ओम अस्पतालको लापर्वाही : पत्थरीको अपरेसन गर्दा विरामीको ज्यान गयो

काठमाडौं, साउन १९ । राजधानीको धोवीखोलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरमा पत्थरीको अपरेसन गर्न भर्ना भएकी एक विरामीको मृत्युले स्थिती तनावग्रस्त बनेको छ । गोर्खा घर भइ हाल चाबहिलमा बस्दै आएकी ५५ बर्षे नन्दकुमारी लामिछानेको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तहरुले डाक्टरहरुको लापर्वाहीले उनको मृत्यु भएको आरोप लगाएका छन् ।

विरामीको के कति कारणले मृत्यु भयो भनि सोध्न खोज्दा अस्पताल प्रशासनले वेवास्ता गरेको र उल्टै प्रहरी बल प्रयोग गरी घटनालाई लुकाउन खोजेको आरोप लगाएका छन् ।

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिषरमा केहीबेर नाराजुलुस समेत गरेका थिए ।

चिकित्सकहरुले भने आफूहरुले अपरेसनमा कुनै लापर्वाही नगरेको सोही क्रममा विरामीलाई हृदयघात भएको र उनको मृत्यु भउको बताएको छ ।

बुधवार उपचारका लागि हिडेर गएकी लामिछानेको लामिछानेको शल्यक्रियाको क्रममा मृत्यु भएको हो । स्वस्थ मान्छेलाई चिकित्सकले मारेको मृतकका आफन्तको आरोप छ ।

अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता भइरहेको छ ।

कञ्चनपुरमा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण

कञ्चनपुर, असार २३ । औलोको उच्च जोखिममा रहेको कञ्चनपुर जिल्लामा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण गरिएको छ । औलोको उच्च जोखिममा रहेका जिल्लाका वेदकोट, कृष्णपुर, पुनर्वास नगरपालिका क्षेत्रका नागरिकलार्ई जिल्ला जनस्वास्थ्य कार्यालयले ग्लोबल फन्डको सहयोगमा ७० हजार कीटनाशक झूल वितरण गरेको हो । कार्यालयका औलो शाखा प्रमुख हेमराज जोशीका अनुसार गर्भवती महिला, अपाङ्ग र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी झूल वितरण गरिएको हो ।

७० वर्ष नाघेका वृद्धवृद्धालाई घरमै उपचार सेवा

सोलुखुम्बु, असार २३ ।  सोलुदूधकुण्ड नगरपालिकाको पहिलो बैठकले सोलुदूधकुण्ड नगरपालिकाभित्रका ७० वर्ष पार भएका वृद्धवृद्धालाई घरमै उपचार गराउने निर्णय गरेको छ । नवनिर्वाचित मेयर नाम्गेल जाङ्बु शेर्पासहितका पदाधिकारीले नगरपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई घरमै चिकित्सक पु¥याएर उपचारसेवा दिने निर्णय गरेको हो । वृद्धवृद्धा बिरामी भएको जानकारी आएपछि घरमै चिकित्सक लगेर उपचार गर्ने र रोग जष्टिल भएमा अस्पतालसमेत लगेर निःशुल्क उपचार दिइने जनाइएको छ । यो निर्णय कार्यान्वयनका लागि चाँडै कार्यविधि बनाइने नगरप्रमुख शेर्पाले बताउनुभयो । सो नगरपालिकाको तथ्यांकअनुसार ७० वर्ष पार भएका वृद्धवृद्धाको संख्या ४६९ छ । उनीहरुले यसअघि उपचार खर्चबापत मासिक एक हजार रुपैयाँ प्राप्त गर्दै आएका थिए । योसँगै ६० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क उपचार सेवा प्रदान गर्ने विषयमा समेत छलफल भइरहेको शेर्पाले बताउनुभयो । घरमै उपचारसेवा पाइने भएपछि नगरभित्रका वृद्धवृद्धाले खुशी व्यक्त गरेका छन् ।

‘खाना खानुभयो? हाम्रा भान्साबारे बजारको भ्रम’

काठमाडौं, असार १९। चिकित्सक अरुणा उप्रतीद्वारा लेखिएको स्वास्थ्य र जीवनशैली सम्बन्धी ‘खाना खानुभयो? हाम्रा भान्साबारे बजारको भ्रम’ पुस्तक आइतबारदेखि बजारमा आएको छ । स्वास्थ्य सम्बन्धी आम सरोकारका विषयहरुलाई समेटिएको पुस्तक उप्रेती र लक्ष्मण अधिकारीले संयुक्त रुपमा लेखेका हुन् । हरेकदिन हामीले खाने खाना कति स्वास्थ्यवद्र्धक छ ? भान्साहरु कति उपयोगी छन् ? भान्सामा पौष्टिक तत्वको प्रयोग भएको छ ? भन्ने विषयमा पुस्तक विशेष चर्चा गरिएको छ । पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै लेखिका उप्रेतीले आफुले प्राप्त गरेको पोषण सम्वन्धि ज्ञानको विश्वविद्यालय नै आफ्नी हजुरआमा र आमाको भान्सा रहेको बताइन् । उनले भनिन् ‘मुलुकभर डुलेर जनस्वास्थ्यका क्षेत्रमा काम गर्दा खानपानका बारेमा लेख्न प्रोत्साहित भएँ । पुस्तकका अर्का लेखक अधिकारीले उप्रेतीसँग २० वर्षदेखि लेखन कार्यमा सहकार्य गर्दै आएको बताए । कार्यक्रममा बाल्दै मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले उच्चरक्तचाप, मधुमेह लगायत समस्या न्यूनीकरण गर्न पुस्तक सहयोगी हुने बताए । क्यगचअभस् जततउस्ररधधध।जबmचयमयअतयच।अयmरलभधकरछढछबण्बद्दमठडााड

गर्भवतीको ज्यान जोखिममा

बाजुरा, असार ११ । उत्तरी भेगकोे पाण्डवगुफा गाउँपालिका– ३ की फुलटुक्का ढोली सुत्केरी व्यथाले छटपटिएकी छन् । उनलाई व्यथा लागेको दुई दिन बित्दा पनि शिशु पाउन सकेकी छैनन् । साबिकको गोत्री गाविसमा रहेको गोत्री स्वास्थ्य चौकी हुनीमहतिमा शिशु पाउन नसकेपछि उनलाई सुत्केरी गराउनका लागि तीन दिनको पैदल यात्रामा रहेको जिल्ला सदरमुकाम मार्तडीमा पठाइएको स्वास्थ्य चौकीले जनाएको छ । फुलटुक्काको पाठेघरमा रहेको जाली फुटिसकेको, मुख खुकुलो हँुदै गएको र पेटको कडापन नरम हँुदै गएकाले सुत्केरी हुन समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो । गोत्री स्वास्थ्य चौकीबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउनका लागि करिब सात घन्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । उनको उपचारका लागि स्वास्थ्य मन्त्रालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा खबर गर्दा हेलिकप्टर प्रयोग गर्न बजेट नभएको जनाएकाले फुलटुक्काको ज्यान जोखिममा रहेको बताइएको छ । सुत्केरीको ज्यान बचाउनका लागि मन्त्रालयका सचिवसँग हेलिकप्टर उडानका लागि सम्पर्क भइरहेको डा विश्वकर्माले बताउनुभयो । यसअघि पनि सुत्केरी व्यथाले च्यापेर शिशु पाउन नसकी समयमै उपचार नहुँदा र यातायातको सहज पहँुच नहुनाले साबिकको गोत्री गाविसकी एक महिलाको मृत्यु भएको थियो।

अाज विश्व योग दिवस्

काठमाडौँ, असार ७ । नेपालमा योग तथा आध्यात्मको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो ‘विश्व योग दिवस’ मनाउने भएको छ । योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसङ्घले विगत दुई वर्षदेखि हरेक वर्ष जुन २१ तारिखमा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो ।  नेपाल योग एसोसिएसन र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपालमा दोस्रो विश्व योग दिवस मनाउन लागिएको हो । एकहिसाबमा योग भनेको केवल व्यायाम मात्र हो अनि योगलाई धर्मसंग जोडेर बुझ्ने भन्ने अर्ध बुझाई हामीमध्ये धेरैको हुन सक्छ ।

फेरि देखियो स्क्रब टाइफस, चारजनामा सङ्क्रमण

चितवन, असार ६ । चितवनमा २०७४ सालको सुरुआतसँगै चारजनामा स्क्रब टाइफस रोग फेला परेको छ । गएको पुसदेखि नियन्त्रणमा आएको स्क्रब टाइफस रोग यो वर्षको सुरुआती दुई महिनाको अन्तरालमा चारजनामा रोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित हुनेमा चारैजना महिला छन् । तीनजना चितवनका र एकजना नवलपरासीका बिरामी हुन् । चितवनमा वैशाख २५ र २९ तथा जेठ महिनाको १ र १२ गते टाइफस रोग लागेको बिरामी फेला परेको हो । असारको प्रतिवेदन भने आइसकेको छैन । चारैजना बिरामी चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भेटिएका हुन् । चितवनमा गएको वर्षदेखि स्क्रब टाइफस रोग देखिएको थियो । गएको वर्ष वैशाखदेखि पुस महिनासम्म यहाँ कुल ५३३ जनामा टाइफस रोग देखिएकामा पाँचजनाको मृत्यु भएको थियो । अघिल्लो वर्ष देशभरि ४७ जिल्लामा देखिएको यो रोगबाट सङ्क्रमित कुल ८३० जना बिरामीमध्ये १४ जनाको मृत्यु भएको इपिडिमियोलोडी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले जानकारी दिनुभयो । अब पुनः चितवनमा रोग देखिन थालेकाले देशभर ७५ वटै जिल्लामा परिपत्र गरेर आवश्यक तयारीका साथ रहन निर्देशन दिइएको लामिछानेले जानकारी दिनुभयो । देशका अन्य क्षेत्रबाट प्रतिवेदन आउन बाँकी छ । नेपालमा २०७२ सालमा पहिलो पटक पूर्वी नेपालमा यो रोग देखिएको थियो । त्यो बेला १०१ जनामा सङ्क्रमण हुँदा आठजनाको मृत्यु भएको थियो । माइट नामको मुसाको कानमा बस्ने एक प्रकारको सङ्क्रमित किराले टोकेमा यो रोग सर्छ । यो ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट सर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन । मुसाबाट झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ । यो रोग लागेमा १०४ डिग्री जति ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीरका विभिन्न अङ्ग दुख्ने हुन्छ । मुख्यगरी मुसाको नियन्त्रण गर्ने, झारका काम गर्दा सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ । चितवनमा गएको वर्ष गरिएको अनुसन्धानमा मुसा र माइटमा समेत टाइफस रोगको सङ्क्रमण पुष्टि भएको थियो । रोग पत्ता लागेमा उपचार सहज हुने जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका निमित्त प्रमुख नरहरि शर्माले जानकारी दिनुभयो ।

स्वास्थ्य बिमा कार्यक्रम शुरु

भक्तपुर, असार ६ । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गत स्वास्थ्य बिमा कार्यक्रम सुरू भएको छ । बिमा कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले वार्षिक रू दुई हजार ५०० बिमा शुल्क भुक्तानी गरेपछि रू ५० हजारसम्म उपचार सेवा पाउने व्यवस्था छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीका अनुसार पाँचजना भन्दाबढी सदस्य भएमा प्रतिव्यक्ति रू ४२५ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको रू १० हजार उपचार सेवा थपिने व्यवस्था गरिएको छ । पाँच जनासम्मको लागि रू ५० हजार अनिवार्य गरिएको छ भने कार्यक्रमको अधिकतम सीमा रू एक लाख निर्धारण गरिएको छ । सरकारले निःशुल्क तोकेका औषधि र उपचार सेवा भने यसमा समावेश नहुने लोहनीले बताउनुभयो । स्वास्थ्य बिमा गर्नेले हाललाई भक्तपुरका छ वटा स्वास्थ्य संस्थाबाट सेवा पाउने व्यवस्था गरिएको छ । भक्तपुर अस्पताल, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र, मध्यपुर थिमी नपाको व्यवस्थापनमा सञ्चालित नेपाल कोरिया मैत्री अस्पताल, चाँगुनारायण नगरपालिकाको चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र र सूर्यविनायक नगरपालिकाको दधिकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य बिमा गरेका व्यक्तिले उपचार सेवा पाउनेछन् । आव २०७२÷७३ मा कैलाली, बागलुङ, इलामबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रम अव भक्तपुरसँगै चितवन, जुम्ला र तनहुँमा सञ्चालनमा आएको छ । यही असारबाट जाजरकोट, मकवानपुर र गोरखामा पनि कार्यक्रम सुरू गर्ने तयारी भइरहेको छ । रासस

रगत लिँदा एचआईभी सर्यो !

काठमाडौं,  असार ६ ।  हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ बर्षे युवामा हालै परीक्षण गर्दा एचआइभी एड्स संक्रमण देखिएको छ । चढाईएको रगतबाट ती युवालार्य एचआईभी एड्स संक्रमण हुन पुगेको हो, उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा.अजित रायमाझीले भने, मुलुकमा संकलित रगत सुरक्षित रगत सुरक्षित छैन । उपयोगकर्तामा एचआईभी हेपाटाईटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिदै आएको कान्तिपुरमा खबर छ ।

स्वास्थ्यचौकी पुनःनिर्माणमा युनिसेफको आलटाल

गोरखा, असार ५ । ‘गोरखा भूकम्प’ ले क्षति पुर्याएका गोरखाका विभिन्न १२ वटा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्ने अनुमति लिएको युनिसेफले जिम्मेवारी लिएअनुसार तोकिएको समयभित्र स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरेको छैन । युनिसेफले दर्बुङ स्वास्थ्य चौकी भवन मात्रै पुनःनिर्माण गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गुम्दाको माछाखोला, गुम्दा गाउँ, बारपाक, लाप्राक, छोप्राक, आरुपोखरी, फुजेल, गोरखा नगरपालिकाअन्तर्गत तारानगर, बक्राङ, देउराली र नाम्जुङ स्वास्थ्य चौकी पुनःनिर्माण गर्ने जिम्मा लिएको युनिसेफले भूकम्प गएको डेढ वर्ष भइसक्दा पनि ती भवन पुनःनिर्माणमा चासो दिएको छैन । स्वास्थ्य चौकी पुनःनिर्माण नहुँदा त्रिपाल, टेन्टबाटै बिरामीलाई सेवा दिनुपरेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । गत वर्ष मङ्सिरमा निर्माण सामग्री थुपारे पनि अहिलेसम्म स्वास्थ्य चौकी भवन पुनःनिर्माण सुरु नभएको नाम्जुङ स्वास्थ्य चौकी प्रमुख लीला गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, “प्रिफ्यावको सामान प्रत्यक्ष घाममा नराख्नु भनेर लेखिएको छ । तर यहाँ घाममा सामान थुप्राइएको छ । सामान थुप्राएर गएका युनिसेफका कर्मचारी फर्केर पनि आएनन् ।” जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले युनिसेफलाई पटक–पटक पत्राचार गरी भवन निर्माण सक्न निर्देशन दिएको जनाएको छ । कार्यालयमा रही सङ्घसंस्था हेर्दै आएका स्वास्थ्य सहायक नानीबाबु दानीले भन्नुभयो, “युनिसेफले काम गर्न नसक्ने हो भने अरु संस्थालाई काम दिन्छौँ । काम गर्न नसक्ने हो भने सक्दिन भन्नुप¥यो ।” सन् २०१६ मा भवन निर्माण सक्ने गरी जिम्मेवारी लिएको युनिसेफले अझै स्वास्थ्य चौकी भवन निर्माणलाई तीव्रता नदिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । भवन निर्माण नगरी अलपत्र छाडेकोबारे प्रतिक्रिया लिँदा युनिसेफका कर्मचारीले आफूहरुले सूचना दिन नमिल्ने भन्दै पन्छिने गरेका छन् । भूकम्पले गोरखाका ५२ वटा स्वास्थ्य चौकी क्षति पु¥याएको थियो । यीमध्ये पाँच वटा असल छिमेकी नेपाल पोखराले पुनःनिर्माण गरिसकेको छ । केयर नेपाल, आइएमसीलगायत विभिन्न सङ्घ संस्थाले पनि स्वास्थ्य चौकी भवन निर्माण गरिदिएका छन् । पक्की भवन निर्माण गर्न ढिलो भइसक्दा पनि अर्धपक्की भवन निर्माण सकिएको छैन ।

खोप केन्द्र भवनको उद्घाटन

पोखरा, जेठ २१ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ फेदीपाटनमा रु दुई लाख १९ हजारको लागतमा खोप केन्द्र भवन निर्माण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको रु दुई लाख १० हजार र बाँकी स्थानीय जनश्रम परिचालन गरी सो भवन निर्माण सम्पन्न गरिएको हो । खगराज आचार्यले शनिबार आयोजित एक कार्यक्रममा सो नवनिर्मित भवनको उद्घाटन गर्दै शिक्षा, स्वास्थ्यलगायतका विभिन्न विकास निर्माणमा साझेदारीको खाँचो औँल्याउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय, कास्कीका खोप केन्द्र प्रमुख एकनारायण लम्सालले मातृशिशु सुरक्षाका लागि सरकारले सञ्चालन गरेको पूर्ण खोपका लागि प्रतिव्यक्ति रु चार हजार ३०० खर्च हुने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयले चालु आवमा रु ३१ लाख ५० हजारको लागतमा जिल्लाका विभिन्न स्थानमा १५ वटा खोप केन्द्र भवन निर्माण गरिएको छ । सो भवन निर्माणपछि दम्सादी, मास्पाटन, फेदीपाटन र खच्र्याङका गर्भवती महिला र बालबालिकालाई सर्वसुलभ रुपमा खोप सेवा पुग्ने निर्मल पोखरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष टीकाराम पौडेलले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्थामा जीवनजलसमेत छैन

बाजुरा, जेठ २० । बाजुराको विकट उत्तरी भेगमापर्ने हिमाली गाउँपालिका साविकको बिच्छया स्वास्थ्यचौकीमा सामान्य जीवनजल समेतको अभाव रहेको छ । दैनिक झाडापखालाका दशदेखि बाह्र जनासम्म बिरामी आउने भएपनि सामान्य जीवनजल समेत नभएको स्वास्थ्य चौकीका इन्चार्ज कमल आचार्यले बताउनुभयो । छोरालाई झाडापखालाको उपचारका लागि आएकी बिच्छया नेटाकी सुनकला रोकायाले सामान्य जीवनजलसमेत नपाएर रित्तो हात घरफर्कनु भयो । उनी जस्तै दैनिक दशदेखि बाह्रजना झाडापखालाको उपचारका लागि आउने बिरामीले सामान्य जीवनजलसमेत नपाउने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा फोनमार्फत खबर गरेको भए पनि जिल्लाबाट नै नआएको इन्चार्ज आचार्यले बताउनुभयो । बिच्छयामा निजी औषधि पसलसमेत नभएकाले यहाँका बिरामी दुई तीन दिन लगाएर कोल्टी उपचारका लागि जान बाध्य भएका छन् । बिच्छया स्वास्थ्य चौकीमा जीवनजल अभाव भएको दुई साता भइसकेको छ । त्यस्तै सिटामोल, आँखा पाक्ने, कान पाक्ने औषधिलगायत एन्टिबाइटिककोसमेत चरम अभाव रहेको छ । परिवार नियोजनका साधनको अभाव भएको महिनाँै भइसकेको छ । कण्डम, पिल्स, डिपो लगाउने सिरिन्जलगायतका परिवार नियोजनका साधन अभाव भएको एक महिनाभएको स्वास्थ्य चौकीमा कार्यरत अनमी सीता थापाले बताउनु भयो । दैनिक सात आठजना परिवार नियोजनको साधनका लागि आउने गरेका छन् । यो स्वास्थ्य संस्था सदरमुकाम मार्तडीबाट चार दिनको पैदल दुरीमा रहेको छ । यहाँ सधँैजसो औषधि अभाव भइरहने गरेको छ । जिल्लामा पटक÷पटक खबर गर्छाै, थौरै औषधि मात्र पठाउँछन्, त्यो त मन्दिरको प्रसाद बाँडे झै गर्नुगरेको चौकीका इन्र्चाज आचार्यको भनाइ छ । धेरै विकट भएकाले राज्यको पहुँच पनि नहुने गरेको छ । जिल्लाबाट कहिल्यै स्वास्थ्य संस्था अनुगमन नहुने गरेको स्थानीयवासी डबल थापाले बताउनुभयो । स्वास्थ्य केन्द्रमा ३५ प्रकारका औषधि अनिवार्य भए पनि दश बाह्र प्रकारका मात्र रहेको संस्थाले बताएको छ । एकातिर औषधि अभाव अर्कोतिर स्वास्थ्यकर्मीको अभाव रहेको छ । अहिले एक जना अहेब, एकजना जिल्ला करार अनमी र एकजना कार्यालय सहयोगी मात्र रहेका छन् । एक जना एचए, एकजना अहेब, एकजना अनमी रिक्त रहेको छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएकाले उपचारमा समस्या भएकोे छ । बिच्छया मात्र नभई बाजुराका उत्तरी क्षेत्रका रुगिन, वाई, गोत्री, साप्पाटालगायतका स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । औषधि अभाव भएको खबरले क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि माग गरिएको भए पनि क्षेत्रीय कार्यालयमा नै औषधि अभाव रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत रमेश कुवँरले बताउनुभयो ।

औषधि बिक्री वितरण सुरु

धनगढी, जेठ १५ । नेपाल औषधि लिमिटेडले गत वैशाखदेखि उत्पादन गर्न थालेको झाडापखालाको उपचारका लागि प्रयोग हुने जीवनजल ७ नं प्रदेशबाट बिक्री वितरण गर्न थालेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लिमिटेडका महाप्रबन्धक डा रोबसकुसुम सुवेदीले कम्पनीले पहिलो चरणमा जीवनजल उत्पादन गरी पहिलो बिक्री वितरण साविक सुदूरपश्चिम ७ नं प्रदेशबाट सुरु गरेको जानकारी दिनुभयो । स्वास्थ्य उपचार गर्न पाउने नेपालीको संवैधानिक हक अधिकारको प्रत्याभूति गराउन र कुनै पनि नेपालीले औषधिको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने मनसायले कम्पनीले औषधि उत्पादन गरी बिक्री वितरण सुरु गरेको सुवेदीले बताउनुभयो । कम्पनीले उत्पादन गरेको जीवनजल प्रतिप्याकेटको बिक्री रु नौ कायम गरिएको छ । बजारमा पाउने अन्य कम्पनीको जीवनजल प्रतिप्याकेटको मूल्य रु १० रहेको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले कायम गरेको कुशल उत्पादन प्रक्रियाको मापदण्ड पालन गर्न नसक्दा लिमिटेडको औषधि उत्पादनको काम गत सात वर्षदेखि बन्द रहेको थियो । उद्योग मन्त्रालयको विशेष पहलमा गएको वैशाखदेखि औषधि उत्पादन सुरु गरिएको कम्पनीका सचिव टीकाराम अर्यालले बताउनुभयो । लिमिटेडले दोस्रो चरणमा सिटामोल, एमजिप्सलगायतका नन्पेन्सिलिन ट्याब्लेट उत्पादन गर्न लागेको र यी उत्पादनसमेत आगामी साउनसम्म बिक्री वितरण हुने बताइएको छ । विसं २०४०मा शाही औषधि लिमिटेडका नाममा स्थापना भएको यो कम्पनीको नाम परिवर्तन गरी हाल नेपाल औषधि लिमिटेड राखिएको छ ।

सरकारले औषधी आफै किन्ने, आफै बेच्ने

काठमाडौं,बैशाख ३० । सरकारले औषधी आफै किनेर आफै बेच्ने भएको छ । औषधीमा व्यापारिहरुले सयौं गुणा नाफा लिएको भेटिएपछि  विदेशी कम्पनीबाट किन्नु पर्ने औषधीहरु सरकारले सिधै उनीहरुसँग किन्ने र सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वको सुझाव समितिले दिएको सिफारिसका आधारमा यसरी औषधी बेच्दा ५० प्रतिशत सम्म सस्तो पर्न सक्ने देखिएको छ ।    

आठ वर्षपछि नेपाल औषधि लिमिटेड संचालनमा

काठमाडौँ, वैशाख २४ । नेपाल औषधि लिमिटेडले आठ वर्षपछि पुनःऔषधि उत्पादन गर्न सुरु गरेको छ । उद्योगले झाडापखाला लाग्दा उपयोगी मानिएको जीवनजलको उत्पादन सुरु गरेको छ । सरकारी स्वामित्व रहेको लिमिडेटलाई गत असोज २ गते बसेकोे मन्त्रिपरिषद्को बैठकले पुनःसञ्चालनमा ल्याउने निर्णय गरेको थियो । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज आयोजित कार्यक्रममा सो उद्योगको पुनःसञ्चालनको उद्घाटन गरेका छन् । विसं २०६७ मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएपी) अनिवार्य गरेपछि सो उद्योग बन्द भएको थियो । सरकारले जिएमपीअनुसार पुनःसञ्चालन गर्न रु १४ करोड ६५ लाख ऋणस्वरुप लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो । सोहीअनुुरुप पहिलो चरणमा रु छ करोड ४८ लाख निकासा गरेको थियो । उद्योगमन्त्री जोशीले जीवनजल र ज्वरो आउँदा प्रयोग गर्ने सिटामोल नपाएर धेरैले ज्यान गुमाउनुपरेको अवस्थामा पहिलो चरणमा जीवनजल उत्पादन सुरु गरिएको बताए । लिमिटेडले चाँडै निःशुल्क उपलब्ध गराउँदै आएका ७० प्रकारका औषधिलगायत अन्य औषधि समेत उत्पादन गर्ने उनले बताए ।

मुटु रोगको उपचारका लागि अब जनकपुरवासीले राजधानी धाउनुनपर्ने

काठमाडौँँ, वैशाख २० । राजधानी बाहिर पनि विशेषज्ञ उपचार सेवा विस्तार गर्ने सिलसिलामा स्वास्थ्य मन्त्रालयले जनकपुर अञ्चल अस्पतालबाट मुटु रोगको उपचार सुरु गर्ने भएको छ । मन्त्रालयको रोहबरमा मङ्गलबार सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र र जनकपुर अञ्चल अस्पतालबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा अस्पताललाई प्रविधि र विशेषज्ञसहितको ज्ञानसीप गङ्गालालले दिने र मन्त्रालयले त्यसका लागि सम्पूर्ण आर्थिक सहयोग गर्ने उल्लेख गरिएको छ । चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले १० वर्षका लागि सम्झौता गरिएको र त्यसपछि भने अस्पताल आत्मनिर्भर भई सेवालाई निरन्तरता दिनुपर्ने बताए । तत्कालका लागि रु १० करोड सहयोग गरी उपचार सुरु गरिने र आवश्यकता अनुसारका अन्य क्याथ ल्याबलगायतका उपकरण जुटाउन सहयोग उनले बताए । मुटुको जुनसुकै समस्याको उपचारका लागि राजधानी नै धाउनुपर्ने अवस्थाको अन्त्य गर्न राजधानी बाहिर विशेषज्ञ सेवा दिन लागिएको उनले बताए । त्यहाँ शल्यक्रियाबाहेकका सबै उपचार हुने बताइएको छ । दुई महिनाअघिदेखि भेरी अञ्चल अस्पताल नेपालगन्जमा पनि यस्तो सेवा दिन थालिसकेको छ ।