सेवाग्राहीलाई गर्ने व्यवहार सुधार्न सरकारी कर्मचारीलाई उपप्रधानमन्त्री पौडेल निर्देशन
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
बुधबार ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम समापनलाई पौडेलले सबै सेवाग्राहीप्रति समान व्यवहार गर्दै कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।
उनले सेवाग्राहीप्रति समान व्यवहारबाट चुक्ने गरेको गुनासो आउने गरेको भन्दै यसमा राष्ट्रसेवक कर्मचारीले विशेष ध्यान दिनुपर्ने बताए ।
पौडेलले आफूलाई असल राष्ट्रसेवक कर्मचारी प्रमाणित गर्न पनि मैत्रीपूर्ण काम गर्नुपर्नेमा जोड दिएका छन् ।
निजामती कर्मचारीहरूले काम गर्दा कानुनसँग बाझिएको छ वा छैन भन्ने ख्याल गर्नुपर्ने समेत उनले बताएका छन् ।
पौडलले सरुवा–बढुवाका लागि राजनीतिक दल वा मन्त्रीहरूको भनसुनबाट मुक्त हुन पनि कर्मचारीलाई निर्देशन दिए ।
यस्ता छन् २२ र २३ गतेको मन्त्रिपरिषद् बैठकका १४ निर्णय
काठमाडौँ ।सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका विभिन्न १४ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले २२ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकले १४ वटा निर्णय गरेको जानकारी दिए । मन्त्री गुरुङले नुवाकोटको शिवपुरी गाउँपालिकाको सूर्यचौरमा एयर डाइनेष्टि हेलिकोप्टर दुर्घटना भएकाले सोको जाँच गरी कान सुरु गरेको मितिले ३० दिनभित्र सिफारिससहितको प्रतिवेदन पेस गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय बैठकले गरेको बताए । त्यसैगरी नेपाली सेनाका एक जना सहायक रथीलाई उपरथी पदमा, चार जना महासेनानीलाई सहायक रथी पदमा, एक जना प्रमुख सेनानीलाई महासेनानी पदमा र एक जना आक्टिङ महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय
प्रहरीका २६३ जना कार्यालय सहयोगीको सरूवा (सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले २६३ कार्यालय सहयोगीको सरुवा गरेको छ । बुधबार (हिजो) उनीहरूको सरुवा गरिएको हो । “आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकोले मिति २०८१ साल श्रावण महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी निम्न दरबन्दीका प्रहरी कार्यालय सहयोगीहरूलाई देहायबमोजिम सरुवा गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाइदिनहुन अनुरोध गरिएको छ,” प्रहरी प्रधान कार्यालयबाट राष्ट्रिय किताबखाना (प्रहरी)लाई लेखिएको पत्रमा उल्लेख छ। सरुवा सूची हेर्नोस्
यस्तो छ समानुपातिक कोटाबारे सर्वोच्चको निर्देशनात्मक आदेश (पूर्णपाठ)
काठमाडौं । सर्वोच्च अदालतले वि.सं.२०८४ मा हुने आम चुनावअघि निर्वाचनसम्बन्धी कानूनहरू पुनरावलोकन गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ। वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपाने समेतले हाल समानुपातिक निर्वाचनबाट संसद्मा पुगेका ११० सांसदहरूको नियुक्ति बदर माग गर्दै दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले निर्देशनात्मक आदेश दिएको हो । अधिवक्ता न्यौपानेले रिटमा हालका ११० जना समानुपातिक सांसदहरू आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछि परेका नभई आर्थिक रूपले सम्पन्न, उच्च शिक्षा हासिल गरेका, पटकपटक सांसद मन्त्री भएका, उच्च सामाजिक अवस्था भएका व्यक्तिहरू रहेकाले उनीहरूको नियुक्ति बदर गर्न गरेका थिए। सर्वोच्चले पछि परेको वर्गलाई निर्वाचित पदमा पुर्याउनेगरी सबै तहका निर्वाचन सम्बन्धी कानून पुनरावलोकन गर्न निर्देशनात्मक आदेश जारी गरेको हो। यस्तो छ आदेशको पूर्णपाठ
यी हुन् मन्त्रिपरिषद्का निर्णय
काठमाडौं । सरकारले नेपाल न्याय सेवा कानुन समूहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत आलोकचन्द्र श्रेष्ठ, परासर ढुंगानालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा र ढुंगानालाई नेपाल कानुन आयोगमा पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यस्तै, सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीलाई नेपाल प्रहरीको जनपद प्रहरीतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ । नेपाल प्रहरीतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरोमा, श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा, किरण बज्राचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरेको छ । एआईजीमा बढुवा भएका रामदत्त जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्सालमा सरुवा गरेको छ ।
परराष्ट्रसचिव लम्साल सोमबार ओमान जाने
काठमाडौं । परराष्ट्रसचिव सेवा लम्साल सोमबार (भोलि) ओमान जाने भएकी छन्। नेपाल र ओमानबीच हुन गइरहेको द्विपक्षीय परामर्श समितिको पहिलो बैठकमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ जान लागेकी हुन्। नेपाल–ओमान द्विपक्षीय परामर्श समितिको बैठक यही साउन २३ गते ओमानको मस्कटमा हुँदै छ।ओमान भ्रमणमा क्रममा परराष्ट्रसचिव लम्साल मस्कटमा विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रसचिव लम्साल साउन २५ गते ओमानबाट स्वदेश फर्कनेछिन् ।
मन्त्रीका सहयोगीको रुपमा काम गर्न राज्यमन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रीलाई सघाएर परिणाम आउने गरी काम गर्न नवनियुक्त राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नवनियुक्त तीन राज्यमन्त्रीको सपथ ग्रहण समारोहमा बधाई तथा शुभकामना दिदै प्रधानमन्त्री ओलीले राज्यमन्त्रीमो मूख्य काम सम्बन्धीत मन्त्रीहरुलाई सहयोग गर्ने भएकाले रचनात्मक भई आफ्नो कार्यक्षेत्रको सदुपयोग गर्न आग्रह गरे। प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरुले पनि राज्यमन्त्रीलाई आवश्यक जिम्मेवारी दिने र परिणाम निकाल्ने विषयमा ध्यान भने । अहिलेको विषम परिस्थितिलाई अनुकूलस्थितितर्फ लैजनाका लागि आफूहरु प्रयत्नरत रहेको बताउदैँ प्रधानमन्त्री ओलीले नवनियुक्त राज्यमन्त्रीलाई गलत मान्छेहरुको संगत र उनीहरुको प्रलोभनमा नपर्न सचेत गराए। उनले राज्यमन्त्रीहरुले मन्त्रालयसँग सम्बन्धित सबै विषयमा विस्तृत अध्ययन गरेर सूचनाको भण्डारकका रुपमा रहन र मन्त्रीहरुलाई सहयोग गर्न पनि आग्रह गरे। यसैगरी प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारणले खतरा हुने भएकोले भण्डारणलाई अन्यत्र स्थानान्तरण गर्न पनि सम्बन्धित मन्त्री र राज्यमन्त्रीलाई निर्देशन दिए।
राष्ट्रिय सुरक्षा सल्लाहकारबाट बैरागीले दिए राजीनामा
काठमाडौं। राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साउन ९ गते नै राजीनामा बुझाएका थिए। पूर्व मुख्यसचिव वैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए। वैरागीले मुख्य सचिवको कार्यकाल केही महिना बाँकी छँदा बैकुठ अर्याललाई मुख्यसचिव बनाउने बाटो खोल्दै राजीनामा दिएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा सल्लाहकार पद नराख्ने मनसाय व्यक्त गरेपछि उनलाई राजदूतको रुपमा अघि सार्ने आश्वासन प्राप्त भएको थियो । त्यसको आधारमा बैरागीले साउन ९ गते राजीनामा बुझाएका थिए ।तर १९ जना राजदूतको नाम सिफारिस हुँदा उनी परेनन्। बैरागीले आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्।
एआईजीपी ज्ञवालीमाथि छानबिन, सीआईबी प्रमुख फेर्ने प्रपञ्च
काठमाडौँ ।प्रहरी महानिरीक्षक मातहत रहेका विभिन्न निकायमध्ये एक निकाय हो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) । तर सरकार बदलिएको केहि समयमै सीआईबी प्रमुख भएका श्याम ज्ञवालीमाथि नै अनुसन्धानको गर्न लागिएको छ । उनले आफ्नो पद मात्र होइन, प्रहरी शक्तिको दुरुपयोग गरेको भन्दै संगठनभित्रैबाट छानबिन सुरु गरिएको हाे । केही समय अघि श्यामलाल ज्ञवालीलाई सीआईबी प्रमुखको साँचो सुम्पेका प्रहरी महानिरीक्षक (आईजीपी)बसन्तबहादुर कुँवरको निर्देशनमा सरकार परिर्वतन हुनासाथ प्रशासन विभागमा कार्यरत एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन गर्न समिति गठन गरेका हुन् । प्रहरी प्रधान कार्यालयको यो कदमलाई आम जनता र सुरक्षा मामला सम्बन्धि जानकारहरुले गम्भिरतापूर्वक लिएका छन् ।एआईजीपी राईको नेतृत्वमा ५ जनाको छानबिन समिति बनाइएको स्रोतको भनाई छ। एआईजी ज्ञवालीमाथि प्रहरीको उजुरी छानबिन निर्देशनालयमा उजुरी परेकाले छानबिनका लागि समिति गठन गरिएको बताइएकाे छ । उनी माथिको अनुसन्धान अघिल्लो सरकारले जिम्मा दिएका प्रहरी अधिकारीमाथि नयाँ सरकारको टार्गेट हो कि ज्ञावाली दोषी नै हुन् खुल्दै जाला तर सरकार परिर्वतन हुनासाथ अघिल्लो सरकारका समयमा जिम्मेवारी पाएका प्रशासकमाथि अनुसन्धान अघि बढाइनुलाई अधिकांश जनताले संकाको नजरले हेरेका छन् ।यसलाई धेरैले सीआईबी प्रमुख फेर्ने प्रपञ्चको रुपमा पुझेका छन् ।
माओवादी र समाजवादीका प्रदेश प्रमुख हटाएर कांग्रेस-एमालेका नियुक्त
काठमाडौं । सरकारले तीनवटा प्रदेशका प्रदेश प्रमुख हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार बागमतीमा दीपक देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखको रुपमा नियुक्त गरिएको छ । कञ्चनपुरका जोशी कांग्रेसका केन्द्रीय सदस्य हुन् । भने कैलालीका देवकोटा एमाले, रोल्पाका घर्ती कांग्रेस नेता हुन् । यसअघि माओवादी अध्यक्षत पुष्प कमल दाहाल नेतृत्वको सरकारले बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियारलाई प्रदेश प्रमुखको रुपमा नियुक्त गरेको थियो ।
एकैपटक २२ जना सचिवको सरूवा, अर्थमा रामप्रसाद घिमिरे
काठमाडौं । सरकारले २२ जना सचिवहरुको एकैपटक सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ । अर्थ सचिवको रुपमा कार्यरत मधु मरासिनीलाई उपराष्ट्रपतिको कार्यलयमा सरुवा गरिएको छ । स्रोतका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरेलाई अर्थ मन्त्रालयको राजश्व सचिवमा सरुवा गरिएको छ । यता श्रम मन्त्रालयमा कार्यरत सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।
साउन १० गतेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक, यी हुन् ११ निर्णय
काठमाडौँ। सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम–पहिलो चरणअन्तर्गत उपलब्ध १३ अर्ब ३३ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सोमबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्पीसुब्बा गुरुङले उक्त कार्यक्रम पहिलो चरणअन्तर्गत उपलब्ध हुने ७४.६ मिलियन एसडिआर आर्थत् १०० मिलियन अमेरिकी डलर (करिब १३ अर्ब ३३ करोड नेपाली रुपियाँ)बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको जानकारी दिए। यसैगरी, राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा प्रा.डा. शिवराज अधिकारी, सदस्यहरु प्रा.डा. रामपदारथ विच्छा, डा.रमेशप्रसाद सिंह, डा.प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौड्याल अधिकारी, डा.जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ। यी हुन् निर्णय
प्रधानमन्त्री ओलीसँग सचिवहरूको ब्रिफिङ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न मन्त्रालयका सचिवहरूले ब्रिफिङ सुरु गरेका छन्। आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र सचिवहरूबिच छलफल सुरु भएको हो। बैठकमा उपप्रधानमन्त्री, मन्त्री, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरू सहभागी रहेका छन्।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारी र सदस्यहरूले लिए शपथ
काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष शिवराज अधिकारी र सदस्यहरूले शपथ लिएका छन् ।शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाल्पाका अधिकारीलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो । यस्तै उपाध्यक्ष अधिकारीले अन्य सदस्यलाई शपथ गराएका छन् । आयोगको सदस्यमा आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन र गंगादत्त अवस्थी नियुक्त भएका थिए ।
पूर्वाग्रह राखि गरिएका अन्यापूर्ण सरूवा सच्याउन माग
काठमाडौं । राजनीतिक पहुच नभएका कर्मचारीलाई ऐन, कानून विपरित पूर्वाग्रह राखि अन्यायपूर्ण ढंगले सरुवा नगन नेपाल राष्ट्रिय कर्मचारी संगठनले आग्रह गरेको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले शुक्रबार (आज) संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलालाई ज्ञापनपत्र पेश गर्दै सो आग्रह गरेका हुन् । सरकारको नेतृत्व परिवर्तन हुने बित्तिकै विगत एक साता देखि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका निकायहरुवाट वैचारिक आस्थाको आधारमा निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५० विपरित सेवा अवधि नपुगेका कर्मचारीको पूर्वााग्रह राखि सरुवा गर्ने कामले कर्मचारी तन्त्रमा नराम्रो असर गर्ने अध्यक्ष भट्टद्धारा प्रेतित ज्ञापनपत्रमा उल्लेख छ । साथै राजनीतिक पहुँच नभएका कर्मचारीलाई ऐन, कानून विपरित पूर्वाग्रह राखि अन्यायपूर्ण ढंगले गरिएका सरुवा सम्वन्धि काम कारवाही यथाशिघ्र सच्याउन माग समेत गरेको छ । संघिय निजामती सेवा ऐन जारी हुन नसकिरहेको संक्रमणकालिन अवस्थामा स्थानीय तहको पहिलो ढोकामा वसेर सेवा प्रवाह गरिरहेका कर्मचारी दोहोरो सहमती साथ प्रकृया पुर्याई दिएका हजारौं सरुवा निवेदनहरू यथास्थितिमा रहेकोले यथाशिघ्र सरुवा सम्बन्धी मापदण्ड बनाई उक्त निवेदनमा माग बमोजिम सरुवा व्यवस्थापन गर्न समेत संगठनले माग गरेको छ । यस्तो छ ज्ञापनपत्र
योजना आयोगको उपाध्यक्षमा अधिकारी, हुन् सद्स्य
काठमाडौं ।नयाँ बनेको सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षसहित सदस्यहरुको नियुक्ति गरेको छ । सरकारले उपाध्यक्षमा पाल्ला जिल्ला निवासी शिवराज अधिकारी नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । त्रिविको अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा एमाले कोटाबाट चार महिना सदस्य बनेका थिए । त्यस्तै मन्त्रिपरिषद्ले सदस्यहरूमा आरती मिसार (महोत्तरी), रमेश प्रसाद सिंह (धनुषा) , प्रकाशकुमार सिंह (अर्घाखाँची), गीताकुमारी पौडेल अधिकारी (झापा), डा. जय बहादुर टन्डन (अर्घाखाँची) र गंगादत्त अवस्थी (दार्चुला)लाई नियुक्त गरेको छ ।

