सुनको मूल्य स्थिर, यस्तो छ मूल्य
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँ र तेजाबी सुनको तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अघि शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनचाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि गत साताको बिहीबार जेठ ३ गते एक लाख ४० हजार रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ४० हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । गत बिहीबार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँ हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।
सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौँ। स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आज रु एक लाख ३८ हजार छ सय ५० तय भएको छ। चाँदीको मूल्य पनि तोलामा रु पाँचले घटेको छ । बिहीबार तोलामा रु एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको भने रु एक हजार आठ सय निर्धारण भएको छ । रासस
सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढ्यो
काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ।आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ।बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ कायम भएको छ। हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।
घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलामा १ लाख ३८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँ थियो। त्यसै गरी आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार चाँदीको तोलामा २५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
घट्यो सुन–चाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ।आइतबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १७ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १७ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
एकैदिन तोलामा २३ सय बढ्यो सुनको मूल्य
काठमाडौं । सुनको मूल्य आज तोलामा दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन हिजो प्रतितोला एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो। शुक्रबार तोलामा २३ सय रुपैयाँ बढेर तोलाको रु एक लाख ३७ हजार नौ सयमा कारोबार भइरहेको छ। हिजो बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ३४ हजार नौ सय ५० रुपैयाँ थियो । शुक्रबार तेजाबी सुनको मूल्य रु एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ। चाँदीको मूल्य आज तोलामा रु ५० रुपैयाँले बृद्धि भएको छ। बिहीबार प्रतितोला रु एक हजार छ सय ८५ मा कारोबार भएको चाँदी आज एक हजार सात सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । यसदिन सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३४ हजार ९५० रुपैयाँ कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहँदै १ लाख ३६ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि छापावाल सुन तोलाको एक लाख ३५ हजार ४०० मा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३५ हजार ७५० मा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा स्थिर रहँदै प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसदिन छापावाल सुन एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको छ । आज एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य स्थिर, कति छ नेपाली बजारमा मूल्य
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३५ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार गत हप्ता शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी तोलामा १६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य घट्यो, चाँदीको स्थिर
काठमाडौंं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला एक हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य एकैदिन तोलामा दुई हजारले बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा दुई हजार रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन तोलामा एक लाख ३६ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजाबी सुन तोलामा एक लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । यसदिन चाँदी तोलामा एक हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य २७ सय घट्यो
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार ७ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ । यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदीको मूल्य आज तोलामा २० रुपैयाँले घट्दै १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य ४०० ले घट्दा, चाँदीको ५ बढ्यो
काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेर कारोबार भइरहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । हिजो आइतबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँमा करोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार चाँदी प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो
काठमाडौं । लगातार दुई दिन गरी तोलामा ३८ सय रुपैयाँ घटेको सुनको मूल्य बुधवार भने ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले बढ्दै १ लाख ३६ हजार रुपैयाँ कायम भएको जानकारी दिएको छ । अघिल्लो दिन छापावाला सुन एकैपटक प्रतितोला २७ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । हिजो चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।