हिजाे तुलनामा आज कतिले बढ्यो सुनचाँदीको मूल्य ?
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य बुधबार पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल रु पाँच हजार २९० कायम भएको छ ।
मङ्गलबार प्रतितोला सुन रु तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार २४० कायम भएको थियो । गत सोमबार एक तोला सुन रु तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २५० मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन पाँच हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो: २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम
काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ निर्धारण गरिएको थियो । यसरी लगातार दुई दिनमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको हो । यसैगरी चाँदीको मूल्य पनि सोमबार तोलामा ३ सय रुपैयाँ घटेर ५ हजार २ सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँ थियो । यो मूल्य परिवर्तन अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा आएको गिरावटसँग सम्बन्धित रहेको व्यवसायीहरूले बताएका छन् ।
सुनको मूल्य प्रतितोला १८ हजार ८ सय रुपैयाँले घट्यो
काठमाडौं – नेपाली बजारमा आज आइतबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ मा झरेको छ। आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५७ हजार २ सय रुपैयाँ तोकिएको छ। यसैगरी, चाँदीको मूल्य पनि तोलामा १ हजार ५ सय ६५ रुपैयाँ ले घटेर ५ हजार ५ सय रुपैयाँ मा कायम भएको छ। आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ७ सय १६ रुपैयाँ निर्धारण गरिएको छ। यो मूल्य घटबढ अन्तर्राष्ट्रिय बजारको प्रभावसँग जोडिएको छ। लगानीकर्ता तथा उपभोक्ताले स्थानीय सुनचाँदी पसल वा महासंघको आधिकारिक स्रोतबाट पुन: पुष्टि गर्न सिफारिस गरिन्छ, किनकि बजार दैनिक रूपमा परिवर्तन हुन सक्छ।
सुनको मूल्य तोलामा तीन लाख नाघ्यो
काठमाडौं । निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य तोलामा तीन लाख रुपियाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपियाँ रहेको सुनको मूल्य शुक्रबार नौ हजार दुई सय रुपियाँले बढेर तीन लाख एक हजार चार सय रुपियाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ९५० अमेरिकी डलर पुगेको छ । रुस–युक्रेन युद्ध, अमेरिकाद्वारा भेनेजुएलामाथि गरिएको कारबाही तथा अन्य भूराजनीतिक तनावका कारण सुन सुरक्षित लगानीको विकल्प बनेसँगै मूल्य बढेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बताए । सुनको मूल्य अस्वाभाविक रूपमा बढ्दा बजारमा माग घटेको छ । महासङ्घका अनुसार सुनको कारोबार करिब ९० प्रतिशतले घटेको छ । मूल्य बढेपछि व्यवसायीले पुराना गहना खरिद गर्नसमेत छाडेका छन् । महासङ्घका अनुसार पछिल्लो एक वर्षमा सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार चार सय रुपियाँले बढेको छ । गत वर्ष ९ माघमा प्रतितोला एक लाख ६० हजार रुपियाँ रहेको सुनको मूल्य हाल तीन लाख नाघेको हो । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला पाँच हजार ८७० रुपियाँ रहेको चाँदी शुक्रबार तीन सय २० रुपियाँले बढेर छ हजार एक सय ९० रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔँस ९८ अमेरिकी डलरमा कारोबार भएको छ ।
एकैदिन तोलामा साढे १० हजारले बढ्याे सुन
काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार (माघ ७)मा तोलामा १० हजार ४०० रुपैयाँ बढेको छ । यससँगै एक तोला सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो । यस्तै चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँ बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य पाँच हजार ८८० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलामा २ लाख ८२ हजार पुग्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ पुगेको छ । महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ७७० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ७७ हजार ८०० रुपैयाँ थियो । एकै दिनमा सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले बढेको महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ९८१ रुपैयाँ तोकिएको छ । आइतबार चाँदी तोलामा ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, डलरको उतारचढाव र लगानीकर्ताको बढ्दो आकर्षणका कारण नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको महासंघको भनाइ छ ।
नयाँ कीर्तिमान: सुनको मूल्य तोलामा २ लाख ७८ हजार पुग्यो
काठमाडौँ — नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। महासंघका अनुसार बुधबार १० ग्राम सुनको मूल्य २ लाख ३८ हजार ३४० रुपैयाँ कायम भएको छ। यसैदिन चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा ५ हजार ३४० रुपैयाँ रहेको चाँदी बुधबार बढेर ५ हजार ६५५ रुपैयाँ पुगेको छ।
सुन तोलाको पौने तीन लाख पुग्याे
काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला दुई लाख ७० हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा चार हजार एक सय रुपियाँले बढेर दुई लाख ७४ हजार सात सय रुपियाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि दुई लाख ७० हजार छ सय रुपियाँ पुगेको सुनको मूल्य घटेर दुई लाख ५९ हजार रुपियाँमा झरेको थियो । अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेपछि सुनको मूल्य निरन्तर बढ्दै गएको हो । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस चार हजार ५६८ अमेरिकी डलरमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । पुसमा सुनको मूल्य तोलामा १५ हजार सात सय रुपियाँले बढेको छ । यसैबिच चाँदीको मूल्य तोलामा २०५ रुपियाँले बढेर पाँच हजार रुपियाँ नाघेको छ । आइतबार प्रतितोला चार हजार ४९० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर पाँच हजार १९५ रुपियाँ पुगेको महासङ्घले जनाएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔँस ८४ अमेरिकी डलरमा कारोबार भएको छ । सुनको मूल्यसँगै चाँदीको मूल्यसमेत निरन्तर बढ्दै गएको छ । पुसमा चाँदीको मूल्य तोलामा एक हजार ३१० रुपियाँले बढेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको माग बढ्दा मूल्यसमेत निरन्तर बढ्दै गएको हो । औद्योगिक क्षेत्रमा चाँदीको प्रयोग धेरै हुने गर्छ । सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार सुनको मूल्य चार हजार एक सय रुपियाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबार सुनको मूल्य दुई लाख ७४ हजार सात सय रुपियाँ तोकेको हो । अघिल्लो दिन यस्तो मूल्य दुई लाख ७० हजार छ सय रुपियाँ रहेको थियो । त्यस्तै चाँदीको मूल्य समेत प्रतितोला २९५ रुपियाँले बढेको छ । आइतबार चार हजार ९९० रुपियाँ रहेको चाँदी आज पाँच हजार १९५ रुपियाँ पुगेको हो ।
आज सुनको मूल्य तोलामा २ हजारले घट्याे
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको हो । यस आधारमा बिहीबार छापावाल सुन तोलामा २ हजार रुपैयाँ घटेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ९३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार ४ हजार ८३५ रुपैयाँ कायम भएको हो ।
सुनचाँदीको भाउमा निरन्तर गिरावट : सुन तोलामा १४०० रुपैयाँले घट्यो
काठमाडौं — आइतबार कीर्तिमान कायम गरेको सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ। यस्तै चाँदीको भाउ तोलामा ५५ रुपैयाँले सस्तिएको छ। आज सुन तोलाको २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलाको ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार सुनको भाउ १ हजार १०० रुपैयाँले घटेर तोलाको २ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो। मंगलबार सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेर २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको हकमा बुधबार तोलामा १२० रुपैयाँले घटेर ४ हजार ४७० रुपैयाँ र मंगलबार ३०५ रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो।
बढ्दो मूल्यका कारण सुन प्रतितोला तीन लाख पुग्ने अनुमान
काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा पाँच हजार पाँच सय रुपियाँले बढ्दै नयाँ रेकर्ड बनाएको छ । बढ्दो मूल्यका कारण सुन प्रतितोला तीन लाख रुपियाँसम्म पुग्ने अनुमान गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँमा कारोबार भएको सुन मङ्गलबार बढेर दुई लाख ६७ हजार दुई सय रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस ९० अमेरिकी डलरले बढेर चार हजार ४८७ डलर पुगेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस पाँच हजार डलर पुगेमा स्थानीय बजारमा तोलाको मूल्य तीन लाख पुग्ने बताए । महासङ्घका अनुसार पछिल्लो एक वर्षमा सुनको मूल्य तोलामा एक लाख १७ हजारभन्दा बढीले बढेको छ । मूल्य वृद्धि हुँदा सुनको माग घटेर कारोबार ठप्प भएको व्यवसायीको भनाइ छ । पुस महिना अफ सिजन भएकाले बजार सुस्त रहेको बताइएको छ । कारोबार नहुँदा वाणिज्य बैङ्कले हाल सुन आयातसमेत रोकेको नेपाल बैङ्कर्स एसोसिएसनले जनाएको छ । चाँदीको मूल्य पनि बढ्दो यसैबिच चाँदीको मूल्य पनि बढिरहेको छ । सोमबार प्रतितोला चार हजार २३५ रुपियाँ रहेको चाँदी मङ्गलबार २० रुपियाँ बढेर चार हजार २५५ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔँस ७० डलर पुगेको छ । यो मूल्य ७५ डलरसम्म पुग्ने र स्थानीय बजारमा तोलाको मूल्य पाँच हजारसम्म पुग्ने अनुमान गरिएको छ । महासङ्घका अनुसार सोलार प्यानल, विद्युतीय सवारी र प्रविधि क्षेत्रमा चाँदीको प्रयोग बढेकाले माग बढ्दै गएको छ । पछिल्लो एक वर्षमा चाँदीको मूल्य तोलामा दुई हजार ४६० रुपियाँले बढेको छ ।
अहिलेसम्मकै उच्च मूल्यमा सुनकाे काराेबार
काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला दुई लाख ५६ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपियाँ बढेर दुई लाख ५८ हजार आठ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि ३१ असोजमा सुन प्रतितोला दुई लाख ५८ हजार पुगेको थियो । आइतबार त्यो पुरानो रेकर्ड पनि तोडेर नयाँ रेकर्ड कायम गरेको हो । आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य चार हजार तीन सय अमेरिकी डलर पुगेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भ बैङ्कले ०.२५ प्रतिशत ब्याजदर घटाएकाले सुनचाँदीमा लगानी बढ्दा मूल्य बढ्न गएको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उतारचढाव भएकाले थप घटबढ हुन सक्ने देखिएको उहाँले जानकारी दिनुभयो । यसअघि तोलामा दुई लाख ५८ हजार रुपियाँ पुगेको सुनको मूल्य घटेर गत कात्तिक पहिलो साता दुई लाख ३६ हजारसम्म झरेको थियो । त्यसपछि निरन्तर मूल्य बढ्दै गएको हो । एक महिनाको अवधिमा सुनको मूल्य तोलामा २२ हजार पाँच सय रुपियाँले बढेको महासङ्घले जनाएको छ । पछिल्लो एक महिनादेखि सुनको मूल्य निरन्तर बढ्दा स्थानीय बजारमा कारोबार न्यून भएको व्यवसायीको भनाइ छ । सुनको मूल्य बढ्दै गएको र बिहेको सिजन सकिन लागेकाले बजारमा माग कम हुँदा कारोबार न्यून भएको हो । पुस महिना अफ सिजन भएकाले पनि कारोबार ठप्प हुने गरेको व्यवसायीको भनाइ छ । अर्कोतर्फ अमेरिकी डलरको मूल्यवृद्धिले पनि अन्तर्राष्ट्रिय बजारमा भन्दा छिटो मूल्य रेकर्ड तोडिएको महासङ्घले जनाएको छ ।
नेपाली बजारमा आइतबार सुन २०० रुपैयाँले घट्यो, चाँदीको भाउ बढ्यो
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ। आइतबार छापावाल सुनको प्रति तोला मूल्य २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ। साताको पहिलो कारोबार दिन शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो। शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ थियो। यस्तै, आइतबार १० ग्राम सुनको मूल्य २ लाख १६ हजार २२० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ हजार ५५५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार बढेर ३ हजार ६०५ रुपैयाँ कायम भएको छ।
ब्याजदर घट्ने हल्लाले सुनको मूल्य बढ्याे
काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य उक्लिएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको संघले जनाएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य बढेर ४ हजार १४६ अमेरिकी डलरमा पुगेको छ । यसअघि असोज ३१ गते सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको थियो । त्यसपछि क्रमशः घटेर २ लाख ३६ हजार रुपैयाँसम्म झरेको मूल्य फेरि वृद्धि हुँदै २ लाख ५० हजार नजिक पुगेको हो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यका अनुसार अमेरिकी फेडरल रिजर्भले डिसेम्बरमा ०.२५ प्रतिशत ब्याजदर घटाउन सक्ने हल्लाले सुनतर्फ लगानी बढ़्दै मूल्य उक्लिएको हो । यस्तै फ्रान्सले युक्रेनलाई युद्ध सामग्री दिन सहमति गरेको समाचारले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढाएको उनले बताए । हाल केही सातादेखि अन्तर्राष्ट्रिय बजार अस्थिर भएका र आर्थिक गतिविधि सुस्त हुँदा लगानीकर्ताहरू सुरक्षित माध्यमका रूपमा सुनतर्फ आकर्षित भएको शाक्यको भनाइ छ । मंसिर विवाह सिजन भए पनि बजारमा माग न्यून रहेको शाक्यले बताए । उनका अनुसार उपभोक्ताको क्रयशक्ति कमजोर भएकाले मूल्य बढे पनि कारोबार विस्तार हुन सकेको छैन । विगतका वर्षमा मंसिरमा दैनिक ४०–४५ किलो सुन बिक्री हुने गरेकोमा अहिले बिक्री घट्दै दैनिक १०–१५ किलोमा झरेको व्यवसायीहरुको भनाइ छ । माग कम रहेकाले बैंकहरूले निर्धारण गरिएको दैनिक २५ केजी आयात कोटा पूरै भर्न पनि सकेका छैनन् । यसैबीच, मंगलबार चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँ बढेर ३ हजार २ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारकाे उतारचढावको प्रभाव: सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा रु. ७०० ले बढेको छ भने त्यति नै परिमाणको चाँदी रु. ३५ ले बढेको छ । आज एक तोला सुनको मोल रु. दुई लाख ४३ हजार निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु. तीन हजार १८५ कायम भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज छ हजार नौ सयले घट्यो सुनको मूल्य
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा आएको उतार–चढावको प्रभाव नेपालकाे सुनचाँदी बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुन–चाँदी दुवैको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ८ सय रुपैयाँमा निर्धारण भएको छ । शुक्रबार एक तोला सुन २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज प्रतितोला १५० रुपैयाँले घटेको छ । आज एक तोला चाँदी ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ भने शुक्रबार सोही परिमाणको चाँदी ३ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

