सुनको मूल्य प्रतितोला एक हजार छ सयले बढ्यो

काठमाडौं। स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार छ सयले वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार एक लाख ३० हजारमा कारोबार भएकामा सोमबारका लागि भने प्रतितोला एक लाख ३१ हजार छ सय कायम भएको छ।

यस्तै, तेजाबी सुन आइतबार एक लाख २९ हजार चार सयमा कारोबार भएकामा सोमबारका लागि भने एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला प्रतितोला एक हजार पाँच सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख २६ हजार ४०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

काठमाडौं। शुक्रबारदेखि एकैपटक सोमबार खुलेको बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।  सोमबार नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेकोमा समान तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले नै बढ्दै १ लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।  चाँदीको मूल्य गत शुक्रबारको मूल्यमा १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

सुनको मूल्य कति ?

काठमाडौँ । सुनको मूल्यले आज शुक्रबार हिजो बिहिबारको तुलनामा केहि घेटेको छ ।  आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार २०१ रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ६०० रुपैयाँ छ ।  यससँगै, आज चाँदीको मूल्य तोलामा १५ सय ज्ञढ रुपैयाँ छ । 

सुनको मूल्य फेरि उच्च विन्दुमा, एकैदिन बढ्यो २ हजार ६ सय

काठमाडौं । सुनको मूल्यमा ९ दिनपछि फेरि उच्च मुल्यमा पुगेको छ । बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै नयाँ रेकर्ड भएको हो । बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य पुगेको छ । बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो । फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च विन्दुको रेकर्ड बनाएकोमा सो रेकर्ड ९ दिनमै तोडिएको हो । चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ ।

सुनको मूल्य फेरि घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा आज मूल्य घटेर कारोबार सुरु भएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ८०० रुपैयाँ कायम थियो । अघिल्लो साता सुनको मुल्य उच्च विन्दुमा एक लाख २६ हजार पुगेको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घले गत साताको शुक्रबारको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँले बढेर कारोबार सुरु भएको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १५ सय ३० रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको १५ सय १५ रुपैयाँ कायम थियो ।

घट्यो सुनको भाउ

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला आठ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोला १५ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुनचाँदीको भाउ फेरी बढ्यो

काठमाडौं ।  अघिल्लो दिन तोलामा १ हजार रुपैयाँ घटेको सुन बिहीबार फेरि बढेको छ । हिजो प्रतितोला १ लाख २५ हजारमा झरेको सुन आज भने ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । १ लाख २५ हजार ८ सय रुपैयाँमा बिहीबार सुनको कारोबार भइरहेको छ । बिहीबार एकै दिन चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १४६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १५१५ रुपैयाँ पुगेको छ ।

रेकर्ड बनाएको सुनको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ घटेको छ।  गत मंगलबारदेखि नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज घटेको हो।  गत मंगलबार, बुधबार, बिहीबार र आइतबार गरी चार दिन सुनको भाउमा ऐतिहासिक रेकर्ड बनेको हो। शुक्रबार, सोमबार र मंगलबार भने सुनको भाउ स्थिर रहेको थियो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। उक्त मूल्य हालसम्मकै उच्च विन्दु हो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ।  आज चाँदी प्रतितोला एक हजार चार सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ८५ रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुनको मूल्य तीन दिनयता स्थिर

काठमाडौं । सुनको मूल्य तीन दिनयता स्थिर भएको छ । गत २७ गतेयता सुनको मूल्य घटबढ नभएको हो ।  चाँदीको मुल्य भने आज प्रतितोला १० रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख २६ हजार, तेजाबी सुन १ लाख २५ हजार ४ सय र चाँदी १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको छ।  २७ गते सुनको मूल्य उच्च विन्दुमा पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा समेत आज सुनको मूल्य २ हजार १ सय ७७ अमेरिकी डलर प्रतिऔँस पुगेको छ। 

सुनको मुल्यमा फेरि रेकर्ड, आइतबार १ हजार बढ्यो

काठमाडौं । सुनको मुल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । विगत ५ दिन देखि सुनले दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा १ हजार रुपैयाँले सुन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेकोमा आइतबार १ लाख २६ हजार रुपैयाँ पुगेको छ । हालसम्मकै उच्च मुल्यको रेकर्ड कायम फेरि भएको हो । गत मंगलबार तोलाको १ लाख २३ हजार रुपैयाँ मूल्य कायम भई अघिल्ला सबै रेकर्ड तोडिएको थियो । बुधबार १ लाख २३ हजार ५ सय, बिहीबार र शुक्रबार १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख २६ हजार कायम भएको हो । अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । सो आधारमा नेपालमा पनि  मूल्य समायोजन हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिका वावजुत माग बढ्दै जाँदा मूल्यमा असर परेको हो । चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ४७० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४७५ रुपैयाँ कायम भएको छ ।

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको १ लाख २५ हजार

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । लगातार बढिरहेको सुनको मुल्य बुधवार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । विहीबार छापावाल सुनको मूल्य बिहीबार थप १५ सय बढ्दै १ लाख २५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार थप बढेर उच्च बिन्दुमा पुगेको हो ।  यस्तै बिहीबार तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।  यस्तै बिहीबार चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो ।

सुनको भाउ एकैदिन २ हजार बढ्यो

काठमाडौं, २० फागुन । आइतबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार एकै दिन १ लाख २१ हजार पुगेको हो । अन्तर्राष्ट्रिय बजारको कारोबारमा शुक्रबार मूल्य उच्च दरमा बढ्दा आइतबार नेपाली बजारमा प्रभाव परेको महासंघले बताएको छ । शनिबार सार्वजनिक विदा भएकाले त्यस दिन सुनको मूल्य समायोजन गरिँदैन । विगत केही दिनदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि आइतबार तोलाको २० रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो । महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ र रुपैयाँले घटेर तोलाको १४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको १४१५ रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घट्यो, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख ८ हजार ५०० तोकिएको छ । यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य स्थिर रहेको छ ।

बढ्यो सुन र चाँदीको मूल्य, यस्तो छ आजको कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । यसअघि मंगलबार स्थिर रहेको सुन आज भने तीन सय रुपैयाँ बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एल लाख १० हजार र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।