घट्यो सुनको मूल्य
काठमाडौंः आइतबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
शुक्रबार ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार प्रतितोला ९८ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य आज २५ रुपैयाँ घट्दै १३ सय ४५ पुगेको छ ।
सुनको मूल्य २०११ यताकै उच्च
एजेन्सीः न्यूयोक–वाल स्ट्रिटमा यो अनौठो समय भएको छ । सम्भावित आर्थिक सुधारको आशाबीच धितोपत्र बजार उकालो लागिरहेको छ । लगानीकर्ताहरु अझै पनि अमेरिकामा कोभिड–१९ फैलन सक्नेप्रति नर्भसको अवस्थामा छन् । यसैबीच सुनको मूल्य २०११ को सेप्टेम्बरदेखिकै उच्च विन्दुमा पुगेको छ । यो १९०० भन्दा बढीमा पुग्ने देखिएको छ । २०२० को हालसम्मको अवस्थामा सुनको मूल्य झन्डै १९ प्रतिशतले वृद्धि भएको छ । २००८ मा लेहम्यान ब्रदर्स टाट पल्टिएपछिको अवस्थामा केही कमी आएपछि सुनको मूल्यमा केही वृद्धि भएको थियो । त्यसपछि सुनको मूल्य २०११ मा सबै समयको उच्च भएको थियो । स्ट्यान्डर्ड एन्ड पुअरले अमेरिकाको क्रेडिट रेटिङ घटाएपछिको अवस्थामा सुनको मूल्य बढेको हो ।
फेरि बढ्यो सुनको मूल्य
काठमाडौः सुनको मूल्य मंगलबार फेरि बढेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार छापावाल सुन ९० हजार २ सयमा कारोबार भएकोमा मंगलबार ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्यमा पनि सात सय रुपैयाँले बढेर ९० हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार तेजाबी सुनको मूल्य ८९ हजार सात सय ६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
एकै दिन ३ हजारले घट्यो सुनः कतिमा हुँदै छ कारोबार?
काठमाडौंः साताको अन्तिम दिन आज शुक्रवार सुनको मुल्यमा भारी गिरावट आएको छ । आज शुक्रवार एकै दिन सुनमा ३ हजारले गिरावट आएको हो । बिहीबार ८१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज शुक्रवार प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ । तेजावी सुन प्रतितोला ७८ हजार २ सयमा कारोवार भइरहेको छ । त्यस्तै,चाँदीको मुल्यमा पनि गिरावट आएको छ । चाँदी बिहीबारको तुलनामा ४० रुपैयाले घटेर प्रतितोला ८ सय २० रुपैयामा कारोबार भइरहेको छ ।
ह्वात्तै घट्यो आज सुनचाँदीको मूल्य
काठमाडौंः नेपाली बजारमा बिहीबार सुनको भाऊ ८ सय रुपैयाँले घटेको छ । बुधबार ८२ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । बुधबार ८२ हजारमा कारोबार भएको तेजावी सुनको मूल्य आज प्रतितोला ८१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । बुधबार ८ सय ८० रुपैयाँमा कारोबार चाँदी आज २० रुपैयाँ घटेर प्रतितोला ८ सय ६० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य एकै दिन २२ सय रुपैयाँ बढ्यो
काठमाडौंः केही महिनादेखि अकाशिँदै आएको सुनको मूल्य बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँ बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावालको मूल्य सुन बुधबार ८० हजार ५०० रुपैयाँ पुगेको हो। यो अहिलेसम्म कै उच्च मूल्य हो। यसअघि फागुन १२ मा प्रतितोला ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यो रेकर्डलाई पनि तोड्दै बुधबार सुनको मूल्य थप उकालो लागेको हो। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले नेपालमा पनि त्यसको असर देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८८० रुपैयाँमा कारोबार भइरहेको छ।
घट्यो सुनको मूल्य, कतिमा हँदैछ कारोबार?
काठमाडौंः साताको दोस्रो दिन मंगलबार आजको सुनको मूल्य १ सय रुपैंयाले घटेको छ। मंगलबार प्रतितोला ७६ हजारमा कारोबार भएको सुनको मूल्य आज ७५ हजार ९ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजाबी सुनको मूल्य पनि घटेको छ। मंगलबार ७५ हजार ७ सय प्रतितोला कारोबार भएको तेजाबी सुन आज ७५ हजार ६ सय पुगेको छ। त्यस्तै चाँदी आज प्रतितोला ८ सय ८० रुपैंयामा कारोबार भईरहेको महासंघले जनाएको छ।
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौंः नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ७५ हजारमा कारोबार भएको सुन आज ७५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य पनि आज बढेको छ । बिहीबार ७४ हजार ७ सय प्रतितोला कारोबार भएको तेजाबी सुन आज बढेर ७४ हजार ९ सय पुगेको छ । शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला ८ सय ८५ पुगेको चाँदी आज पनि त्यही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फेरि बढ्यो सुनको मूल्य
काठमाडौंः नेपाली बजारमा बिहीबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ७४ हजार ८ सयमा कारोबार भएको सुन आज प्रतितोला ७५ हजार निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य पनि आज बढेको छ। बुधबार ७४ हजार ५ सय प्रतितोला कारोबार भएको तेजाबी सुन आज ७४ हजार ७ सय पुगेको छ। त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ८ सय ८० पुगेको चाँदी आज ५ रुपैंयाले बढेर ८ सय ८५ पुगेको महासंघले जनाएको छ।
फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोवार ?
काठमाडौंः नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार ७४ हजार ६ सय निर्धारण गरिएको सुन आज प्रतितोला ७५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आइतबार छापावाल सुनको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७४ हजार ७ सय निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य पनि आज वृद्धि भएको छ । शुक्रबार प्रतितोला ८ सय ८५ सय रुपैंयामा कारोबार भएको चाँदी आज बढेर ८ सय ९० रुपैंया पुगेको महासंघले जनाएको छ ।
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला ७६ हजार पुग्यो
काठमाडौंः केहिदिनदेखि लगातार बढिरहेको सुनको मूल्य सोमबार पनि ह्वात्तै बढेको छ । आइतवार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सयले बढेर प्रतितोला ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य वृद्धिसँगै नयाँ कीर्तिमान नै कायम भएको छ । नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । सोमबार छापावाल सुनको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ७४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७५ हजार ७ निर्धारण गरिएको छ। त्यस्तै चाँदीको मूल्य पनि सोमबार बढेको छ। आइतबार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर ९ सय २० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।
आजको सुनचाँदीको मूल्य
काठमाडौंः नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला सोही मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि स्थिर नै रहेको छ । आइतबार पनि तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँ नै निर्धारण गरिएको छ । चाँदीको भाऊ पनि आइतबार स्थिर नै रहेको छ । शुक्रबार प्रतितोला ८ सय ५० रुपैयाँ रहेको चाँदी आज पनि यही मूल्यमा कारोबार भइरहको महासंघले जनाएको छ ।
घट्यो सुनचाँदीको मूल्य
काठमाडौंः नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार २ सयले घटेर प्रतितोला ७१ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको तेजावी सुन आज भने घटेर ७१ हजार १ सय पुगेको छ । आज चाँदीको भाऊ पनि घटेको छ । आइतबार ८ सय ५५ मा प्रतितोला कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ८ सय ५० रुपियाँ कायम भएको महासंघले जनाएको छ ।
तिहारमा पनि सुनसान छन् सुन पसल
विराटनगरः सुनको मूल्यमा उल्लेखनिय वृद्धि भएसँगै सुनको कारोवार घटेपछि बिराटनगरका सुनपसलहरु चाडवाडमा पनि सुनसान छन् । मूल्य वृद्धिका कारण एकतोला सुन खरिद गर्न ठुलो लगानी गर्नुपर्ने भएपछि चाडवाडमा पनि यसपटक सुनको बिक्री नहुदा पसल सुनसान भएका हुन् । सुनको मूल्य बढेपछि यसवर्ष तीज, दशैँ तथा तिहारसमेत सुन बिक्री घटेको सुन व्यवसायी बताउँछन् । तिहारको धनतेरस अर्थात काग तिहारको दिनलाई सुनचादी खरिदका लागि शुभदिन मानिन्छ । तिज र दशैँमा बिक्री नभए पनि धनतेरसको दिन सुनचाँदी बिक्री हुने व्यवसायीले बिश्वास लिएका थिए । गतवर्ष धनतेरसका दिन पाँचलाखसम्म सुनचादी बिक्री गर्ने व्यवसायीहरुले यस पटक भने गतवर्षको तुलनामा ५० प्रतिशतमात्र बिक्री भएको बताउँछन् । मनिष ज्वोर्लसका अशोक खडकाले तिहारमा गतवर्ष चारलाखसम्म सुुनचादी बिक्री गरेकोमा योवर्ष त्यसको आधामात्र बिक्री भएको बताए । धनतेरसका दिन पसलमा ग्राहक भिड भएपनि सगुनका लागि सुनका सानातिना सामान बिक्री भएको उनको भनाई छ । तिहारमा पहिले बिक्री गर्न भ्याइ नभ्याई हुन्थ्यो फुर्सदसमेत हुदैन थियो तर यो वर्ष त्यो अवस्था नरहेको उनले बताए । बाबा शिव ज्वेर्लसका दिनेश साहले गतवर्षको तुुलनामा योवर्षको दिपावलीमा ३० प्रतिशत बिक्री भएको बताए । पहिलेको तुलनामा योवर्ष फाटफुट ग्राहक आएकाले बिक्री कम भएको उनको भनाई छ । सालिमार ज्वेर्लसका सुुनिल अग्रवालले तिहारमा मात्र होइन दशैँ र तिजमासमेत कारोवार ठप्प भएको बताए । महँगो भएका कारण सुन बिक्री नभएपनि चाँदीको बिक्री भने सन्तोषजनक नै रहेको उनको भनाई छ । पसलमा ग्राहक भिड देखिन्छ एकजना लिने र चारजनाले हेरेर सुझाव दिने भएकाले भिड देखिएपनि कारोवार सामान्य हुने गरेको उनले बताए । अग्रवालले भने, गतवर्षको तुुलानमा यस बर्ष ५० प्रतिशत कारोवार घटेको छ । धनलक्ष्मी ज्वोर्लसका सुभाष बर्माले धनतेसरका दिन गतवर्ष तिन लाखसम्म बिक्री भएकोमा यसबर्ष सोको तुलनामा ६० प्रतिशतमात्र बिक्री भएको बताए । सुुनचाँदीको पसल मात्र नभएर बिराटनगरका प्राय सबै व्यवसायमा मन्दी छाएको उनको भनाई थियो । यसैगरी ऋद्धिसिद्धी ज्वोर्लसका अशोक सुमानीले सुनचाँदीको बिक्रीमा गत असारदेिख बिक्रीमा मन्दी आएको बताए । सुनको मूल्य बढेपछि सुनमा लगानी गर्ने भन्दा पनि ग्राहकले सो पैसा अरुतिरै लगानी गर्ने थालेको पाइन्छ । सुन किन्ने पैसा अहिले जग्गा र अरु व्यापारमा लगानी गर्ने क्रमसमेत बढेको पाइन्छ ।
फेरि आकाशियो सुनको मूल्य
काठमाडौंः शुक्रबार नेपाली बजारमा सुनको बढेको छ । बिहीबार प्रतितोला ७० हजार ४ सय पुगेको सुन आज भने बढेर ७१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन पनि बढेर ७० हजार ७ सय रुपैयाँ पुगेको छ । बिहीबार तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँ पुगेको थियो । आज चाँदीको भाऊमा पनि वृद्धि भएको छ । बिहीबार ८ सय ५० रुपैयाँ पुगेको चाँदी आज भने बढेर ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज पनि घट्यो सुनको मूल्य
काठमाडौंः सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार ७० हजार १ सय रुपैयाँमा बारोबार भएको सुन आज प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल चुनजाँदी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाऊ भने स्थिर रहेको छ । आइतबार प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि त्यहीँ मूल्यमा कारोबार भइरहेको महांसघले जनाएको छ ।