वायुप्रदूषणबाट स्वास्थ्यमा पर्ने असर कम गर्न भिटामिन ‘बी’ प्रभावकारी हुने
काठमाडौं, चैत २ । विश्वभर बढ्दै गएको वायु प्रदूषणबाट हुने हानिलाई कम गर्न भिटामिन ‘बी’ प्रभावकारी हुने एक अनुसन्धानले देखाएको छ ।
कोलम्बिया विश्वविद्यालयको मेलम्यान जनस्वास्थ्य स्कुलले अध्ययनपत्र सार्वजनिक गर्दै वायुप्रदूषणबाट स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई कम गर्न भिटामिन ‘बी’ प्रभावकारी हुने तथ्य सार्वजनिक गरेकोे हो ।
अध्ययनको नेतृत्व गरेकी जीयाझोंगकाअनुसार भिटामिन ‘बी’ मा हुने फोलिक एसीड, भिटामिन बी–६ र बी–१२ लेसमेत वायुप्रदूषणबाट पर्ने प्रभावलाई कम गर्दछ । अध्ययनअनुसार वातावरण प्रदूषणले विशेषगरी मानवीय ‘जीन’ परिवर्तन गरिदिने डीएनए मेथैलेसन, मुटु तथा नसासम्बन्धी रोग र क्यान्सरजस्ता गम्भीर स्वास्थ्य समस्या देखिन्छ ।
झोंगले वातावरण प्रदूषणले धेरै स्वास्थ्य समस्याहरु देखिने बताउँदै यसबाट जोगिन प्रदूषणबाट जोगिनुपर्ने र व्यक्तिगतरुपमै रोग लाग्न नदिन सचेत हुनुपर्ने अध्ययनमा उल्लेख गरेकी छन् । उनले भनिन्–‘हाम्रो अध्ययनले वायु प्रदूषणबाट हुने गम्भीर प्रकारका रोगहरु विशेषगरी जीन परिवर्तन गरिदिने डीएनए मेथैलेसन, मुटु तथा नसासम्बन्धी रोग र क्यान्सरबाट जोगिन नियमित भिटामिन बी प्रयाप्त खानुपर्ने सल्लाह दिन्छौं ।’
अध्ययनकर्ताहरुले परीक्षणको लागि १० जना सहभागीहरुलाई दैनिक भिटामिन बी, बी–६ र बी–१२ (२.५ मिलिग्रामफोलिक एसिड) खुवाइएको थियो ।
चार हप्ताको परीक्षणपछि नतिजामा भिटामिन बी खाएका व्यक्तिको तुलनामा नखाएकेलाई ७६ प्रतिशतले वायु प्रदूषणको जोखिम कम भएको अध्ययनमा उल्लेख छ । झोंगले अध्ययनको निस्कर्ष भिटामिन बी सिधै सेवन नगरी भिटामिन ‘बी’ प्राप्त हुने खानेकुरा बढी सेवन गर्नुपर्ने बताएकी छन् ।
उनले भनिन्–‘हामी कसैलाई पनि सिधै भिटामिन बी चक्की खान सल्लाह दिँदैनौं, तर भिटामिन ‘बी’ प्राप्त हुने खानेकुरा भने दैनिक प्रशस्त खान आग्रह गर्छौं ।’
अध्ययनका लेखक तथा मेलम्यान स्कुलका वतावरणीय स्वास्थ्य विज्ञान प्रमुख प्राध्यापक एन्डे«य बक्केयरल्लीले अझैपनि विश्वभर ठूला–ठूला सहरहरुमा वायु प्रदूषणको समस्या बढ्दै जानु दुर्भाग्यपुर्ण भएको बताए ।
उनले भने– ‘वायुप्रदूषणबाट बच्न प्रदूषणको नियन्त्रण तथा उचित विर्सजन गर्नुपर्छ र ती क्षेत्रमा बसोबास गर्ने मानिसहरुले प्रशस्त भिटामिन बी प्राप्त हुने खानेकुराको सेवन गर्नुपर्दछ ।’
सो अध्ययनमा अनुसन्धाताको रुपमा हार्वड टी एचचान जनस्वास्थ्य स्कुल स्वीडेन, चीन, सिंगापुर, मेक्सिको र क्यानडाका चिकित्सकहरु संलग्न थिए ।
यस अध्ययनलाई अमेरिकाको नेसनल एकेडेमी अफ साइन्सेस जर्नलमा प्रकाशित गरिएको छ ।
महिनावारीमा सेक्स ?
फागुन १९ । महिलाहरुको महिनावारीको बेला यौनसम्पर्क कायम राख्ने कुरामा कतिपय तपाई हामीले नाक खुम्च्याउँछौं । हिन्दू मान्यताहरुमा त महिनाबारीका ४ दिन अशुद्ध मानिन्छन् । त्यसो त यौनसम्पर्क भनेको शारीरिक भन्दा पनि बढी मानसिक क्रिया हो । त्यसैले महिनावारीलाई हेर्ने दृष्टिकोणका आधारमा यो बेला सेक्स गर्ने या नगर्ने भन्ने कुराको निधो हुन्छ । तर स्वास्थ्यका दृष्टिमा भने महिनावारीको बेला सुरक्षा अपनाएर यौनसम्पर्क कायम गरियो भने यसले हानी गर्दैन । महिनावारीको बेला अशुद्ध रगत बग्ने भएकाले संक्रमणको जोखिम भने नहुने होइन । त्यसैले साधन प्रयोग गरेर यौनसम्पर्क गर्नुपर्ने कुरामा चिकित्सकहरुले जोड दिएका हुन्छन् । सुरक्षित तरिकाले सेक्स गरियो भने महिनावारी भएको बेला सेक्स गर्दा कुनै पनि प्रकारको हानि भने हुँदैन । अझ महिनावारीको समय सेक्स गर्न अभ्यस्त जोडीहरूका अनुसार यतिबेलाको सेक्स अझ बढी आनन्ददायी हुन्छ । मेडिकल साइन्सका अनुसार महिनावारी भएको बेला सम्भोग गर्दा कुनै हानि हुँदैन । तर, महिलाले अत्यधिक दुखाइ महसुस गरेकी छिन्, रगत धेरै मात्रामा बगेको छ र कुनै संक्रमण भएको छ भने सम्भोग नगर्नु राम्रो हुन्छ । कति पुरुष भने रजस्वला भएको बेला महिलाको योनीमा रगत हुने हुँदा फोहर पनि महसुस गर्छन् । यस बेला सम्भोग गर्न सहज मान्ने, नमान्ने दुवैको चाहनामा भर पर्दछ । यस्तो बेलाको यौन सम्बन्धले आनन्द नआउने कुनै कारण छैन । सामान्यतया महिनावारी भएको बेलामा गरिएको यौन सम्बन्धले स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यस्तो बेलामा गहन सम्भोग गरियो भने इन्डोर्फिन नामक हर्मोन सक्रिय हुन्छ, जसले महिलाको महिनावारीबाट भएको पीडालाई तुरुन्त कम गर्छ । अमेरिकामा हालै गरिएको अनुसन्धानअनुसार महिनावारीको बेला सम्भोग गर्दा महिनावारीको समय पनि कम हुने प्रतिवेदन सार्वजनिक गरेको छ । चरम यौन आनन्दमा महिनावारीको रगत छिटो योनीबाट बाहिर निस्कने हुँदा अरू बेलाको भन्दा महिनावारीको समय छोट्टिने जानकारी दिइएको छ ।
दुधमा एक चम्चा बेसार राखेर पिउने गर्नाले ग्याष्ट्रिक र अल्सरको उपचार
माघ १७ । आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ । यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ । त्यस्तै दुधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ । यसले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्दछ । यदि बेसार र दुधलाई मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई यी फाइदा हुन्छन्ः दैनिकरुपमा एक गिलास दुधमा आधा चम्चा बेसार मिसाएर खाँदा प्रयाप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । जसका कारण गर्दा हड्डी स्वस्थ तथा मजबुत हुन्छ । बेसार र दुध मिसाएर खाँदा शरीरका जोर्नी दुख्ने समस्या पनि हट्छ । दुध र बेसारको प्रयोगले हाम्रो शरीरमा भएका हानिकारक तत्व बाहिर निस्कन्छन् । विशेषगरी रगतमा भएको हानिकारक तत्व तथा कलेजोलाई सफा राख्न बेसार र दुधले सहयोग गर्दछ । बेसार हालेको दुध खाने हो भने क्यान्सरका कारण मानव कोषमा भएको डिएनएमा पर्ने असर वा हानीलाई रोक्दछ भन्ने एउटा अध्ययनले देखाएको छ । यस बाहेक क्यान्सर उपचारमा प्रयोग गरिने केमोथेरापी प्रविधिको साइड इफेक्टलाई कम गर्दछ । दुध र बेसार सेवनले कान दुख्ने समस्या पनि समाधान हुन्छ । शरीरमा रक्त सञ्चारलाई बढाएर कान दुख्ने पीडा कम हुने गर्दछ । अनुहारलाई चम्किलो बनाउन बेसार तथा दुधले सहयोग गर्दछ । बेसारमा दुध मिलाएर अनुहारमा लगाउने हो भने छाला चम्किलो हुन्छ । आयुर्वेद अनुसार बेसार प्रयोग गर्ने हो भने हाम्रो रगत सफा हुन्छ । यसले रक्त सञ्चारलाई मजबुत बनाउनुका साथै रक्तनलीलाई सफा राख्दछ । यसबाहेक रगत पातलो बनाउन पनि सहयोग गर्दछ । दैनिक एक गिलास दुधमा आधा चम्मा बेसार मिलाएर पिउने हो भने शरीरमा भएको अनावश्यक बोशो कम हुन्छ । यस कारण मोटोपन घटाउन पनि बेसार र दुध प्रयोग गर्न सकिन्छ । छालासम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउनका लागि बेसार हालेको दुध उपयोगी मानिन्छ । दुध र बेसार मिलाएर सेवन गर्ने हो भने पेटसम्बन्धी विभिन्न रोग निको हुन्छन् । पखला लाग्ने, पेट दुख्ने, ग्याष्ट्रिक तथा अल्सर जस्ता समस्याबाट पीडित बिरामीलाई बेसार अमृत समान मानिन्छ । महिनावारी भएको बेलामा पेट दुख्ने समस्याबाट मुक्त हुन बेसार र दुध प्रयोग गर्न सकिन्छ । साथै गर्भवती अवस्थामा रगत बग्ने समस्यालाई पनि कम गर्दछ । सुत्केरी भएपछि सामान्य अवस्थामा छीटो फर्कन पनि दुध तथा बेसारले सहयोग गर्द छ । चिसोका कारण रुघाखोकी लाग्ने मानिसले बेसार तथा दुध मिसाएर खाने हो भने चाँडो निको हुन्छ ।
महिलाले कसरी गर्छन हस्तमैथुन ?
हाम्रो समाजका धेरैजसो मानिसले महिलाहरू हस्तमैथुन गर्दैनन् भन्ने मान्छन्, तर वास्तविकता त्यस्तो होइन । महिलाहरूले पनि हस्तमैथुन गर्छन् । एक अध्ययनअनुसार ८२ प्रतिशत महिलाले हस्तमैथुन गरेको अनुभव भएको बताएका छन् । महिलाले कसरी हस्तमैथुन गर्छन् ? योनिलाई नै महिलाको प्रमुख यौनअङ्ग मानिन्छ । महिलाहरूमा योनिबाहेक अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले संवेदनशील हुन्छन् । जस्तै कि भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगांकुर, स्तन । त्यसबाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म (छाला) लाई यौन अङ्गका रूपमा नलिइए पनि हामीले प्राप्त गर्ने धेरैजसो यौनसुख यिनै अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं । जाँध, तिघ्राको भित्री भाग, घाँटी, काखी आदि पनि यौन संवेदनशील हुन सक्छन् । स्पर्शको अनुभूति विभिन्न किसिमको हुन सक्ला, जस्तै कि मर्दन, हल्का स्पर्श, सुमसुम्याई आदि । पुरुषको तुलनामा महिलाहरूको हस्तमैथुन गर्ने तरिकामा बढी विविधता हुन्छ । महिलाहरूले विभिन्न यौनअङ्गलाई प्रयोगमा ल्याई हस्तमैथुन गरेको पाइन्छ । हस्तमैथुनमा यौन परिकल्पना एउटा महत्वपूर्ण पक्ष हो । हस्तमैथुन गर्दा आफूले चाहेअनुरुप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आशनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर थप आनन्द प्राप्त हुन्छ । भगांकुर चलाउनु : भगांकुर चलाउनु वा यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो । यो यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्र हो । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ । चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, बिस्तारै हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सकिन्छ । पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाले विशेष उत्तेजना प्रदान गर्ने उपायका रूपमा लिएका छन् । केही पसाउनु : योनिमा केही पसाएर यौन आनन्द प्राप्त गर्न सकिन्छ । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा त्यो स्वाभाविक रूपमै हुन्छ । त्यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थ प्रयोग गर्न बिर्सनु हुँदैन । त्यसरी पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । यौन प्रसाधनको प्रयोग : भगांकुर होस् वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ । औंला बहुउपयोगी हुने भएकाले नै चाहेअनुरूप दबाब, गति, तरिकामा गर्न सकिन्छ जसले आनन्द थप्छ नै । त्यसबाहेक शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौन आनन्द प्राप्त गर्ने कुरामा सहायक हुन्छन् । अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन् । कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन् । अंग्रेजीमा भ्राइबेटर भनिने यौन प्रसाधन विभिन्न आकार तथा प्रकारमा पाइन्छन् । तुलनात्मक रूपमा यसको प्रयोगले यौन आनन्द प्राप्त गर्न सजिलो भएकाले पनि कैयौं महिलाले यस्ता साधन मन पराएका छन् । केही असर गर्छ कि ? तपाईंले के कुरालाई संकेत गर्नुभएको हो स्पष्ट भएन । हस्तमैथुन एउटा स्वाभाविक प्रक्रिया हो । यौन आनन्द प्राप्त गर्ने उपायहरूमध्ये सबैजसोका लागि यौन संवेदनशी अङ्ग जस्तो यौनअङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्क गर्दा यौन अङ्गहरू एकआपसमा घर्षण गराइन्छन् । मानिसले आफ्नो यौनअङ्गको घर्षण अरू कसैको यौन अङ्गमा गराए मात्र यौन आनन्द प्राप्त हुने होइन । सिद्धान्तत: यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौनअङ्गको घर्षणबाट यौन आनन्द प्राप्त गर्ने प्रक्रिया उस्तै हो । त्यसैले यौनसम्पर्क गर्दा हानि हुँदैन तर हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिल्दैन । यौनसम्पर्क दिनहुँ गर्दा हानि हुँदैन भने हस्तमैथुन गर्दा मात्र हानि हुने कुरै भएन, तर यसलाई प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग । त्यसैले समाजमा अनेकन् मिथ्या धारणा व्याप्त छन् । महिलाको हकमा हस्तमैथुनले योनि खुकुलो हुन्छ कि भन्ने चासो हुने भए पनि त्यसमा सत्यता छैन, त्यसैगरी हस्तमैथुन गर्दा कौमार्य भङ्ग हुन्छ भन्ने कुरालाई पनि सत्य मान्ने आधार छैन, किनभने यो कसैसँग गरिएको यौनसम्पर्क होइन । फाइदा नि ? सर्वप्रथम त हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति प्रदान गर्छ । तनावबाट मुक्त मान्छे बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ । यसरी यौन चाहना शान्त पार्न मद्दत पुर्याउने भएकाले कतिपय यौनअपराध कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, त्यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि जोगाउँछ । अर्को व्यक्तिसँग यौन सम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभी/एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि जोगिने नै भयो । यसले व्यक्तिमा स्वस्थ भएको अनुभूति दिन्छ भने आत्मसम्मान वृद्धि, शरीरको प्रतिविम्ब राम्रो बनाउनेदेखि निद्रालाई समेत सहयोग गर्छ । यसले मानसिक अनि शारीरिक तनाव कम गर्न पनि सहयोग गर्छ । यो कटि प्रदेश र योनिक्षेत्रको मांसपेशीलाई बलियो बनाउन पनि सहयोगी हुन्छ । यी मांसपेशी बलियो हुँदा वयस्क उमेरमा थाहै नपाई पिसाब फुस्कने समस्या कम हुन्छ । नियमित यौनसम्पर्क गरिरहेका व्यक्तिले पनि हस्तमैथुन गर्छन् । कतिपयले महिलाले हस्तमैथुन गर्दा चरमसुख पनि राम्रोसँग प्राप्त गर्ने कुरा उल्लेख गरेका छन् । यौनसम्पर्क गरेर यौन चरमसुख प्राप्त गर्न गाह्रो भएका महिलाहरूका लागि त हस्तमैथुन वरदान नै हो भन्न सकिन्छ । दुवै जना मिलेर कसरी बढीभन्दा बढी यौनआनन्द लिन सकिन्छ भन्ने कुरामा कुराकानी वा छलफल गरेर हस्तमैथुनसहितको विभिन्न यौन क्रियाकलाप गर्दा यौन आनन्द प्राप्त गर्न सहयोग मिल्छ । सामान्यत: यौनेच्छा पूरा भएपछि थप यौनसम्पर्क वा हस्तमैथुन गर्न सकिँदैन । आफ्नो दैनिक जीवनलाई नै असर पार्ने गरी लत बसेको छ भनेचाहिँ चिकित्सकको मद्दत लिनुपर्छ । साप्ताहिकबाट साभार
महिलाहरु पुरुष डाक्टरसँग उपचारका लागि खुल्दैनन्
हेमन्त के सी जाजरकोट, फागुन ११ । यहाँका ग्रामीण क्षेत्रका अधिकांश महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ । जिल्लाका विभिन्न ठाउँमा हुने शिविरमा उपचारका लागि आउने महिला बिरामीहरुको उपचार गर्दा ७० प्रतिशतभन्दा बढी पाठेघर खस्ने रोग भएका महिला रहेको पाइएको छ । केही दिन अघि स्वास्थ्य चौकी लहँमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सेवा लिएका महिलाहरुको ठूलो संख्याका महिलाले पाठेघर खस्ने समस्या भएका महिलाको सहभागिता रहेको चिकित्सक डा जानुका गैरेले जानकारी दिए । शिविरमा पाठेघरका बिरामी, रगत बग्ने, मुत्रनलीमा समस्या भएका, सेतोपानी बग्ने, इमिग्यास्टिक, महिनावारी नहुनेजस्ता बिरामी महिलाको संख्या धेरै भेटियो, डा.गैरेले भने– ‘यो डरलाग्दो अवस्था हो, यस्तो अवस्था अहिलेसम्म अन्य ठाउँमा देखिएको छैन ।’ जनचेतना अभावका कारण गरिने बालविवाह, कम उमेरमा बच्चाको आमा बन्ने, कम जन्मान्तरमा बच्चा जन्माउनुले महिलाहरुमा यस्तो डरलाग्दो समस्या देखा परेको डा.जानुका गैरेको भनाई रहेको छ । गरिबीका कारण गर्भवती तथा सुत्केरी अवस्थामा गह्रौँ भारी बोक्नुुपर्ने बाध्यताले पनि यस्ता रोग लाग्ने डा गैरेले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी, जाजरकोट शाखाको सामुुदायिक स्वास्थ्य र खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रमको आर्थिक सहयोग र क्षेत्रीय स्वास्थ्य कार्यालय, सुर्खेत तथा प्राथमिक स्वास्थ्य केन्द्र दल्लीको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको थियो । स्वास्थ्य शिविरबाट २२५ जना महिलाले स्वास्थ्य जाँच गराएर निःशुल्क सेवा लिएको नेपाल रेडक्रस सोसाइटी, जाजरकोटको सामुुदायिक स्वास्थ्य र खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम जिल्ला संयोजक छवि पन्तले जानकारी दिए । सेवा लिएका महिलाहरुमा लहँ–२ की ६६ वर्षीया तस्बीरा रावल, लहँ–४ की ६१ वर्षीया भक्की वली, लहँ–६ की ४५ वर्षीया नानकली वली र लहँकै ५२ वर्षीया मगी रावलको पाठेघरको शल्यक्रिया नै गर्नुपर्ने अन्तिम अवस्थाका बिरामी फेला परेको संयोजक पन्तले बताए । पन्तले दिएको जानकारीअनुसार ती चारजना महिलालाई नेपाल रेडक्रस सोसाइटी, जाजरकोटकै पहलमा यही फागुन १५ गतेदेखि रुकुमको चौरजहारीमा सञ्चालन हुन गइरहेको पाठेघरसम्बन्धी शल्यक्रिया शिविरमा शल्यक्रिया गरिने भएको छ । गत माघ २२ गते लहँ स्वास्थ्य चौकीमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा यौनाङगबाट रगत बग्ने चारजना, मुत्रनलिमा समस्या भएका ३२ जना तथा सेतोपानी बग्ने ३२ जना, इमिग्यास्टिक ४७ जना, महिनावारी नहुुने तीनजना, लुुतो ३० जना, तल्लो पेट दुुख्ने १० जना, आरइएमका नौजना, पेट दुुख्ने ३६ जना बिरामी फेला परेको संयोजक पन्तले जानकारी दिए । दुईसय २५ जना महिलाले निःशुल्क सेवा लिएको उक्त स्वास्थ्य शिविरमा २०७ जना महिला विभिन्न रोगका बिरामी रहेको नेपाल रेडक्रस सोसाइटी, जाजरकोट शाखाले जनाएको छ । गाउँका अधिकांश महिला पुरुष डाक्टरसँग खुलेर कुरा गर्न हिचकिचाउँदा रोगको उपचार गर्न समस्या हुने गरेको छ । ग्रामीण भेगमा स्वास्थ्य संस्थामा समेत एक्लै आउन लजाउने महिलाहरुले खुलेर आफ्नो समस्या स्वास्थ्यकर्मीसँग राख्न सकेका छैनन् ।
किन दुख्छ पेट, डाक्टरलाई कतिखेर जँचाउने ?
पेट दुख्ने समस्याबाट हरेक पीडित हुने गर्दछन् । सामान्यतः पेट किन दुख्छ भन्ने कुराको यकीन कारण थाहा हुँदैन । कतिपय बेला यस्तो दुखाई सामान्य लाग्छ भने कतिपय बेला यो गम्भीर रोगको लक्षण पनि हुन सक्छ । पेट किन दुख्छ र कस्तो अवस्थामा चिकित्सककहाँ जानुपर्छ त भन्ने विषयमा जान्नु जरुरी छ । Pain Abdomen ( पेट दुख्नु) पेटको दुखाई करंगको मुनिदेखि यौनाङ्गको माथिल्लो भाग जहि पनि हुन सक्छ। सानो र बुझ्न नसक्ने बच्चाले दुखेको भागमा हात लैजान्छ भने बुझ्ने बच्चाले पेट दुखेको भाग छुट्टयाई दुखेको भाग देखाउन सक्दछ । के कारणले पेट दुख्छ ? पेटको दुखाई (Colic) बच्चा जन्मेको १० दिन देखि ३ महिनासम्म देख्न देखिन्छ। यसको सहि कारण अहिलेसम्म थाहा हुन सकेको छैन। आन्द्राको द्रुतगति र उग्र संकोचनको कारण बच्चामा दुखाइ पैदा हुन्छ। बच्चामा दुखाई दिउसो र साझतिर बढी देखिन्छ। यस्तो भएको बेला बच्चा धेरै रुन्छ , खुट्टा फ्याकदछ , हावा बढी फ्याक्दछ र आलस्य हुन्छ। यसको समाधानको लागि बच्चालाई थुम्थुमाउने र बोकेर डुलाउने जस्ता कार्य गर्न सकिन्छ। अपच(Indigestion): धेरै खानेकुरा खानाले वा खाना नपचेमा हल्का पेट दुख्न सक्छ। संक्रमण (Infection): कुनैपनि किटाणुको संक्रमणले पेट काट्न सक्छ। यस्तो भएमा बच्चालाई झाडा बान्ता लाग्न सक्छ। विषाक्त खाना (Food Poisoning ) : फ्रिजमा नराखेको बासी खाना खानाले पेट दुख्नुको साथै झाडाबान्ता लाग्न सक्छ। कब्जियत(Constipation) : कब्जियत भएमा तल्लो पेट दुख्न सक्छ। घाटिको सुजन (Streptococcal pharyngitis) : घाटीको सुजन भएको बेला पेट दुख्न सक्छ। तनाब (Stress) : बच्चालाई बारम्बार पेट दुखाइ देखिराखेको छ भने त्यो उसको तनावको कारण हुन सक्दछ । त्येसैले बच्चालाई तनावबाट मुक्त राख्नु पर्दछ। घरपरिवारमा दैनिक हुने सामान्य असहज क्रियाकलापले पनि बच्चालाई तनाब पर्न सक्दछ। परिवारमा हुने आपसी असमझदारी, बच्चाको जीवनमा हुने परिबर्तनबाट पनि तनाब उत्पन्न हुन सक्दछ। तनाबको कारणले हुने पेटको दुखाई प्राय नाइटोमा केन्द्रित हुन्छ। गम्भीर कारणहरु : गम्भीर प्रकारका पेट दुखाइ सल्यक्रिया गर्नुपर्ने रोगहरु हुन सक्छन। गम्भीर प्रकारका पेट दुखाइ पनि आकस्मिक र गैर-आकस्मिक गरि २ प्रकारले बर्गिकरण सकिन्छ। आकस्मिकमा अपेण्डिसाइटिस (Appendicitis ), इनटसससेप्सन (intussusception), अडकिएको हर्निया (obstructed hernia), बटारिएको अण्डकोश (Testicular torsion), आन्तरिक रक्ताश्राब (Internal Bleeding ) आदि पर्दछन जुन जतिसक्दो चाडै अप्रेसन गर्नु पर्दछ भने गैर-आकस्मिकमा पत्थरी, टयूमर, सिस्ट,जुका आदि पर्दछन जुन समय मिलाएर अप्रेसन गर्न सकिन्छ। पेट दुखेको बिरामीलाई कहिले चिकित्शक कहा देखाउने ? बच्चा सार्हैनै सिकिस्त देखिएको छ भने यदि बच्चाले बिषालु बिरुवा, औषधि, रसायन चलाएको छ भने हिड्न सक्दैन वा हिड्दा शरीर निहुराएर हिड्छ भने दायापट्टी तल्लो भागमा बढी दुखेको छ भने दुखाइ संगै अन्डकोश सुनिएको छ भने कुनै पनि भागमा बढिनै दुखेको छ भने दुखाइ संगै बिरामी बढिने रोइरहेको छ भने दिसा वा बान्तामा रगत देखिएको छ भने बान्ता पहेलो वा हरियो छ भने केहि पहिला कुनै दुर्घटना भएको छ भने २ वर्ष भन्दा मुनिको बच्चा छ भने ज्वरो १०४ भन्दा माथि छ भने महिनावारी भईसकेको र गर्भवतीको लक्षण देखाउछिन भने दुखाई झन् बढ्दै गएको छ भने २ घण्टा सम्म पनि दुखाई कम हुदैन भने २४ घण्टामा दुखाई आउदै जादै गर्छ भने घरमा गर्न सकिने उपचार : पेटमा हावा भरिएर वा बढी खानाको सेवन गरेर हल्का पेट दुख्न सक्छ। यस्तो भएमा पेटबाट हावा निकाल्ने कुराहरु खुवाउन सकिन्छ। यसको लागि बजारमा पाईने राम्रो किसिमको हावा बाहिर निकाल्ने औषधि/पाचक प्रयोग गर्न सकिन्छ। बच्चालाई खान धेरै भएर पेट दुखेको छ भने सौचालय जान प्रोत्साहित गर्नु पर्दछ। पेटबाट दिसा बाहिर निस्किएपछि धेरै नै राहत हुन्छ। बच्चालाई पेट थिचेर केहि बेर सुत्न लगाउदा आराम हुन्छ। पेटको दुखी रहेमा तरल पदार्थ मात्र खान दिनुहोस। बच्चालाई बान्ता गर्न प्रोत्शाहित गर्न सकिन्छ। यसबाट पनि निकै राहत मिल्छ। लामो समय देखि कब्जियतले दुख दिईरहेको छ भने पेट दुखाइको कारणनै पेटमा जम्मा भएको दिसाले गर्दा हुन्छ। त्येसैले सकेसम्म बच्चालाइ दिसा गर्न प्रोत्साहित गर्नु पर्दछ। यसको लागि बच्चालाई सौचालयमा लगेर बसाउन सकिन्छ। बस्दा खेरि दिसा गर्न गाह्रो भएको छ भने बच्चालाई मनतातो पानीमा बस्न लगाउनु पर्दछ। यसरी पानीमा बस्दा मलद्वारलाई आराम पुग्दछ र दिसा बाहीर सजिलै निस्कन्छ। खानपानमा बिशेष ध्यान दिनु पर्दछ। बजारमा पाईने रेडिमेड प्याकेटको खाना (Junk Food) बच्चालाई खान दिनु हुदैन। यसमा प्रयोग हुने रशायनले पेटको अल्सर भएको पाईएको छ। पेट दुखेको बेला बच्चाले बान्ता गर्न सक्ने हुनाले बांताको लागि तयार भएर बस्नु पर्दछ। कुनै पनि दुखाई कम गर्ने औषधी बच्चालाई दिनु हुदैन। दुखाइ कम गर्ने औषधि (जस्तै :ब्रुफ़ेन)ले पेटको भित्रि भित्ता खिईयाउने भएकोले दुखाई झन् बढी हुन सक्दछ। ज्वरो १०२ भन्दा माथि छ भने सिटामोल चाही दिन सकिन्छ। गम्भीर प्रकारको पेट दुखाई छैन भने यसको समयसीमा २ घण्टा भन्दा बढी हुदैन। २ घण्टा पछि पनि दुखाई कम भएन वा झन् बढ्दै गयो भने गम्भीर कारण छ भन्ने बुझ्नु पर्दछ।
शरीर कमजोर हुँदा खानुपर्ने यी १० खानेकुराहरु
फागुन ६ । मानिसको शरीर कहिले मोटोपनको चिन्ता हुन्छ त कहिले शरीर कमजोर भएमा चिन्ता । शरीरमा कमजोरीपन या आलस्य भएमा निम्न १० कुराहरु खानु आवश्यक हुन्छ । १. दैनिक पालकको सागको एक गिलास जुस पिउँदा शरीरलाई ऊर्जा मिल्छ । २. एक गिलास दूधमा एक चम्चा मह र थोरै बेसार मिलाएर नियमित खाँदा कमजोरी हट्छ । ३. बिहान र साँझ दैनिक दुई कोसा केरा दूधमा मिसाएर खाँदा कमजोरी हराउँछ । ४. अनारको गेडा सुकाएर पिसेको धुलो बिहान र बेलुका एक–एक चम्चा नियमित खाँदा शरीरले शक्ति प्राप्त गर्छ । ५. चार–पाँच वटा छोकडा, दुई–तीन वटा काजु, दुई वटा बदाम मिसाएर एक गिलास दूध उमाल्ने र त्यसमा एक चम्चा मिश्री मिसाएर नियमित पिउँदा कमजोरी हुँदैन । ६. अमलाको धुलोलाई मिश्रीको धुलोसँग मिसाएर दैनिक सुत्नुभन्दाअघि एक चम्चा पाउडर खाने । ७. एक गिलास दूधमा एक चिया चम्चाको चार भागको एक भाग दालचिनीको धुलो र एक चम्चा मह मिसाएर खाँदा शरीरमा स्फुर्ती आउँछ । ८. साँझ पाँच चम्चा चनाको दाल एक गिलास काँचो दूधमा भिजाउने र बिहान मिश्री र किसमिस मिसाएर दैनिक पिउँदा शरीरको कमजोरी हराउँछ । ९. दुई चम्चा मेथी पाँच घण्टासम्म पानीमा भिजाउने । भिजेको पानीलाई उमालेर दुई चम्चा मह मिसाएर नियमित खाँदा फाइदा पुग्छ । १०. खाना खाएपछि दैनिक एक कप अंगुरको ताजा जुस खानाले शरीर फुर्तिलो बन्छ । एजेन्सी
महिनावारी सुकेपछि महिलाहरूमा देखिने समस्या र समाधानका उपायहरु
फागुन २ । उमेरको हिसावले नेपालमा औषमा महिलाहरु ४७ वर्ष भएपछि महिनावारी सुक्छ । अण्डाशयबाट डिम्ब रित्तिने क्रममा सुरुमा महिलाको महिनावारी अनियमित हुन्छ र बिस्तारै सुकेर जान्छ । महिनावारी सुकेपछि महिलाहरुमा निम्नि किसिमका समस्याहरु देखिन सक्छन् – हर्मोनको कमीले महिनावारी सुक्नुबाहेक योनि सुक्खा हुने, चिलाउने र पोल्ने समस्या हुनुका साथै यौन इच्छा कमी हुन्छ । – एस्ट्रोजिन हर्मोनले शरीरका तन्तुलाई तन्काउन मद्दत गर्छ । जसले गर्दा पाठेघर तथा पिसाबथैली अड्काइराख्ने तन्तुहरू पनि कमजोर हुन्छन् । जसले गर्दा पिसाबथैली र पाठेघर तल खस्ने सम्भावना बढी हुन्छ । – हाँस्दा, खोक्दा, हाच्छिउँ गर्दा तथा सामान उचाल्दा पिसाब झर्ने, पिसाब रोक्न नसकिने, राति धेरैपटक पिसाब फेर्न उठ्नुपर्ने, पटक–पटक पिसाब थैलीमा संक्रमण भइराख्ने हुन सक्छ । कसै–कसैमा पिसाब रोकिने समस्या पनि हुन सक्छ । – एस्ट्रोजिन हर्मोनको कमीले महिलामा मुटुको समस्या देखिने, बिर्सने समस्या हुने तथा छाला सुक्खा हुने पनि हुन्छ । समाधानका उपाय – शयनकक्षमा पंखाको प्रयोग गर्ने । चिसो पानीले नुहाउने । पातलो लुगा लगाउने । – खाली नबसी केही न केही काममा व्यस्त भइरहने । – योग तथा व्यायाम गर्ने । तौल बढी भएका महिलाले तौल घटाउने । – धूम्रपान तथा मद्यपान छाड्ने । – खानामा मसलाको प्रयोग सकेसम्म कम गर्ने । – खानेकुरामा भटमास, तोफु, गेडागुडी, सागपात तथा फल र दूधको मात्रा बढाउने । – यति गर्दा पनि ठीक नभएमा चिकित्सकको परामर्श लिनुपर्छ । एजेन्सीकाे सहयाेगमा
अनुहारलाई सुन्दर बनाउन यसाे गर्नुस्
काठमाडौं, फागुन २ । अनुहार सुन्दर तथा स्वस्थ बनाउन विशेषगरी महिला तथा युवतीहरुमा बढी इच्छा भएको देखिन्छ । महिला तथा युवतीहरु आफ्नो अनुहार सुन्दर बनाउन अनेक औषधि तथा कस्मेटिक सामानहरुको प्रयोग गर्ने गर्दछन् । कतिले राम्रो पनि गरेको हुन्छ भने कतिले अनुहार नै कुरुप बनाइदिने अवस्था रहेको छ । हुन त अहिलेको समयमा महिलासँगै पुरुष पनि आफू राम्रो देखिन चाहन्छन् । यस्तो अवस्थामा के गर्दा अनुहारमा चम्किलोपना देखिन्छ भन्ने विषयमा अध्ययनहरु गर्दा केही घरेलु उपायहरु अपनाउन सकेमा आफ्नो अनुहारलाई सुन्दर तथा चम्किलो बनाउन सकिन्छ । कति मानिसले आफ्नो आम्दानीको स्रोतअनुसार भनेको जस्तो औषधि वा कस्मेटिक सामानको प्रयोग गर्न पनि गाह्रो परिरहेको छ । यसप्रकार छन् घरेलु उपायहरु– यदि कुरुप हुने गरी डन्डिफोर आएको छ भने दिनमा तीन पटकसम्म अनुहार सफा पानीले धुने, डन्डिफोरलाई ननिचोर्ने, दैनिक दुई लिटरभन्दा बढी पानी पिउने, मसलाजन्य परिकारहरु कम खाने गर्नुपर्छ । त्यस्तै मदिरा, चिया, कफी एवं सुर्तीजन्य वस्तुहरुको प्रयोग पनि कम गर्नुपर्छ । दैनिक केही समय आराम गर्नुपर्छ । निकै थाकेको अवस्थामा आँखा बन्द गरेर सुत्दा अनुहारमा चमक आउँछ । डन्डिफोर हटाउने विभिन्न घरेलु उपायमध्ये कागती पनि एक हो । एउटा कचौरामा कागतीको टुक्रालाई निचोरेर राख्ने अनि कागतीमा गुलाबजल मिसाउने र आवश्यकताअनुसार अनुहारमा लगाउँदा डन्डिफोरबाट मुक्ति पाउन सकिन्छ। यसलाई १५ दिनसम्म नियमित प्रयोग गर्नु राम्रो मानिन्छ। डन्डिफोर हटाउने अर्को घरेलु उपायमा कागती, काँक्रो र दूधलाई पनि लिन सकिन्छ। यी तीनै वस्तु दैनिक प्रयोगमा आउने वस्तु हुन्। कागतीको एक चौथाइ भागलाई काट्ने र काँक्रोलाई राम्रोसँग मिक्सचरमा पिसेर राख्ने र दूधलाई नतताई यी तीनै वस्तुलाई मिसाएर अनुहारमा लगाउँदा छालाको रक्षाका साथै डन्डिफोर निर्मूल हुन्छ। यदि सुख्खा र चिसो हावामा लगातार हिँडिएको छ भने यसले पनि अनुहारको चमक हराउने सम्भावना हुन्छ। आलु घोटेर अनुहारमा दल्ने हो भने अनुहार सुख्खा हुने तथा डन्डिफोर आउने समस्याबाट मुक्त हुन सकिन्छ। यदि छाला सामान्यजस्तो छ भने मह र दुध मिसाएर लगाउँदा अनुहारमा चमक आउनुका साथै विभिन्न समस्याबाट टाढा रहन सकिन्छ। यदि छाला चिल्लो छ भने बेसनको पीठो का“चो दूधमा मिसाएर लगाउँदा पनि अनुहारको सुरक्षा हुन्छ। गहुँको छोक्रामा काँचो दुध र मह मिसाएर लगाउँदा अनुहारमा चमक आउँछ।
सन्तुलित खानाले लामो जीवन बाँच्न सकिन्छ
फागुन १ । मासिनलाई बाँच्नको लागि अत्यावश्यक चीज भनेको खाना हो । जीवनको सुरुदेखि अन्त्यसम्म आवश्यक पर्ने खानालाई सही र सन्तुलित तरिकाले खान सकियो भने यसले निकै नै फाइदा पु¥याउँछ । मानिसको स्वास्थ राख्न खानाले नै मद्दत गर्छ । हिजोआजका मानिसहरू भने खानप्रति लापर्वाही गर्ने हुनाले उनीहरु बाँच्नका लागि अस्पतालमै भर गर्ने गरेको पनि पाइन्छ । खाना खाँदादेखि लामो समयसम्म चपाएर खानु पर्छ । यसले गर्दा खाना सजिलै पच्छ । यसले गर्दा सानो आन्द्रालाई सोस्न सजिलो हुन्छ तथा ठूलो आन्द्रालाई निष्काशन र कलेजोलाई आफ्नो काम गर्न सरल हुन्छ। त्यसमा अन्य अङ्गले सक्रिय रूपमा काम गर्दा यसबाट शरीरमा बन्ने उपक्रम आहारको रस, रगत, मासु, बोसो, हाड, मासी, रजवीर्य (रोगप्रतिरोध शक्ति), ओज (शरीरको तातोपन) एवं अनुहारको उज्यालोपन (ग्लो) कायम रहन्छ । आहारसम्बन्धी बानी सुधार नगरे रोगप्रतिरोधक शक्ति क्षीण भएर शरीर चिसो एवं अनुहार कान्तिहीन हुनुका बढी विरामी पनि भइन्छ । प्रत्येक दिन खाने खानाले शरीरमा कस्तो असर पुर्याउँछ, विशेष रूपमा अध्ययन गर्नुपर्छ । हरेक बिहान जिब्रोको स्वादमा सतर्क रहनुपर्छ । आफ्नो शरीरका लागि बेफाइदा र एलर्जी हुने खाना खाए तुरुन्तै वा भोलिपल्टैदेखि नकारात्मक प्रतिक्रिया सुरु हुन थाल्छ। कुन र कस्तो खाना आफ्ना लागि योग्य छ, कुन र कस्तो खाना खाए आफ्नो शरीरलाई बेफाइदा हुन्छ। यस्ता चीजबाट बच्नुपर्छ । निकोटिन (चुरोट, धूम्रपान) र क्याफिन (कफी) दुवै हानिकारक तत्त्व हुन्। यी तत्त्वले आत्मनिर्णयको शक्ति र साहसमा धेरै कमी ल्याउँछन्। नुन, चिनी, मैदा, घिउ (डाल्डा) र चामल (पोलिस गरिएको) जस्ता ५ सेता खाद्यपदार्थ कम प्रयोग गर्नुपर्छ । हितकारी र अहितकारी खाद्यपदार्थ छुट्याएर खान सकियो भने रोगबाट मुक्त रहन सकिन्छ।
यी घरेलु उपाय अपनाउनुस्, कपाल कालो बनाउनुस्
माघ २९ । हरेक महिलाहरु आफ्नो कपाल लामो, कालो र सुन्दर होस् भन्ने इच्छा राख्दछन् । यही इच्छा पूरा गर्न अनेक किसिमको औषधी, कस्मेटिक सामान प्रयोग गर्न थाल्दछन् । जसले कपालमा अनेक समस्याहरु देखा पर्न थाल्दछन् । त्यसैले यी उपायहरु अपनाउनुस्, जसले तपाईको कपाल सुन्दर र कालो हुनेछ । अमलाः अमला स्वास्थ्यका लागि मात्र उपयोगी नभई कपालको स्वास्थ्यका लागि पनि उपयोगी छ । यसको नियमित प्रयोगले सेतो कपालको समस्या समाधानमा सहयोग गर्छ । अमलामा मेहन्दी मिसाएर यसको घोललाई कपालमा लगाउनाले कन्डिसनिङको काम गर्छ । अमलालाई काटेर तातो नरिवलको तेलमा मिसाएर पनि लगाउन सकिन्छ । मरिचः मरिचले भान्छामा स्वाद पनि बढाउँछ । यसको प्रयोग कपालमा पनि गर्न सकिन्छ। यसलाई लगाउनाले सेतो हुन आँटेको कपाल पुनः कालो हुन्छ । यसका लागि मरिचका दाना पानीमा उमाल्ने र त्यो पानी नुहाएको कपालमा हाल्नुहोस् । नियमित प्रयोग गर्नाले यसको असर देख्न थाल्नेछ । कफी, चियापत्तीः यदि तपाईं सेतो कपालबाट पीडित हुनुहुन्छ भने चियापत्ती र कफीको प्रयोग गर्न सकिन्छ । कपाल सेतो भैसकेको छ भने चियापत्ती र कफीले धुने हो भने कपाल पुनः कालो हुनेछ । यसको प्रयोग नियमित रुपमा दिनको दुईपटक गर्न सकिन्छ । घिउकुमारीः कपालमा घिउकुमारीको जेल लगाउनाले झर्न रोकिन्छ र सेतो हुन दिँदैंन । यसका लागि घिउकुमारीको जेलमा कागतीको रस मिसाएर पेष्ट बनाउनुपर्छ र कपालमा लगाउनुपर्छ । दहीः सेतो कपाललाई प्राकृतिक रुपमै कालोमा परिवर्तन गर्न दहीको प्रयोग गर्न सकिन्छ । यसका लागि हिना र दहीलाई बराबरमात्रामा मिसाएर पेष्ट बनाउनुस् र यसलाई लगाउनुस् । यो घरेलु उपचारलाई हप्तामा एकपटक लगाउन सकिन्छ । प्याजः प्याजले पनि सेतो कपाललाई कालो बनाउन मद्दत गर्छ । केही दिनसम्म दैनिक नुहाउने केही अघि प्याजको पेष्ट लगाउनुपर्छ । यसले कपाल कालो हुन थाल्नेछ र चमक पनि आउनेछ । प्याजको पेष्टले कपाल झर्न पनि रोक्नेछ । दूधः गाइको दूधले पनि सेतो कपाललाई कालो बनाउन मद्दत गर्छ । गाईको दूध हप्तामा एकदिन लगाउन सकिन्छ । घिउः घरमा बनाइएको घिउले मालिस गर्नाले छालालाई पोषण मिल्छ । दैनिक शुद्ध घिउले कपालमा मालिस गर्नाले सेतो हुनबाट छुटकारा मिल्नेछ ।
कुन समय बढि उत्तेजित हुन्छन महिला ?
एजेन्सी । महिलाहरूलाई यौनको आवश्यकता कहिले महसुस हुन्छ होला? एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको ‘मुड’ मा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म गर्भाधारणको सम्भावना बढ्छ । यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आह्लादक हुन्छ । अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ, दुवै पार्टनरबीच भविष्यमा यौनको विषयलाई लिएर दूरी पनि नबढ्ने रहेछ ।
यस्ता छन् महिलालाई सबैभन्दा बढी यौन आनन्द दिने आसनहरु
सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक बनाउन विभिन्न शैली, पोजिसन, पहिरन, बेड, स्थानजस्ता कुराको पनि विशेष ख्याल गरिन्छ । महिलालाई सबैभन्दा बढी मज्जा दिने सेक्स पोजिसन के -के छन् त? डग पोजिसनः डग पोजिसनबाट महिलाले सबैभन्दा बढी आनन्द पाउँछन् । यो पोजिसनमा सेक्स गर्न उनीहरू एकदमै लालायित हुने देखिएको छ । यसलाई सर्वाधिक लोकप्रिय सेक्स पोजिसन पनि मानिन्छ । प्रायः महिलाले आफ्नो पुरुष साथीले यही पोजिसनमा सेक्स गरोस भन्ने चाहना राख्छन् । काउगर्ल पोजिसनः महिलाहरूले रुचाउने अर्को प्रमुख सेक्स पोजिसन भनेको काउगर्ल पोजिसन हो । यो पोजिसनलाई सबैभन्दा सेक्सी पोजिसन पनि भनिन्छ । यो पोजिसनमा महिला पुरुषमाथि रहन्छन् अर्थात् पुरुष तल हुन्छन् । यो पोजिसनमा सेक्स गर्न रुचाउने महिलाहरूले आक्रामक सेक्स चाहन्छन् ।मिसिनरी पोजिसनः यो पनि महिलाहरूले रुचाउने प्रमुख पोजिसन हो । प्रायःजसो सबै यौनजन्य क्रियाकलाप यही पोजिसनबाट सुरु गरिन्छ भन्ने मान्यता छ । यो पोजिसनमा आई कन्टयाक्टमा महिलाहरू बढी आकषिर्त हुन्छन् । स्पुन्स पोजिसनः यो पोजिसनमा यौनसाथीहरू एक-अर्काको साइडमा चम्चा खप्टिएझैं गरी सेक्स क्रियाकलाप गर्छन् । यो पोजिसनमा सेक्स गर्दा लामो समयसम्म यौनक्रीडामा सहभागी हुन सकिने विश्वास गरिन्छ । स्ट्यान्डिङ पोजिसनः यो पोजिसन पनि धेरै महिलाले मन पराउँछन् । यसमा यौनसाथीहरू दुवै जना उठेर सम्पर्क गर्छन् । महिला उठेर भित्तातिर र्फकने र पुरुष पछाडि हुने यो पोजिसनबाट पनि बढी सन्तुष्टि पाइन्छ।
खाना धेरै खाए सेक्सको चाहना बढ्ने
माघ २८ । सेक्स भन्ने वित्तिकै धेरैले नाक खुम्चाउछन् । धेरै लजाउछन् । अझै पनि नेपाली समाजमा सेक्सको बारेमा खुलेर बोल्च चाहन्नन् मानिसहरु । सेक्स प्राकृतिक कुरा हो, यो अत्यावश्यक छ । धेरै खाना खाने मानिसलाई यौन चाहना पनि बढी हुने एक अध्ययनले जनाएको छ । अमेरिकामा गरिएको सो अध्ययनले सात दिनसम्म सेक्स नगरी बस्नु र अर्को सात दिन खाना नखाई बसेमा त्यसको उत्तर आफैले पाउन सकिने अध्ययनमा उल्लेख छ । खाना न नखाने हो भने सेक्सको चाहाना विस्तारै आफै घट्दै जाने बताइएको छ । नेपालमा विभिन्न महिला तथा पुरुषहरु व्रत बस्ने गर्दछन् । कहिलेकाँहीको व्रतले शरीरलाई स्वस्थ बनाउन सहयोग गर्ने भएपनि सधैंजसो गरिने ब्रतले भने उनीहरुलाई हानी पु¥याउँदछ । लामो समयसम्म बसिने ब्रतले उनीहरुमा यौन चाहना पनि घट्न सक्ने अध्ययनले जनाएको छ । नियमित ब्रतको नाममा खाना नखाँदै बस्दा उनीहरुमा शक्ति कम हुँदै जाने र त्यसले गर्दा सेक्सप्रतिको चाहना पनि कम हुँदै जाने देखिन्छ । त्यसैले खाना नै सबै शारीरिक चाहानाको जड भएको सो अध्ययनले बताएको छ ।
बच्चाको कान सफा गर्दा होश पुर्यायौं
माघ २७ । बच्चाहरु सानो रहुन्जेलसम्म उसका हरेक काम अलि गाह्रै हुन्छ र एकदम ध्यान पुर्याएर मात्र कामहरु गर्नुपर्दछ । विशेषगरी बच्चाको स्वास्थ्यसँगको सम्बन्धित कुरामा त झन् धेरै संवेदनशील बन्नु एकदम आवश्यक छ । थोरै लापरबाहीले पनि बच्चालाई जे पनि हुनसक्छ । त्यसैले यस्तैमा बच्चाको शरीरको कुरामा कान पनि एक संवेदनशील अंग हो । बच्चाको कान सफा गर्दा विशेष ध्यान दिनुपर्दछ । बच्चाको कान सफा गर्ने बेला अन्त ध्यान दिनुहुँदैन । कान सफा गर्नाले न की कानको फोहोर निस्किन्छ बरु डेड सेल्स पनि निस्किन्छ । कानमा बस्नेबाला वैक्स एक साधारण पदर्था हुन्छ जो सबै मानिसहरुको कानबाट निस्किनछ, यो कुनै प्रकारले संक्रमण हुदैन र न त यसले बचचालाई सुन्ने क्षमतामा असर पार्दछ । तर यदि तपाईको बच्चाको कानमा धेरै बढी वैक्स निस्कियो भने डाक्टरसँग सल्लाह अवश्य लिनुस् । सानो बच्चाको कान सफा गर्दाको समयमा केयौ कुराहरुलाई ध्यानमा राख्नु आवश्यक हुन्छ । बच्चाहरुको कान सफा गर्नको लागि क्यू टिप्सको प्रयोग नगर्नुहोस् । बच्चाको कानमा कुनै पनि नुकिला चीज नछिराउनुस् नत्र चोट वा घाउ हुने खतरा हुन सक्छ । बच्चाको कानलाई सधै सही तरिकाले मात्र सफा गर्नुहोस् । ज्यादै सावधानी अपनाएर र ध्यान दिएर । बच्चाको कान सुरक्षित रुपले सफा गर्ने केही टिप्सहरु यसप्रकार छन्– १. नुहाउँदाको समयमा सफा गर्नुहोस्ः बच्चाको कानलाई सफा गर्नुलाई सबैभन्दा राम्रो समय उसलाई नुहाउनुभनदा पहिले हुन्छ । मालिश पछि तपाईको बच्चाको कानलाई सावधानीपूर्वक सफा गर्नुहोस् । यो समय कानहरुमा रुखापना हुदैन र वैक्स सजिलै निस्किन्छ । २. तातो कपडाले पोछनुहोस्ः जब तपाई आफनो बच्चालाई नुहाइरहनुभएको हुन्छ तब उसको कानहरुमा तातो कपडाले पोछिदिनुहोस् । यस्तो नियमित रुपले गर्नुपर्छ । यस्तो गर्नाले तपाईको बच्चालाई कान सफा रहन्छ, वैक्स निस्किहाल्छ र फोहोर जम्न पाउदैन । ३. कटन स्वैबस न छिराउनुहोस्ः बच्चाको कानलाई सदैव बेबी इयर बडले सफा गर्नुस् । ज्यादै गहिराइसम्म बड न छिराउनुहोस नत्र कानको पर्दामा चोट पुग्ने डर रहन्छ । ४. इअर ड्रपः कहिलेकाही बच्चाहरुको कानलाई सफा गरेर पनि कुरा हुदैन । यस्तोमा डाक्टरी सल्लाह लिएर कुनै डप पनि हाल्न सकिन्छ । यदि बच्चाको कानमा ज्यादै मात्रामा वैक्स बनिसकेको छ भने डाक्टरलाई अवश्य देखाउनुहोस् । ५. घरेलु औषधीहरको प्रयोग नगर्नुस्ः बच्चाहरको कान सफा गर्ने समयमा केयौ पटक मानिसहरुले घरेलु तरिकाहरुको प्रयोग गर्छन् । कानमा केही चीज राख्नुहोस् । इयर बडले मात्र सफा गर्नुस् र फालतुको डप या अन्य तरल पदार्थ नराख्नुहोस् । बच्चाको कान कलिलो हुन्छ र तयसलाई इन्फेक्सन ष्लाभहतष्यल को खतरा हुन सक्छ । ६. सावधान रहनुस्ः बच्चा चंचल हुन्छ, यस्तोमा उ तपाईको कान सफा गर्ने समयमा गाहृो बनाउन सक्छ । यसैले कान सफा गर्ने समयमा उसलाई कँसेर समात्नुस र सावधान रहनुस् । नत्र बच्चाको अलिकति हल्लीनाले उसलाई उसलाई चोट पुग्न सक्छ । ७. ड्राइ भएपछि सफा नगर्नुस्ः जब बच्चाहरुको कान रुखो हुनछ तब उसलाई सफा गर्ने कोशिष न गर्नुस् । यसले छालामा खिचाव आउन सक्छ । बच्चालाई नुहाइसकेछि पनि सफा गर्नु सबैभन्दा राम्रो हुन्छ ।
रिँगटा लाग्नु गम्भीर रोगको संकेत
सामान्य भाषामा हामी मानिसहरु बाटोमा हिड्दा हिँड्दै चक्कर लाग्नु वा फन्फनी घुमाउने अवस्थालाई रिँगटा लाग्नु भन्दछौं । यो पनि एकप्रकारको खतरनाक रोग हो । मानिसहरुलाई रिँगटा लाग्दा चारैतिर घुमेको जस्तो महसुस हुन्छ । यो रोग भएका मानिसहरुले लापरबाही गर्नु हुँदैन । रिँगटा लाग्ने जो कोहीलाई पनि हुनसक्छ । यो भिन्न तरिकाले गर्दा रिँगटा लागी बेहोश हुन सक्छ । कमजोरी भएमा, मुटुरोगी, ब्लड प्रेसर भएमा, तनाव वा अनावश्यक धेरै कुरा सोचेमा, रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्याधिक शारीरिक वा मानसिक थकान, डर र टाउको चोट लगायतका कारणले रिँगटा लागी बेहोश समेत हुनसक्ने बढी सम्भावना हुने गर्दछ । मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मष्तिस्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खाने कुरा तथा औषधिको एलर्जी, माइग्रेन, व्रत बसेर शरीर कमजोर भएमा, अत्याधिक अल्कोहल सेवनले रिंगटा लाग्न सक्छ । टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कानमा बज्नु, बोल्न कठिनाइ हुनु । यस्तो छ रिँगटा लाग्नुको लक्षण– के खाने समयमै खाना खाने । एक गिलास दूध वा पानीमा ग्लुकोज मिसाएर पिउने । गर्मी भएमा अमलाको सर्वत पिउने । एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिधेंर बिहान बेलुका खाने । के नखाने रक्सी, खैनी, नशालु पदार्थ नखाने । एलोपेथिक औषधि आफ्नो इच्छाले नखाने । अत्याधिक खाना नखाने के गर्ने रिँगटा लाग्ने बित्तिकै बस्ने । सुविधा भएमा ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने । निन्द्रा लाग्यो भने पर्याप्त सुत्ने । नियमित व्यायाम गर्ने र बिहान घुम्न जाने । मधुमेह नियन्त्रणमा राख्ने, एनिमियाको उपचार गर्ने । टाउकोमा बदामको तेलले मालिस गर्ने । आँखा कमजोर भए उचित चस्मा लगाउने । फिजियोथेरपिस्टसँग सिकेर सधैं कसरत गर्ने । के नगर्ने एक्लै घुम्न नजाने । अग्लो, होचो, अँध्यारो, चिप्लो बाटोमा नहिँड्ने । चिया, चुरोटरबिंडी नखाने । साइकल, स्कुटर, कार नचलाउने । बार्दलीलगायत कुनै अग्लो ठाउँबाट तल नहेर्ने । कठीन शारीरिक या मानसिक परिश्रम नगर्ने । आगो या पोखरीबाट टाढै रहने । खोला नतर्ने ।

