकाले पूर्ण खोप पाएपछि मात्रै नगरपालिकालाई सुनिश्चितता घोषणा गरिन्छ ।” सबै नगरपालिका र गाउँपालिकाका बालबालिकाले पूर्ण खोपको मात्रा पाएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिने बताउनुभयो ।  जनस्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार खोप लगाउने उमेरका कञ्चनपुरका नौ हजार बढी बालबालिकाले पूर्ण खोपको मात्रा पाएका छन् । खोपले रोगसँग लडने प्रतिरोधात्मक क्षमताको विकास गर्ने भएकाले बालबालिकालाई विसिजी, डिपिटी, हेपबिहिव, पोलियो, दादुरालगायतका खोप लगाएर ११ प्रकारका प्राणघातक रोगबाट बचाउन सकिने हुन्छ । क्षयरोग, धनुष्टंकार, भ्यागुते, लहरेखोकी, हेपाटाइटिस बी, हेमोफोलिस इन्फलुइन्जा, बी, पोलियो, दादुरा, जापनिज इन्सिफलाइटीसलगायतका प्राणघातक रोगविरुद्धको खोप निःशुल्क रुपमा निर्धारित खोप केन्द्रमा लगाइने गरिएको छ । बालबालिकाले खोपका सबै मात्रा पाएपछि जिल्लाका सबै प्राथमिक उपचार केन्द्र, स्वाथ्य चौकी, उपस्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिकको कार्य क्षेत्रभित्र रहेका गाउँपालिका र नगरपालिकालाई चार वर्षअघि पूर्ण खोपयुक्त घोषणा गरिएको थियो ।

नहरमा डुबेर बालकको मृत्यु

मोरङ, असार २२ । मोरङको कानेपोखरी गाउँपालिका-३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो । शवलाई परीक्षणका लागि मंगलबारे अस्पताल उर्लाबारीमा राखिएको छ । -रासस

बाढीका कारण सुनसरीका आधा दर्जन बस्ती डुबानमा

इनरुवा, असार २२ । सुनसरीका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् । सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोलासहितका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले आधा दर्जन बस्ती डुबानमा परेका हुन् । डुबानका कारण निर्माण सामग्री, बाली र अन्य सामग्रीमा गरी करोडौँको क्षति भएको स्थानीयले बताएका छन् । बाढीका कारण इनरुवा–१०, जल्पापुरमा हाटसेट निर्माणका लागि राखिएका विभिन्न सामानसहित निर्माणका सामग्री बगाएको छ भने मरिया खोलाको बाढीले डुबानमा पारेको छ । खोला आसपास क्षेत्रका लहरे र तरकारी बालीमा समेत नोक्सानी पुगेको छ । जल्पापुर मुस्लिम निर्माणका सञ्चालक ऐयुव मियाँले ६० बोरा सिमेण्टसहितका विभिन्न निर्माण सामग्री र मजदूरका खाद्यान्न तथा तरकारी बाली गरी गाउँमा करोडाँैको क्षति भएको बताउनुभएको छ । स्थानीयवासी तथा ठेकेदारसमेत रहेका ऐयुव मियाँले डुबानका कारणले जनजीवनसमेत धेरै प्रभावित भएको जानकारी दिनुभयो । बाढीको कारणले जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–७, नरसिंह टाप्पुको दलित बस्ती डुबानमा परेको छ । नरसिंहको दास टोल र सुकुम्बासी टोलका गरी १०० परिवार डुबानको चपेटामा परेका छन् । स्थानीय जगदीश यादवका अनुसार नरसिंह क्षेत्रमा डुबानका कारणले केही परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । केहीलाई घरमा भान्सा गर्ने अवस्थासमेत नरहेको यादवले बताउनुभयो । सुनसरी खोलाको किनारमै रहेको बस्तीका धेरै घर डुबानमा रहेको स्थानीय चन्देश्वर मण्डलले जानकारी दिनुभयो । मण्डलका अनुसार बुधबारदेखिको वर्षाका कारणले आफ्नो गाउँमा बाढी आएको र बालबालिका सबैभन्दा बढी प्रभावित भएको हो । उता हरिनगर गाउँपालिका-७ घुस्की का साथै वडा नं २ र ४ मा समेत मरिया खोलाको बाढीले सयौँ घर डुबानमा परेको स्थानीय अब्दुल कैयुम खाँले जानकारी दिनुभयो । मरिया र सुनसरी खोलाको बाढीले १२० घर डुबानमा परेको खाँले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय, सुनसरीले भने समेत बाढी आएको तर हालसम्म कुनै धनजनको क्षतिको विवरण नआएको बताएको छ । नदी र खोला आसपासमा भने सतर्कताका साथ बस्न आग्रह गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । यसैबीच अबिरल वर्षाका कारण सुुनसरी खोलामा आएको बाढीले हरिनगरा-बसन्तपुर जोड्ने बाटो पूर्णरुपमा अवरुद्घ भएको छ । सुनसरी खोलाको पानी मोरिया खोलामा मिसिएपछि बाटो पूर्णरुपमा अवरुद्घ भएको हो । बाटो अवरोध भएपछि हरिनगरा मावि र वासुदेव एकेडेमीमा अध्ययनरत बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । बाढीका कारण पहिलो त्रैमासिक परीक्षा दिनबाट समेत बालबालिका वञ्चित भएको स्थानीयवासी सरोज मण्डलले जानकारी दिनुभयो । बाढीका कारण हरिनगर-५ वसन्तपुरमा रहेको शिशुवा जोड्ने बाटो हिलाम्मे भएपछि समस्या उत्पन्न भएको हो । -रासस

शिशुको हत्या अभियोगमा किशोरीलाई जन्मकैद

जाजरकोट, असार २२ । अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । नलगाड नगरपालिका-१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट बच्चा जन्माई उक्त बच्चाको हत्या गरेको ठहरसहित जन्मकैदको सजाय सुनाएको हो । शिव व्यावसायिक मावि, कालेगाउँमा कृषि विषयको जेटिए अध्ययन गर्नका लागि भेरी नगरपालिका-१ रावतगाउँमा उनी बस्दै आएकी थिइन् । प्रहरीका अनुसार डेरामा बस्ने क्रममा अवैधरुपमा गर्भवती भएकी उनले गत वैशाख २६ गते बच्चा जन्माएकी थिइन् । पुनले उक्त बच्चाको हत्या गरेर प्लाष्टिकको थैलोमा पोको पारेर भेरी नदीमा फालिदिएकी थिइन् । घटनालगत्तै सवितालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान थालिएको थियो । जिल्ला अदालतको फैसलापछि उनलाई कारागार चलान गरिएको जिल्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । -रासस

नेकपाको स्थायी समिति बैठक जारी, यी विषयमा छलफल हुँदै

काठमाडौं, असार २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक जारी छ । लामो समयपछि नेकपा स्थायीको स्थायी समिति बैठक बसेको हो । बैठकमा पार्टीको प्रस्तावित नियमावली, प्रधानमन्त्रीको चीन भ्रमण, सरकारका कामकारबाही र समसामयिक राजनीतिका बारेमा छलफल भइरहेको उच्चस्रोतले जनाएको छ । यसअघि बिहीबार अपरान्ह ३ बजे बैकठ बस्ने भने पनि ढिलो गरी बैठक शुरुभएको हो । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले विधि विषयमा रिपोटिङ गर्ने बताइएको छ । बुधबार राती बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गएको भदौं १४ गतेपछि गरेका सबै नियुक्तीलगायतका निर्णय बदर गर्ने निर्णय गरेको थियो । यो निर्णयका कारण प्रमुख विपक्षी दल कांग्रेस त चिढिएको छ । साथै ठूलो हलचल पनि मचिएको छ । बैठकमा यसबारेमा पनि छलफल हुने बताइएको छ । ‘भोलि दिउँसो ३ बजे बस्ने स्थायी समिति बैठक बस्ने । बैठकमा दुबै अध्यक्षले विशेष गरी प्रधानमन्त्रीको चीन भ्रमण, समसामयिक राजनीति, सरकारका काम कारबाहीका बारेमा रिपोटिङ गर्ने ।’ नेकपाको प्रवक्ताले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘पार्टीको प्रस्तावित नियमावलीबारेमा बैठकमा छलफल हुने छ । र स्थायी समितिबाट सुझाब लिने । भोलिको स्थायी समिति बैठकका लागि यी दुई एजेण्डा तय भए ।’ लामो समयपछि नेकपाको सचिवालयको बैठक बुधबार बसेको हो । यसअघि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र अध्यक्ष प्रचण्ड जीवन संगिनी सीता दाहालको उपचारका लागि सिंगापुर गएका ले बैठक बस्न सकेको थिएन । लामो समय पार्टीको स्था

नरेन्द्र श्रेष्ठको फोटो सर्वोत्कृष्ट

काठमाडौं, असार २१ । फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता –२०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाउँमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउँदै गरेको फोटो यस वर्षको ‘फोटो अफ द इयर’ घोषित भएको हो । उपाधिसहित श्रेष्ठले रु एक लाख प्राप्त गरे । यसैगरी दीपेन्द्र रोक्काको फोटोले ‘शिखर इन्स्योरेन्स नेपाल स्माइल’ विधा जित्यो भने नरेन्द्र श्रेष्ठको फोटो दोस्रो तथा सुरज श्रेष्ठको फोटो तेस्रो भयो । ‘आइएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलले बाजी मारिन् भने सोही विधामा दुर्गा राना मगरको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो । अंगद ढकालले अर्घाखाँची सिमेन्ट न्यूज विधाको उपाधि जित्दा संजोग मानन्धरको फोटो दोस्रो तथा स्कन्द गौतमको फोटो तेस्रो भयो । नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले जिते । सोही विधामा उम्मिद शाक्यको फोटो उपविजेता बन्दा हेमन्त श्रेष्ठको फोटो तेस्रो भयो । कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठ पहिलो, दीनेश श्रेष्ठ दोस्रो र अजय मानन्धर तेस्रो भए । त्यस्तै डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतीक रायमाझीले जिते भने रवी उपाध्यायको फोटो दोस्रो तथा उज्वलचन्द्र बुद्धाचार्यको फोटो तेस्रो भयो । नेप्टोस फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भयो भने हेमन्त श्रेष्ठकै फोटो उपविजेता तथा नरेन्द्र श्रेष्ठको फोटो तेस्रो भयो । प्रत्येक विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु तीस हजार, बीस हजार र दश हजार प्राप्त गरे । विजेतालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, आयोजक संस्थाका अध्यक्ष विकास कार्कीलगायतले पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा मन्त्री बाँस्कोटाले फोटो आफैँमा जीवन भएकाले यसको महत्व दिनदिनै बढिरहेको बताउँदै नेपालमा फोटो पत्रकारिता पछि परेकाले यसको विकास र उन्नयनका लागि आफूले सक्दो पहल गर्ने विचार व्यक्त गर्नुभयो । फोटो प्रतियोगिताका निर्णायक मण्डलका एक सदस्य तथा बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधानले गुणस्तरीय, कलात्मक र राम्रो कम्पोजिसनलगायत फोटोका अन्य पाटोलाई हेरेर उत्कृष्ट फोटो छानिएको बताउनुभयो । यसैगरी यस वर्षको ‘फोटो अफ दि इयर’को विजेता श्रेष्ठले आफूले पुरस्कारवापत पाएको रकम कमल सदा र यादव थपलियाको परिवारलाई प्रदान गर्ने घोषणा गर्दै सदाको परिवारलाई रु ७० हजार र थपलियाको परिवारलाई रु ३० हजार दिइने बताउनुभयो । गत वर्ष सप्तरीमा गएको बाढीमा ज्यान गुमाउन पुगेका कमल सदाको फोटोले यस वर्षको फोटो अफ दि इयर जित्न सफल भएको थियो । त्यस्तै आयोजक क्लबका अध्यक्ष विकास कार्कीले यसपटकको सफलताले आगमी दिनमा यस्तै प्रतियोगिता गर्न उत्साह थपेको बताउनुभयो । उत्कृष्ट घोािषत भएका फोटो आगामी साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनीमा राखिनेछ भने काठमाडौँ बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा समेत प्रदर्शनीको आयोजना गरिने फोटो पत्रकार क्लबले जनाएको छ ।

बनाएर नसकिदै भासियो मुग्लिङ नारायणगढ सडक

चितवन, असार २१। उत्तोरउन्नतिका काम अन्तिम चरणमा पुगेको बेला नारायणगढ–मुग्लिङ सडकखण्डको बनाइसकेको सडक भासिएको छ । बिएलए एससीसी ज्वाइन्ट भेन्चरले निर्माण गरेको आँपटारी दासढुंगा सडक खण्डको भतेरी जंगलमा सडक भासिएको हो । आँपटारीबाट करिब साढे ६ किलोमिटरको दुरीमा रहेको भतेरीको जंगलमा करिब एक सय मिटर सडक भासिएको छ । उक्त सडकको किनारमा तीन फिटसम्म भासिएको छ भने सडक किनारबाट करिब चार मिटर चौडासम्म सडक चर्किएको छ । चर्किएको सडकलाई निर्माण कम्पनीले सिमेन्ट लगाएर टाल्ने प्रयास गरेको भएपनि सडक भासिएको हो । सडक निर्माण सम्पन्न नहुँदै सडक भासिन थालेपछि यसको गुणस्तरको बारेमा प्रश्न उठाइएको छ । निर्माण कम्पनीले सडक हस्तान्तरण गरेको एक वर्षसम्म सडकमा कुनैपनि क्षति भएमा त्यसको मर्मत सम्भार गर्नुपर्ने नारायणगढ मुग्लिङ सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । भासिएको सडकको अवस्था हेरेर निर्माण कम्पनीलाई तुरुन्त सडक मर्मत गर्न लगाइने खनालको भनाइ छ । तर सडक विस्तारका क्रममा पहाड हलिएकाले पछिल्लो समय लगातार पहिरो जादाँ यात्रुहरु घण्टौ जाममा बस्न बाध्य छन् । कमसल निर्माण सामग्री र उचित तरीकाले सडक विस्तारको काम नहुँदा बनाएर नसकिदै सडक भासिने र चर्किने थालेको बताइन्छ ।

लोहनीलाई मातृशोक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, पार्टी केन्द्रीय प्रकाशन ब्युरोका इन्चार्ज तथा रातो खबर प्रकाशन गृहका निर्देशक गुणराज लोहनी ‘मुकुन्द’ लाई मातृशोक परेको छ । लोहनीकी ममतामयी आमा विष्णुदेवी लोहनीको असार २१ गते बिहीबार चितवनको कलेज अफ मेडिकल साइन्समा ७५ वर्षको उमेरमा निधन भएको छ । विष्णुमायाको निधनप्रति नेकपाका महासचिव विप्लवले विज्ञप्ति प्रकाशित गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । महासचिवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आमा विष्णुमाया लोहनीको निधनले हाम्रो पार्टीलाई धेरै नै मर्माहत बनाएको छ । हाम्रो गौरवशाली पार्टी ममतामयी आमा विष्णुदेवी लोहनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।’ महासचिव विप्लवको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपालको कम्युनिस्ट आन्दोलनमा निरन्तर लामबद्ध सङ्घर्षशील वौद्धिक योद्धा कमरेड मुकुन्दलाई जन्म दिने ममतामयी आमाको दुःखद् निधनले कमरेड मुकुन्दलगायत सम्पूर्ण लोहनी परिवारमा परेको शोकप्रति हाम्रो पार्टी हार्दिक समवेदना प्रकट गर्दछ ।’

माइतीघर मण्डलाबाट १२ पक्राउ

काठमाडौं, असार २१ । चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा अनशन बसेका डा. गोविन्द केसी र गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रदर्शन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । डा केसी एलायन्सले बिहीबार मण्डलामा प्रर्दशन गरेको थियो । पक्राउ परेका मध्ये ६ जना छुटेका छन् भने ६ जना प्रहरी नियन्त्रणमा नै छन् । उनीहरुलाई महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा राखिएको छ । प्रहरीले इन्द्रप्रसाद अर्याल, चरण प्रसाई, महमणिक आचार्य, लोकराज अवस्थी, विश्व दुलाल, जयराम दाहाल, सागर अधिकारी, मनोज अधिकारी, डा. सुरेन्द्र भण्डारी, डा. उदय प्याकुरेल, मोहन ज्ञवाली र लोकेन्द्र पोखरेलाई पक्राउ गरेको हो । अनसनरत केसी र अधिकारीको जीवन रक्षा गर्न र सरकारले प्रदर्शन गर्न नपाउने भनी माइतीघरलाई निषेधित क्षेत्र तोकेको निर्णय खारेज गर्नुपर्ने प्रदर्शनकारीले माग गरेका थिए । जम्लामा गएको पाँच दिनदेखि अनसनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि बुधबार प्रहरी हिरासतबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको इमेरजेन्सी कक्षमा उपचार भइरहेको छ ।

१० हजार लिटर घरेलु मदिरा नष्ट

लहान, असार २१ । प्रहरीले सिरहाको लहान नगरपालिका– ५ मा ठलो परिमाणमा अवैध मदिरा बरामद गरी नष्ट पारेको छ । अवैधरुपमा घरेलु मदिरा उत्पादन गरी बिक्रीवितरण गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले १० हजार लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । लहान नगरक्षेत्रमा अवैध मदिराका कारण दिनहुँ समाजमा झै–झगडा, घरेलु हिंसा, महिला हिंसा र अकालमै मृत्यु हुनेलगायतका घटनामा वृद्धि भएपछि प्रहरीले नगरक्षेत्रभित्र अवैध मदिरा उत्पादनमा कडाइ गरेको छ । लहान नगरपालिका वडा नं ५ धाती टोलको हरेक घरमा आधुनिक तरिकाबाट अवैध मदिरा उत्पादन भइरहेको सूचना पाएपछि छापामारी मदिरा उत्पादन गर्ने सामग्री र तयारी अवस्थामा राखिएको हजारौँ लिटर मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।

जिप दुर्घटनामा दुई जनाको मृत्यु

रसुवामा, असार २० । जिल्लाको आमाछोदिङ्ग गाउँपालिका-५ मा जिप दुर्घटना भएको छ । राति १० बजे बा १७ च ५३४५ जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ । दुर्घटना मृत्यु हुनेमा मोरङ्गका ४५ वर्षे शिवगञ्ज राजवंशी र दाङ्गका २४ वर्षका विकास घर्तीमगर रहेका छन्। यस्तै, दुर्घटनामा गौतम अर्याल र जीवन राई घाइते भएका छन् ।

धम्की दिएर रकम असुल्ने प्रहरीको फन्दामा

काठमाडौँ, असार २० । गुण्डागर्दीमा संलग्न एकजनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ । परिसरको टोलीले केही दिनदेखि ठमेल, दरबारमार्गलगायतका क्षेत्रका होटल, रेष्टुराँ, डिस्को तथा त्यहाँका व्यापारीलाई डरत्रास देखाई रकम असुल्दै हिँड्ने रामेछापका २६ वर्षीय विमल लुङ्गेलीमगरलाई मंगलबार पक्राउ गरेको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले ठमेल, दरबारमार्गका व्यवसायीलाई अनावश्यक रुपमा रकम मागेर दुःख दिने र रकम नदिए झगडा गर्ने गरेको गोप्य सूचनाका आधारमा मगरलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पक्राउ परेका मगरलाई सार्वजनिक मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको परिसरले जनाएको छ । -रासस

नुहाउन गएका २ बालकको डुबेर मृत्यु

कैलाली, असार २० । जिल्लाको गौरीगंगा नगरपालिका–११ शिवपुरमा मंगलबार साँझ खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ। स्थानीय कटैनी खोलामा साथीहरुको साथमा नुहाउन गएका शिवपुरका हर्क भुलका ८ वर्षका छोरा सचिन भुल र बाधुराम चौधरीका १२ वर्षका छोरा अमन चौधरीको डुबेर मृत्यु भएको हो। खोलामा बाढी आएको र पानीको सतह बढेको कारण पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मुत्यु भएको हो। मृतक बालकको शव पोस्टमार्टमको लागि धनगढी स्थित सेती अञ्चल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।