लगानीकर्ताको छनौटमा परेका दश कम्पनी (सूचिसहित)

काठमाडौं, कात्तिक ११ । यतिबेला सेयरबजारमा सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्ने र लाभांश पारित गराउन साधारणसभा आह्वान गर्ने क्रम बढेको छ । कतिपय कम्पनीहरुले साधारणसभा सम्पन्न समेत गरिसेकका छन । लाभांश घोषणाको सिजनमा लगानीकर्ताको छनौटमा परेका दश कम्पनी भने यस्ता रहेका छन् ।

नेप्सेमा सूचिकृत कम्पनीहरुले गत आर्थिक बर्षको लाभांश घोषणा गर्ने र चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम थाल्दै गर्दा असोज महिनाको सेयरबजारमा भने सुधार आएको छ ।

महिनाभर १६ दिन खुलेको सेयरबजार परिसूचक नेप्से ११.२४ अंकले बढेको छ । असोज १ गते १५४७.९४ विन्दुमा रहेको नेप्से असोज ३१ गते १५५९.१८ विन्दुमा पुगेको थियो । असोजको सुरुवातमा १७ खर्ब ९६ अर्बमा रहेको बजार पूँजीकरण समेत बढेर १८ खर्ब ९ अर्ब पुगेको छ ।

असोज महिनाभरको कारोबार हेर्दा लगानीकर्ताको छनौटमा वाणिज्य बैंकहरुको बाहुल्यता देखिएको छ । केही बीमा कम्पनी, जलविद्युत र लघुवित्तको सेयरको माग पनि असोज महिनामा उल्लेख्य भएको देखिन्छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

असोज महिनाभर कारोबार रकममा आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो नम्बरमा देखिएको छ । यो कम्पनीको २९ करोड २३ लाखको संस्थापक सेयर तथा २४ करोडको साधारण सेयरको किनबेच भएको छ । दोस्रो स्थानमा रहेको इन्भेष्टमेन्ट बैंकको २५ करोड ५५ लाखको कारोबार भएको छ । चाैथाे नम्बरमा रहेको चिलिमेको २३ करोड ९२ लाखको कारोबार भएको छ । त्यस्तै क्रमश डिप्रोक्स लघुवित्त, बैंक अफ काठमाण्डौ, स्ट्यान्डर्ड चार्टर्ड, नागरिक लगानी काेष, एभरेष्ट बैंक र सानिमा बैंक उच्च कारोबार हुने दश कम्पनीमा परेका छन् ।

यता कारोबार भएको सेयर संख्याको आधारमा जनता बैंक सबैभन्दा अगाडि देखिएको छ । असोज महिनाभर जनता बैंकको ४ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । बैंक अफ काठमाण्डौको ४ लाख २२ हजार, नेपाल बैंकको चार लाख, सानिमा बैंकको ३ लाख ८९ हजार कित्ता सेयर किनबेच भएका छन् । भने दशौं नम्बरमा रहेको एनबि बैंकको २ लाख ७३ हजार कित्ता सेयर किनबेच भएको छ ।

असोज महिनाभर इन्भेष्टमेन्ट बैंकको सबैभन्दा बढी ३ हजार ७७६ पटक सेयर किनबेच भएको छ । दोस्रो स्थानमा रहेको नेपाल लाइफको २५ सय ७७ पटक सेयर किनबेच भएको छ । हिमालयन पावर, सानिमा बैंक, चिलिमे हाइड्रो लगायतका कम्पनी धेरै पटक सेयर किनबेच हुने कम्पनीमा परेका छन् । दशौं नम्बरमा रहेको एनबि बैंकको १२ सय ११ पटक सेयर किनबेच भएको छ । 

असोज महिनाको लगानीकर्ताको सेयर कारोबारको प्रवृति नियाल्दा पनि लगानीकर्ता कस्ता कम्पनीतर्फ आर्कषित छन् भन्ने आँकलन गर्न सकिन्छ । कारोबार रकम, कारोबार संख्या र कारोबार भएको सेयर संख्याको आधारमा लगानीकर्ताको नजरमा अधिकांश मध्यम मूल्य भएका वाणिज्य बैंकहरु परेको देखिन्छ ।

साथै लगानीकर्ताको छनौटमा बीमा कम्पनी, जलविद्युत, लघुवित्त र अन्य कम्पनी समेत देखिएकाले लगानीकर्ता लगानी विविधिकरण तर्फ पनि चनाखो रहेको असोज महिनाको कारोबार प्रवृतिबाट आँकलन गर्न सकिन्छ ।

किन लगायो नेप्सेले १५ कम्पनीको सेयर कारोबारमा रोक ?

काठमाडौं, कार्तिक १ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सूचिकरण भएका तर असोज मसान्तसम्ममा नविकरण शुल्क नबुझाएका १५ कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ । बार्षिक शूल्क नबुझाउँदा नेप्सेले १५ कम्पनीको सेयर कारोबारमा बुधबारदेखि रोक लगाएको हो । कारोबार रोक्का हुने कम्पनीहरुमा हाम्रो विकास बैंक, सिभिल लघुवित्त, काबेली विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, कणार्ली डेभलपमेन्ट बैंक लगायतका रहेका छन । त्यस्तै महिला सहयात्रा माईक्रोफाइनान्स वित्तिय संस्था, नागबेली माईक्रोफाइनान्स, ललितपुर फाईनान्स, नेशनल माईक्रोफाइनान्स, कुबेर मर्चेन्ट फाईनान्स, समता माईक्रोफाईनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, दिब्येश्वरी हाईड्रो पावर कम्पनी, र युनिलिभर नेपाल रहेका छन् । धितोपत्र कारोबार नियमावली अनुसार एक करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीले १५ हजार, एक करोडदेखि ५ करोडसम्म पूँजी भएकाले २५ हजार, ५ करोड देखि १० करोडसम्म भएकाले ३५ हजार र १० करोड माथि पूँजी भएकाले ५० हजार रुपैयाँ सूचिकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था रहेको छ । नेप्सेका अनुसार हाल नेप्सेमा सूचिकृत रहेका १९६ वटा कम्पनीहरुमध्ये असोज ३१ गतेसम्म १५४ कम्पनीले नविकरण शुल्क बुझाएका थिए। ४२ कम्पनीले नविकरण शुल्क बुझाउन बाँकी रहेको थियो ।केही कम्पनीहरुको भने मर्जर तथा एक्विजिशनको प्रक्रियामा रहेकाले यसअघिदेखि नै कारोबार रोक्का रहेको थियो । नेप्सेले धितोपत्र कारोबार नियमावली बमोजिम सूचिकरण नविकरण शुल्क आश्विन मसान्त सम्ममा बुझाउन यसअघि नै गत भदौ १२ गते सूचिकृत सबै कम्पनीलाई सूचिकरण नविकरण शुल्क बुझाउन पत्राचार गरेको थियो ।

एउटै गाउँबाट ३ करोडको माला बिक्री

भक्तपुर, असोज ३१ । तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ । तिहारको भाइटीकाका लागि मखमली फूलमाला उन्न चाँगुनारायण नगरपालिका– ९ को वनमाला समुदायका केटाकेटी, महिला र पुरुष माला उन्न र बजार पु¥याउन व्यस्त छन् । आयआर्जनको प्रमुख स्रोत फूलखेती बनाउँदै आएको ताथलीको वनमाला समुदायको ४० घरपरिवारलाई फूल टिप्न, माला गाँस्न र बजार लैजान भ्याइनभ्याई भएको स्थानीयवासी विष्णु वनमालाले बताउनुभयो । तिहारका लागि वनमाला समुदायले एक रोपनीदेखि १० रोपनी जग्गामा मखमली फूलखेती गर्ने गरेका छन् । वैशाख–जेठमा छर्ने मखमली फूल साउनदेखि फूल्न थाल्छ । स्थानीयवासी कर्णबहादुर वनमाला मनग्य आम्दानी हुनथालेपछि वनमाला समुदाय मखमली फूलखेतीतर्फ आकर्षित भएका बताउछन । तिहारमा फूल बेचेर प्रत्येक परिवारले रु एक लाखदेखि रु आठ लाखसम्म कमाउने गरेका छन् । अहिलेसम्ममा करिब ३० हजार फूलको माला उनीसकेको अम्बिका वनमालाले बताउनुभयो । बिहानको समयमा फूल टिप्ने र दिनभरि फूलको माला गाँस्ने गरेको उनले बताए । अहिले मखमली फूलको माला रु १०० सम्ममा बिक्री हुन्छ । माला लिन गाउँमै व्यापारी आउने गरेका छन् । स्थानीयवासीले जग्गा भाडामा लिएर फूलखेती गर्ने गरेका छन् । कोटेश्वर, पशुपति, गौशाला, बानेश्वर, चाबहिल, स्वयम्भू, असन, इन्द्रचोकदेखि पूर्वमा काभ्रेको विभिन्न ठाउँमा समेत यहाँका फूलको माला बिक्री हुन्छ । जिल्लामा ताथलीलगायत गुण्डु, कटुञ्जे, छालिङ, दधिकोट, सिपाडोल, बालकोटमा व्यावसायिक रुपमा मखमली र सयपत्री फूलखेती गरिँदै आएको छ । एक रोपनी खेतको भाडा रु ६ हजारदेखि रु १० हजार तिर्ने किसानले एक रोपनी जग्गामा फूलबाट कम्तिमा रु ४० हजारसम्म आम्दानी गर्ने गरेका छन् । (फाइल फोटो)

तिहार र छठको लागि माटाका भाँडाको बिक्री ह्वात्तै बढ्यो

बर्दिबास, असोज २९ । तिहार र छठ पर्व नजिकिएसँगै महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा माटाका भाँडाको बिक्री बढेको छ । दीपावली र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाँडा) र ढकनासहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार जिल्लाका गाउँनगर बस्तीका बजारमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको हो । वर्षभरि अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा पर्वविशेषमा मिथिला परम्परामा अनिवार्य जस्तै मानिँदै आएकाले जिल्लाका सबैजसो बजारमा यसको बेग्लै बजार जमेको देखिन्छ । जिल्लाको सुदूर उत्तरवत्र्ती मुख्य व्यापारिक केन्द्र बर्दिबासको मुख्य चोक र हटियामा अहिले २० वटा भन्दा बढी माटोका भाँडा पसल थापिएका बर्दिबास व्यापार संघका महासचिव भवनाथ खतिवडाले बताउनुभयो । मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने सामाजिक मान्यताले चाडपर्वमा यसको माग बढ्ने गरेको यस क्षेत्रका उद्यमी व्यापारीको भनाइ छ । दीपावली र छठ पर्वमा बत्ती बाल्ने दियो, कलश राख्ने घडा, दही जमाउने छ्याँची र त्यसलाई छोप्ने ढकनसहित माटाकै नयाँ भाँडा प्रयोग गरिने परम्पराले यसको कारोबारमा वृद्धि भएको माटोका भाँडा बनाउने पेशाका कुम्हालहरुको भनाइ छ । भाँडा बिक्री भएसँगै आपूmहरुको तिहार र छठ पर्वको खर्च जोहो हुने गरेको कुम्हाल (माटाका भाँडा बनाउने मिथिला क्षेत्रका जाति विशेष) हरुले बताएका छन् । पर्वको मुख पारेर जिल्लाका बर्दिबास, औरही, सीतापुर, रामगोपालपुर, गौशाला, सम्सी र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरमा माटाका भाँडाका स्थायी कक्ष नै राखिएका छन् । मिथिला क्षेत्रमा दुई दशक पहिलेसम्म माटाका भाँडा दैनिक प्रचलनमा रहे पनि त्यसयता प्लास्टिकका भाँडाको प्रयोग बढेकाले आपूmहरुको व्यवसाय चाडपर्व विशेषमात्रै चल्ने गरेको कुम्हालहरुको भनाइ छ । तिहार र छठ पर्वका अवसरमा महोत्तरीका बजारमा रु २५ लाखको हाराहारीमा माटाका भाँडाको कारोबार हुने महोत्तरी उद्योग वाणिज्य संघका पदाधिकारीको अनुमान छ ।

रु.२५ बाट सुरु गरेको सहकारीको कारोवार अहिले ५० करोड

गुल्मी, असोज २९ । आज भन्दा २५ वर्षअघि २५ जनाले जनही रु.एक बाट सुरु गरेको गुल्मीको एक सहकारी संस्था अहिले वार्षिक झण्डै ५० करोडसम्मको कारोबार गर्न सक्ने भएको छ । रेसुङ्गा नगरपालिका वडा नं.१ स्थित लेकाली स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था जनही रु.एकबाट संकलन भई अहिले यस्तो करोडौंको अवस्थामा आइपुगेको हो । सो संस्थाको शनिवार सदरमुकाम तम्घासमा २५ औं वार्षिकोत्सव तथा ८ औं अधिवेशन गरिरहँदा सो संस्थाले यस आवमा ४७ करोड ७६ लाख २४ हजार ५ सय ८९ रुपैयाँको कारोबार गरेको छ । सो संस्थाका कोषाध्यक्ष गणेश श्रेष्ठले पेश गरेको कोषाध्यक्षको प्रतिवेदनमा गत आवमा उक्त कारोबार भएको उल्लेख गरिएको हो । उनको प्रतिवेदनअनुसार गत एकवर्षमा मात्र १९ सय ९२ जना सदस्यहरुको वचत ३ करोड ४५ लाख ७९ हजार ५ सय रुपैयाँ बचत भएको छ । त्यस्तै विभिन्न प्रकारका वचत शीर्षकमा रु. २४ करोड ६८ लाख ३ हजार ३ सय २३ रहेको छ । जगेडा कोषमा ७० लाख ७१ हजार ३ सय १७ सहित १ करोड ७८ लाख ८० हजार ६ सय ७२ रुपैयाँ रहेको छ । २०७३–०७४ मा व्याज आम्दानी र सञ्चालन आम्दानीबाट ३ करोड ४७ लाख १० हजार १ सय २७ रुपैयाँ रहेको उल्लेख छ । त्यस्तै सञ्चालन र व्याज खर्चमा ३ कारोड ७ लाख ५६ हजार ४ सय ८६ रुपैयाँ भएको छ । संस्थाले ४४ करोड ४१ लाख ७८ हजार ७ सय रुपैयाँ ऋण लगानी गरेको छ भने त्यसमध्ये ३७ करोड २० लाख १ हजार ३ सय २५ रुपैयाँ असुली गरेको छ । गत आवमा ३० करोड ८ लाख ३१ हजार ७ सय ५३ सम्पत्ति तथा दायित्व रकम उल्लेख छ । संस्थाका सचिव भुवन अर्यालका अनुसार संस्थामा सदस्यहरु वृहत बनाउने उद्देश्यका साथ गतवर्षसम्म ४ हजार ५ सय सदस्यता लिँदा तिर्नुपर्नेमा अब जम्मा एक हजार रुपैयाँ तिरेर सदस्यता लिन पाइने नियम बनाइएको छ । उनका अनुसार संस्थामा शेयर सदस्य १९९२ जना बाल वचतकर्ता ८ सय ७८ जनासहित कुल २८ सय ७९ जना सहभागी छन् । संस्थाले सहुलियत ब्याजदरमा निम्न आय भएका सदस्यहरुलाई विभिन्न व्यवसाय गर्न ऋण लगानी गर्दैछ । यसबाट कैयौं विपन्न र बेरोजगारहरुको जीवनस्तरमा सुधार आएको छ । वृद्धवृद्धा, बालबालिका, मृत्यु वा दुर्घटनामा परेका सदस्यहरुलाई कल्याणकारी कोषको व्यस्था गरेको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद पन्थीले उक्त सहकारी अघिल्लो वर्षसमेत देशकै उत्कृष्ट सहकारी संस्थाका रुपमा सम्मानित भएको छ । देशकै उत्कृष्ट सहकारी संस्थाका रुपमा राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित उक्त सहकारी संस्था बैंकिङ सुविधा सम्पन्न कार्यालय व्यवस्थापन गरेर तम्घासको क्यामपस रोडमा रहेको छ । अध्यक्ष पन्थीले जिल्लाभरकै सहकारी संस्थालाई भविश्यमा यसैमा आवद्ध गर्ने उद्देश्य लिईएको बताए । २५ वर्षअघि एक–एक रुपैयाँ उठाएर २५ जनाको समुह बनाउने संस्थापक सचिव मुकुन्दहरी गौतमले उति वेला सहकारी भन्ने कुरा थाह नभएको बताए । ६८ वर्षिय संस्थापक अध्यक्ष रमेश थापाले उतिबेला तम्घास वजारका साहुहरुले गरीब किसानहलाई सय कटा ५ देखि १० सम्मको व्याज त्यसमाथि ठेकी काट्ने चलन त्यसबाट घरबास नै उठ्ने देखेपछि समुह खोलेर रकम वचत गर्न थालिएको बताए । कैंयांै ऋण लिएका मान्छे उठीवास लागेका थिए, कैयौंलाई खुल्ला बजारमा लछारपछार समेत गर्दथे, ब्याजमा लगाउने साहुहरुको ज्यादती सहन नसकेरै समुह बनाएर रकम संकलन गरियो र त्यसबाट संकलन भएको रकमले भैपरी आउने सदस्यहरुलाई ऋण प्रवाह गर्न थालिएको हो । उनले भने, ‘दुई वर्षसम्म मासिक एक रुपैयाँका दरले संकलन गरिए पनि पछि क्रमशः बृद्धि गर्दै लगिएको हो । हामीलाई सहकारी भन्ने त्यतिबेला थाहा थिएन उनले स्मरण गर्र्दै भने– ‘तर एकजना क्यानाडातिरका विदेश आएर यसो गरे समुदायलाई निकै फाईदा हुने सुझाव दिएका थिए । जिल्लाका सहकारी संस्थाहरुको छाता संगठन जिल्ला सहकारी संघका अध्यक्ष यमबहादुर थापाले उक्त सहकारी संस्था जिल्लाको उत्कृष्ट र सबैभन्दा बढी कारोवार गर्ने संस्थाका रुपमा रहेको बताए । उनको प्रमुख आतित्यतामा सम्पन्न उद्घाटन सत्रमा अन्य विभिन्न सहकारी संस्थाका प्रमुख, प्रतिनिधीहरुको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा उत्कृष्ट व्यवसायी, लगानीकर्ता, वृद्धवृद्धा, परीक्षामा उत्कृष्ट हुने शेयर सदस्यका सन्तति र स्थानीय तहको निर्वाचनमा निर्वाचन हुने शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । उद्घाटन सत्र सकिए लगत्तै बन्द सत्र चलिरहेको छ । बन्द सत्रले नयाँ कार्यसमिति चयन गर्ने जनाईएको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोपालप्रसाद पाण्डेको स्वागत मन्तव्य र सचिव भुवनप्रसाद अर्यालयको सञ्चालन रहेको थियो ।

सुनको भाउ बढ्यो, चाँदी स्थिर

काठमाडौं, असोज २९ । सुनको भाउ तोलामा दुई सयले बढेको छ । साताको पहिलो दिन आइतबार(आज) सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । सुन आज तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलाको ५६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आजपनि तोलाको ७ सय ७५ रुपैयाँमा किनबेच भैरहेको छ ।

अचम्मः एउटा कचौराको मुल्य ४ अर्ब रुपैयाँ

एजेन्सी, असोज २० । एउटा कचौराको मूल्य कति होला ? हंङकङमा हालै एउटा कचौरा झण्डै ४ अर्ब रुपैयाँमा लिलाम भएको छ । चिनियाँ माटोबाट बनेको उक्त कचौरा एकहजार वर्ष पुरानो हो । चीनको सांग राजवंशका पालको यो कचौरा मंगलबार हंगकंगमा कीर्तिमानी मूल्यमा बिक्री भयो । सोथबे अक्सन हाउसका अनुसार, लिलाममा राखेको २० मिनेटमै उक्त दुर्लभ कचौरा बिक्री भएको हो । कतिपयले फोनमै बोली लगाएका थिए भने कतिपय बोली लगाउनेहरु लिलाम कक्षमा पनि आएका थिए । सबैभन्दा बढी बोली लगाएर कचौरा खरिद गर्नेले चाहिँ फोनबाटै बोली लगाएका थिए । खरिदकर्ताले यसलाई झण्डै ३ अर्ब ८० करोड डलर मूल्य तिरेर किनेका छन् । खरिदकर्ताले आफ्नो परिचय गोप्य राखेका छन् । यो कचौरा १३ सेन्टिमिटरको छ र निलो–हरियो रंगको छ । यो कचौराका लागि सुरुवाती बोली नै १ करोड २ लाख डलर लागेको थियो । सन् २०१४ मा चीनको मिंग राजवंशका पालामा बनेको मदिराको प्याला ३ करोड ६० लाख डलरमा बिक्री भएको थियो ।

शिकारबाट रू एक करोड राजश्व वृद्धि

बागलुङ, असोज २० । ढोरपाटन शिकार आरक्षमा वार्षिक रु.एक करोडभन्दा बढी राजश्व उठ्ने गरेको छ । शिकार, काठपूर्जी, पर्यटक शुल्क, दण्ड जरिवानालगायतबाट राजश्व संकलन हुने आरक्ष कार्यालयले जनाएको छ । वर्षेनी दुई याममा हुने शिकारबापत विदेशी शिकारीले तिर्ने शुल्कबाट सबैभन्दा बढी राजश्व उठ्ने गरेको छ । वर्षेनी सातदेखि १० लाखसम्म काठपूर्जीबाट राजश्व प्राप्त हुने कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । हरेक वर्ष असोज–मंसिरमा चल्ने पहिलो र फागुन–वैशाखमा चल्ने दोस्रो शिकार याममा गरी ३० देखि ४० को संख्यामा नाउर र झारलको शिकार हुने गरेको छ । नेपाली शिकार कम्पनीमार्फत अमेरिका, फ्रान्स, नर्वे, रसियालगायतका मुलुकबाट तालीमप्राप्त शिकारी आरक्षमा आउने गरेका छन् । विदेशीहरू लाखौँ रूपैयाँ खर्चेर शिकारमा रमाउन ढोरपाटन आउने गर्छन् । अघिल्लो शिकार याम फागुन–वैशाखमा हालसम्मकै उच्च एउटा झारल शिकारको रू १३ लाख पाँच हजार तिरेका थिए । यस्तै नाउर शिकारबापत रु आठ लाख ७५ हजार तिरेका थिए । साढे दुई वर्षअघि पनि झारल शिकारको दर बढेर रू नौ लाख ३१ हजारसम्म पुगेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले तोक्ने कोटा र मागबीचको अन्तरले पनि दर घटबढ हुने गरेको छ । शिकारको दरमा आउने परिवर्तनले राजश्व संकलनमा पनि घटबढ ल्याउने गरेको छ । गत आवमा शिकारबाट मात्रै रू एक करोड ४७ लाख राजश्व उठेको थियो। शिकारको दर उच्च हुँदा उक्त आवमा राजश्व संकलन बढेको अधिकृत बरालले बताउनुभयो । यस्तै आरक्ष क्षेत्रभित्रको जंगलबाट काठ झिक्न चाहने स्थानीय उपभोक्ताबाट समेत काठपूर्जीबाट वर्षमा लाखौँ रूपैयाँ राजश्व उठ्ने गरेको छ । कार्यालयले विशेषगरी सल्लो प्रजातिका काठ प्रयोगका लागि अनुमति दिने गरेको छ । हिमाली राष्ट्रिय निकुञ्ज नियमावलीअनुसार आरक्ष क्षेत्रभित्र बसोबास गर्ने स्थानीयवासीका लागि काठ प्रयोग गर्न पाइने सुविधा छ । “एक घनफिट काठ निकालेबापत रु १०० राजश्व आरक्षलाई तिर्नुपर्छ, त्यसबाहेक १३ प्रतिशत भ्याट थपिने गरेको छ”, अधिकृत बरालले भने । आरक्षमा शिकारका लागि आउने र अन्य विदेशी पर्यटकले पनि प्रवेश शुल्क तिर्ने गरेका छन् । सार्क राष्ट्रबाहेकका मुलुकका पर्यटकले रू तीन हजार, सार्कभित्रका पर्यटकले रु एक हजार ५००, विदेशीले ‘क्यापिङ शुल्क’ बापत रु एक हजार, सार्क राष्ट्रका पर्यटकले ५०० र नेपालीले रु ३०० आरक्षलाई बुझाउने गरेका छन् । आरक्षभित्र हेलिकोप्टर अवतरण गरेबापत रु.पाँच हजार र भरिया प्रवेशको रु २५ राजश्व तिर्नुपर्ने व्यवस्था छ । आरक्ष क्षेत्रभित्र हुने अवैध क्रियाकलापमा संलग्न व्यक्ति तथा समूहबाट असुलेको जरिवानाबापतको रकम पनि राजश्वमा जाने गरेको छ । अव्यवस्थित चरिचरन, चोरीनिकासीजस्ता घटनामा संलग्नलाई जरिवाना गर्ने गरिएको छ । संवेदनशील प्रकृतिका घटनालाई भने कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने गरिएको आरक्ष कार्यालयले जनाएको छ ।

सेक्स र सेयर बजारका ४ चरण

काठमाडौं, असोज २० । म ८/९ वर्षको हुँदाको कुरा । जब भैंसीले राँगो खोज्थ्यो , भैंसीलाई राँगो भएको ठाउँमा लैजाँदा कहिलेकाहीँ दाइसँग भैंसी धपाउँदै म पनि पछिपछि जान्थेँ । सम्भोग (सेक्स) का लागि भैंसी माथि राँगो पहिलोपटक उक्लिसकेपछि केही समय राँगो भैंसीभन्दा अलि टाढै उभिन्थ्यो । राँगोले भैंसीको त्यति वास्ता गर्दैन थियो । तर, मलाई भैंसीमाथि राँगो तुरुन्तै पुन उक्लिए हुन्थ्यो भन्ने लाग्थ्यो । राँगो किन तुरुन्तै नउक्लेको होला ? ममा त्यो जिज्ञासा रहिरहन्थ्यो । यो कुरा मलाई पछि थाहा भयो, पुन सम्भोगका लागि आराम र शक्ति सञ्चयको आवश्यकता पर्ने रहेछ । रवीन्द्र भट्टराई सेक्स नगरेका तर उमेर पुगेका व्यक्तिमा सेक्सबारे गरिने छलफलले पनि उत्तेजना सिर्जना गर्नसक्छ । आवेग उत्पन्न हुनसक्छ । तर, कताकता डर पनि लाग्छ । पहिलोपटक दोस्रो बजारमा छिर्ने लगानीकर्ताको पनि मनोविज्ञान त्यस्तै हुन्छ । जब बजार स्खलित हुन्छ, यो तुरुन्तै उक्लिन सक्दैन । तर, लगानीकर्ताको चाहाना उक्लिहाले हुन्थ्यो भन्ने हुन्छ । बजार माथि चढ्न बजारको शक्ति सञ्चय त्यतिकै आवश्यक छ । यो अवस्थालाई बजारमा शक्ति सञ्चयको चरण पनि भनिन्छ । बजारलाई शक्ति प्रदान गर्ने ४ वटा प्रमुख तत्वहरु हुन्छन्– आर्थिक शक्ति, औद्योगिक शक्ति, कम्पनीको शक्ति र मनोवैज्ञानिक शक्ति । जसमा आर्थिक वृद्धि, सरकारी नीति, ब्याज, उद्योगको अवस्था, कम्पनीको नाफा र लगानीकर्ताको मनोवलजस्ता कुरा गर्छन् । यी तत्वले बजारमा शक्ति प्रदान गर्छन् । सेयर बजार वृद्धिको र अप्सराको चुम्बकीय शक्ति उस्तै हुन्छ । सबै त्यागेका तपस्वीको ध्यान अप्सराले भंग गर्छिन् । जब यी शक्तमा मजबुती आउँदै जान्छ, सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै जान्छ र, सेयर बजार बढ्न थाल्छ । यी तत्व जति बढी मजबूत हुन्छन्, त्यति नै चाँडो बजार बढ्छ । लामो समयसम्म बढिरहन सक्छ । यो अवस्थामा बजारले उन्मादको साँढेको रुप लिन्छ, जसलाई हामी बुलिस भन्छौं । यस्तो बेला बजार छिटो स्खलित हुनबाट रोकिन्छ । शक्तिवद्र्धक खाना र शारिरिक तन्दुरुस्ती शीघ्र स्खलन हुनबाट बच्ने औषधि भएजस्तै सेयरबजार शीघ्र स्खलित नहुनका लागि आर्थिक, औद्योगिक, कम्पनी र लगानीकर्ताको मनोविज्ञानजस्ता तत्व मजबुत हुन आवश्यक छ । शक्तिवद्र्धक खाना र शारिरिक तन्दुरुस्ती शीघ्र स्खलन हुनबाट बच्ने औषधि भएजस्तै सेयरबजार शीघ्र स्खलित नहुनका लागि आर्थिक, औद्योगिक, कम्पनी र लगानीकर्ताको मनोविज्ञानजस्ता तत्व मजबुत हुन आवश्यक छ । त्यसैले भनिन्छि– अर्थतन्त्र मजबुत भए सेयर बजारमा स्थिरता आउँछ, दीर्घकालीन रुपमा बढ्छ नत्र वृद्धि अल्पकालीन हुन्छ । बजारको उन्माद र अप्सरा सेयर बजार वृद्धिको र अप्सराको चुम्बकीय शक्ति उस्तै हुन्छ । सबै त्यागेका तपस्वीको ध्यान अप्सराले भंग गर्छिन् । धेरै ऋषिमूनिको ध्यान अप्सराले भंग गरेका कथा हामी पढ्न पाउँछौं । बढ्दो सेयर बजारले पनि काम, क्रोध, लोभ र मोह त्यागेर हिँडेका साधु सन्तको ध्यानलाई भंग गरी सेयर बजार र यसबाट हुने लाभतर्फ आकर्षित गर्छ । सम्भोग र बजारको उत्तेजना सम्भोगमा स्खलित हुनुअघि व्यापक उत्तेजना आउँछ, जतिबेला पुरुषले सबै कुरा विर्सिएको हुन्छ । त्यस्तै खालको उत्तेजना सेयर बजारले पनि प्रस्तुत गर्छ । र, यो अवस्थामा लगानीकर्ताले सबै कुरा विर्सेका हुन्छन् । बुलिस बजार जब आफ्नो उत्तरतर्फको यात्रालाई बिट मार्ने विन्दूको नजिक पुग्दै जान्छ, बजार अरु समयमा भन्दा बढी उत्तेजित हुन्छ । आफ्नो गतिलाई तीब्र पार्दै जान्छ । यो समयमा बजार अन्य समयभन्दा बढ्दो दरमा बढेको हुन्छ । यो अवस्थामा बजार अस्वभाविकरुपमा प्रस्तुत हुन्छ । त्यतिबेला बजारसम्बन्धी नकरात्मक सूचना र समाचार पनि निष्प्रभावी बन्न पुग्छन् । पैसाको चाहाना भएको सेयर कारोबारी र सम्भोगको चाहाना भएको मानिसको मनोविज्ञान उस्तै हुन्छ । नेप्सेका तथ्यांक हेर्ने हो भने जब नेप्से उचाइमा पुग्दै गरेको हुन्छ, त्यहाँ तीब्र वृद्धि देखिन्छ । २०६५ भदौ १५ मा नेप्से ११७५ अंकको उचाइमा पुग्नुअघि २ महिनामा नेप्से २३७ अंकले बढेको थियो ।  ०५७ मा २ महिनामा नेप्से परिसूचक ३४.७७, ०६५ मा २५.३७ र ०७२ मा २६.८३ प्रतिशतले बढेको थियो । जुन अन्य समयमा २ महिनामा बढेको नेप्सेको वृद्धिभन्दा निकै बढी हो । यस्तै, २०७२ भदौ ३० गते नेप्से १२०५ अंकको उचाइमा पुग्नु २ महिनाअघि २५५ अंकले बढेको थियो । यस्तै व्यवहार २०५७ सालमा पनि नेप्सेले देखाएको थियो । ०५७ मंसिरमा नेप्से ५४५ अंकको उचाइमा पुग्नुअघि २ महिनामा १४० अंकले बढेको थियो । यी तीनै समयमा नेप्सेको २ महिनाको उत्तेजनाको अवस्था उस्तै छ । ०५७ मा २ महिनामा नेप्से परिसूचक ३४.७७, ०६५ मा २५.३७ र ०७२ मा २६.८३ प्रतिशतले बढेको थियो । जुन अन्य समयमा २ महिनामा बढेको नेप्सेको वृद्धिभन्दा निकै बढी हो । सम्भोग र बजार प्रबेश सेक्स नगरेका उमेर पुगेका व्यक्तिमा सेक्सबारे गरिने छलफलले पनि उत्तेजना सिर्जना गर्नसक्छ । आवेग उत्पन्न हुनसक्छ । तर, कताकता डर पनि लाग्छ । पहिलोपटक दोस्रो बजारमा छिर्ने लगानीकर्ताको पनि मनोविज्ञान त्यस्तै हुन्छ । अरुले कमाएका कथाएका कथाहरु सुन्दा बजारमा तुरुन्तै हाम फालिहालूँजस्तो जोश, कताकता डर, कताकता लोभ । स्ट्यान्डफोर्ड विश्वविद्यालयका नसा विज्ञान तथा मनो विज्ञान विषेशज्ञ प्राध्यापक ब्रेन कुत्सनले आफ्नो अनुसन्धानमा पत्ता लगाएका छन्– ‘पैसाको चाहाना भएको सेयर कारोबारी र सम्भोगको चाहाना भएको मानिसको मनोविज्ञान उस्तै हुन्छ ।’ सम्भोग र सेयरका चरण बिलियन एच मास्टर्स र भर्जिनिया इ जोन्सनले सन् १९६६ मा ‘ह्युमन सेक्सुअल रेस्पोन्स’ नामक पुष्तकमा पहिलोपटक सम्भोगका ४ चरणबारे उल्लेख गरेका छन् । जसमा उत्तेजना, प्लाटो, चरम सुख र पूर्वावस्ता पर्छन् । सम्भोगका क्रममा प्रथम चरण केही मिनेटदेखि लामो समयसम्म रहनसक्छ । यो चरणमा मसलमा उत्तेजना आउने, पसिना आउने, लिंगमा तरल पदार्थ बग्ने हुन्छ । यो सम्भोगको तयारीको अवस्था पनि हो । यो अवस्थालाई निरन्तरता दिए हामी दोस्रो चरणमा प्रवेश गर्छौं, जसमा अंगहरुको उत्तेजना अझ बढेर जान्छ । दोस्रो चरणले पनि निरन्तरता पाए संभोग तेस्रो चरण अर्थात् चरम सुखको चरणमा पुग्छ । यो नै बिर्य स्खलन हुने चरण हो । यो चरणमा दुबै पक्षले चरम आनन्दको अनुभूति गर्छन् । दोस्रो चरणले पनि निरन्तरता पाए संभोग तेस्रो चरण अर्थात् चरम सुखको चरणमा पुग्छ । यो नै बिर्य स्खलन हुने चरण हो । यो चरणमा दुबै पक्षले चरम आनन्दको अनुभूति गर्छन् । त्यसपछि पुर्वावस्थामा फर्किने चरणलाई रेजोलुसन भन्ने गरिन्छ, जसमा व्यक्ति सामान्य अवस्थामा फर्किन्छ । सेयर बजार पनि बुलिस र बियरिसको एक पूरा चक्रमा यस्तै ४ वटा चरणबाट गुज्रिन्छ । जसलाई शक्ति सञ्चय, बढ्दो चरण, वितरणको चरण र घट्दो चरण भनिन्छ । साभार

ल्यारक्याल लामामाथि साढे ९ करोडको भ्रष्टाचार आरोप, ७४ लाख बचतको फैसला

काठमाडौं, असोज २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान र विशेष अदालतको तथ्यांक विश्लेषणमा झण्डैं साढे १० करोड रुपैंयाको अन्तर देखिएको छ । आश्विन २०, २०७४-सार्वजनिक पदमा रहँदा ९ करोड ४४ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा परेका सांसद ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाएका छन् । विशेष अदालतले उनलाई सफाई त दियो नै, साथै आम्दानीको तुलनामा खर्च कम भएको भन्दै उनको ७४ लाख रुपैंया बचत हुनुपर्ने फैसला समेत गर्‍यो । करिब एक दशकपछि दोस्रो तहका राजनीतिक नेतामाथि गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा हात हालेको अख्तियारको अनुसन्धान न्यायिक परिक्षणमा असफल भएको हो । सबभन्दा ठूलो बिगोको गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा अख्तियार असफल भएपछि लामा रजनीतिक जीवनमा फर्किसकेका छन् । अख्तियारको आरोपपत्र र विशेष अदालतको फैसला हेर्दा तथ्यांक विश्लेषणमा साढे १० करोड रुपैंयाको फरक देखिएको छ । विवादास्पद प्रमुख लोकमानसिंह कार्कीको पालामा लामामाथि मुद्दा दायर भएको थियो । माओवादी केन्द्रका सांसद लामाले ९ करोड ४४ लाख रुपैंया गैरकानूनी रुपमा आर्जन गरेको अभियोगमा अख्तियारले २०७२ कार्तिक ३० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले २०५८ देखि २०७२ पुस मसान्तसम्म लामाको सम्पत्ति छानविन गरेको थियो । त्यस क्रममा २० करोड ३४ लाख रुपैंया बैध रुपमा आर्जन गरेर २९ करोड ७९ लाख खर्च गरेको अख्तियारको दाबी थियो । आर्जनको तुलनामा खर्च बढी भएको ९ करोड ४४ लाख रुपैंयालाई गैरकानूनी आर्जन भनी अख्तियारले मुद्दा दायर गरेको थियो । विशेष अदालतले तयार पारेको फैसलाको पूर्णपाठले अख्तियारको आरोपपत्रलाई अस्विकारमात्रै गरेको छैन, लामाको सम्पत्ति उल्टै बचत हुने भनी तथ्यांक विश्लेषणसमेत गरिएको छ । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई र सदस्यहरु प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले गरेको फैसलामा सार्वजनिक पदमा रहँदा लामाले आम्दानीको तुलनामा कम खर्च गरी ७४ लाख ३४ हजार रुपैंया बचत गरेको उल्लेख छ । २९ करोड ९ लाख रुपैंया बैध आम्दानी गरेका लामाले २८ करोड ३५ लाख रुपैंया खर्च गरेको ठहर विशेष अदालतले गरेको छ । लोकमानसिंह कार्कीको पूर्वाग्रही स्वभाव र कार्यशैलीका कारण लामामाथिको अनुसन्धानसमेत विवादमुक्त थिएन । अख्तियारको दाबी के थियो ?  लामाले तलबभत्ता, जग्गा विक्री, ऋण सापटीलगायतबाट आम्दानी देखाएर गैरकानूनी रुपमा आर्जन गरेको अख्तियारको दावी थियो । घर निर्माण, जग्गा खरिद, शेयर, सवारी साधन तथा विभिन्न घरायसी सामान खरिद र बैंक मौज्दात गरेको अख्तियारको दावी थियो । लामाको अत्यधिक जग्गा कारोवार र त्यस क्रममा भएको खरिदबिक्रीको उतारचढावको दरलाई नै शंकास्पद मानेको थियो ।  ३३ लाखमा खरिद भएको जग्गा तीन महिनापछि डेढ करोडमा बिक्री भएको देखाइएको अख्तियारको दाबी थियो । उसले सुरुकै आर्जन बैध नदेखिएकाले त्यसबाट भएका अन्य कारोवारलाई पनि अबैध भनी मागदाबी लिएको थियो । -कान्तीपुरबाट लामा २०५८ सालदेखि दुई पटक गुम्बा विकास समितीको अध्यक्ष बने । संघिय मामिला तथा स्थानीय विकास मन्त्रीले गर्ने राजनीतिक नियुक्तिमा उनले लगातार दुई कार्यकाल अनवरत रुपमा काम गरे । त्यसक्रममा केही रकम गैरकानूनी आर्जन देखिए पनि त्यसको ग्राफ खासै उक्लेको देखिदैन । २०६२ सालमा उनको दोस्रो कालकाल पुरा भयो । त्यसको केही समयपछि नै उनी २०६२/६३ को पुन:स्थापित संसदबाट रुपान्तरित व्यवस्थापिका संसदको सभासद बने । सांसद र सभासद भएको अवधिमा उनको आर्जन गरेको सम्पत्ति अस्वभाविक रुपमा बढेको अख्तियारले गरेको तथ्यांक विश्लेषणमा उल्लेख छ । लामामाथिको पछिल्लो छानविनले करिव १० करोड रुपैंया जग्गामा मात्रै लगानी गरेको भेटिएको अख्तियारको आरोपपत्रमा उल्लेख थियो । बुढानिलकण्ठमा उनको ३ वटा घर रहेको भनी अख्तियारले आरोप लगाएको थियो, जसमध्ये एउटा घरमा उनी बस्थे भने बाँकी दुईमा बौद्ध भिक्षुहरुका लागि विद्यालय सञ्चालन गरेको उनले बयानका क्रममा खुलाएका थिए । उनको ९० लाख रुपैंया मूल्यांकन गरिएको सवारी साधन पनि छानविनमा परेको थियो । अख्तियारले २०७२ मंसिरमा विभिन्न सार्वजनिक पदमा रहेका २९ जनाको बैंक लकर रोक्का गरेर सम्पत्ति छानविन गरेको थियो, जसमा लामा पनि एक थिए । लामामाथि अख्तियारले पुस १८ मा पत्र काटेर बोलाएकोमा २० देखि २२ गतेसम्म ४ करोड रुपैंया खाताबाट निकालिएको थियो । त्यसपछि उनको खातामा ६४ लाख रुपैंयामात्रै बाकी थियो । लामामाथि छानबिनका क्रममा अख्तियारले दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लकरबाट गोली बरामद गरेको थियो । त्यसपछि प्रहरीले उनीमाथि हातहतियार तथा खरखजाना ऐन अन्तर्गत फौजदारी मुद्दा चलाएपछि उनी पदबाट निलम्बनमा परेका थिए । सम्पत्ति विवरणमा उल्लेख नगरे पनि लाजिम्पाटस्थित स्टान्डर्ड चाटर्ड बैंकको लकर पनि भेटिएको थियो, लगत्तै छानविन हुनासाथ लकर रित्तो भेटिएको अख्तियार स्रोतले बतायो । विशेषको फैसला कस्तो छ ?  अख्तियारले ल्यारक्याल लामाले सार्वजनिक पदमा रहेको अवधिमा केवल २० करोड ३४ लाख रुपैंयामात्रै बैध आम्दानी गरेको दावी गरेको थियो । विशेष अदालतले भने सम्पत्ति विश्लेषणका क्रममा त्यसबाहेक उनले ८ करोड ७५ लाख रुपैंया समेत आर्जन गरेको र त्यसलाई बेवास्ता गर्न नमिल्ने ठहर्‍याएको छ । जसअनुसार, जग्गा खरिद, बौद्ध धर्मसम्बन्धी पुस्तक विक्री, सिद्धार्थ फाउण्डेसनको नामबाट विभिन्न बैंकबाट काटिएको चेकबाट प्राप्त रकम समेत जोडिनुपर्ने विश्लेषण गरेको छ । यसबाट लामाको कुल बैध आर्जन २० करोड ३४ लाख रुपैंयाबाट बढेर २९ करोड ९ लाख हुन पुगेको छ । लामाले आफ्नो आर्जनबाट शेयर खरिदमा १ करोड ५३ लाख, ऋण सापटी सावा व्याज भुक्तानीमा ४ करोड ६ लाख, १ लाख ६० हजार नगद मौज्दात, घरायसी सामान खरिदमा १५ लाख ५० हजार रुपैंया खर्च देखाएका थिए । छानविन हुनासाथ झिकिएको ४ करोड ४२ लाख रुपैंयालाई विशेष अदालतले अन्यथा भन्न नमिल्ने ठहर्‍याएको छ । बैंक मौज्दात ६४ लाख ६७ हजार, जग्गा खरिदमा १० करोड ८८ लाख, घर निर्माणमा ७ करोड १७ लाख र सवारीसाधन खरिदमा ९० लाख खर्च भएको भनी अख्तियारले आरोप लगाएको थियो । विशेष अदालतले यी सबै तथ्यलाई यथावत रुपमा स्विकार्दै घर निर्माणको हकमा ७ करोड १७ लाख रुपैंयालाई अस्विकार गरेको छ । व्यक्तिगत रुपमा घर निर्माण गर्दा ठेकेदारलाई १५ प्रतिशत नाफा र ५ प्रतिशत ठेक्काकर दिन नपर्ने भएकाले २० प्रतिशत लागत घटाउनुपर्ने भनी विशेष अदालतले घर निर्माणको खर्चमा १ करोड ४३ लाख रुपैंया घटाएको छ । यसबाट लामाले गरेको लगानीको खर्च समेत अख्तियारले दावी गरेजस्तो २९ करोढ ७९ लाख रुपैंया नभई त्यसबाट घटेर २८ करोड ३५ लाख रुपैंयामा सीमित भएको छ । ‘२९ करोड ९ लाख रुपैंया कुल बैध आर्जनबाट २८ करोड ३५ लाख रुपैंया व्यय(लगानी) गरेको देखिन आयो’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘खर्चको तुलनामा ७४ लाख ३४ हजार रुपैंया बढी आम्दानी देखिएकाले गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको भन्ने दावी पुष्टी हुने आधार देखिएन ।’ लामा को हुन् ?  लामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट सांसद हुन् । विवादित पृष्ठभूमीका उनी यसअघि २०५८ पुसमा गुम्बा विकास समितीका अध्यक्ष थिए । त्यसपछि उनी माओवादी सिफारिसमा व्यवस्थापिका संसद सदस्य थिए । उनीमाथि दोहोरो नागरिकता लिएको आरोप थियो । विवादित बनेपछि एमाले नेता झलनाथ खनालको प्रधानमन्त्रीत्व कालमा अर्थ राज्यमन्त्री बनेका उनी पदबाट हटाइएका थिए । त्यसपछि उनीमाथि छानविनका लागि सरकारले एक आयोग नै गठन गरेको थियो । अख्तियारले २०५८ सालदेखि २०७२ पुस मसान्तसम्म लामाको सम्पत्ति छानबिन गरेको थियो । लामा २०५८ सालदेखि दुईपटक गुम्बा विकास समितीको अध्यक्ष बनेका थिए । संघिय मामिला तथा स्थानीय विकास मन्त्रीले गर्ने राजनीतिक नियुक्तीमा उनले लगातार दुई कार्यकाल काम गरे । २०६२ सालमा उनको दोस्रो कालकाल पूरा भयो । त्यसको केही समयपछि नै उनी २०६२/६३ को पुनस्थापित संसदबाट रुपान्तरित व्यवस्थापिका संसदमा माओवादी सिफारिसमा सांसद थिए ।  त्यसपछि उनी अख्तियारले तीन पटक सार्वजनिक अवस्थामा रहेका बखत उनले गरेको आर्जनको छानविन गरेको थियो । उनीमाथि दोहोरो नागरिकता लिएको आरोप थियो । विवादित बनेपछि एमाले नेता झलनाथ खनालको प्रधानमन्त्रीत्व कालमा अर्थ राज्यमन्त्री बनेका उनी पदबाट हटाइएका थिए । त्यसपछि उनीमाथि छानबिनका लागि सरकारले एक आयोग नै गठन गरेको थियो । विशेष अदालतबाट सफाइ पाएपछि २०७३ कार्तिकदेखि उनको सांसद पद निलम्बनबाट फुकुवा भएको छ । -कान्तीपुरबाट  

गएकाे आर्थिक वर्षमा कुन कम्पनीले कति दिए लाभांश ? (४५ कम्पनीको सूचिसहित)

काठमाडाैँ, असोज २० ।काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट धमाधम लाभांश घोषणा गर्ने लहर चलेको छ । लाभांश प्रस्तावसहित कतिपय कम्पनीले साधारण सभा पनि बोलाउन सुरु गरिसकेका छन् भने केहीको त साधारणसभाबाट समेत पारित भैसकेको छ । २०७३/७४ सालको कमाइबाट प्रस्तावित बोनस शेयर तथा नगद लाभांश घोषणा गर्ने कम्पनीहरुः वाणिज्य बैंक समूहः १.एनआइसी एशिया बैंक लिमिटेडः बोनस शेयर २० प्रतिशत, नगद लाभांश १.०५ प्रतिशत २.सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडः बोनस शेयर १६ प्रतिशत, नगद लाभांश १ प्रतिशत ३.नबिल बैंक लिमिटेडः बोनस शेयर ३० प्रतिशत, नगद लाभांश १८ प्रतिशत ४.सानिमा बैंक लिमिटेडः बोनस शेयर १६ प्रतिशत ५.नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडः बोनस शेयर १५ प्रतिशत, नगद लाभांश २५ प्रतिशत ६.सनराइज बैंक लिमिटेडः बोनस शेयर १५ प्रतिशत ७.नेपाल बंगलादेश बैंक लिमिटेडः बोनस शेयर १२ प्रतिशत, नगद लाभांश ३.७९ प्रतिशत इन्स्योरेन्स कम्पनी समूहः १.नेको इन्स्योरेन्स कम्पनीः बोनस शेयर १० प्रतिशत, नगद लाभांश ०.५२ प्रतिशत २.प्राइम लाइस इन्स्योरेन्स कम्पनीः बोनस शेयर २५ प्रतिशत ३.नेपाल इन्स्योरेन्स कम्पनीः बोनस शेयर ५ प्रतिशत ४.प्राडेन्सियल इन्स्योरेन्स लिमिटेडः बोनस शेयर २० प्रतिशत, नगद लाभांश १.०५ प्रतिशत ५.प्रभु इन्स्योरेन्स लिमिटेडः बोनस शेयर १९.२० प्रतिशत   विकास बैंक समूहः १.देव विकास बैंकः बोनस शेयर १७.१ प्रतिशत, नगद लाभांश ०.९ प्रतिशत २.मिशन डेभलपमेन्ट बैंक लिमिटेडः बोनस शेयर २२ प्रतिशत, नगद लाभांश १.१४ प्रतिशत ३.मितेरी डेभलपेन्ट बैंक लिमिटेडः बोनस शेयर ३१.४८, नगद लाभांश १.६६ प्रतिशत ४.कैलाश विकास बैंक लिमिटेडः बोनस शेयर १० प्रतिशत, नगद लाभांश ९.५ प्रतिशत ५.सप्तकोशी डेभलपमेन्ट बैंकः बोनस शेयर ११ प्रतिशत ६.शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकः बोनस शेयर २५ प्रतिशत ७.पूर्णिमा विकास बैंकः बोनस शेयर रु.८ करोड ४५ लाख ५० हजार र नगद लाभांश रु. ४४ लाख ५० हजार ८.तिनाउ विकास बैंकः बोनस शेयर १० प्रतिशत, नगद लाभांश ५ प्रतिशत ९.एक्सेल डेभलपमेन्ट बैंकः बोनस शेयर ३०.१२ प्रतिशत, नगद लाभांश १.५८५२६ प्रतिशत फाइनान्स समूहः १.आईसिएफसी फाइनान्सः बोनस शेयर १० प्रतिशत, नगद लाभांश ११.०५ प्रतिशत २.युनाइटेड फाइनान्सः बोनस शेयर १९प्रतिशत लघुवित्त कम्पनी समूहः १.छिमेक लघुवित्त विकास बैंक लिमिटेडः बोनस शेयर १९.८९ प्रतिशत, नगद लाभांश २५.११ प्रतिशत २.स्वरोजगार लघुवित्त विकास बैंकः बोनस २५ प्रतिशत, नगद लाभांश १.३२ प्रतिशत ३.स्वदेशी लघुवित्त लघुवित्त वित्तीय संस्थाः वोनस शेयर १५ प्रतिशत ४.फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकः बोनस शेयर १५ प्रतिशत, नगद लाभांश ०.७९ प्रतिशत ५.एनएमबी माइक्रोफाइनान्सः बोनस शेयर २५ प्रतिशत, नगद लाभांश १.३१५८ प्रतिशत ६.मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाः बोनस शेयर ३० प्रतिशत, नगद लाभांश १२.१०५ प्रतिशत ७.रिलायवल माइक्रोफाइनान्सः बोनस शेयर २० प्रतिशत, नगद लाभांश १.०५ प्रतिशत ८.नेरुडे लघुवित्त विकास बैंक लिमिटेडः बोनस शेयर १३ प्रतिशत, नगद लाभांश ७.६८ प्रतिशत ९.साना किसान विकास बैंकः बोनस शेयर २५ प्रतिशत, नगद लाभांश १.३१६ प्रतिशत १०.आरएसडिसी लघुवित्त वित्तीय संस्थाः बोनस शेयर १३ प्रतिशत, नगद लाभांश ०.६८ प्रतिशत ११.नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडः बोनस शेयर २० प्रतिशत, नगद लाभांश १५ प्रतिशत १२.लक्ष्मी लघुवित्त वित्तीय संस्थाः बोनस शेयर १० प्रतिशत, नगद लाभांश १६.३२ प्रतिशत १३.समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडः बोनस शेयर २० प्रतिशत, नगद लाभांश ११.५८ प्रतिशत १४.वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडः बोनस शेयर २० प्रतिशत, नगद लाभांश १.१०८ प्रतिशत १५.निर्धन उत्थान बैंकः बोनस शेयर ६६.६७ प्रतिशत, नगद लाभांश १४.०४ प्रतिशत म्युचल फन्ड कम्पनी समूहः १.एनएमबि सुभल इन्भेष्टमेण्ट फण्ड १स् नगद लाभांश २१.०५६३ प्रतिशत २.सिद्धार्थ लगानी वृद्धि ओरियन्टेड स्कीमः नगद लाभांश २५ प्रतिशत हाइड्रोपावर समूहः १.अरुण भ्याली हाइड्रोपावर लिमिटेडः बोनस शेयर १० प्रतिशत, नगद लाभांश ०.५३ २.ङादी ग्रुप कम्पनी लिमिटेडः बोनस शेयर १० प्रतिशत, नगद लाभांश ०.५३ प्रतिशत ३.रिडी हाइड्रोपावरः बोनस शेयर ६ प्रतिशत, नगद लाभांश ०.३१५७ नागरिक लगानी कोषः बोनस शेयर २१.८५ प्रतिशत, नगद लाभांश १.१५ प्रतिशत युनिलिभर नेपालः नगद लाभांश रु.११०० तथा विशेष लाभांश रु.१७० गरी रु.१२७० -दैनिकि न्युजबाट

आयल निगमका खड्काको अर्को बदमासीः हवाई ईन्धनमा तीन करोड घोटाला

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई ईन्धन बिक्रीमा निगमलाई बार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्यायभार परेको तथ्य भेटिएको छ । खड्काले ईन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको हो । दुई बर्षको अवधिमा निगमलाई करिब ६ करोड रुपैयाँ घाटा पुगेको छ । ,  नागरिकमा खबर छ ।

तीन कम्पनीको बोलकबोल गर्ने आइतवार अन्तिम दिन

काठमाडौं, असोज १९ । आइतवार तीन कम्पनीहरुको बोलकबोलद्धारा लिलामीमा शेयर खरीद गर्ने अन्तिम मिति रहेको छ । आइतवार बोलकबोल द्धारा खरीद शेयर खरीद गर्ने कम्पनीहरुमा कामना सेवा विकास बैङ्क, गोर्खाज फाइनान्स लिमिटेड र सनराइज बैङ्क लिमिटेड रहेको छ । गोर्खाज फाइनान्स लिमिटेडले बोलकबोलद्धारा हकप्रद शेयर असोज ४ गतेदेखि लिलामीमा ल्याएको थियो । कम्पनीले संस्थापक समूहतर्फको ४ लाख २४ हजार ४ सय २० कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले न्यूनतम प्रति शेयर मूल्य रू.सय तोकेको हुँदा सोभन्दा बढी मूल्य अङ्कित गरि बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीले शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता र अधिकतमको लागि भने कुनै हद नराखेको जानकारी दिएको छ सनराइज बैङ्क लिमिटेडले ७ लाख १० हजार ७ सय ४३ कित्ता शेयर बोलकबोलद्धारा असोज ८ गतेदेखि विक्री गरेको छ । बैङ्कले संस्थापक तर्फको ७२ हजार ६ सय १२ कित्ता र सर्वसाधारण समूह तर्फको ६ लाख ३८ हजार १ सय ३१ कित्ता शेयर लिलामद्धारा विक्री गरेको हो । बैङ्कले न्यूनतम प्रति शेयर रू। सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अङ्कित गरि बोलकबोल गर्नु गर्ने बताएको छ । आवेदकहरुले बोलपत्र पेश गर्दा संस्थापक तर्फको न्यूनतम १ हजार कित्ता, अधिकतममा पूरा आवेदन दिन पाउने र सर्वसाधारण समूहको न्यूनतम १ सय कित्ता र अधिकतममा पूरा कित्ताको लागि आवेदन दिन पाउने रहेको छ । कामना सेवा विकास बैङ्क लिमिटेडको ४५ हजार ४ सय ८७ दशमलव ६० कित्ता हकप्रद शेयर असोज १६ गतेदेखि लिलाम विक्री गरेको छ । बैङ्कले संस्थापक समूह तर्फ २७ हजार १ सय २० दशमलव ३४ कित्ता र सर्वसाधारण समूह तर्फ १८ हजार ३ सय ६७ कित्ताको लागी शिलबन्दी बोलपत्र आह्वान गरेको हो । शेयरको न्यूनतम मूल्य प्रति शेयर रू। सय तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको शेयर खरीदको लागी बोलकबोल गर्दा संस्थापक समूहको लागी न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहको लागी १ सय कित्ता लागी आवेदन दिन सक्नेछ । अभियानबाट साभार

नेप्सेको महाप्रबन्धकमा साउदसहित ३ जना छनौट

काठमाडौं असोज १९ । शेयर बजारको नियमन गर्ने निकाय नेप्सको महाप्रबन्धक पदमा तीन जना छनोटमा परेका छन् । अर्थ मन्त्रालयले नेप्सेको महाप्रबन्धक पदका लागि तीन उम्मेदवारको नाम छनौट गरेको हो । मन्त्रालयको असोज १८ गतेको सूचना अनुसार प्राप्त आवेदकहरुमध्ये चन्द्रसिंह साउद, प्रमोद राज शर्मा र मनोज कुमार ज्ञवाली छनौटमा परेका हुन् । महाप्रबन्धकका लागि १३ आवेदकहरु रहेका थिए । शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षण गरी पाँच उम्मेदवार अन्तरवार्ता कार्यक्रमका लागि चयन गरिएको थियो । प्रविन पन्दाक र सीताराम थपलिया अन्तर्वार्ताबाट वाहिरिएका छन्।

वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु

रामपुर, पाल्पा १९ । असोज अन्नबाली र तरकारी खेती लगाएर उत्पादन जति सबै वन्यजन्तुले नष्ट गर्न थालेपछि मस्याम पाल्पाकी गोमा भण्डारीले अहिले व्यावसायिकरूपले कागती खेती शुरु गरेको छ । वर्षैपिच्छे बारीमा लगाएको तरकारी, अन्नबाली उत्पादन हुन थालेपछि वन्यजन्तुले सखापै पारिदिँदा मनमा सधैँ पीडा बोकेर बसेकी भण्डारीले अहिले कागती खेती शुरु गरेपछि अहिले उहाँ वन्यजन्तुको तनावबाट मुक्त हुनाका साथै राम्रो आम्दानी पनि गर्न थालेको छ । भण्डारीले आजभन्दा चार वर्ष पहिले १० बोट कागतीबाट व्यवसाय शुरु गर्नुभएको हो । वर्षैपिच्छे व्यवसाय बढाउँदै गएपछि अहिले उनले बारीमा चार सय बोट कागती लगाएको र यसलाई बढाएर पाँच सय बोट पु¥याउने लक्ष्य लिएको छ । भण्डारीले १५० बोट कागतीबाट झण्डै रू एक लाख ५० हजार बराबरको आम्दानी गरेको बताए । घरबाटै प्रतिकेजी सयमा धमाधम कागती बिक्री भइरहँदा उहाँ आफँै व्यवसायमा दङ्ग परेको छ । सबै बोट उत्पादनशील भएपछि वार्षिक रू २० लाखसम्म आम्दानी लिन सकिने उनको भनाइ छ । “विगतमा बारीभरि नै तरकारी, अन्नबाली, गेडागुडी लगायो, एक पाथी पनि स्याहार्नै पाइँदैनथ्यो, सबै बाँदर, दुम्सी, खरायो, मृगले खाएर सताउँथ्यो”, उनले भने, “बालीनाली लगाएपछि दिनरात बारीमै कुरेर बस्नुपथ्र्यो, अहिले कागती लगाएपछि वन्यजन्तुको डर पनि छैन आम्दानी पनि भइराखेको छ ।” उनीमात्रै होइन गाउँका झण्डै २० कृषकले व्यावसायिकरूपमा कागती खेती शुरु गरेका छन् । कागतीको बजार मूल्य राम्रो भएपछि यहाँका कृषकले व्यावसायिकरूपमा कागती खेती शुरु गरेका हुन् ।

रोल्पाली कृषक आधुनिक बाख्रापालनतर्फ आकर्षित

रोल्पा, असोज १९ । परम्परागतरूपले निर्वाहमुखी पशुपालन गर्दै आएका रोल्पाली कृषक बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक बाख्रापालनसँगै उनीहरूको आम्दानीमा पनि वृद्धि हुन थालेको छ । जिल्ला पशु सेवा कार्यालयले जिल्लाका विभिन्न स्थानमा ८१ वटा वयर जातका बोका भित्रिएको जनाएको छ । अस्ट्रेलियाबाट खरिद गरी ल्याइएका ती बोकाको बजार मूल्य डेढ लाखदेखि दुई लाखसम्म पर्ने वरिष्ठ पशु विकास अधिकृत डा गान्धीराज उपाध्यायले बताए । स्थानीय जातका बाख्रामा नस्ल सुधार गरी उत्पादकत्व बढाउने तथा बोका बिक्री गरी आयआर्जन गर्ने उद्देश्यका साथ ती बोका भित्र्याइएको उहाँले जानकारी दिए । एउटा वयर जातको बोकाबाट ५० किलोभन्दा बढी मासु उत्पादन हँुदै आएको सम्बद्ध कृषकले बताएका छन् । प्रतिकिलो रु ८०० सम्म मूल्य रहेको सो जातको बोकाको मासु स्वादिष्ट र खँदिलो हुने हँुदा बजारको समस्या नभएको कृषक बिना केसीले बताए । उनका अनुसार वयर जातको बोकाको क्रसबाट स्थानीय बाख्राले समेत तीन वटासम्म पाठापाठी जन्माउने गरेको र ती पाठापाठी पाँच महिना पछि रू १८ हजारमा बिक्री हुने गरेको छ । स्थानीय जातका बाख्रामा नस्ल सुधार गरी बढीभन्दा वढी आम्दानी गर्न कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ जिल्ला पशु सेवा कार्यालयले यस्तो कार्यक्रम गरिरहेको पशु चिकित्सक नीमबहादुर सिंहले बताए । खाद्य सुरक्षा परियोजनाअन्तर्गत जिल्लामा ७१ वटा बाख्रापालन समूह, पाँचवटा भैँसीपालन समूह, दुईवटा डेरी र २४ वटा नमूना बगैँचा कार्यक्रम सञ्चालनमा रहेका छन् । साबिकका लिवाङ, गजुल, जंकोट, वडाचौर, जैमाकसला, कोर्चवाङ, घर्तीगाउँ, जुगार, गैरीगाउँ र बुढागाउँ गाविसमा उक्त कार्यालयले खाद्य सुरक्षा कार्यक्रम कार्यान्वयन गरिरहेको कार्यक्रमका जिल्ला प्राविधिक अधिकृत विजय देवकोटाले जानकारी दिए ।