घट्यो सुनचाँदीको मूल्य,कतिमा भैरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको हो । 

आज सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुन एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सुनको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ६ सयले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। महासंघका अनुसार आज छापावाल १ लाख ४२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि बुधबार छापावाल सुन १ लाख ४२ हजार २०० र तेजाबी सुन १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला १८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तीन दिनदेखि सुनको भाउ स्थिर, यस्तो छ चाँदीको मूल्य

काठमाडौं । सुनको भाउ तीन दिनदेखि स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महसंघले बुधबारका लागि पनि तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ। अघिल्ला दुई दिन पनि सोही मूल्यमा कारोबार भएको थियो। सुनको मूल्य जेठ २५ गते हालसम्मकै उच्च तोलाको १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो। त्यस्तै चाँदीको भाउ बुधबार तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८०५ कायम भएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुन सोमबारकै मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि छापावाल सुन प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार तेजाबी प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, मंगलबार चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतितोला ६००  रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।  आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ८०० मा कारोबार भएको थियो ।  तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४२ हजार १०० मा कारोबार भएकोमा आजका लागि एक लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८२० मा कारोबार भएको थियो ।

सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १६०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार छापावाल सुन तोलामा एक लाख ४१ हजार २०० रुपैयाँ र  तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तोलामा चार सयले घट्यो सुन

काठमाडौं।  नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार ४ सय रुपैयाँले घट्दै १ लाख ४१ हजार २ सय रुपैयाँमा झरेको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै घट्दै १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।  चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन विहीबार चाँदी प्रतितोला एक हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो । 

सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर कारोबार भइरहेको छ। चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि मंगलबार सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सूनको मूल्य तीन दिनदेखि स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तीन दिनदेखि स्थिर छ। गएको आइतबारयता सुन एकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार र आइतबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो। तेजाबी सुन पनि सोमबारकै मूल्यमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा नै कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

एकै दिन चार हजारले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।आइतबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ४१ हजार पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४० हजार ३०० पुगेको छ । यस अघि शुक्रबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । यो अहिलेसम्म नेपालमा कायम भएको उच्च मूल्य थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार तोलाको १९०० मा कारोबार भएको थियो ।

सुनको मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु एक हजार आठ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज रु एक लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य आज रु एक हजार आठ सय ५० निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला रु एक हजार आठ सय २५ रहेको थियो ।

सुनको मूल्य तोलामा १ हजार सात सय बढयो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । छापावाल सुनको मूल्य मंगलबार १ हजार ७०० रुपैयाँ बढेर तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ ।  अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन १० ग्रामको मुल्य मंगलबार १ लाख २२ हजार ३४५ रुपैयाँ कायम भएको छ ।  यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । अघिल्लो दिन १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार रु १० बढेर तोलामा १८६० रुपैयाँ कायम भएको छ ।

तोलामा १७ सयले बढ्यो सुन, मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ। यस दिन छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य हालसम्मकै उच्च हो। बिहीबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको मूल्य निरन्तर उकालो, सुन तोलामा २३ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुन चाँदीको मूल्य निरन्तर बढिरहेको छ। बुधबारको तुलनामा आज सुनको तोलामा नै दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ। बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४० हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ भने तेजाबी सुनको भाउ पनि बढेको छ। तेजाबी सुन बुधबार तोलामा रु. एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो रु. एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु. दुई हजार दुई सय ५० ले वृद्धि भएको छ। यसैगरी चाँदीको मूल्य तोलामा रु. ७० ले वृद्धि भएको छ। बुधबार रु. एक हजार नौ सय ३० मा कारोबार भएको चाँदी आज रु. एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।