घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको मूल्य
काठमाडौं। सुनको मूल्य आज प्रतितोला एक हजार तीन सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो।
त्यस्तै शुक्रबार प्रतितोला एक लाख ४६ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४५ हजार पाँच सय निर्धारण भएको छ।
चाँदीको मूल्य भने आज प्रतितोला २० ले घटेको छ। शुक्रबार प्रतितोला एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय १० निर्धारण भएको छ।
सुनको मूल्यमा नयाँ रेकर्ड हुने क्रम जारी, प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य नेपाली बजारमा आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । हिजो सुन प्रतितोला एक लाख ४६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँमा कारोबार भैरहेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला नौ सय रूपैयाँले बढी हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ। हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। हिजो सोमबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २४ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
२ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । सुनको मूल्य सोमबार प्रति तोला २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। छापावाल सुन उक्त मूल्यमा कारोबार हुँदा तेजाबी सुन १ लाख ४६ हजार २ सय रुपैयाँ पुगेको छ। त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। योसँगै चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४०५ अमेरिकी डलर र चाँदी ३० अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
सुनको मूल्यले बनायो रेकर्ड
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ८ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । तेजाबी सुनको मूल्य तोलाको १ लाख ४६ हजार रूपैयाँ कायम भएको छ । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बढ्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको मूल्य
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार नौ सय र तेजावी सुन १ लाख ४४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार एक सय र तेजावी सुन १ लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
काठमाडौं । स्थानीय बजारमा आज सुन स्थिर मूल्यमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य १५ रुपैयाँ घटेर एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने उक्त सुन प्रतितोला एक लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।यसअघि गत जेठ २५ गते एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो। यस दिन तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेर एक हजार ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ। यस दिन छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ।चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य २०० रुपैयाँ बढ्यो
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदी भने आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँ कारोबार भएको थियो ।
सुनको मूल्य एकैदिन एक हजारले बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन एक हजारले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।तेजाबी सुन आज प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।
घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।
घट्यो सुनचाँदीको मूल्य,कतिमा भैरहेको छ कारोबार ?
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
काठमाडौं । स्थानीय बजारमा सुन सोमबारकै मूल्यमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भएको छ। आज चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँ कारोबार भइरहेको छ।
एकैदिन तोलामा २७ सयले घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आइतबार एकैदिन दुई हजार ७०० रुपैयाँ घटेको छ । आज सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य फेरि उकालो लाग्यो
काठमाडौं । सुनको मूल्य पुनः उकालो लागेको छ ।अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै शुक्रबार नेपाली बजारमा सुनको मूल्य एकै पटक तोलामा १९ सयले बढेर १ लाख ४४ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार देखि १ लाख ४२ हजार २ सयमा स्थिर रहेको सुनको भाउ हिजो ६ सयले बढेर १ लाख ४२ हजार ८ सय कायम भएको थियो । शुक्रबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेर १८ सय ६५ मा कारोबार भैरहेको पनि महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंन्स २३ सय ७० डलरको आसापासमा कारोबार भइरहेको छ ।
सुनको मूल्यमा वृद्धि
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ६ सयले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। महासंघका अनुसार आज छापावाल १ लाख ४२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि बुधबार छापावाल सुन १ लाख ४२ हजार २०० र तेजाबी सुन १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला १८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।