सुनको भाउ स्थिर, चाँदीको मूल्य भने घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज पनि स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार र सोमबार पनि सोही मूल्यमा सुनको भाउ निर्धारण भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ। चाँदी तोलामा १५ रुपैयाँले घटेर १४ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि सोमबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेर आज ९७ हजार ८ सय रुपैयाँमा पुग्यो

काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुन र चाँदीको को भाउ ८ सय रुपैयाँले बढेको छ । हिजो बुधबार तोलामा ९७ हजार रुपैयाँ रहेको सुनको मूल्य आज ९७ हजार ८ सय रुपैयाँमा पुगेको छ । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मूल्य आज एक हजारले घट्यो

काठमाण्डौ – सुनको भाउ आज मंगलबार एक हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९७ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९८ हजार रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

नेपाली बजारमा रोकियो सुनको आयात

काठमाडौं । नेपाली बजारमा सुन आयात अहिले रोकिएको छ । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेक विलासी वस्तुको आयात रोक्न निर्देशन दिएसँगै बैंकहरुमार्फत हेर्न सुन आयात शून्यमा झरेको हो । बजारमा तरलताको कमी र राज्यको ढुकुटीमा विदेशी मुद्रा (डलर )को संचिति कम हुँदै गएको भन्दै गाडीदेखि सुनसम्मका विलासी वस्तु आयात गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको थियो । राष्ट्र बैंकले यसअघि पनि समय समयमा राष्ट्रको ढुकुटीमा डलरको संचिति कम भएको भन्दै सुन आयातमा कमी गर्ने गरेको थियो । सुन आयात रोकिंदा बजारमा हाहाकार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख १ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ८ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि मंगलबार १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।    

सुनको मूल्य एक लाख एक सय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर छ । आइतबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्यमा प्रतितोला ११ सयले वृद्धि

काठमाडौं । आज नेपालमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजोको तुलनामा आजको मुल्य ११ सय रुपैयाँले मूल्य बढेको जनाएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ थियो । हिजो एकै दिन ११ सय रुपैयाँ घटेको सुनको मूल्य आज फेरी सोही मूल्यले उकालो लागेको हो । सुनको मूल्य बढेसँगै चाँदीको बिक्री मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार यसको कारोबार मूल्य तोलामा १३ सय ७० रुपैयाँ थियो ।

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ कायम छ। अघिल्लो दिन पनि सुन प्रतितोला सोही मूल्यमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघका जनाएको छ । बुधबारको तुलनामा भने पाँच सय रुपैयाँले बढेको हो। त्यस्तै, शुक्रबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा करोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुनको मूल्य लगातार वृद्धि,कति बढ्यो त यो साता

  काठमाण्डौं । कारोबारको अन्तिम दिन आज पनि नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रवार छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस साता शुरूवाती दिनदेखि नै बजारमा सुनको मूल्य बढेको थियो । आइतवार ९२ हजार ५ सय रुपैयाँ प्रति तोलाका दरले किनबेच भएको छापावाल शुक्रवारसम्ममा १ हजार ५ सय रुपैयाँसम्म बढेको छ । सोमवार ९२ हजार ६ सय रुपैयाँमा किनबेच भएको सुन मंगलवार प्रतितोला ९३ हजार १ सय रुपैयाँ, बुधवार प्रति तोला ९३ हजार ४ सय रुपैयाँ र बिहीवार प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । यस हप्ता चाँदीको मूल्य केही वृद्धि भएपनि लगातार ३ दिनसम्म भने स्थिर रहेको छ । आइतवार १ हजार २ सय ५० रुपैयाँ प्रति तोलामा किनबेच भएको चाँदी शुक्रवारसम्ममा ३० रुपैयाँले बढेको छ । चाँदी सोमवार १ हजार २ सय ५५ रुपैयाँ प्रति तोला र मंगलवार १ हजार २ सय ६० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । बुधवार, बिहीवार र शुक्रवार (आज)भने चाँदी एउटै मूल्यमा कारोबार भइरहेको छ । यस दिन चाँदी १ हजार २ सय ८० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । केही दिनदेखि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ४ सयले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुन कतिमा हुँदैछ किनबेच

काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ९०० रुपैयाँ बिक्रि वितरण भैराखेको छ । तर, चाँदीको भाउ भने स्थिर रहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको थियो । भने , तेजावी सुनको भाउ तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १३०० रुपैयाँ कायम भएको थियो ।

सुनकाे मूल्य प्रतिताेला ५०० ले बढ्याे

सुनकाे मूल्य प्रतिताेला ५०० रुपैयाँले बढेकाे छ । साेमबारकाे तुलनामा मंगलबार छापावाला सुनकाे मूल्य प्रतिताेलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो । यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।

फेरी बढ्यो सूनचाँदीको मूल्य, नयाँ मूल्य कति ?

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार १ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ०२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य आइतबार प्रतितोला रु. ९१ हजार ९ सय तोकिएको थियो । यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज पनि उकालो लाग्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार पनि बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबारदेखि सुनचाँदीको मूल्यमा वृद्धि हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार २ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार तोकिएको थियो । यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहिबार बढ्यो सुनको मूल्य

पाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ५०० बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

फेरि बढ्यो सुनको मूल्य

काठमाडौंः मंगलबार सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला ९४ हजार १ सय रूपैयाँमा कोरोबार भएको सुन मंगलबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेको छ । सोमबार ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन मंगलबार प्रतितोला ८ सयले बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य २० रुपैयाँले बढेर १२०० पुगेको छ जुन हिजो प्रतितोला ११८० रुपैयाँमा कारोबार भइरहेको थियो ।